मुलुकको कुना–कन्दरा वा कठिन पहाडी भूगोलमा जलविद्युत् आयोजनाको सम्भावना हुने भएकाले एउटा जलविद्युत् आयोजना बनाउँदा त्यस्ता विकट क्षेत्रमा अन्य पूर्वाधारसमेत विकास हुन जान्छ । जस्तै– आयोजनासम्मको सहज पहुँचका लागि प्रवेश मार्ग निर्माण अपरिहार्य हुन्छ नै । यसले आयोजनालाई मात्र नभई स्थानीय बासिन्दालाई समेत सहरी क्षेत्रसँग आबद्ध गराउँछ र स्थानीय क्षेत्रको विकासको ढोका खोल्छ । विगतमा दुर्गम अवस्थामा रहेको उक्त क्षेत्र एउटा आयोजना जाँदा स्वभावैले सुगम अवस्थामा परिणत हुन पुग्छ र सुख–सुविधाको उत्कट अभिलाषा बोकेर मुलुकको अन्य भू–भागमा बसाइँ–सराइका लागि भौंतारिइरहेको समुदायलाई आफ्नै गाउँ–घरमा विकास आउन लागेको सुनिश्चतता प्रदान गर्दै बसाइँ–सराईमा कमी ल्याउन सकिन्छ ।
जति छिटो सडक बनाउन सक्यो त्यति नै छिटो गाउँमा वैकल्पिक अवसर सिर्जना हुन्छन् । गाउँको उब्जनीले बजार पाउँछ भने अपुग खाद्यान्न, कपडा, नून÷तेल सस्तो भएर गाउँ भित्रन्छ । वन, वातावरण र प्राकृतिक स्रोत तथा साधनको हिमायती जो÷कोहीले कर्मचारी वा सांसदभन्दा पहिले आफूलाई नेपाली भएको र गाउँघरको कारुणिक अवस्था मनन् गर्ने बानी बसाल्नुपर्छ । अझ सांसदले त आज पनि त्यही गाँउको भोटमा कोट लगाइ हिँड्नुभएको छ । मुलुक विकासका लागि उहाँहरू त थप संवेदनशील बन्नैपर्छ । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै चुनिएर आउनुभएका नवनिर्वाचित पदाधिकारीलाई त आफ्नो गाउँ विकासका लागि झनै बढी हुटहुटी चलिरहेको होला यतिबेला ।
अरु मुलुकले गरेका विकास प्रक्रियालाई नियाल्न सात समुद्रपारिका युरोप÷अमेरिका धाउन र त्यहाँको सपना बाँड्न पर्दैन । हाम्रै छिमेकको बिहार हेरे पुग्छ । त्यहाँ पनि वन र वातावरणका राष्ट्रिय÷अन्तर्राष्ट्रिय मुद्दा हाम्राभन्दा कम संवेदनशील र पेचिला त छैनन् होला ? तर ७–८ वर्षको छोटो अवधिमा नै नेतृत्वको दृढ इच्छाशक्तिले राज्यको विकासमा कायापलट भएको हाम्रा अगाडि घामजत्तिकै छर्लङ्ग छ । उसो त नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमात्रै फेरिँदा पनि लोडसेडिङ्ग क्रमशः मत्थर हुँदै गएकाले इच्छाशक्ति भएमा काम गर्न सकिन्छ भन्ने तथ्य प्रमाणित गर्छ नै ।
जलविद्युत्का उत्पादन गरी समन्यायिक ढङ्गले वितरण गर्न सक्यौँ भनेमात्र विद्यमान अवस्थामा अत्यधिक उपयोगमा रहेको खनिज इन्धन (डिजेल, मट्टितेल र खाना पकाउने ग्यास) लाई प्रतिस्थापन गर्न सकिन्छ । आर्थिक वर्ष २०७३÷०७४ यस अवधिसम्म आइपुग्दा राज्यले एक खर्बभन्दा बढी रुपियाँको पेट्रोलियम पदार्थ आयात गरिसकेको तथ्याङ्क देखिन्छ । यसरी नियाल्दा हामी कार्बन घटाउनेतर्फ पाइला चाल्नेभन्दा आयात गरेर बढाइरहेका छौं । तर यही रकम बराबरको विद्युत् आयोजना निर्माण गर्ने हो भने आजको लागत मूल्यमा कम्तीमा ५०० मेगावाट (१ मेगावाटको अनुमानित लागत अक्षरेपी २० करोड) क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न सकिन्छ । यसरी हेर्दा एक वर्षको आयातमात्रै प्रतिस्थापन गर्न सक्ने हो भने पनि अहिलेको मागलाई ठूलो राहत पु¥याउन सकिन्छ । तर त्यसका लागि आयोजना निर्माणमा सरकार एवं स्थानीय तह वा स्थानीय बासिन्दाबाट कुनै अवरोध भने हुनुहुँदैन ।
सहज र निर्वाध ढङ्गले आपूर्ति हुने विद्युत् सर्वसाधारणको घर–घरसम्म पु¥याउँदा अनि त्यसको निर्वाध उपयोगले गाउँघरमा समेत दाउरा र अन्य कृषिजन्य अवशेषबाट उत्सर्जन हुने कार्बन पनि उल्लेखनीयतवरले घट्छ । यसले गृहिणीको स्वास्थ्यमात्र सुधार्ने नभई वन तथा वातावरण संरक्षणमा सकारात्मक योगदान पुग्न गई अन्ततोगत्वा कार्बन सञ्चितिमा नै भरथेग हुन्छ र त्यसबाट लक्ष्य हासिल गर्न लालायित हामी सबैको सपना पनि दीर्घकालसम्म पूरा हुन सक्छ । जलविद्युत् आयोजना स्वच्छ ऊर्जा उत्पादन गर्ने संयन्त्र पनि हो । यसलाई स्वच्छ विकास संयन्त्र (सिडिम) मा सूचीकृत गर्नसके त्यसबाट पनि कार्बन उत्सर्जनको भार घटाएबापत पाउने सुविधा भित्र््याउन सकिन्छ । त्यसतर्फ कसैले सोचेको अनुभूति भने गर्न सकिएको छैनमात्र हैन, त्यसतर्फ अगाडि बढ्न खोज्ने आयोजनाका आवेदकलाई सरकारी निकायले नै नीति निर्माणमा विलम्ब गरी ३ वर्षदेखि निरन्तर हतोत्साही बनाउँदै आएको छ । यसको मारमा माथिल्लो कर्णाली जलविद्युत् आयोजना परिरहेको छ ।
यसका अतिरिक्त सर्वसुलभरूपमा प्राप्त हुने बिजुलीले विद्युत्मा आधारित उद्योग खुल्ने वातावरण बन्ने र नेपालभित्रै रोजगारी सिर्जना हुन गई बिस्तारै युवा जनशक्ति विदेशिने क्रममा कमी आउन थाल्छ र दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न त्यति गाह्रो पक्कै हुँदैन । हामी सबैलाई थाहा छ– पर्यटन र विप्रेषण (रेमिटेन्स) विदेशी मुद्रा भित्र््याउने माध्यम हुन् । तर धेरैभन्दा धेरै जलविद्युत् आयोजना निर्माण गरी बजार सुनिश्चितता गर्न सक्ने हो भने कथम्कदाचित ती क्षेत्रमा विचलन आयो भने पनि अर्थतन्त्रलाई जीवन्त राख्न सकिन्छ । किनभने हामीले उत्पादित विद्युत् वस्तु–विनिमय गर्न सकिन्छ भन्ने सिद्धान्त व्यवहारमै उतारिसकेका छौं ।
विद्युत् सहज आपूर्तिले विद्युत् आयात प्रतिस्थापन गरी खनिज तेल आयात गर्दा बेहोर्नुपरिरहेको अर्बौं अर्बको वार्षिक व्यापार घाटा घटाउनेमात्र नभई जगेडा बिजुली बेच्दा हुने राष्ट्रिय आम्दानीले वन क्षेत्रले सञ्चित गर्ने कार्बनबाट हुने आकलन गरिएको आम्दानीभन्दा रत्तिभर कम हुँदैन । अहिले नै पनि गाँउ–गाउँमा खाना पकाउने आयातीत ग्याँस पुगेकाले आय–आर्जनको भरपर्दो स्रोत भएका मानिस ग्यासको अभाव हुँदा वन–जङ्गल गएर दाउरा खोज्ने वा आफ्नो बारीमा फ्याँकिएको अवस्थामा रहेको झिङ्गल्टा टिपेर बाल्नभन्दा बजार धाउने र लाम लाग्ने प्रवृत्ति अब संस्कृति नै बनेको छ ।
त्यस्तै आयातीत ग्यास प्रयोग गर्ने हैसियत नभएकाले पनि जेनतेन गोबरग्यास राखेर घरायसी गर्जो टार्ने गरेको तथ्याङ्क पनि ३ लाख ६३ हजार ८ सय ४७ घरपरिवारले प्रयोग गर्दै आएको गोबर ग्यास प्लान्टको संख्या भर्खरै वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले सार्वजनिक गरेको छ । अहिले पनि बिजुली आउने तालिका हेरेर आफ्नो कार्यतालिका बनाइ सकेसम्म बिजुलीबाट नै काम चलाउन पाए हुन्थ्यो भन्ने गृहिणीको संख्या उल्लेखनीय हिसाबले बढ्दैछ गाँउघरमा समेत । तर जल, जमिन र जङ्गलका पक्षमा बहस, पैरवी तथा वकालत गर्नेहरूको नकारात्मक सोचले सल्काएको आगोको फिलिङ्गोले जलविद्युत् आयोजनारूपी घर खरानी भयो भने त्यसकै टिको लगाउनेबाहेक अरु के बाँकी रहला र?
जलविद्युत् उत्पादन र प्रसारण गर्ने निकाय वा सरोकारवालाहरु वन तथा वातावरण संरक्षणप्रति संवेदनशील नहुने र वन विनास गर्नकै लागि उद्यत् रहन्छन् भन्ने सोच पाल्नु आफँैमा नकारात्मक र संकीर्ण मानसिकताको उपज हो । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनले सुझाएका समाधानका उपाय अवलम्बन गराउन र अनुगमन गर्न सरकार र आयोजना विकासकर्ता दुवै पक्ष लागिपर्ने हो भने आयोजना निर्माण चरणमा समेत क्षति न्यून गर्न सकिन्छ । सञ्चालन चरणमा प्रवेश गर्नुपूर्व नै प्रयोग गरिएका स्थान पूर्ववर्ती अवस्थामा फर्काउने गतिविधि र क्षतिपूर्तिबापत सञ्चालन गरिने वृक्षरोपण र वातावरण संरक्षणका क्रियाकलापले उक्त क्षेत्र पहिलेभन्दा हराभरा बनाउनसमेत सकिन्छ । बनेका कैयन् उदाहरण पनि छन् । तर अनुभवी, खारिएका र आफ्नो विधामा पारंगत सरकारी विज्ञहरुको संलग्नतालाई वेवास्ता गर्दै अलग राखेर अल्पज्ञानी लगानीकर्तालाई मात्रै वन विकास गर्ने जिम्मेवारी सुम्पने हो भने ‘वन हैन बगैँचा’ बन्छ ।
मौजुदा व्यवस्थाले प्रबद्र्धककै काँधमा वन विकासको सम्पूर्ण जिम्मेवारी थोपर्दै आएकाले स्वभावैले वन नभई बगैँचा बन्ने गरेको छ, त्यो पनि आयोजना परिसरमा मात्रै । त्यसैले निर्णय गर्नुपूर्व सरोकारवाला सरकारी पक्षले एकपटक घोत्लनैपर्छ– लोडसेडिङ अन्त्य गरी देशलाई विकास पथमा लम्काउने र समृद्ध नेपाल बनाउने वा वर्तमानमा दुई÷चार हेक्टर वन क्षेत्रको स्वरूप परिवर्तन गर्न र २÷४ वटा रुख बढी काट्न दिनुपर्दा अनि आयोजना प्रयोजनका लागि आवश्यक वन क्षेत्रको केही भू–भाग लिजमा दिनुपर्दा आफ्नो शक्ति कमजोर भएको लघुताभाषले गाँज्ने तर समयमा निर्णय लिन नसक्दा देशले भोग्नुपरेको कष्टप्रति जीवनको अन्तिम क्षणमा प्रायश्चित गर्ने ? त्यसैले वन क्षेत्रले निकास नदिएसम्म बिजुलीको विकास सम्भव छैन भन्नैपर्ने तथ्य उजागर हुँदै गएका छन् ।
लगानी बोर्डको कार्यालयमा कार्यरत