प्रिडायबेटिक संहिता
२३ साउन २०८०
•
६ मिनेट पाठ
प्रिडायबेटिक संहिता
अधवैंशे उमेरमा चिकित्सककहाँ जाँदा चिनी रोगको परीक्षण गर्न रगत संकलन गर्ने मेडिकल संहिता संसारभर कायम छ। ४०–५० उमेर पुगेपछि मधुमेहको संभाव्यता उकासिने हुँदा परीक्षणका लागि केही नखाइकन बिहानै रगत संकलन गरी फास्टिङ ब्लड सुगर अथवा हेमोग्लोबिन ए१सि परीक्षण गर्नुपर्छ। कम्तीमा पछिल्लो ८ घण्टा पानीबाहेक केही पनि नखाइकन बसेको व्यक्तिको रक्त परीक्षण गरी रगतमा रहेको चिनीको मात्रा जाँचिन्छ। फरक ढड्गले काम गर्ने ए१सि परीक्षण विधिले समेत व्यक्तिको मधुमेहको आवधिक अवस्था भन्छ। फास्टिङ ब्लड सुगरको तथ्यांकले व्यक्तिको तत्कालीन अवस्थाबारे भन्छ भने ए१सिको अंकले व्यक्तिको रगतमा पछिल्लो ३ महिनामा सालाखाला कति सुगर थियो त भन्ने कहन्छ। लामो समयको आँकडा समेट्ने हँुदा दुई विधिमा ए१सि मापन प्रक्रिया अब्बल मानिन्छ।  




चिकित्सकले आफूलाई प्रिडायबेटिक अवस्थामा पुगेको भन्दा आफूलाई अब छिट्टै नै चिनी रोग लाग्छ भन्ने सोच आउँछ। अधिकांश मानिसले अब मलाई मधुमेह लाग्यो भनेर लत्तो छाड्ने गरेका देखिन्छ। प्रिडायबेटिक चरणमा पुगेको व्यक्ति अन्ततः चिनी रोगी नै हुन्छ कि उसलाई सामान्य बनाउन सकिन्छ भन्ने प्रश्न धेरैको मनमा हुन्छ नै।  

प्रकाशित अन्वेषण र अनुसन्धानले मधुमेहको पूर्वाद्र्धमा पुगेकामध्ये ५० प्रतिशत मानिसले आफ्नो दैनिकीमा परिवर्तन गर्ने अठोट र पालन गर्ने हो भने उसलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ भन्छ। साथै, निको पार्न नसकिएकाको हकमा पनि उनीहरूले जिउने तरिकामा परिवर्तन गर्ने हो भने चिनी रोग लाग्ने उमेर पक्का पछि धकेल्न सकिने देखियो। औषधिका साइड इफेक्ट र दिमागी सन्त्रासलाई मध्यनजर राख्दा ओखती खाने उमेर ५–१० वर्षपछि धकेल्नुले समेत व्यक्तिको जीवनमा ठूलो फरक पार्छ।  

संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइनास्थित वेक फोरेस्ट स्कुल अफ् मेडिसिनका प्राध्यापक जेफ्री कटुलाले सन् २०१७ मा व्यक्तिको जीवनशैली, खानपिन तथा चिनी रोगको ओखती सेवनलगायतका पाटा समेटेर कन्टेम्पोरोरी क्लिनिकल ट्रायल जर्नलमा एउटा अनुसन्धान प्रकाशित गरे। ओखती सेवन भन्दा खान्की र शारीरिक कसरतलाई केन्द्रमा राखी जीवनशैली परिवर्तन गर्नु मधुमेह नियन्त्रणमा प्रभावकारी हुन्छ भन्ने डा. कटुलाको अन्वेषणको निष्कर्ष हो। जीवनशैली परिवर्तन गर्ने हो भने प्रिडाएबेटिकलाई सामान्य बनाउन सकिने अनि कदाचित पूर्ण सन्चो नभए पनि चिनी रोगका कारण ओखती सेवन गर्न थालेकाले वर्षौँसम्म मेडिसिनको खोराक बढाउनु नपर्ने अवस्था आउने भन्छ उक्त रिसर्चले। ओखतीको सानो मात्राबाट प्रारम्भ भएको इलाज ओखतीको प्रभावकारिता घट्दै गइ केही वर्षपछि नै ड्रग्सको डोज धेरै बढाउनुपरेका परिदृश्य नयाँ होइनन्।  

