एकीकृत नेकपा (माओवादी) ले ठूलो खर्च, तयारी र तामझामका साथ देशव्यापी आमहडताल गरिरहेको छ। सरकार परिवर्तनका संवैधानिक र राजनीतिक विकल्प हुँदाहुँदै बलप्रयोग र घेराबन्दीका आधारमा प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य बनाउने उद्घोषसहित ऊ आन्दोलनमा उत्रिएको छ।
तर, उसले जे प्राप्तिका लागि आन्दोलन गरिरहेको छ, त्यो चाहिँ यस बाटोबाट सम्भव छैन। किनभने, संसद् छँदाछँदै कुनै पनि प्रधानमन्त्रीले धम्की, घेराबन्दी र हठका अगाडि घुँडा टेक्न सक्तैन। प्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई लचिलोरूपमा प्रस्तुत गर्दा पनि माओवादीले सहमतिको बाटोबाट होइन, घेराबन्दीको बाटोबाट सिंहदरबारमा पुग्ने सपना देखिरहेको छ। उसले जति धेरै यस्ता आन्दोलन गर्छ, त्यति धेरै त्यो सम्भावना क्षीण हुँदै जानेछ। किनभने, एक त यो जनआन्दोलन नै होइन, कार्यकर्ता आन्दोलन हो। यस आन्दोलनमा माओवादी कार्यकर्ताबाहेक एकजना पनि स्वतन्त्र र गैरमाओवादी जनताको उपस्थिति छैन। यसकारण माओवादीले जतिसुकै चर्का नारा लगाए पनि त्यसकै भरमा उसलाई सत्ता सुम्पिने मूर्खता कदापि हुन सक्दैन।
पदमा बहाल रहेको बेला कमै प्रधानमन्त्रीले बोल्ने भाषा माधवकुमार नेपालले बोल्नुभएको छ। राष्ट्रिय सहमति आउनासाथ आफैँ त्यसलाई कार्यान्वयन गर्न लाग्ने उहाँको प्रतिबद्धताले समस्या समाधानको बाटो के हो भन्ने स्पष्ट पारेको छ। एमाले, माओवादी र कांग्रेस एक ठाउँमा बसेर सहमतिको प्याकेज तयार गर्नासाथ त्यसलाई स्वीकार गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई माओवादीले कमजोरीका रूपमा बुझेको छ भने उसका लागि त्यो निकै महँगो हुनेछ। किनभने, शान्तिपूर्ण आन्दोलनका नाममा माओवादीले गर्न खोेजेका हर्कतहरू, त्यसका लागि भित्रीरूपमा भइरहेका तयारी र सम्भावित खतराका बारेमा सरकार पक्कै बेखबर छैन।
माओवादीले आफ्नो कार्यकर्ता आन्दोलनलाई यसअघिको ऐतिहासिक जनआन्दोलनसँग दाँजेर जनतालाई भ्रमित पार्न खोजेको छ। माओवादीको यो तर्क सैद्धान्तिकरूपमा नै गलत छ। किनभने, यसअघि २००७ सालदेखि २०६२/६३ सम्म भएका आन्दोलन सत्ता परिवर्तनका लागि थिए, सरकार परिवर्तनका लागि होइन। सडकबाट सरकार परिवर्तन गर्न सकिँदैन भन्ने तर्क गर्दा माओवादीले यसअघिका जनआन्दोलनको दृष्टान्त दिने गरेको पाइन्छ। एउटा राजनीतिक दलमा यति ठूलो भ्रम रहनु नै लोकतन्त्रका लागि चुनौती हो। किनभने, २००७ सालको आन्दोलनले राणाशासन समाप्त पारेको थियो, २०४६ को आन्दोलनले पञ्चायती शासन समाप्त पारेको थियो र २०६२/६३ को जनआन्दोलनले राजतन्त्र समाप्त पारेको थियो। माओवादीको आन्दोलनलाई ती आन्दोलनहरूसँग तुलना गर्ने हो भने उसले स्पष्ट पार्न सक्नुपर्छ - यो आन्दोलनले कुन व्यवस्था परिवर्तन गर्ने हो? माओवादी नेताहरूले भनेकै पत्याउने हो भने पनि यो आन्दोलन सरकार परिवर्तनका लागिमात्रै हो। त्यसो हो भने सरकार परिवर्तन गर्नका लागि यत्रो आन्दोलनको आवश्यकता छैन।
विगतबाट झस्किएका दलले माओवादीलाई नागरिक राजनीतिक दलमा रूपान्तरण गर्नका लागि दबाब दिइरहेका छन्। दलहरूको यो माग कुनै एउटा पार्टीका अगाडि तेर्स्याइएको सर्तमात्रै होइन। शान्ति प्रक्रियाको मूल चुरो पनि यसैसँग जोडिएको छ। किनभने, जबसम्म माओवादी लडाकुहरूका अस्थायी शिविर खाली गरिँदैन, लडाकुहरूलाई समायोजन र पुनःस्थापना गरिँदैन, तबसम्म माओवादीमा बन्दुकको दम्भ कायमै रहन्छ। शिविरमा लडाकु र कन्टेनरमा हतियार रहेसम्म अरू पार्टीलाई ह्याकुलाले मिचेर जान सकिन्छ भन्ने हठबाट माओवादी ग्रस्त छ। लोकतन्त्रमा सबै दल समान नभएसम्म लोकतान्त्रिक विधि, प्रक्रिया र अभ्यासहरू त्यसैबाट प्रभावित हुनु अनिवार्य नै हुन्छ।
राज्य पूर्णरूपमा पराजित भएपछि अर्थात् माओवादी उग्रवादले जितेमा मात्र सडकबाट सत्ता प्राप्त हुन्छ। योजनाबद्धरूपमा देशभरिबाट ल्याइएका कार्यकर्ताका आधारमा माओवादीले बाँकी पार्टीलाई आफ्नो बाटोमा हिँडाउन सक्तैन। विगतमा माओवादीले जे भन्यो, त्यही मान्ने गरेकाले माओवादी हौसिँदै गएको हो। अहिले माओवादीको आन्दोलन चलिरहेको बेला पनि पनि यो प्रवृत्ति देखा परिरहेको छ। माओवादीले सरकार परिवर्तनका लागि जस्तो सुकै उपाय पनि अपनाउन बाँकी राखेको छैन। अविश्वास प्रस्तावको कसरत, नेकपा (एमाले)भित्र रहेका आफ्ना शुभेच्छुक सभासद्हरूको हस्ताक्षर अभियान, सत्तारूढ दलहरूबीच विभाजनको प्रयासजस्ता धेरै प्रयास विफल भएपछि निराश माओवादी अहिले आन्दोलनमार्फत् सत्तामा पुग्ने दाउमा छ। उसको सत्ताप्राप्तिमा भर्याङ बन्न लालयितहरू नेकपा (एमाले)भित्रै पनि धेरै नै देखिएका छन्।
माओवादीको आन्दोलनको ज्वालामा घिउ थप्ने वामदेव गौतम, रवीन्द्र अधिकारी, राधा ज्ञवाली, किरण गुरूङहरूको अभियान एमालेलाई होइन, माओवादीलाई बलियो बनाउनु हो भन्नेमा दुबिधा छैन। हिजो पार्टी विभाजन गरेर शून्य स्थान पाएपछि निराश भएर फर्किन बाध्य भएकाहरू आज फेरि पुष्पकमल दाहालको ठूलो घर देखेर लोभिएका हुन सक्छन्। तर, त्यस्ता प्रवृत्तिबाट एमालेको आम कार्यकर्ता पंक्ति विचलित हुँदैन। किनभने, तिनीहरू को हुन् र तिनको प्रभाव कति छ भन्ने एमाले कार्यकर्तालाई थाहा छ।
माधवकुमार नेपाललाई कुनै हालतमा स्वीकार्न नसक्ने पुष्पकमल दाहाललाई अरूले स्वीकार गर्नुपर्छ भन्ने तर्कलाई उचित मान्न सकिँदैन। उनी अर्को कुनै व्यक्तिलाई स्वीकार गर्न सक्दैनन् भने स्वाभाविक प्रश्न उठ्छ- त्यसो भए उनलाई अरूले किन स्वीकार गर्ने? सहमतिकै लागि माओवादीले आन्दोलन गरेको हो भने आफूभित्रबाट अरूलाई पनि स्वीकार्य हुने विकल्प दिन ऊ किन सक्दैन? विकल्पका बारेमा सोच्न पनि सकिन्छ भन्ने धारणा कहीँ कतैबाट व्यक्त भयो भने भोलिपल्ट बिहानै बैठक राखेर उधारोमै भए पनि दाहालले प्रधानमन्त्रीका रूपमा आफ्नो नाममा निर्णय गराउने गरेका छन्। दाहालले यसबीचमा तीन पटक जति आफ्नो नाममा निर्णय गराइसकेका छन् भने प्रधानमन्त्री नेपालले त्यसभन्दा बढी पटक सहमति भयो भने आफू अवरोध नबन्ने स्पष्ट पारिसकेका छन्। यी दुई दृष्टान्तले पनि को बढी पदका लागि आशक्त छ भन्ने स्पष्ट पार्दछन्।
सहमति र सहकार्यको कुनै विकल्प छैन। तर, त्यस्तो सहकार्य एउटाले घोषणा गरेका एजेन्डामा अरू लत्रिएर हुन सक्तैन। एकातिर युद्धको नगरा बजाउने अनि अर्कातिर सहमतिका लागि अरू दलहरूलाई मानसिकरूपमा प्रभावित पार्ने माओवादीको दोहोरो चालका सामु कसैले पनि आत्मसमर्पण गर्न सक्दैन। जबर्जस्ती गाडीमा हुलेर राजधानी ल्याइएका माओवादीका कार्यकर्तालाई थाहा नभए पनि बाँकी जनता र विश्वलाई भने थाहा छ, जनतालाई आहत पारेर सत्ताका लागि गर्ने आन्दोलनले सफलता पाउन असम्भव छ।