विपद्को क्षति कम गर्ने तयारी
२८ असार २०८०
•
५ मिनेट पाठ
विपद्को क्षति कम गर्ने तयारी
नेपालमा सामन्यतया मनसुन १३ जुनबाट सुरु हुने गरेको छ। यसपालि भने १ दिन ढिला गरी मनसुन सुरु भयो। मनसुन सुरु भएसँगै असार २ गते पूर्वका ताप्लेजुङ, पाँचथर र संखुवासभामा आएको पहिरोसहितको बाढीबाट १० जनाको मृत्यु भयो। २६ जना बेपत्ता भए। ५४ घर पूर्ण रूपमा क्षति भएको जानकारीमा आएको छ।




जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हुने वर्षाको ८० प्रतिशत मनसुनको समयमा हुन्छ। पछिल्ला वर्षमा जल तथा मौसम विज्ञान विभागले गर्ने पूर्वानुमानमा विश्वसनीयता बढ्दै गएको छ। यही वर्ष पूर्वमा भएको नोक्सानीअघि पनि महाशाखाले चेतावनी जारी गरेको थियो। तर सम्बन्धित समुदायसम्म समयमा नै सूचना पुर्‍याउन नसक्दा अकल्पनीय घटनाको सामना गर्नुपर्‍यो।

विभागका अनुसार ताप्लेजुङको दोभानमा परेको पानी १० वर्षयताकै सबैभन्दा अत्यधिक थियो। मनसुन सुरु भएको सुरुवाती दिनदेखि नै भएको विपद्को घटनाले पूर्वतयारी तथा सूचना संप्रेषणमा भएको तयारीको पाटोमा प्रश्न उब्जाएको छ। सिन्धुपाल्चोक मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको जिल्ला हो।

नेपालमा सामन्यतया मनसुन १३ जुनबाट सुरु हुने गरेको छ। यसपालि भने १ दिन ढिला गरी मनसुन सुरु भयो।
२०७२ सालको भूकम्पपश्चात भौगर्भिक रूपमा थिलथिलिएको जमिनमाथि जथाभावी खनिएका बाटो, जलविद्युत् आयोजना, प्राकृतिक स्रोतको दोहन आदि मानवीय व्यवहारले पहिरोजन्य जोखिम बढिरहेको छ।

यहि वर्ष पनि मनसुन सुरु भएदेखि जुलाइ १ सम्म साना/ठूला गरी १३० भन्दा बढी पहिरो गएको विवरण विपद् पोर्टलमा उल्लेख छ। पहिरो तथा भेलबाढीजन्य विपद्को जोखिम न्यूनीकरण तथा पूर्वकार्यका लागि तयारीस्वरूप विभिन्न संघसंस्थाले स्थानीय सरकार र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वय तथा सहकार्यमा सम्भावित पहिरो प्रभावित समुदायको भूजोखिम अध्ययन गरेका छन्।

गत वर्ष सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको ५३ वटा र बाह्रबिसे नगरपालिकाको ५१ वटा सम्भावित जोखिम स्थानको भूजोखिम अध्ययन भएको थियो। यसपालि पनि बाह्रबिसे नगरपालिकाको ३२ वटा स्थानको भूजोखिम अध्ययन गरिएको छ। अध्ययन गरिएकामध्ये ९० भन्दा बढी बस्ती पहिरोको अधिक जोखिममा छन्। जहाँ भेला बाढी तथा पहिरोजन्य जोखिम न्यूनीकरणका लागि तत्काल काम थालिहाल्नुपर्ने छ।

भूगर्भविद्का अनुसार, भौगर्भिक अध्ययन गरिएका अधिकांश स्थानमा पानीको उचित निकास नहुनु, ग्रामीण सडक निर्माण र हाइड्रोपावर आयोजनाका कारण पहिरोको जोखिम बढिरहेको बताएका छन्।

भनिन्छ–विपद् व्यवस्थापनका लागि पूर्वतयारीमा गरिने एक रुपियाँको लगानीले प्रतिकार्यमा लगानी हुने सात रुपियाँ जोगाउन सकिन्छ। तर पनि पूर्वतयारीमा अपेक्षित काम भने अझै हुन सकिरहेका छैनन्। स्थानीय सरकारले विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरिरहेका छन्। तर विनियोजित बजेट विपद् व्यवस्थापनको क्षेत्रमा कम लगानी हुने गरेको छ। विपद् जोखिमको आंकलन गरी पूर्वकार्यमा त अझ निकै गर्न बाँकी छ।

गत वर्ष सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको ५३ वटा र बाह्रबिसे नगरपालिकाको ५१ वटा सम्भावित जोखिम स्थानको भूजोखिम अध्ययन भएको थियो।
विपद् जोखिम न्यूनीकरणका लागि गरिने पूर्वतयारीको काम भनेको ग्याबिन, रिटेनिङ तथा टेवा पर्खालहरू मात्रै हुन् त? सरकारका तीनवटै निकायले यस विषयमा आलोचनात्मक समीक्षा गर्नु आवश्यक छ। संघीय सरकारले सम्बन्धित प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि प्रदेश सरकारलाई जिम्मेवार बनाउँदा थप प्रभावकारी हुने देखिन्छ। संविधानमा विपद् व्यवस्थापनको विषयलाई साझा अधिकार सूचीमा राखिएको छ। सरकार मात्र होइन, यस कामका लागि संघसंस्था र समुदाय पनि त्यत्तिकै जिम्मेवार हुनुपर्छ।

सरकारले मनसुनजन्य विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्नका लागि मनसुनजन्य विपद्का पूर्वतयारी र प्रतिकार्य योजना बनाइ लागुसमेत गरिरहेको छ। विपद् व्यवस्थापनका लागि केन्द्रीय विपद् व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन कोषमा रकम निकासी गरी जिम्मेवारी बाँडफाँट पनि गरिएको छ।

कुनै स्थानीय सरकारले स्रोत भएर पनि परिचालन गर्न सकेका छैनन् भने कुनै स्थानीय सरकारको आफ्नो आन्तरिक स्रोत नभएका कारण विपद् पूर्वतयारी, प्रतिकार्य र पुनस्र्थापनाको कामलाई अघि बढाउन सकेका छैनन्। बाढी र पहिरोबाट घरबारबिहीन भएका परिवारलाई तत्काल अर्थात अल्पकालीनरूपमा उपलब्ध गराइएको राहत सामग्री भन्दा बाहेकको दीर्घकालीन समाधानका उपयामा तीन तहको सरकारले नै पर्याप्त चासो र ध्यान दिन जरुरी छ।

सरकारले मनसुनजन्य विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्नका लागि मनसुनजन्य विपद्का पूर्वतयारी र प्रतिकार्य योजना बनाइ लागुसमेत गरिरहेको छ।
तीनै तहमा विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्ने समर्पित दक्ष प्राविधिक कर्मचारीको अभावले समेत काममा बाधा पुर्‍याइरहेको छ। स्थानीय सरकार र जिल्लामा विपद्सम्बन्धी तथ्यांक व्यवस्थापन गर्ने कर्मचारीको अभाव र भौगर्भिक अध्ययनका लागि प्राधिकरणमा दक्ष प्राविधिक टोली नहँुदा पुनर्निर्माण तथा पुनर्स्थापनाको काम प्रभावकारी भएका छैनन्।

विपद्का कारण हुने गरेको धनजनको क्षति सबै नीति तथा कानुनको अभावले भन्दा पनि काम गर्ने शैली र इच्छाशक्तिको अभावको कारण भैरहेको ठम्याइ छ। हामीमा स्रोत होइन सोच, नीति तथा कानुन होइन, इच्छाशक्ति र काम गर्ने शैलीमा परिवर्तन नगरेसम्म विपद् व्यवस्थापनका क्रियाकलापमा खासै परिवर्तन आउने छैन। यसका लागि स्थानीय सरकारले अगुवाइ लिनुको विकल्प छैन।

विपद् प्रतिकार्य र राहतका क्रियाकलापभन्दा पनि पूर्वतयारीका क्रियाकलापलाई प्रोत्साहन गर्ने नीति प्राधिकरणले लिनुपर्छ। त्यस्तै प्राधिकरणले विपद्का सवाल विशेषगरी भौगर्भिक अध्ययनका लागि बेग्लै प्राविधिक समूह बनाइ जिम्मेवारी बाँडफाँट गर्दा नतिजामुखी काम गर्न सकिन्छ।

प्रत्येक स्थानीय सरकारले विपद् व्यवस्थापन एकाइ खडा गरी विपद् व्यवस्थापनको क्षेत्रमा अनुभव भएको कर्मचारीको व्यवस्था गर्न सकेमा उपलब्ध स्रोतमा प्रभावकारी काम गर्न सकिन्छ। विकास निर्माणका काम तथा पूर्वतयारीका काम गर्दा दीर्घकालीन लाभ पुग्ने बायो इन्जिनियरिङसहितको हाइब्रिड मोडलमा काम गर्नुपर्नेछ। त्यो भन्दा बढी सामुदायिक सचेतीकरणका क्रियाकलापहरूमा लगानी बढाउँदै लैजानुपर्छ।

विपद् प्रतिकार्य र राहतका क्रियाकलापभन्दा पनि पूर्वतयारीका क्रियाकलापलाई प्रोत्साहन गर्ने नीति प्राधिकरणले लिनुपर्छ।
जल तथा मौसम विज्ञान विभागले उपलब्ध गराउने मौसम पूर्वानुमानका सूचना समुदाय तहमा अर्थपूर्ण तरिकाले पुर्‍याउनका लागि बृहत् मात्रामा सामाजिक सञ्जाल र सञ्चारका साधनहरूको परिचालन गर्नुपर्छ। स्थानीय सरकारका माध्यमबाट समुदायलाई विपद् व्यवस्थापनका लागि जिम्मेवारी बनाउनुपर्ने हुन्छ।

अन्तमा, स्थानीय समुदाय र तीन तहकै सरकार र मातहतमा रहेका कार्यलयहरूले विपद् पूर्वतयारी तथा पूर्वकार्यमा लगानी बढाइ आफ्नो जिम्मेवारी प्रभावकारीतवरले निर्वाह गरेमा विपद्का घटनामा कमी आई जनधनको क्षति कम गर्न सकिनेमा शंका छैन। 
अर्को समाचार
काठमाडौं महानगरका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा
१३ जेष्ठ २०८३
•
१ मिनेट पाठ
काठमाडौं महानगरका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा
काठमाडौं महानगरपालिकाले यसवर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को जोखिम रहने बताएको छ।  पहिचान गरिएका स्थानमा जनधनको क्षति कम गर्न सोहीअनुरुप कार्यक्रम गर्ने तयारी रहेको महानगरका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले बताए।  




उनले भने, ‘कामपाको १ देखि ३२ वटै वडाका प्रतिनिधि, नागरीकसँगको सोधपुछ र विगतका अभ्यासलाई समेत अध्ययन गरी स्थान पहिचानको काम गरेको हो’, खोला छेउछाउको बस्ती स्थानान्तरण भएसँगै यस वर्ष नदीजन्य विपद्का घटनामा कमी आउने आशा गरेको छ।  

विपद् पूर्वतयारीका विषयमा कुरा गर्दै जोशीले भने ,‘डुबानमा परेका नागरिकको उद्धारका लागि चारवटा डुङ्गा तयारी अवस्थामा राखिएको छ’, डुबानमा परेकाको उद्धार कसरी गर्ने भनी कृत्रिम अभ्यास, उद्धारकै लागि आवश्यक पर्ने मेसिनरी सामान र उद्धारपछि आवश्यक पर्ने त्रिपाललगायतका सामग्री तयारी अवस्थामा राखेको छ।  

मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला सङ्घ–संस्थाको सहकार्यमा क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिए।   

पछिल्लो समय काठमाडौंमा बढ्दो सहरीकरण, ढलान प्रक्रिया, सरोकारवाला निकायको छलफल बिनानै सडक खन्ने र पुर्ने कार्यले  नदीजन्य विपद्का घटना हुने गरेको छ। 

सरोकारवालालाई विपद्का बेला अपनाउनुपर्ने सावधानी र उद्धारका विभिन्न विधिको प्रयोगात्मक अभ्यास  गरेर  सहरी विपद् जोखिम न्यूनीकरणका लागि समुदायस्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबीचको समन्वय  आवश्यक पर्ने महानगरले जनाएको छ।   
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस