सप्तरी जिल्लाको कोशी पश्चिम पोर्ताहा गाविसस्थित कंकालिनी माध्यमिक विद्यालयमा ४७ वर्षीया तीलेश्वरीदेवी रामलाई भ्याइनभ्याई थियो। गाउँमा पोलियो थोपा ख्वाउनुपर्ने धेरै बालबालिका थिए। पोलियो थोपा खुवाउने अभियान चलेको थियो।
उनलाई साथ दिने महेन्द्रप्रसाद देव र जागेश्वर यादव थिए। चैतको अन्तिम शनिबार बिहानैदेखि तीलेश्वरीदेवी बच्चाहरूलाई खोपकेन्द्रमा ओसार्न थालिन्। स्कुलको उत्तरपिट्ट बाहिरी बरण्डाको कुनामा खोप केन्द्र थियो। तीलेश्वरी देवी छातीमा नवजात शिशु च्यापेर साडीको सप्कोले बच्चालाई घामबाट जोगाउँदै पोलियो केन्द्रसम्म पुर्याउन तल्लीन थिइन्। उनी गाउँ छिर्थिन्, आमाहरू छातिबाट आफ्ना बच्चा अलग गर्दै तीलेश्वरीलाई सुम्पन्थे। उनी बच्चा लिएर पोलियो केन्द्र पुग्थिन्। आमाहरू उनलाई भेट्टाउन सत्तै्कनथे। तीलेश्वरी बच्चालाई पोलियो दुवाएर बच्चाको म्वाइ खाएर आमालाई दिन्थिन्। निकै बेर पर्खेपछि साडीको सप्काले पसिना पुछ्दै र स्वाँस्वाँ गर्दै उभिएकी तीलेश्वरीसँग बातचित गर्ने मौका मिल्यो।
स्थानीय भाषामा मैले तीलेश्वरीलाई सोधेँ - कतिजनालाई यस केन्द्रमा पोलियो थोपा खुवाउन लाग्नु भएको छ? तीलेश्वरीले सम्झेर भनिन् - हिजो सूर्य तल झर्दा यहाबाट गाडीको ठुलो जुलुस गएको थियो। त्यति बेलासम्म एक सय ७५ जना बच्चाको नाम र ठाम टिपेकी छु।
गाडीको जुलुस रहेछ आपूर्ति मन्त्री राजेन्द्र महतोको। ‘मधेश स्वाभिमान यात्रा'मा भारतीय नम्बर प्लेटधारी असीवटा गाडी तराई भर दौडिरहेको रहेछ। राजेन्द्र महतो आपूर्ति मन्त्री छन्। उनी तराईभर गाडी दौडाएर नेपालबाट तराई छुट्ट्याउने धम्की दिएर हिँड्दै छन्। नेपाली जनताको करबाट उठेको राजस्वलाई दुरुपयोग गरेर देश विभाजन गर्ने सार्वजनिक उद्घोष गरिरहँदा पनि प्रधानमन्त्री माधवकुमार नेपालले तिनको संरक्षण गरिरहेका छन्।
यसैबीच तीलेश्वरी देवीले टोलका सबै बच्चालाई पोलियो थोपा ख्वाउन नसकिने भएकोमा खिन्नता र विवशता प्रकट गरिन् । कसरी सम्भव र सजिलो हुन्थ्यो भनेर सोध्दा उनले एउटा "छाता" भएको भए कडा घाममा पनि निरन्तर काम गर्न सकिन्थ्यो भनिन्। एउटा छाता कैयन नवजात शिशुको जीवन अपांग हुनबाट बचाउन सकिने ज्ञान वातानुकूलित कोठामा बस्ने देशी विदेशी विकासे विज्ञलाई थाहै नहोला। तीलेश्वरी छाता नभएकाले खिन्न थिइन्। मैले मधेसी जनअधिकार फोरमका सहअध्यक्ष जयप्रकाश प्रसाद गुप्तालाई सभासदमा जिताउने भूमिमा उभिएर ‘तराईमा सामाजिक जागरणको आन्दोलनबाट शिक्षा र स्वास्थमा परिवर्तन ल्याएरमात्र आर्थिक समृद्धि सम्भव छ' भनी वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले गुप्तालाई दिएको सुझाव सम्झेँ।
पोर्ताको खोपकेन्द्रबाट राजविराज पुग्दा बजार पस्नेबित्तिकै सरकारी अस्पतालबाहिर बालबच्चा, वृद्ध र असहाय बिरामी सडकबाटै देखिन्थे। अस्पतालको हाता बाहिर बिरामीका आफन्त भन्दै थिए ‘बेडको अभाव छ, दरबन्दीअनुसारको डाक्टर छैन, सरकारी कार्यालयका कर्मचारी गर्मी छल्न गोष्ठी भन्दै राजधानी लाग्छन्।' यस्तै गुनासाबीच सगरमाथा अञ्चल अस्पतालको ठीक भव्य स्वागतद्वार देखियो। स्वागतद्वारमा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारको जय जयकार लेखिएको तुल टाँगिएको थियो। राजविराजमा त्यस्ता कयन स्वागतद्वार बनाइएको देखियो। उपेन्द्र यादव र विजय गच्छदारबीचको अस्वस्थ राजनीतिक प्रतिस्पर्धाले अन्ततः मधेशी जागरण र आन्दोलनलाई समाप्त गर्ने टिप्पणी स्थानीयवासी गर्दैथिए।
सप्तरी र त्यस आसपासका जनताको भावना मधेशी नेताहरूप्रति आक्रोशपूर्ण छ। नेताहरूको हार्दिकता जनतासँग रहँदा मुलुक अस्थिर र अराजक बन्दैन। तर मधेशमा मूलधारका नेताभन्दा बिस्तारै कटुवा बन्दुकधारी प्रभावशाली हुने खतरा बढेर गएको छ। त्यस्तो भएमा राजेन्द्र महतोजस्ता सरकार संरक्षित विखण्डनकारीले मधेशमा प्रभाव जमाउने जोखिम बढ्छ।
सप्तरीबाट विराटनगर पुग्दा उपप्रधानमन्त्री सुजाता कोइरालाको विराटनगर विमानस्थलदेखि कोइराला निवाससम्म मोटरसाइकल र गाडीको ताँती कति लामो थियो भन्ने चर्चा रहेछ। गिरिजाप्रसाद कोइरालाको अवसानपछि असुरक्षित र भयग्रस्त मानसिकतामा विराटनगरका घरानिया र पसाकर्मीलाई सुजाता आवगमनले ठूलै सन्तोष दिलाएको देखिन्थ्यो। डाक्टर, वकिल, प्राध्यापक र विभिन्न पेसाकर्मीलाई गिरिजाबाबुकै शैलीमा समूहगत भेट दिँदै सुजाताले सुरक्षा र अवसरको ढाढस र भरोसा पनि दिइन्। कोइराला निवास धेरै दिनपछि गुल्जार भएको थियो। केही नवकांग्रेसी कोइराला परिवारभित्रको पारिवारिक अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको कारण तामझाम गर्नु परेको भन्दै थिए। कोइराला परिवारको नाति पुस्ताले राजनीतिक अवसर पाइरहँदा निवासको सामाजिक सांस्कृतिक उत्तराधिकार पनि यिनले जोगाउन सकुन् भन्ने शुभेच्छा धेरैमा देखियो।
राजकाजमा गर्नेहरूको तामझामले बिराटनगर र आसपासमा दुई सातादेखि चहलपहल थियो। नेता र कार्यकर्तालाई भ्याइनभ्याई थियो। यस्तो शुभ घडीमा विराटनगर सहरको मुटु बजारअड्डामा एउटा कालो स्वागतद्वार अलच्छिन लागे झँ खडा भएको देख्दा वातावरण नै बिथोलिएको भान भयो । स्वागतद्वारमा कसैको जयजयकार थिएन। कालो तुलले निर्माण भएको द्वारमा मोरंग व्यापारसंघद्वारा एकातिर बिजुली, उद्योग, रोजगारी, पुँजी र शान्ति सुरक्षा छैन र अर्कोतिर चन्दा, फिरौती, तरलताको अभाव र चर्को ब्याजदर छ भनी लेखिएको रहेछ।
जतिखेर पेसाकर्मीहरू र कांग्रेसजन कोइराला निवासमा उपप्रधानमन्त्री सुजाता कोइरालासँग भेटघाटमा व्यस्त थिए, निवासबाट २५ किमी पूर्व गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रमा माओवादी कार्यकर्ता बैशाख २ देखि सुरुहुने विद्यार्थी भर्नामा दलितहरूको सूची बनाउन अहोरात्र खटिइरहेका थिए। ठकुवा रिषिदेव, देविया रिषिदेव, फुर्का सतार र अन्य थुप्रैको अगुवाइमा दलितहरूलाई विद्यालय भर्ना अभियान अगाडि बढिरहेको थियो।
नेपाली समाज समृद्धि र आधुनिकतातर्फको महान् यात्रामा शान्तिपूर्णरूपमा अगाडि बढीरहेको उदाहरण तीलेश्वरीदेवी राम, ठकुवा रिषिदेव र फुर्का सतारहरूको क्रियाशीलता हो। कांग्रेस, एमाले वा माओवादीले अगुवाइ नगर्दैमा समाज पछाडि पर्ने होइन। थुप्रै गैरसरकारी संस्था र सामाजिक कार्यकर्ता शान्त क्रान्तिमा निरन्तर लागिरहेका छन्। तसर्थ, समाज रूपान्तरणको महान् यात्रा राजधानी काठमाडौंको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा देखिने सभासदको तमासाबाट रोकिएको छैन। त्यस्तै सिंहदरबारमा दिनहुँ थपिएर जागिर खान जाने योजना आयोगका सदस्यको आशा र भरोसामा पनि समाज बसेको छैन। जनता अझ खासगरी दलित, आदिवासी र गाउँले समाजले परिवर्तनको अगुवाय आफै गरेका छन्। यसमा कतिपय राजनीतिक दल पछाडि पर्दैछन् भने अरू आफ्नो राजनीतिक भविष्य दिगो बनाउन जनतासँगै अगाडि बढेका पनि छन्। यस्तै असजिलो बाटोबाट आफ्नो भविष्य खोजी गर्ने सिलसिलामा अष्ट्रेलियाका एक आदिवासीले भनेका थिए - तिमी मेरो संघर्षको साथी बन स्वागत छ, टाढाबाट दया र कृपा मलाई नदेखाऊ, जाऊ।
स्थितिको सारसंक्षेपका रूपमा राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालको शब्द उद्धृत गरौँ। उनी भन्छन् - अहिलेको राजनीतिक दलहरूसंग भएको नेतृत्वको ‘स्टक'ले मुलुकलाई अगाडि बढाउने सामर्थ्य राख्दैन।'
खनालकै अर्को कथन छ - देश बिग्रिएको छैन नेताहरूलाई नै नपुगेको मात्रै हो। भ्रष्टाचारको मारमा तीलेश्वरी देवीदेखि ठकुवा रिषिदेव र फुर्का सतारमात्र होइन समाजका सबै पक्षका जनता परेका छन्। अझ सुदूरपश्चिमका खाद्यान्न पीडित जनता सिस्नु खाएर बाँच्नपर्नुको कारण उच्च तहका शासकप्रशासकमा रहेको भ्रष्टाचारको समझदारी हो भनेर सजिलै बुझ्न सकिन्छ। सिस्नु खोजी गुजारा चलाउने मध्य र सुदूरपश्चिमका जनताका छोराछोरीलाई पोलियो केन्द्रमा पुर्याउन पक्कै पनि तीलेश्वरीदेवी रामको अवतार त्यहाँ पुगेको हुनुपर्छ । शासक र प्रशासकलाई पुग्ने दिन चाँडो आएर तीलेश्वरीलाई छाताको जोहो चाँडै भए हुन्थ्यो।