बाइडेनको निष्प्रभावी चीन–नीति
३० साउन २०८०
•
४ मिनेट पाठ
बाइडेनको निष्प्रभावी चीन–नीति
अगस्त ९ तारिखमा अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनविरुद्ध युद्धको पछिल्ला हतियार सार्वजनिक गरे। नयाँ अमेरिकी नीतिअन्तर्गत निजी क्षेत्रले बाह्य विश्वमा गर्ने लगानीमा निगरानी राखिनेछ भने संवेदनशील प्रविधिका क्षेत्रमा चीनमा गरिने लगानीमा प्रतिबन्ध गरिएको छ।  




विश्वमा पुँजीवादको सबै भन्दा बलियो खेलाडी र पैरवीकर्ता मानिएको अमेरिकाले आफ्नो प्रखर र धम्कीपूर्ण प्रतिद्वन्द्वी राष्ट्र चीनविरुद्ध यसप्रकारको अकुंश प्रयोग गर्नुले अमेरिकाको आर्थिक नीतिमा गहिरो परिवर्तन भएको मान्न सकिन्छ।  

पछिल्ला दशकमा व्यापार र पुँजीको विश्वव्यापीकरणमा अमेरिका रमाउँदै आएको थियो। यही कारणले बढेको दक्षता र उपभोक्तालाई परेको सस्तो मूल्यका कारण अमेरिकालाई फाइदा पनि भएको थियो। तर अत्यधिकरूपमा खतरनाक बन्दै गएको वर्तमान विश्वमा दक्षता मात्र पर्याप्त मानिँदैन र हँुदैन पनि। अमेरिका र पश्चिमा राष्ट्रमा चीनको बढ्दो प्रभावले चीनका अरू उद्देश्य पनि सतहमा आएका छन्। बुझ्न सकिने कुरा के हो भने सैन्य शक्तिलाई फाइदा गर्ने अत्याधुनिक प्रविधिमा चीनको पहँुच सीमित राखेर अमेरिका आफ्ना राष्ट्रिय सुरक्षालाई संरक्षण गर्न चाहन्छ। यसैगरी विश्वव्यापी आपूर्ति शृंखलामा रहेको चिनिया प्रभुत्वको विकल्पको खोजी गर्नु अमेरिकाको चाहना छ।  

यही अमेरिकी चाहनाअनुसार चीनलाई लक्षित गरेर नयाँ शुल्क, लगानी पुनरावलोन तथा नियन्त्रणकारी व्यवस्था अगाडि बढाइएका छन्। सुरुमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा भएका यी कार्यलाई बाइडेनले निरन्तरता दिएका छन्। अमेरिकाका वित्तमन्त्री जेनेट एलेनले हालै दिल्ली र हनोइको भ्रमण गरेर त्यहाँका कम्पनी प्रमुखहरूलाई चीनबाट हट्नु बुद्धिमत्तापूर्ण र फाइदाजनक हुने बताएका छन्।  

अमेरिकाको नयाँ नीतिले आफ्नो व्यापारलाई चीनबाट अन्यत्र मोड्न त सक्ला तर आपूर्ति शृंखलामा चीनको वर्चस्व तोड्न भने सजिलो छैन।
जोखिम कम गर्ने यस्ता उपायले दक्षतालाई कम गर्ने भए तापनि संवेदनशील उत्पादनहरूमा आफ्नो नियन्त्रण राख्दा यसले हुने नोक्सानी सीमित हुने मानिएको छ। यसैगरी, थपिने मूल्यका कारण अमेरिका सुरक्षित हुने भएकाले यो लगानीको औचित्य पुष्टि हुने अमेरिकी धारणा छ।  

अमेरिकाको यो नयाँ अवधारणको प्रभाव देखिन थालेका छन्। दुर्भाग्यवस, यो विकासक्रम न आसन्न संकट थेग्न सक्ने न सुरक्षित पार्नेखालको देखिएको छ। नयाँ व्यवस्था र नीतिका कारण विश्वव्यापी आपूर्ति शृंखला झन् बढी जटिल र अपारदर्शी बनेका छन्। नजिकैबाट हेर्दा खास वस्तुमा चीनप्रति रहेको अमेरिकी निर्भरता अझै पनि कायम देखिन्छ। यस भन्दा पनि चिन्ताको विषय के छ भने अमेरिकाको यो नीतिले यसअघिका अमेरिकी सहयोगी अहिले चीनको नजिक पुगेका छन्।  

पछिल्ला वर्षमा अमेरिका भारत, मेक्सिको र दक्षिणपूर्वी एसियातर्फ आकर्षित भएको छ। यसैगरी लगानीमा पनि समायोजन देखिएको छ। सन् २०१६ मा चिनियाँ फर्महरूले अमेरिकामा ४८ अर्ब अमेरिकी डलर लगानी गरेका थिए। त्यसपछिको ६ वर्षमा यो घटेर ३ अर्बमा ओर्लेको छ। पछिल्लो २५ वर्षमा अमेरिकी च्याम्बर अफ कमर्स सदस्यका लागि चीन विश्वको प्रमुख ३ आकर्षक लगानी गन्तव्य रहँदै आएकामा पहिलोपटक गत वर्ष त्यो सूचीमा छैन। पछिल्ला दुई दशकको अवधिमा एसियामा भएको कुल वैदेशिक लगानीको ठूलो हिस्सा आकर्षित गर्न चीन सफल भएको थियो। तर गत वर्ष चीनले भारत र भियतनामले भन्दा कम वैदेशिक लगानी आकर्षित गरेको छ।  

गहिराइमा हेर्ने हो भने चीनप्रतिको अमेरिकी निर्भरता अझै पनि कायमै छ। आफ्ना माग पूरा गर्न चीनबाहेकका अन्य देशतर्फ अमेरिका आकर्षित भए पनि यी देशमा हुने उत्पादन मुख्यरूपमा चिनिया कच्चा पदार्थमा आधारित छन्। यसरी दक्षिण पूर्वी एसियाका देशले गर्ने अमेरिकी निर्यात बढेको त छ तर यी देशले आफूलाई आवश्यक पर्ने कैयन् सरसामान ठूलो स्तरमा चीनबाट आयात गरेका छन्।  

अमेरिकाको कम जोखिम लिने नीतिका कारण फाइदा लिनेमा मेक्सिको पनि पर्दछ। चीनबाट मेक्सिकोमा हुने गाडीका सामान निर्यात ५ वर्षमा दुई गुणाले बढेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गरेको एक अध्ययनअनुसार उन्नत उत्पादन क्षेत्रहरूमा अमेरिका चीनबाट विमुख हुन चाहे पनि यो क्षेत्रमा अमेरिकी बजारमा प्रवेश गर्ने अधिकांश राष्ट्रको चीनसँगको औद्योगिक सम्बन्ध अत्यन्त सुमधुर छ। यो सन्दर्भमा आपूर्ति शृंखला झन जटिल बनेको छ र व्यापार झन महँगो हँुदै गएको छ। तर चीनको वर्चस्वमा कुनै कमी आएको छैन।  

त्यसो भए के हुँदैछ त? अधिकांश अवस्थामा चिनियाँ सामान पुनः प्याकेजिङ गरेर तेस्रो देशबाट अमेरिका पठाउने गरिएको छ। सन् २०२२ को अन्त्यताका अमेरिकी वाणिज्य विभागले अध्ययनअनुसार दक्षिणपूर्वी एसियाबाट आयात गरिएका सौर्य ऊर्जासम्बन्धी सरसामान अधिकांशरूपमा केही प्रशोधन गरिएका चिनियाँ सरसामान थिए। यसैगरी कतिपय दुर्लभ धातुको चिनिया आपूर्तिलाई प्रतिस्थापन गर्न त्यति सजिलो छैन।  

यस सन्दर्भमा अधिकतम हिसाबले बजार व्यवस्था पनि सौम्य देखिन्छ। खुला बजारले उपभोक्तालाई सकेसम्म सुलभ मूल्यमा वस्तु आपूर्ति गर्न चाहन्छ। ठूलो कामदार संख्या र दक्ष व्यवस्थापनका कारण चीन सस्तो आपूर्तिकर्ता हो। त्यसैले अमेरिकाको नयाँ नीतिले आफ्नो व्यापारलाई चीनबाट अन्यत्र मोड्न सक्ला तर आपूर्ति शृंखलामा रहेको चीनको वर्चस्व तोड्न सजिलो छैन।  

(‘दि इकोनोमिस्ट्’मा प्रकाशित लेखको भावानुवाद)
अर्को समाचार
सर्वसाधारणको हताहत हुन नदिन ‘इजरायलसँग मिलेर काम गर्नेछौं’: बाइडेन
०१ कार्तिक २०८०
•
१ मिनेट पाठ
सर्वसाधारणको हताहत हुन नदिन ‘इजरायलसँग मिलेर काम गर्नेछौं’: बाइडेन
फाइल तस्बिर
अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा सर्वसाधारणको मृत्यु हुन नदिन अमेरिकाले इजरायलसँग मिलेर काम गर्ने बताएका छन्।




तेल अभिभमा नेतन्याहूको युद्ध क्याबिनेटलाई भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले भने, 'आफ्ना जनताको रक्षाका लागि काम गर्नका लागि हामी इजरायललाई सहयोग जारी राख्नेछौं। हामी निर्दोष नागरिकहरूलाई थप त्रासदी रोक्नका लागि तपाईं र यस क्षेत्रका साझेदारहरूसँग काम जारी राख्नेछौं।' तेल अभिभमा नेतन्याहूको युद्धमामिला हेर्ने उच्चस्तरीय समितिसँग भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले भने।

प्रतिक्रियामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सर्वसाधारणको मृत्यु टार्ने प्रयास गर्ने प्रतिबद्धता जनाए। 

अक्टोबर ७ मा इजरायलभित्र घातक आक्रमण गर्ने र गाजा पट्टीलाई नियन्त्रण गर्ने क्रममा हमासले जानीजानी सर्वसाधारणलाई गरेको र निशानानजिक पु¥याएको आरोप लगाए।

तर नेतन्याहूले बाइडेनसँग भने, 'इजरायलले युद्धमा नागरिकहरूलाई हानिको अवस्थाबाट टाढा राख्न सक्दो प्रयास गर्नेछ।'

'हामीले उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छौं र हामी उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिरहने छौं' इजरायली प्रधानमन्त्री नेतन्याहूले अमेरिकी राष्ट्रपति बाइडेनसँग भने, 'राष्ट्रपति महोदय, न्यूनतम आवश्यकता पूरा भएको सुनिश्चित गर्न हामी तपाईंसँग मिलेर काम गरिरहनेछौं।'

इजरायली हवाई अभियानलाई उत्प्रेरित गरेको र गाजा पट्टीमा जमीनी आक्रमणको खतरा बढेपछि बाइडेनले इजरायलको ऐक्यबद्धता भ्रमण गर्न लागेका हुन्।

भ्रमणको पूर्वसन्ध्यामा गाजाको एक अस्पतालमा भएको आक्रमणमा २०० देखि ३०० जनाको मृत्यु भएको हमास नियन्त्रित गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। उनीहरूले आक्रमणका लागि इजरायललाई दोषी ठहराएका छन्, जसले अरब विश्वमा आक्रोश फैलाएको छ।  
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस