नेपालको केन्द्रीय राजनीतिमा नाटकीय चरित्रहरूको लमाइ अपरिमेय छ। यसको लमाइको परिकल्पनासम्म पनि कसैले गर्न सकेको छैन। यो कहाँबाट सुरु हुन्छ र कहाँ पुगेर टुंगिन्छ?
शान्तिको आकांक्षा प्रतिविम्बित गर्ने आफनो पेन्टिंगलाई संयुक्त राष्ट्रसंघको हेड अफिस न्युयोर्कबाट तन्काएर सगरमाथाको चुचुरोमा पुर्याउन अनवरत र अथक लागेका सुप्रसिध्द अमेरिकी कलाकार लुरीको प्रयत्न जस्तो। लुरीको कलाकृति कुनै एक दिन बिहानै टुंगोमा पुग्ने निश्चित छ। तर शान्ति प्रक्रिया सुरु भइसकेपछिको नेपाली राजनीतिको नाटक भने अन्तहीन बन्दै गएकोछ। नाटकको उपसंहारका बारे खेल्ने र खेलाउने दुवै पक्ष अनभिज्ञ छन्। पात्रहरूले बोलेको हरेक वाक्य सुनेर दर्शक अर्थात् हामी जनता मनमा एकप्रकारको चीसो पसे पनि रमाइरहेका हुन्छौं। तर, पात्रहरू आफैँ चाहिँ बोली सकेपछि मात्रै वाक्यका अर्थ थाह पाउँछन्।
यतिबेलाका गतिविधिलाई नै हेरौं। राजधानीका प्रमुख छापामा खुकुरीहरू चम्किन थालेका छन्। लाठी, फर्सा र कट्टा बोकेर भयानक रसको मुद्रामा नृत्यरत तन्नेरीहरू का১चको पर्दामा देखिन थालेका छन्। कहाली लाग्दो प्रदूषणबीच सोख र सभ्यताको बुर्काभित्र लुकेर बसेका राजधानी सहरका नागरिकहरूमा क्षण-प्रतिक्षण मानसिक विचलन बढ्दोछ। तै पनि यी समाचारबाट सुर्खेतका मोहन थापाको जीवनमा अलिकति पनि विचलन देखिएको छैन।
जिल्ला शान्ति समितिका संयोजकका रूपमा उहाँले उस्ता थुप्रै घटनाको अनुगमन गर्दैआउनु भएको छ। छापामा खबर आउनु अघि नै यसका प्रभावको आंकलन उहा১ले गरीसक्नु भएको पनि छ। उहाँलाई थाह छ नीति च्यूत भएको देशका जनताले अनीतिको पखाला खेप्नै पर्छ। यत्ति हो यी घटनाहरू राष्ट्रिय राजनीतिका विग्रहका संकेतका रूपमा यति ठूला समाचार बन्न सक्छन् भन्ने ज्ञान भने उहाँमा थिएन।
यही समयमा एक्काइसौं शताव्दीको प्रारम्भदेखि, धर्म निरपेक्षताको घोषणा हुनुभन्दा धेरै अघिदेखि नै, हिन्दू संस्कारबाट हिंसा संस्कारमा रूपान्तरित भएका स्कूले छात्रछात्रा एकपटक फेरि बन्दुकको खेलमा रमाउन र रोमाञ्चित हुन थालेका छन्। लडाइँ चम्किने नै भो त? मानिसको अनुहारमा एकप्रकारको भय र निराशाका रेखा देखिन थालेको छ। नाटककारले समय ठीकै ठम्याएको छ - हान्ने र हिर्काउने मौका यही हो। अहिले मौका छोपिएन भने कहिल्यै छोप्न पनि सकिँदैन।
देशमा केही हुँदैछ। यस्तो अवस्थामा खुला कुरा गर्न हच्किने गर्छन् मानिसहरू। त्यसैपनि, सामान्य मानिस राजकाजका कुरा सितिमिति गर्दैनन्। देशमा लोकतन्त्र आएपनि त्यो मानिसको मनभित्र पस्नै पाएको छैन। त्यसको मूल ढोका संविधान सभामा नै आग्लो लागेको छ। त्यसैले गल्ली, चोक र चियापसलमा मात्रै होइन कोठामा पनि खुसखुस गर्न थालेका छन् मानिसहरू। लाठी, खुकुरी, फर्सा र कट्टाको चर्चा बढ्नु सांकेतिक विषय हो। देशमा सर्वथा हुन नपर्ने केही घटना हुन लागेको छनक देखिएको छ। खुकुरीमा धार हुन्छ। मानिस भित्र मनैदेखि रिसाएको छ। यसरी रिसाएका बेला हिंसाप्रतिको आशक्ति पनि अलि गहिरो नै हुन्छ। यति नै बेला फौजमा भर्ती खुलेको छ। त्यो भर्तीविरुध्द नागरिकका तर्फबाट अदालत गुहार्न जाने एउटा वकिल अज्ञात व्यक्तिद्वारा बेस्सरी पिटिएको छ।
भोली नेपाली संसारै आफैँले धाने जत्तिकै गर्ने कुन पत्रकार पिटिने हो? पत्तो छैन। यो अन्तरिम लोकतन्त्र हो जो हुकुमी शासनको गन्धबाट मुक्त हुन सकेको छैन। त्यसैले पिटाइ खाने व्यक्तिको पहिचान खुलेपनि पिट्ने व्यक्ति अज्ञात नै रहने गर्छन्। जनताले बढो दुःख सास्ती र संघर्ष खेपेर ल्याएको लोकतन्त्रको रक्षाका लागि जुटेको सरकार लोकतन्त्रको भविष्यप्रति कसरी हुन सक्छ संवेदनहीन?
लोकतन्त्र र शान्तिको प्रसंग आउने बित्तिकै बाह्र बुँदे सहमतिको कुरासँगै उठी हाल्छ। त्यो सहमति भएदेखि यता कति बुँदामा सहमति भयो र कतिमा हुन सकेन? यो कुनै प्रश्न होइन। सहमतिले सुविधामा जन्म लिएको थियो। त्यसो नहुँदो हो त रोल्पा वा डोल्पामा गरेको भएपनि सहमतिमा बाह्रै बुँदा रहन्थे होलान्। ती बुँदासँगै टाँस्सिएर आएका अतिरिक्त बोझ उठाउने झन्झट गर्नुपर्ने थिएन होला। तर रोल्पा वा डोल्पामा त्यस्ता सुविधा थिएनन्। नाटकका मुख्य नायक, नायक र सहनायकहरूको सुविधालाई अविरल र सुरक्षित राख्न सहमति भयो दिल्लीमा। तर, दिल्ली एसियाकै महंगा सहरहरूमा पर्छ।
त्यस सहरमा हरेक वस्तुमा कर लाग्छ र कर छल्न पनि पाइँदैन। त्यसबाहेक विदेशमा गरिने हरेक वस्तुको विनिमयमा एउटा साक्षी पनि उपस्थित भएकै हुन्छ। तर, सहमति दिल्लीमा नभएर टिम्बक्टुमा भएको भएपनि परिणाम अहिलेको भन्दा अर्को निस्किँदैनथ्यो। किनभने, बाह्रबुँदे सहमतिको नाटक लेखिँदा नाटककारले कुनै खलनायकको कल्पना गरेको थिएन। तर, अहिले नायकहरू खलनायक र खलनायकहरू नायकका रूपमा देखिन थालेका छन्। लामो समयसम्म निरन्तर चल्ने टेलिभिजनका सिरियलमा जस्तै नेपाली राजनीतिको सहमतिमा पनि दृश्यहरू लेखिँदै, थपिँदै र जोडिँदै गएका छन्। हिजो के देखाइयो? त्यसको सम्झना राख्न सकेको छैन नाटककारले। भोलि के हुने हो त्यसको कल्पना पनि गरिएको छैन। त्यसैले पनि, बाह्रबुँदे सहमति अहिले माओवादी र सात दल दुवै पक्षका लागि उनीहरूको राजनीतिक क्षमताभन्दा निकै महंगो साबित भएको देखिएको छ।
सहमतिपछि व्याप्त शान्ति अशान्तिकै लागि मात्र आएको पक्कै थिएन। सहमतिमा पुगेका दुवै पक्षबीच समानताको थुप्रो लागेको थियो। माओवादी अध्यक्ष प्रचण्ड र सिध्दान्तविद् बाबुराम भट्टराईले साम्यवादका सिध्दान्त कण्ठपार्नु भएपनि शासन र सरकारमा त्यसको व्यावहारिक प्रयोगगर्नु भएको थिएन। कांग्रेस-एमालेका नेताले लामै समय देशको शासन चलाएपनि उहाँहरूको हैसियत संवैधानिक राजतन्त्रको वारिसका रूपमा खुम्चिएको थियो। उहाँहरू लोकतान्त्रिक गणतन्त्रको मान्यतामा दीक्षित भएपछि त्यस मान्यताअनुसारको शासनको व्यावहारिक प्रयोग गर्न पाउनु भएको थिएन। दुवै पक्षका लागि आआफना मान्यताअनुसारको शासन स्थापित गर्न प्रयोग भूमिको खाँचो थियो। बाह्र बुँदे सहमति त्यही खाँचो पूरा गर्न भएको थियो। जनताले चाहेजस्तै, दुवै पक्षले आआफना लागि निर्धारित भूमिका निर्वाह गरी दिएको भए अहिलेको हाहाकारबाट नेपाल मुक्त हुने थियो।
सहरमा सुनिएअनुसार अहिले दुबै पक्षबीचको सहमतिका लागि निष्कर्ष निकाल्न खोजिँदैछ, 'तिमी हतियार छोड - म सत्ता छोड्छु।' यो हाँस्यास्पद सूत्रको सूत्रधार जो सुकै भएपनि मारमा परेको छ विचरो लोकतन्त्र। हिजो धेरैले त्यसलाई टुँडिखेलको समारोहमा खोजेका थिए रे! तर, त्यो अनमोल र अहिलेसम्म अबोला लोकतन्त्र महाकाली नदीको किनारामा रहेको धाप गाउँतिर वा डोटीको राजपुरतिर अथवा त्यसभन्दा पूर्व सुर्खेतको तातापानीतिर वा त्यसभन्दा पनि सुदूर पूर्वको कुनै गाउँतिर कुटो कोदालो गरेर शान्ति र बिनाझन्झट जीवन बिताउन चाहने सामान्य नेपाली जनताको आंगनमा आश्रय खोज्दै थियो।
सरकार र प्रतिपक्ष सहमतिमा पुगेपनि र नपुगेपनि, आउँदा केही दिन नेपालीका लागि विचलन र विग्रहका दिन साबित हुनेछन। किनभने, सहमति त्यति सजिलो छैन जति सोचिएको छ। कदाचित नेताहरू आपसमा अंकमाल गरेर टेलिभिजनका पर्दामा देखा परे भने पनि त्यसले थप राजनीतिक विचलनलाई रोक्न सक्नेछैन।
जबसम्म राजनीति गर्नेहरू असहमतिका विषयमा प्रवेश गर्न सक्दैनन् तबसम्म संविधान बन्न पनि सक्दैन। यस स्थितिमा कांग्रेसका नेताहरूले सुझाएको ताजा चुनाव राजनीतिक भाष्यका हिसाबले पक्कै पनि उत्तम लोकतान्त्रिक विकल्प हुनसक्छ । तर, कितावमा छापिएका अक्षर पढेर पौडिन नजान्नेहरू गहिरो तालमा हाम फाले जत्तिकै खतरनाक साबित हुनसक्छ।