विरोध प्रदर्शन, अझ त्यसमाथि झोकिएको पूर्व विद्रोही माओवादीको! के के न उपध्रो होला भनी राजधानीका सुकिलामुकिला, खातापिता र बुज्रुग जन आतंकित थिए। सरकार एक सूत्रीय एजेन्डामा मग्न थियो। माओवादी भएभरको दलबल लिएर सत्ता कब्जा गर्न आउँदैछ।
सेना लगाएर दह्रो जबाफ दिइन्छ। सरकारको लोलीमा बोली मिलाउँदै मिडियाको एक पाटोले आतंकको कथा जोशजाँगरका साथ फिँजाएको थियो। तर हुन गयो अनपेक्षित उल्का। काठमाडौँका सडकहरुमा जनसागर शान्त गतिमा प्रवाहित भयो। ननिको छिसिक्क कतै केही भएन। केही उपध्रोको थालनी होला र त्यसलाई निहुँ बनाएर सेनालाई सडकमा उतारुँला भनेर शुभ घडी कुरिबसेको सरकार जिल पर्यो। जब सडकधर्ना सुरु भयो, अर्को उल्का देखियो। धर्ना मुस्कानबाट सुरु भयो र दिनभरि नाचगानमा रमायो। उपध्रोको झिल्कोमा पेट्रोल खन्याउन खुट्टो उचालेर उभिएका दुःखीहरु निराश भए।
माओवादी विरोधको भव्य प्रदर्शनले केही काम जरुर गर्यो। उच्चाटलाग्दो गतिरोधमा अड्किएको राजनीतिको धमिलो तलाउमा ढुंगा हान्यो र चौफर्ती तरंग पैदा गरिदियो। भोका र नांगाहरु एवं अपहेलित र वञ्चितहरु आफ्नो हकका निम्ति जागेका छन् र इतिहासको बाटोमा तगारो ठड्याउनेहरुलाई तिनले चैनले सुत्न दिने छैनन् भन्ने सन्देश सञ्चार गरिदियो। सडकमा जो छन्, धेरैजसो आधा पेट खाएका, आधा आङ लाएका, मैलाधैला र दुब्लापातला जनहरु छन्। ती भन्दैछन् - हामीलाई शान्ति चाहियो, हामीलाई संविधान चाहियो। शान्ति र संविधानका लागि हामीलाई फराकिलो सरकार चाहियो। ती भन्दैछन् - साँघुरो सरकार गद्दीबाट हट्, फराकिलोलाई ठाउँ खाली गर्। सडकमा जो आएका छन्, कोही खाली खुट्टा आएका छन्, कोही चप्पल लाएर आएका छन्। कोही जाँगे लाएर आएका छन्, कोही धोती लाएर। थरीथरीका गरिखाने नेपालीहरुको इन्द्रधनुषी संगम छ सडकमा। लक्ष्यप्रति ती प्रतिबद्ध छन्, अडानमा ती कटिबद्ध छन्। भन्छन् - गए बरु ज्यानै ज्याला, चिताएको कुरो पूरा नभई यसपाला घर गइन्न।
सरकारका कर्ताहरुका कुरा सुन्छु र म जिल पर्छु। भद्र नागरिक समाजका कुरा सुन्छु र म चकित हुन्छु। महाजनहरुका कुरा सुन्छु र म विस्मित हुन्छु। यी सबै एक स्वरमा, एकै लयमा एउटै अभिप्राय प्रकट गरिरहेका छन्। भन्छन् - यो आन्दोलन अलोकतान्त्रिक र असंवैधानिक छ। सडक हल्लाले तर्सेर सरकारले कुर्सी छाड्न मिल्दै मिल्दैन। यो भनाइ मलाई कानुनका सूत्रहरुलाई देववाणी ठान्ने र जनजनका सपना र आकांक्षाहरुको रतिभर पर्बाह नगर्ने रुढ रकमीहरुको सनातन गनगनजस्तो लाग्छ। यो गनगनमा केवल सत्तामोह गनाउँछ। यो गनगनमा केवल यथास्थिति मोहको डकार सुनिन्छ। यो हठमा खाइपाइ आएको सत्ता मरिगए नछाड्ने मूढाग्रह ध्वनित हुन्छ। यो जिद्दीमा सहमति, सहकार्य र अग्रगमनको चाहना होइन, द्वन्द्व, द्वन्द्व र विकराल द्वन्द्वको चाहना मुखरित हुन्छ। राजनीति संक्रमणकालमा छ। अन्तरिम संविधान संक्रमणकालीन अस्थायी स्रेस्ता हो। यो स्रेस्ता छुनै नहुने, फेर्नै नहुने गीता, बाइबल वा कुरान किःमार्थ होइन। संक्रमण कालमा जे गर्छ, सहमतीय राजनीतिले गर्छ। काम चलाउ संविधान त फगत् राजनीतिलाई सहजीकरण गर्ने साधन न हो।
शासकहरु र तिनलाई काँध थाप्ने थरीथरीका भद्रजनहरु एकै स्वर र एकै लयमा भनिरहेछन् - विधि र नीतिमा चलेको सरकार कोही सडकमा उफ्रिँदैमा पल्टिँदैन। यस कथनले मलाई ज्ञानेन्द्रीय तानाशाहीको स्मरण गराउँछ। ती तानाशाह र मन्त्रीरुपी तिनका चम्चाहरु पनि यसै भन्थे। इतिहास भन्छ - कोही सडकमा उफ्रिँदा सरकारमात्र होइन, सत्ता पनि पल्टिन सक्छ। हामी सडकमा उफ्रिँदा हाम्रा आँखैअगाडि ज्ञानेन्द्रको सत्ता गएकै हो। सरकारका नानावली स्वरुपका प्रवक्ताहरु क्रोधाग्निले जल्दै भन्लान् - गणतन्त्र नेपालको यो वैध सरकारलाई ज्ञानेन्द्रीय तानाशाहीसँग दाँज्ने यो धृष्टता किन? कारण छ। कानुनी जोडघटाउका हिसाबले यो गणतन्त्र नेपालको वैध सरकार हो। तर, उद्भव, चरित्र र प्रवृत्तिका हिसाबले यो ज्ञानेन्द्रीय कुशासनसँग तुलनीय छ। ज्ञानेन्द्र अनिर्वाचित थिए, माधव पनि अनिर्वाचितै हुन्। माधव सरकारका पूर्व पञ्च र मण्डलेलगायत अनेक मन्त्रीहरु अनिर्वाचित हुन्। प्रधानमन्त्री र निजका मन्त्रीहरुका मुद्रा, विचार र भाषामा शाही कुशासनको झझल्को आउँछ। भोका र नांगा नागरिकहरु आफ्ना गुनासा र दाबी सुनाउन सडकमा ओर्लँदा यो सरकार तिनमाथि सेना खन्याउने प्रचारबाजी गर्छ। आखिर तानाशाह ज्ञानेन्द्रले योभन्दा बढ्ता के नै पो गरेका थिए र!
माओवादी आन्दोलनले जनजीवनका अंगअंगमा पीडादायी असर पारिरहेको सत्य हो। आन्दोलन लम्बिँदा यो पीडा असह्य हुनसक्ने पनि उत्तिकै सत्य हो। यथार्थको यो एउटा पाटो हो। माउ पाटो आन्दोलनले अघि सारेको दाबी हो। सत्तासीनहरुले यस दाबीको मर्म बुझेर सहमतिको बाटो नखोले समयको गर्भबाट यस्ता झनै असह्य पीडाहरु प्रकट भइरहने छन्। भद्र नागरिक समाजका एकथरी भद्र नागरिकहरु भनिरहेछन् - आन्दोलनबाट यातायतले दुःख पायो, उद्योगले दुःख पायो, शिक्षालयले दुःख पायो, अर्थतन्त्रले दुःख पायो, बजार भाउले दुःख पायो र जनजीवन आहत भयो। तसर्थ जीवनका यी सबै अवयवहरुलाई दुःखमुक्त गर्न माओवादीले आन्दोलन फिर्ता गरोस्। यी भद्रजनहरुको यो करुणा र यो आग्रह सराहनीय छ। तर यो काम त सरकारका गृहमन्त्री रावल र सरकारका प्रवक्ता पोखरेल अहोरात्र गरिरहेकै छन्। त्यसमा भद्र नागरिकहरुको सरसघाउ किन पो चाहिँदो हो र?
आखिर यस करुणाको सतहमुनि प्रवाहित अभिप्राय त माधव सरकार जारी रहोस् र राजनीतिक गतिरोध कायमै होस् भन्ने न हो! सरकारका औपचारिक प्रवक्ताहरु सरकारको प्रतिरक्षा गर्न यसै पनि सशक्त छन्। तिनलाई काँध थाप्न भद्र नागरिकले किन यत्रो दुःख गर्नुपर्दो हो र? करुणाशील मुद्रामा र रोदनको भाकामा शान्तिको माला जपेर भगवान्का कृपाले अशान्ति शान्तिमा फेरिँदैन। अशान्तिलाई शान्तिमा फेर्न अशान्तिका जरा समातेर त्यसमाथि हस्तक्षेप गर्नुपर्छ। पीडादायी आन्दोलन जतिसक्दो चाँडो फिर्ता हुनुपर्छ। यो सही कुरा हो। अशान्तिको जब्बर कारक बनेको सरकारले राजीनामा दिएर शान्तिको सहमतीय दैलो उघारिदिनुचाहिँ पर्दैन?
राजनीतिक आन्दोलन मलामीको मौन लर्को वा जन्तीको शान्तिपूर्ण यात्रा होइन। आन्दोलन मुस्कान र नाचगानबाट सुरु भए पनि अन्ततः त्यो फेरिने घर्षण र टक्करमै हो। आन्दोलन फलदायी हुने पनि ठीक्कको घर्षण र टक्करको आवेग र दबाबले हो।
तर, घर्षण र टक्करले पाँचौँ दिनमै विकराल रुप लिन लागेको आभास हुँदैछ। सरकारी दलहरुका युवा जत्था देखिने र चिनिने गरी आन्दोलनको प्रतिकारमा उत्रिएका छन्। युथ फोर्स, तरुण दल र गच्छदार जत्था तिनका नेताहरुका इशारा पाएरै भिडन्तमा ओर्लिएका होलान्। अब आन्दोलनरत माओवादीले पनि आइलाग्नेमाथि जाइलाग्ने बाटो रोज्ला। अनि हुने के हो? हिंसा र युद्ध अनि भयावह विनाश? हिंसाको यात्रामा तिमी आफूचाहिँ कसरी सुरक्षित रहौला र काजी? अहिल्यै असुरक्षाको डरले प्रधानमन्त्री बालुवाटारमै कैदी भएका छन्। गठबन्धनका जण्ड निर्देशक र निर्देशन आयातकर्ता केपी ओली मुन्टो लुकाउने ठाउँ खोज्ने मेसोमा मन्त्री क्वार्टर हुँदै बालुवाटार छिरेका छन्। हिंसाको चक्र फैलिँदै जाँदा टाउको लुकाउने ठाउँ कहाँ बाँकी रहन्छ? तसर्थ, यो शान्तिकामी नागरिक निवेदन गर्छ - यो कुरुप हिंसा रोक। माधव सरकार राजीनामा देऊ, माओवादी घर फर्क। सहमतीय विधिबाट सबै राजनीतिक समस्याहरु फर्स्योट गर। अन्यथा नरकसिवाय जाने ठाउँ कहीँ हुनेछैन।