समष्टिगतमा भन्नुपर्दा परम्परागत नेपाली खान्कीमा भातको मात्रा घटाएर सागसब्जीले पूर्ति गर्ने हो भने धेरै विश्लेषण जरुरी भएन।
ग्लुकोजलगायतका हामीले खाएका पोषण पदार्थ शरीरका विभिन्न भागमा पुर्याउने काम रगतको हो। रगतमा रहने ग्लुकोजको मात्रालाई ब्लड सुगर भनिन्छ। रगतको चिनी हाम्रा कोस (सेल) मा पस्नका लागि घरको ढोका खोल्ने साचोझैं भूमिका खेल्छ इन्जाइम इन्सुलिनले। ब्लडमा ग्लुकोजको मात्रा उकासिएपछि पेन्क्रियाजले इन्सुलिन उत्पादन सुरु गर्छ। धेरै मात्रामा ग्लुकोज सेवन गर्ने मानिसको ब्लड सुगर सधै उच्च हुने भएकाले उक्त व्यक्तिको पेन्क्रियाजले सामान्य भन्दा अत्यधिक काम गर्नुपर्छ। बढी मेहनत गर्नुपर्दा पेन्क्रियाज शिथिल हुन्छ अनि उमेर ढल्कँदा इन्सुलिनको उत्पादन घट्छ। 

अर्को अवस्था भनेको उत्पादन पर्याप्त भए पनि खिया लागेको साँचोले ताल्चा खोल्न कठिन भएझैं इन्सुलिनले ग्लुकोज कोसमा पसाउन सक्दैन। उल्लिखित दुवै अवस्थामा माशंपेशीमा ग्लुकोजको मात्रा न्यून हुन्छ भने रगतमा बढी। लामो समयसम्म रगतमा ग्लुकोजको मात्रा उकासिनु भनेको चिनी रोगको लक्षण हो। दुई किसिमका चिनी रोगहरूमध्ये पाको उमेरमा लाग्नेलाई टाइप टु डाएबेटिज भनिन्छ। नेपालमा देखिने अधिकांश चिनी रोग यही श्रेणीमा पर्छ। नेपालमा बिरलै देखिने अनि बच्चावस्थामै सुरु हुने रोगलाई टाइप वान डाएबेटिज भनिन्छ।  

चिनी रोग अणुवांशिक समस्या अथवा खराब जीवनशैलीका कारण लाग्छ। पुर्खाबाट सन्ततिमा सर्ने भएकाले अणुवांशिक पदार्थमा आएको खराबीलाई व्यक्तिले नियन्त्रण गर्न सक्दैन। तर अधिकांश टाइप टु डाएबेटिज खानपिन र जीवनशैलीको दूषितताले निम्त्याउने भएकाले जिउने तरिकामा परिवर्तन गरी प्रिडायबेटिक लक्षणलाई सामान्य बनाउन सकिन्छ।  

प्रकाशित अन्वेषण र अनुसन्धानले मधुमेहको पूर्वाद्र्धमा पुगेकामध्ये ५० प्रतिशत मानिसले आफ्नो दैनिकीमा परिवर्तन गर्ने अठोट र पालन गर्ने हो भने उसलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ भन्छ।
अध्ययनले प्रिडायबेटिक अवस्थाबाट छुटकारा पाउन सबै भन्दा सरल उपाय वजन नियन्त्रण भन्छ। शरीरको वजन १० प्रतिशत मात्र पनि घटाउने हो भने प्रिडायबेटिक लक्षण देखिएकामध्ये ५८ प्रतिशत मानिस चिनी रोगको चरणमा नपुग्ने भन्छिन् संयुक्त राज्य अमेरिकास्थित क्लिभल्यान्ड क्लिनिककी मधुमेह विशेषज्ञ डा. सिरिसा अबधानुला। मधुमेहको पूर्वलक्षण देखिए आफ्नो वजन घटाउनुपर्छ। यद्यपि यो उपचार सबैका लागि उत्तिकै प्रभावकारी छैन भन्ने यथार्थ बुझ्न आवश्यक हुन्छ। मोटो मानिसको शरीरमा बोसोको मात्रा अत्यधिक हुन्छ। खिया लागेको साँचोले ताल्चा खोल्न कठिन भएभैmँ फ्याट सेलले इन्सुलिनलाई राम्रो काम गर्न नदिने भएकाले शरीरमा बोसो कम हुने बित्तिकै ब्लड सुगरको अवस्थामा सुधार हुन्छ। अनि व्यक्तिको अवस्था सामान्य हुन्छ भन्छिन् डा. अवधानुला। तसर्थ, प्रिडाएबेटिक चरणमा पुगेकाले शरीरको वजनको व्यवस्थापनलाई सर्वाधिक महत्व दिनुपर्ने देखियो।  

एकातिर शरीरमा बोसोको मात्रा कम गर्दा चिनी रोग पछि धकेल्न सकिने देखियो भने रगतमा चिनीको मात्रा कम गर्न सके पनि परिणाम शुभ नै आउने भयो। तसर्थ, प्रिडाएबेटिक अवस्थाबाट छूटकारा पाउन वजनको व्यवस्थापन र ग्लुकोजजन्य खानाको न्यूनीकरण दुवैमा प्रहार गर्नुपर्ने भयो। लक्ष्य भेदनका लागि विशेषज्ञले सुझाएका केही सल्लाह प्रस्तुत गर्नु श्रेयष्कर देखियो।  

पेटमा जानेबित्तिकै ग्लुकोजमा रूपान्तरण हुने मिठाइ, चकलेट, जुस, जाम, जेली, कोक तथा समान प्रकृतिका पेय पदार्थको प्रयोग निषेध गर्ने। मैदाबाट बनेका चाउचाउ, चिप्स, बिस्कुटलगायतका चलानी खान्की हानिकारक भएको यथार्थ स्मरण गर्ने। चिनी तथा गुलियो थप गरी प्रशोधन गरिएका खानेकुरालाई पूर्णविराम दिने। सेतो भातको सट्टा ब्राउन राइस, ओटमिल, बोक्रासहितका गेडागुडीलाई खान्कीमा समावेश गर्ने। 

प्रोटिन आपूर्तिका लागि खसी तथा राँगाको मासुको बदला अण्डा, माछा, कुखुराको मासु, छाली हटाइएको दही, तोफुलगायतका स्वस्थकर प्रोटिनमा जोड दिने। रेशा भएका साग, ब्रोकाउली, काउलीलगायतका अधिकांश सब्जी भिटामिनहरूले भरपूर हुनुका अतिरिक्त सेवन गरिएका कार्बोहाइडे«टजन्य खान्कीको पाचन रफ्तारलाई समेत धीमा बनाउने भएकाले ब्लड ग्लुकोजको मात्रा एक्कासि उकासिँदैन। तसर्थ, खानामा तरकारीको मात्रा अधिक हुनु फाइदाकारक देखियो। धेरै गुलिया फलफूलले ब्लड ग्लुकोजको प्रतिशत बढाउने हुदा त्यसको मात्रामा संयमता लिनुपर्ने भयो। सोमरस सेवनले स्वास्थ्यलाई चौतर्फी अहित गर्ने मात्र होइन, बरु पाचन प्रणालीले अल्कोहललाई अन्तमा ग्लुकोजमा रूपान्तरण गर्ने भएकाले रक्सी सेवनबाट परै बस्नु हितकर देखियो। तसर्थ, समष्टिगतमा भन्नुपर्दा परम्परागत नेपाली खान्कीमा भातको मात्रा घटाएर सागसब्जीले पूर्ति गर्ने हो भने धेरै विश्लेषण जरुरी भएन। सुत्नु भन्दा ३ घण्टाअघि रात्रिकालीन भोजन गर्ने हो भने ब्लडसुगरको व्यवस्थापनमा सहयोग पुग्ने भएकाले तद्नुरूपको कार्यतालिका कायम गर्न सल्लाह दिन्छन् विज्ञहरू। जतिसुकै स्वस्थकर खाना भए पनि अत्यधिक भोजनले शरीरको वजन बढाउने यथार्थ स्मरण गर्दै खानाको मात्रा नियन्त्रण गर्नु आवश्यक छ।  
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस