एकीकृत नेकपा (माओवादी) ले सुरु गरेको आन्दोलन अहिले उसैका लागि घाँडो भएको छ। सरकारलाई झुकाउन सुरु गरिएको अनिश्चितकालीन आमहडतालले अहिले माओवादी नेतृत्वलाई नै झुकायो। 'यसपटक नजिती गइँदैन' भनेर काठमाडौं ल्याइएका कार्यकर्ता निराशा र पराजयको भाव बोकेर गाउँ फर्किन बाध्य भए।
तर, यस घटनालाई माओवादीको पराजयभन्दा गलत अभ्यासको अस्वीकृतिका रूपमा लिनुपर्छ। हिंसा, हतियार र लडाकुबाट मुक्त नभइसकेका कारण राष्ट्रिय/अन्तर्राष्ट्रियरूपमा माओवादीप्रतिका शंका मेटिइसकेका छैनन्। यस्तो बेलामा उसले अलिकति मात्रै गल्ती गर्दा पनि अरूले कान ठाडा पार्नु अस्वाभाविक हुँदैन। तर, सहमतिका लागि पुष्पकमल दाहालको धाकधम्की, गालीगलौजको र सत्ताकब्जाको भाषा प्रयोग अस्वाभाविक छ। यस्तो भाषा, शैली र तरिकाबाट सहमति होइन, थप मनमुटाव, द्वन्द्व र मुठभेड मात्रै सिर्जना हुन्छ। दाहालले अहिलेको आमहडताललाई 'वास्तविक नाटकको रिहर्सल' मात्रै भएको दावी गरे पनि वास्तवमा दुःखान्तको पटाक्षेप हो।
केही हजार कार्यकर्ता, मञ्च र माइक पाएपछि पुष्पकमल दाहाललाई के बोल्ने र के नबोल्ने भन्ने हेक्का नै हुँदैन। माधवकुमार नेपालका नाममा उनले शब्दकोषमा भएका सम्भवतः कुनै गालीको प्रयोग गर्न बाँकी राखेका छैनन्। नेता यिनै हुन्, दल यिनै हुन्। जब सहमति यिनीहरुसँगै गर्नुछ र साथैमा जानुछ भने किन यति धेरै असहिष्णुता प्रदर्शन गर्ने भन्ने चेतना माओवादी नेतृत्वमा कहिल्यै देखिएन। दिनभरि चर्चित बानेश्वर भाषणमा 'कठपुतली', 'रिमोट कन्ट्रोलबाट सञ्चालित', 'हरुवा' भन्दै गाली गर्ने अनि साँझ उही माधवकुमार नेपालसँग कुम समाएर उभिनुपर्ने गरी 'खानपिन' गर्ने दाहालको व्यवहारमा कुनै संगति भेटिँदैन। कुनै दल वा नेताले के बोल्छ भन्ने आधारमा उसको सामाजिक छवि निर्माण हुन्छ। तर, जब नेतृत्व तहबाटै जथाभावी बोलिन्छ, व्यक्ति विशेषको नाम किटेर गालीगलौज हुन्छ, तब त्यस गलत कार्यको नक्कल गाउँ-गाउँसम्मका कार्यकर्ताले पनि गर्छन्। 'को त्यो रुक्मांगद कटवाल?' भन्ने मानसिकताकै परिणामस्वरूप सेनापति प्रकरण उब्जिएको तथ्य माओवादीले बिर्सनु हुँदैनथ्यो। अहिले 'अभिभावक' भनिएका गिरिजाप्रसाद कोइरालालाई 'बालुवाटार नछोडे घिसारेर निकाल्ने' भन्ने पनि माओवादीकै नेता हुन्। त्यो उद्दण्डता कति महंगो भयो भन्ने माओवादीले अब त बुझे कि?
खुलामञ्चको शनिबारको भाषणमा पनि दाहालले आफ्नो पुरानो छाडेनन्। उनका अभिव्यक्ति सुन्दा लाग्छ - मानिसलाई उनको समर्थन गर्नेमात्र अधिकार छ, विरोध गर्ने होइन। माओवादीको आलोचना गर्ने राजनीतिक नेतालाई मात्र होइन, बुद्धिजीवी र पत्रकारलाई पनि उनले बाँकी राखेनन्। सायद उनलाई आलोचनात्मक दृष्टिकोण राख्ने बुद्धिजीवी होइन भजनमण्डली 'बुद्धिजीवी' मात्र मन्जुर छ। माओवादीको पक्षमा नलाग्नेहरू उनका नजरमा 'प्रतिक्रियावादी' र 'प्रतिगामी' देखिन्छन्। तर, माओवादीका पक्षमा लाग्ने हो भने सूर्यबहादुर सेन, कुमार फुदोङ, लोकमानसिंह कार्की, रमेशनाथ पाण्डेहरूले 'राष्ट्रवादी' को उपाधि पाउँछन्। हिजोका राजावादी/मण्डलेको आश्रयस्थल र 'सहरिया बौद्धिक' हरूको आलोचनाको केन्द्र माओवादी किन बनिरहेको छ? यस प्रश्नको जवाफ नखोजी सञ्चारमाध्यम, लेखक र पत्रकारलाई धम्की दिँदैमा माओवादीका पक्षमा जनमत बन्दैन।
वर्तमान सरकारले शान्ति प्रक्रियालाई पूर्णता दिन र संविधान लेख्न नसकेको अभियोग माओवादीले लगाइरहेको छ। त्यसो हो भने माओवादीले यी दुइटा कार्यभार कसरी पूरा गर्न सक्छ त? लडाकु समायोजनलाई कसरी निष्कर्षमा पुर्याउँछ? अहिलेसम्म यसको खाका कुनै पनि माओवादी नेताबाट थाहा पाइएको छैन। प्रधानमन्त्री माधवकुमार नेपालले विशेष समितिसमक्ष पेस गरेका समायोजनसम्बन्धी प्रस्तावमा माओवादीले फरक मत राखेको छैन। तर, विडम्बना! लडाकु समायोजनका लागि ऊ तयार छैन।
माओवादीसँग शिविरमा लडाकु, कन्टेनरमा हतियार र वाईसीएल रहिरहेसम्म शान्ति प्रक्रिया र संविधान लेखन दुबै कार्य असम्भव छन्। किनभने, बन्दुकको छायाँ र बुटको आवाजमुनि लोकतान्त्रिक संविधान लेखिन सक्दैन। माओवादी अरू राजनीतिक दलका कञ्चटमा बन्दुक राखेर 'सहमति' कायम गराउन खोजिरहेको छ। माओवादीका लडाकुको समायोजन र पुनःस्थापना प्रक्रिया आरम्भ नभएसम्म र उनीहरूको अर्धसैन्य संरचना भंग नभएसम्म नयाँ सरकार गठन हुन सक्दैन। सहमतिमा नयाँ सरकार गठन गर्ने हो भने माओवादी नेतृत्वले जवाफ दिनुपर्छ - यी काम गर्न ऊ तयार छ कि छैन?