अहिलेको अर्जुनदृष्टि
०८ वैशाख २०७४
•
६ मिनेट पाठ
अहिलेको अर्जुनदृष्टि
जनताको नाम भजाएर गरिने सबै आन्दोलन जायज हुन सक्दैनन्। मधेसी मोर्चाले तराईका जनताको नाम लिएर गरेको आन्दोलनको कुनै औचित्य थिएन। त्यसैले आन्दोलनका क्रममा मृत्यु भएमा मृतकलाई पचास लाख दिने घोषणा गरेको थियो। आन्दोलन सशक्त पार्न भनेर ल्याइएकालाई खुवाउने/बसाउने कामसमेत गरियो। तर जनचाहना विपरितको आन्दोलन लामो समय चल्न सक्ने कुरै थिएन । क्रमशः कमजोर हँुदै गयो। सडक आन्दोलन सेलाए पनि संसद्मा रहेको मधेसी मोर्चाको उपस्थितिले सरकार बनाउने र गिराउने काममा सहयोगी भूमिका खेल्यो। ओली नेतृत्वको सरकार गिराउन सफल भएपछि मधेसी मोर्चा सिंहदरवारमा विराजमान छ। मोर्चामा आबद्ध दलहरु यतिबेला सत्ताधारी पार्टी हुन्। ९–९ महिना सत्ताको नेतृत्व गर्ने समझदारी गरेका प्रचण्ड र देउवाका लागि मोर्चा अनिवार्य शक्ति हो। दशगजाको धर्ना, लाजिम्पाटसँगको रोइकराई, खुल्लामञ्चको रिले अनशनसँगैे आन्दोलन तुहिएको थियो। तैपनि हिजो आन्दोलन गरेका थिए, संविधानमा असहमति राखेका थिए भनी केही व्यक्तिलाई खुशी पार्न सिङ्गो मुलुक बन्धक बनाउने कुरामा सरकार लागेको छ। वैशाख ३१ का लागि तोकिसकिएको निर्वाचन गर्ने कुरा बिर्सेर मधेसी मोर्चाको गीत गाउँदै हिँडेको छ।




सरकारको यतिबेलाका एकमात्र अर्जुन दृष्टि निर्वाचनमा लाग्नुपर्छ। जसले धेरै समस्याको समाधान आफैँ दिन्छ।

विडम्वना, सरकार संविधान कार्यान्वयनमा लाग्नुपर्ने र ९० प्रतिशतले बनाएको संविधान ९१, ९२ गर्दै क्रमशः प्रतिशत थप्दै लानुपर्नेमा उल्टै एमालेसहितका विपक्षी पार्टीलाई चिढाउँदै ९० बाट ५८ प्रतिशतमा झार्ने कसरतमा अझै पनि लागेको छ। ठाउँठाउँमा चुनाव बिथोल्ने नाममा आन्दोलन चलिरहेको छ। कति ठाउँमा नागरिक–नागरिकबीच झडपसमेत भएका छन्। यो सबै परिस्थिति देख्दादेख्दै सरकार अझै पनि संविधान संशोधनको रटान लगाइरहेकोे छ। जसरी विगतमा भारतले मधेसी नेताको कुरा सुनेर सिङ्गो मुलुकमाथि नाकावन्दी लगाउने काम गरेको थियो त्यसैको नक्कल गरी आफ्नै देशको सरकारले समेत मधेसीलाई खुशी पारे सबै ठीक हुने ठानेको छ। कस्तो दुर्भाग्य?

नेपाली जनताले पार्टीभन्दा राष्ट्रियताको संरक्षण र विकास खोजिरहेका छन्। विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका कामको चौतर्फी तारिफ भएको छ। उनलाई तस्कर, दलाल, घुसखोरीबाहेक सम्पूर्ण नेपाली जनताले आफ्नो ठानेका छन्। उनका कामले सारा नेपालीलाई राहत दिएको छ त्यसैले कुलमान कुनै पनि पार्टीका नेताभन्दा माथि भएका छन्। उनी कुन पार्टीका हुन्, कसैलाई मत्तलव छैन। नेपाली जनता कुनै एउटा पार्टीको दास बन्नुभन्दा काम गरेर परिणाम दिन सक्ने नेता होस् वा कर्मचारी तिनैको पक्षमा रहेका छन् भन्न स्पष्ट हुन्छ यसबाट। पछिल्लो समय नेका र माओवादी केन्द्रले जनताको भावनाविपरित ल्याएको संविधान संशोधनको प्रस्ताव उचित थिएन भन्ने कुरा यो फिर्ता लिनुपरेबाट पनि पुष्टि भइसकेको छ। यो देशमा पटकपटक राजनीतिक लडाइँ दलका नेताहरुको कमजोरीका कारण लड्नु पर्‍यो। हरेक परिवर्तनपछि राजनीतिक दलहरू सुधि्रने अपेक्षा गरियो तर व्यवहारमा कुनै सुधार आउन सकेन। अहिले सत्तासीन दलहरूका आचरण हेर्दा त लाग्छ– यिनीहरू सुध्रन वर्ष हैन दशक लाग्छ।

देश संक्रमणकालीन अवस्थामा छ। यसको जति छिटो अन्त्य गर्न सक्यो त्यति नै मुलुकले विकासको गति लिने हो। संक्रमणकाल लम्बिँदै जाँदा देशी/विदेशी तत्वले खेल्ने मौका पाउँछन्। हाम्रो जस्तो देशमा त विदेशीको चलखेल बढ्नेमात्र होइन, राजनीतिक दल र तिनका नेताहरु बढी नै प्रभावमा पर्ने गरेका छन्। उनैको स्वार्थ पूर्तिका लागि आफैँले गरेका सहमति तोड्दा कुनै ग्लानि भएन। बरु पटकपटक सहमति तोड्ने काम भयो। राजनीतिक दलहरु राष्ट्र र जनताप्रति को कति जिम्मेवार छन्, दलबीच भएका सहमति रातारात कसले कसको निर्देशनमा तोडेका छन्, यो मुलुकलाई विदेशीको क्रिडास्थल बनाउन कुन दल बढी जिम्मेवार छ, सत्तासँग राष्ट्रियता साट्न नहिच्किचाउने शक्ति कुन हो, यस्ता विषयमा जनताले मूल्यांकन निर्वाचनताका अवश्य गर्ने नै छन्। तसर्थ सरकारको यतिबेलाका एकमात्र अर्जुन दृष्टि निर्वाचनमा लाग्नुपर्छ। जसले धेरै समस्याको समाधान आफैँ दिन्छ।
अर्को समाचार
एसिया र विश्वकप यो हातले उचाल्नु छ: कप्तान महतो
१४ मंसिर २०८१
•
३ मिनेट पाठ
एसिया र विश्वकप यो हातले उचाल्नु छ: कप्तान महतो
यु-१९ नेपाली महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले आसन्न एसियाकप र विश्वकप जित्नु अहिलेको अर्जुनदृष्टि भएको बताएकी छन्। युएईमा सम्पन्न दुवै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको छनोट प्रतिस्पर्धा जितेर गृहजिल्ला महोत्तरी आएकी १८ वर्षीया पूजाले कुराकानीकाे क्रममा मुलुक फर्कदा सबै क्षेत्रबाट पाएको सम्मानले हर्षविभोर बनाउनुका साथै थप दायित्वबोध बढाएको बताइन्।




पछिल्लो समय खेलप्रति आम रूपमा जागेको चासो र विश्वासले नेपाली खेल जगत्ले अबका दिनमा झनझन सफलताको सिँढी चढ्ने उनको विश्वास छ। प्रस्तुत छ, कप्तान महतोको महोत्तरीको गौशाला-९ डुमरवानास्थित घरमै क्रिकेटमा उनको लगाव र भविष्यबारे गरिएकाे कुराकानीको सम्पादित अंश:

युएईबाट छनोट प्रतिस्पर्धा जितेर फर्केदेखि तपाईंलाई सम्मान र पुरस्कार लिन भ्याइनभ्याइ परेको छ। यसमा कस्तो महसुस गर्नुभएको छ?

युएईबाट छनोट प्रतिस्पर्धा जित्न सक्दा म निकै हर्षविभोर छु। छनोट प्रतिस्पर्धाको जितले नै यहाँ कति उत्साह दिएको रहेछ भन्ने त मप्रति दर्साइएको स्नेह र सम्मानले नै देखाएको छ। यहाँ आइपुग्नासाथ मधेस प्रदेश सरकार, स्थानीय तहहरू, विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था, खेलकुद जगत र आम सर्वसाधारणबाट पाएको स्नेह र सम्मानले अबका दिनमा अझ राम्ररी अघि बढ्न हौसला र ऊर्जा दिएको छ। खेलप्रति र खासमा क्रिकेटप्रति बढेको यो चासोले अबका दिन खेलका लागि राम्रो समय आउला भन्ने आशा जागेको छ।

तपाईं ग्रामीण परिवेशको सामान्य किसान परिवारमा जन्मिएकी महिला क्रिकेटमा कसरी जोडिनुभयो?

हो, तपाईंले भनेजस्तै म ग्रामीण परिवेशको सामान्य किसान परिवारमै जन्मिएकी हुँ। यहाँको खेतीपातीले घर धान्न धौधौ परेपछि मेरा पिता रञ्जित महतो परिवारसहित कामको खोजीमा भारतको दिल्ली पुग्नुभयो। हामी तीन दिदीबहिनी र एउटा भाइ त्यहीं (दिल्ली) बस्न थाल्यौँ। मेरी कान्छी बहिनी आरती र भाइ कृष्ण दिल्लीकै एकेडेमीमा क्रिकेट सिक्थे। म उनीहरूलाई पुर्‍याउन जान्थें। त्यहींँ प्रशिक्षकले खै ममा के देख्नु भएर हो, मलाई पनि खेलाउन थाल्नुभयो। मैले चार वर्षदेखि खेलको अभ्यास थालेकी हुँ।

केही समयपछि भाइ एउटा खेलमा सहभागी हुन नेपाल आए। उनको नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंहसँग भेट भएछ। भेटमा भाइले ‘मेरी दिदी पूजा पनि राम्रो खेल्नुहुन्छ, उहाँलाई टिममा राख्नु न’ भनेछन्।

भाइ दिल्ली फर्केर मेरो खेलका तस्बिर र भिडियोहरू उपाध्यक्ष सिंहलाई पठाउँदा रहेछन्। मेरो खेल भिडियो र तस्बिरमा हेरेका उपाध्यक्ष सिंहले मलाई नेपाल झिकाएर खेलाउने निर्णय लिएर मेरा पिताजीसँग समन्वय गरेअनुसार म काठमाडौ पुगेँ। उपाध्यक्ष सिंहको पितृवत् कुशल अभिभावकत्व पाएँ। उहाँकै निर्देशन पालना गर्दै अघि बढ्दै जाँदा  जिल्ला, प्रदेश हुँदै अहिले देशकै यू-१९ नेपाली महिला क्रिकेट टोलीको कप्तान बन्न सकेको छु। जे उपलब्धि देखिएको छ, पाइएको छ, त्यो क्यान र हाम्रो टोलीको साझा मेहनतको प्रतिफल हो।

अब के योजनामा हुनुहुन्छ?

ल, यो पनि भन्नुपर्छ र! अब केही सातामै (नोभेम्बर मध्यमा) मलेसियामा एसिया कप प्रतियोगिता हुँदैछ। लगत्तै एक महिनापछि डिसेम्बरमा विश्वकप हुँदैछ। अब अहिलेको सपना भन्नुस्, ध्येय वा लक्ष्य भन्नोस्, यी दुवै प्रतियोगितामा सफलता हात पार्नु हो। मलेसियामा आयोजना हुने यी दुवै प्रतियोगिता जित्नु अहिले हाम्रो टोलीको एक मात्र अर्जुनदृष्टि हो।

अन्त्यमा केही भन्नुहुन्छ कि?

हजुर, मधेसमा प्रदेश सरकारले केही वर्षअघिदेखि ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालन गरेको छ। अब ‘बेटी खेलाउ’ पनि भन्न प¥यो भन्ने मेरो आग्रह छ। खेलले किशोर र युवा उमेरका हाम्रा दिदीबहिनीको शारीरिक सुगठन मजबुत हुनुको साथै घरबाहिरका गतिविधिमा सक्रियता बढाउँछ। अनुशासन सिकाउँछ। मनभित्रको दुर्बलता हटाउँछ। यसपालिको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि अहिले जारी छ। खेलमा बढीभन्दा बढी महिला सहभागिताले लैङ्गिक विभेदविरुद्धको अभियानलाई पनि सघाउँछ भन्ने मेरो विश्वास छ।

- रासस/गोपाल बराल
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस