अन्तिम भोज
३१ असार २०८०
•
६ मिनेट पाठ
अन्तिम  भोज
हालै एकजना व्यापारिक परिवारको वैवाहिक पार्टी थियो। यस्तो पार्टीमा राजनीतिक दलदेखि विभिन्न क्षेत्रका व्यक्तिसँग भेट हुनु स्वाभाविक हो। यस्ता भेटको उद्देश्य अन्तरक्रिया पनि हो। समाजको धड्कन थाहा पाउन यस्ता भेटघाटले मद्दत गर्छन्।




विभिन्न व्यक्तिलाई भेट्ने क्रममा म नेता डा. बाबुराम भट्टराई र उनकी छोरी मानुषी यमी भट्टराई बसेको टेबुलमा पुगेँ। दुबैसँग कुरा गरिरहेका बेला अर्का व्यक्तिको प्रवेश हुन्छ। उनी विगतमा पत्रकारिता गर्थे। अहिले व्यापार व्यवसायमै आफूलाई लगाएका छन्। नेताद्वयसँग जम्काभेट हुनासाथ उनले तिर छाडिहाले– हेर्नोस्, मैले त पत्रकारिता पनि छाडिसकेँ। राजनीतिक व्यक्ति पनि खत्तम भए। पत्रकारिता पनि बदनाम भयो। राजनीतिको कुरै भएन। अब यो देश बन्दैन। त्यही भएर मैले मेरा छोरालाई पनि विदेश पठाइसकेँ।

डा. भट्टराईको जवाफ थियो, हेर्नोस्, यस्तो हुतिहारा कुरा गरेर हुन्छ ? यहाँ सबै बिग्रिसकेको छैन। हिजो जस्तो अवस्था पनि छैन। आफू जिम्मेवारीबाट अलग्गिने अनि केही पनि भएन भन्ने ?

अहिले यस किसिमका दृश्य सामान्य भइसकेका छन्। राजनीतिक व्यक्तिमाथि आलोचना गर्नु सामान्य व्यवहार भइसकेको छ। सबै खत्तम भयो भन्ने जताततै सुनिन्छ। प्रत्येक घरका युवा जति विदेश जाने चक्करमा छन्। अलि पढेलेखेका धनी परिवारका छोराछोरी अमेरिका, बेलायत, क्यानाडा, अस्टे«लिया वा युरोपेली मुलुक जान तयार छन्। सामान्य पढाइ भएका र आर्थिक स्थिति कमजोर भएका युवा खाडी मुलुक जान म्यानपावर एजेन्सीको चक्कर काटिरहेका छन्।

यतिबेला नेपालमा बनाइएको एउटा आम मानसिकता हो– यहाँ केही हुँदैन। यो मानसिकताले समाजलाई आक्रान्त पारेको छ। सबै मानिस यहाँबाट भाग्न चाहन्छन्। आफूले दुःख पाइयो अब छोराछोरीले भविष्यमा विदेशमै बसेर भए पनि सुख पाऊन् भन्ने चाहना मुखरित हुने गरेको छ। आफू पनि बेलाबेलामा ‘तेलभिसा’मा गएर स्वाद फेरौंला भन्ने सबैलाई छ।

आजको दिनमा देश÷विदेशमा जाने, अध्ययन गर्ने, रोजगारी खोज्ने अवस्था छ। मानिस यथार्थमै अन्तर्राष्ट्रिय जाति भइरहेको छ। अवसरको खोजीमा यताउता गर्नु स्वाभाविक हो। त्यसलाई अन्यथा मान्न सकिँदैन। तर, यो मुलुकमा केही हुन्न भन्ने भाष्य निर्माण गर्ने कामचाहिँ खतरनाक ढंगले भइरहेको छ।

विकासको गति सुष्त छ। हामीसँग अन्तर्राष्ट्रिय गति पछ्याउने क्षमता कम छ। व्यवस्थापकीय काम गतिलो छैन। तर, यो बीचमा हलक्क बढेको हाम्रो चाहनाले स्वाभाविकरूपमा हामीलाई थप निराश तुल्याइरहेको छ। संसार आज हाम्रा हातमा छ। औँलाका टुप्पामा प्राप्त सूचनाका निम्ति निमेषभरको अन्तर छैन, त्यो न्यूयोर्क होस् वा नयाँसडक। यसकारण पनि हामी बेचैन छौँ।

अरूको देख्छु रहरले मर्छु’ भने जस्तो अवस्था छ। हाम्रा दुई छिमेकी चीन र भारत दु्रत गतिमा अगाडि बढेका छन्। यो सबै अवस्थाबाट यहाँका सबै जानकार छन्। अझ सूचना प्रविधिले संसारमा कहाँ के भइरहेको छ भन्ने थाहा पाउन सजिलो भएको छ। जब यी सबै जानकारी पाइन्छ, तब निराशा आउँछ तर हामीले निराश भएर यहाँबाट भाग्न खोज्नु मात्र निकास होइन। 

 विदेशमा श्रम गर्न हिँडेका १ सय १७ जनालाई त्रिभुवन विमानस्थलमै रोकेको घटनाबाट पनि बुझ्न सकिन्छ यहाँ कुनै शक्तिशाली परिवारका व्यक्ति रोकिन्थे र ? ती विचरा नागरिकप्रति केको माया ?  
शिक्षा क्षेत्रकै कुरा गर्ने हो भने नेपालीहरू यहीँको शिक्षा पाएर संसारभरि छरिँदै छन्। मुलुकमा आएको लोकतन्त्रले ल्याएको खुलापनका कारण शिक्षा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीका कारण धेरै व्यक्ति अन्तर्राष्ट्रिय बजारमा समेत बिक्न सक्ने अवस्थामा छन्। निजी क्षेत्रले त्यही काम गर्न सक्यो भने सार्वजनिक शिक्षा क्षेत्रमा पनि गर्न सकिने रहेछ। त्यसलाई मात्र सुधार गर्न सकेको भए सबैजनाले विदेश जानै पर्दैनथ्यो। यहाँ रहेका व्यक्तिले पनि काम गर्न सक्ने थिए।  

वास्तवमा हाम्रो देशमा बिग्रेको भन्नु नै सुशासन हो। सुशासन हुने हो भने चौतर्फी हामीले प्रगति गरिसकेका हुने थियौँ। २०४६ सालमा मुलुकमा प्रजातन्त्र पुनस्र्थापना भएपछि सबै क्षेत्रमा बिग्रियो भन्ने धारणालाई जबर्जस्तरूपमा बनाउन खोजिँदैछ। वास्तवमा लोकतन्त्रले ल्याएको खुलापनले हामी सबैलाई आलोचनात्मक भएर सोच्ने अवसर दिएको हो। केही भएन भन्दै थप विकासका निम्ति उत्प्रेरित गरेको हो। त्यसैले हाम्रा आमनागरिकमा देखिएको असन्तुष्टिलाई ऊर्जाका रूपमा परिवर्तन गर्दै थप विकासतर्फ लैजान सकिन्छ।

यथार्थमा धेरै व्यक्ति यो देशबाट भाग्न खोजेका कारण सुशासन प्रमुख कारण हो। कुनै काम गराउन सरकारी कार्यालयमा पुग्दा सर्वसाधारणले काट्नुपर्ने चक्करले धेरैलाई निराश तुल्याउँछ। देशमा राजस्व आर्जन गर्न नसकिने अवस्था छैन। तर राजस्व तिर्न जाने मानिसले पाउने दुःखको यहाँ कुनै सीमा छैन।

मैले हालै एकजना भुक्तभोगीसँग कुरा गरेँ। उनका अनुसार यो देशमा थोरै सामान मात्र यथार्थमा भन्सार तिरेर आउँछ। अरू सबै सेटिङमा निर्भर गर्छ। यस्तो अवस्थामा देशको ढुकुटी रित्तो हुनु अनौठो भएन। वास्तवमा मोटरगाडी आदि सामान ल्याउँदा मात्र यथार्थमा मुलुकले पाउने भन्सार राजस्व प्राप्त हुन्छ। देशमा कैयन् यस्ता सामग्री आएका छन्, जो सेटिङबाटै भित्रिन्छन्।

सार्वजनिक सेवामा सेवाभावको अभाव छ। राज्य संयन्त्रभित्र इमानदारीपूर्वक काम गर्ने र गराउने नेतृत्वको कमी छ। राजनीतिक नेतृत्व मात्र पनि सक्रिय हुने हो भने देशको कायाकल्प गर्न लामो समय लाग्दैन। चौतर्फी कमिसनतन्त्रले गाँजेका कारण काम हुन सकेको छैन। विदेशमा श्रम गर्न हिँडेका १ सय १७ जनालाई त्रिभुवन विमानस्थलमै रोकेको घटनाबाट पनि बुझ्न सकिन्छ यहाँ कुनै शक्तिशाली परिवारका व्यक्ति रोकिन्थे र ? ती विचरा नागरिकप्रति केको माया ?

तर, त्यही त्रिभुवन विमानस्थल हो जहाँबाट सेटिङमा दैनिक मानिस गइरहेका छन्। यसपटक यी रोकिए किन भने त्यहाँ सेटिङ बन्न सकेन। जुन दिन यो मुलुकमा सबैलाई बराबरी कानुन लाग्न थाल्छ, त्यो दिनदेखि कसैले पनि विदेश गइरहनु पर्दैन।

अघिल्लो निर्वाचनसम्म यो देशमा नेता भएनन् भन्ने चिन्ता थियो। राजनीतिमा नयाँ नेताको पनि आगमन हुन थालेको छ। पुराना दलभित्र पनि जुर्मुराउन थालेको देखिँदैछ। त्यहाँभित्रका युवाले पनि अब भएन भन्दै विद्रोह गर्नुपर्ने अवस्था आउन लागेको छ। यस्तो स्थितिमा सुधार हुँदै जाने हो भने आगामी निर्वाचनसम्ममा यो देशमा आमनागरिकले खोजेको परिवर्तन आउन सक्छ।

यो देशमा केही भएन भन्दाभन्दै पनि नेतृत्व परिवर्तनको सम्भावना देखिँदैछ। त्यसैगरी विकास निर्माणका काम अगाडि नबढे पनि यससम्बन्धी आलोचनात्मक धारणा अभिव्यक्त हुन थालेका छन्। कामको गुणस्तर खोजिन थालेको छ। अब यत्तिकै बस्न सकिँदैन भन्ने पनि हुँदैन। आमनागरिकमा देखिएको यो छटपटीलाई राजनीतिक नेतृत्वले पनि आत्मसात गर्न थालेको छ।

नेपाल अब पछाडि फर्किंदैन। केही व्यवस्थापकीय प्रश्न, केही अनुभवहीनताको स्थिति आदिलाई ध्यानमा राखेर फेरि यो मुलुकलाई २०६२/०६३ वा अझ अगाडि २०४६ तिरको अँध्यारोतिर लैजान खोजिँदैछ। त्यति मात्र होइन, यो देशमा आएको परिवर्तन विदेशीबाट हो भनेर विगतका ठुल्ठूला आन्दोललाई होच्याउने काम हुँदैछ। यहाँ जनता जागेर परिवर्तन आएको हो। कुनै विदेशीले परिवर्तन ल्याइदिएको होइन।

यहाँ जे हुन्छ विदेशीबाटै हुन्छ, सबै विदेशीबाटै चल्छन् भन्ने भ्रम फैलाएर नयाँखाले विद्रोह जन्माउन पनि खोजिएको छ। त्यही हल्ला फैलाएर यहाँ सहरी विद्रोह गराउने र आफूले भनेअनुसार यहाँको परिस्थिति अगाडि बढाउन खोज्ने पक्ष पनि देखिँदैछ। यो अवस्थाप्रति सजग हुँदै राजनीतिक नेतृत्वले काम गर्नुपर्ने अवस्था छ।

हालै अर्को एउटा पारिवारिक जमघटमा म पुगेको थिएँ। त्यस परिवारका एक युवा अध्ययनका निम्ति विदेश जाँदै थिए। त्यहाँ भएका अधिकांश अभिभावक आफू पनि चाँडै सन्तानलाई विदेश पठाएर यस्तै भोज आयोजना गर्न तत्पर रहेको बताइरहेका थिए। लाग्छ, यो देशमा अन्तिम भोज चलिरहेको छ। @gunaraj
अर्को समाचार
आफूविरुद्ध ‘प्रमाण’ नभेटिएको रविको दाबी, कांग्रेस–एमाले सरकार ‘अन्तिम भोज’
०८ भदौ २०८१
•
१ मिनेट पाठ
आफूविरुद्ध ‘प्रमाण’ नभेटिएको रविको दाबी, कांग्रेस–एमाले सरकार ‘अन्तिम भोज’
 सहकारी बचत रकम हिनामिनाको छानबिन गर्न बनेको विशेष संसदीय समितिसँग १० घण्टा बयान दिएपछि शनिबार चितवन पुगेका लामिछानेले यस्तो दाबी गरेका हुन्।




शुक्रबार मात्रै संसदीय विशेष छानबिन समितिले गोर्खा मिडिया नेटवर्क प्रालिको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सभापति लामिछानेलाई बोलाएर मध्यरात १ बजेसम्म बयान लिएको थियो।

त्यसपछि शनिबार लामिछाने चितवनको राप्ती नगरपालिकामा आयोजित पार्टी कार्यक्रममा सम्बोधन गर्न पुगेका हुन्।

सोही कार्यक्रममा बोल्दै लामिछानेले आफू विरुद्ध प्रमाण छ, प्रमाण छ भनेर कुर्लनेले १०६ दिनसम्म प्रमाण दिन नसकेको दाबी गरे।

‘प्रमाण छ भनेर कुर्लनेले न संसद्, न संसदीय छानबिन समिति वा न सरकारलाई नै प्रमाण दिए,’ उनले भने,‘प्रमाण छ भने अझै पनि जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु।’

आफूलाई सहकारी ठगी प्रकरणमा जोडेर हदैसम्मको दुख दिएर बदमान गर्न खोजेको पनि उनले दाबी गरे।

यस्तै अर्को प्रसङ्गमा सभापति लामिछानेले प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको गठबन्धन सरकारबारे पनि टिप्पणी गरे।

‘संसद्का दुई ठूला दलको सरकार बन्नु राम्रो होइन,’ उनले भने,‘तर, जनताको पक्षमा सरकारले प्रभावकारी काम गर्न सकेन भने यो अवसर अन्तिम भोजजस्तै हुनेछ।’
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस