प्रधानमन्त्री राजीनामा देऊ !
१३ भदौ २०८०
•
६ मिनेट पाठ
प्रधानमन्त्री राजीनामा देऊ !
दक्षिणी छिमेकी भारतको उत्तरपूर्वी राज्य मणिपुरमा मैतेयी र कुकी जातिबीच द्वन्द्व भड्किइरहँदा आफ्नै केटाकेटीले अफ्रिकी राष्ट्र रुवान्डाको विश्वविख्यात सिनेमा ‘होटल रुवान्डा’ हेर्न सुझाए। त्यो फिल्म के हेरिएको थियो, त्यसले मन मस्तिष्कलाई नै दुःखी अनि क्षत्विक्षत् बनायो। जातीय द्वन्द्व कतिसम्म क्रूर, अमानवीय, हिंसक, नृशंस र ज्यानमारा हुने रहेछ भन्ने रुवान्डामा दुई दशकअघि भएको आमहत्याले उजागर गर्यो।




५० लाख जनसंख्या भएको देशका १० लाख मानिसको आमहत्या तीन महिनाभित्रै हुन्छ। हुतु र तुत्सी जातीबीचको त्यो नरसंहार सबैको आङ सिरिङ पार्न कुख्यात रहेछ। यो शताब्दीकै त्रासदी घटना हो, जसको जतिधेरै निन्दा गरे पनि सकिँदैन। विदेशी शक्तिले रुवान्डाका नागरिकबीचको काटमारमा आर्थिक र रणनीतिक स्वार्थका रोटी चोपीचोपी खाइरहे। त्यो रक्तकुण्डमा रुवान्डाका जातिवादी नेताहरू सत्ताको पौडी खेलिरहे। अन्ततः रुवान्डामा मानवता पराजित भयो।  

होटल रुवान्डाको अवस्थामा भारतीय राज्य मणिपुर पुगिसकेको त छैन तर कतिखेर धार्मिक जामा ओडेको जातीय हिंसा भड्किने हो केही अनुमान नै गर्न नसकिने अवस्था रहिरहेको भारतीय र विदेशी सञ्चार माध्यमहरूले प्रसारण गरिरहेका थिए। अवस्था भयावह, स्थिति सम्वेदनशील। त्यति नै बेला जातीय राज्यको माग भैरहेको कोसी प्रदेशका जातीयतावादीहरूलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरे, गएको चुनावमा हामीलाई हराउनुभयो। अर्को चुनावमा हामीलाई जिताउनूस्, हामी जातीय राज्य दिन्छौँ–दिन्छौँ। यस्तो जातीय भड्काउको अभिव्यक्ति दिने देशका कार्यकारी प्रमुखलाई एक मिनेट पनि सत्तामा बस्ने अधिकार हुँदैन। प्रधानमन्त्री प्रचण्ड राजीनामा देऊ।

जातीय भड्काउको अभिव्यक्ति दिने देशका कार्यकारी प्रमुखलाई एक मिनेट पनि सत्तामा बस्ने अधिकार हुँदैन।  
प्रधानमन्त्रीको अभिव्यक्तिपछि धरानमा गोपाल मन्दिरअगाडि बनाइएको चर्च र गोरु काटेर खाएको जस्ता उत्तेजना बढाउने गतिविधि गरेर धमिलो पानीमा माछा मार्न खोजियो। राष्ट्रिय जनावर खाने उत्तेजनाकारी घटनाले ८० प्रतिशत बढी हिन्दुहरू रहेको, अहिंसक बुद्धमार्गी उल्लेख्य भएको नेपालमा गौ हत्या र धर्म परिवर्तनको आगोमा घ्यु हाल्ने गतिविधिलाई विदेशीहरूको धाप र योजनामा झन् बढावा दिन थालियो। सामाजिक सञ्जालमा गोरुको काटेको टाउको प्रदर्शन गर्ने, सिंगै टाउको टोक्ने जस्ता संविधान, ऐन कानुन र सामाजिक मूल्य÷मान्यता सौहाद्र्धता बिगार्नेखालका गतिविधिलाई प्रोत्साहन गरेर मुठभेडलाई आमन्त्रण गरियो।

एक जातिलाई अर्को जातिका विरुद्ध अनर्गल प्रचारबाजी गर्न हौस्याइयो। सरकार यी गतिविधिलाई देखेको नदेख्यै गरिरह्यो। हेर्दाहेर्दै जातीयतालाई प्रज्वलनशील पदार्थका रूपमा दुरूपयोग गर्ने उपद्रो सुरु भयो। हिंसालाई सिधै ललकार्न सामाजिक सञ्जालहरूमा बनावटी कथा बुन्न थालियो । उनीहरूका विरुद्ध कसैले बोलेदेखि मटियामेट पार्ने मनगढन्ते घटनाहरू बनाएर सौहार्दपूर्णरूपमा बसिरहेका बासिन्दालाई झन् उक्साउन थालियो। देशभर यो आगो फैलाउने धम्कीको लहर चलाइयो।  

यसले देशव्यापी आक्रोश उत्पन्न गर्नु स्वाभाविकै थियो। क्रिया प्रतिक्रिया, जुलुस, सभा, मार्च आयोजना हुनथाले। अब के हुने हो, सर्वसाधारण आतंकित भए। समाजलाई अस्थिर बनाएर स्वार्थपूर्ति गर्नेहरूले मनगढन्ते अफवाह फैलाइरहे। हेर्दाहेर्दै स्थिति यति भयानक बन्यो कि कुनै पनि बेला मुठभेड हुनसक्ने षडयन्त्रको अन्धकार छाउन थालिहाल्यो।

नेपालमा जातिवादी राज्यको कुत्सित अवधारणाको सुरुवात नै प्रचण्डको पार्टीले गरेको हो। आदिवासी दिवसमा प्रचण्डले भनेकै हुन्– आउने चुनावमा हामीलाई बहुमत दिनूस्, हामी जातिवादी राज्य दिन्छौँ।
सद्भाव चाहने स्थानीयको सल्लाहमा डरलाग्दो अवस्थाबाट पार पाउन जिल्ला प्रशासनले निषेधाज्ञा जारीगर्यो। यो जटिल अवस्थामा स्थानीयरूपमा राजनीतिक दलका गम्भीर र जिम्मेवार, तिनका कार्यकर्ता यस्तोबेला पनि केही नगर्ने हो भने समाज र देश खरानी हुन बेर लाग्ने छैन भन्ने महसुस गरी स्थानीय संघ÷संस्था, नागरिक समाज, शिक्षक, प्राध्यापक, वकिल र प्रबुद्ध व्यक्तिहरू, जनप्रतिनिधि, नगरपालिकाका पूर्वप्रमुख उपप्रमुख र सद्भाव सहिष्णुताका पक्षपाती आमजनताले हातेमालो गरे। आफूलाई सशक्त पारे।  छलफल, विचार विमर्श र आपसी  

सद्भाव अभियान नै थाले। जसको सकारात्मक प्रभाव पर्यो। जो जसले जहाँबाट सक्छ ऊ त्यहीँबाट सक्रिय हुने अभियान चल्यो। यो अभियानले उत्तेजना फैलाउनेहरूलाई हतोत्साही मात्र पारेन, त्यस्ता गतिविधिबाट आक्रोशित मासलाई पनि प्रभावकारी संबोधन गर्यो। यसका लागि जो लागे ती प्रशंसा र सराहना गर्नुपर्ने पात्र सावित भए। सलाम धराने समझदार नागरिकहरूलाई !  

अनि, दैलोसम्मै आइपुगेको भिडन्त अहिलेलाई टर्यो। हिंसा, भड्काउ र उत्तेजनाविरुद्ध सडकमा निस्किएका समाजका विभिन्न क्षेत्रका ब्यक्तिले पनि संयम प्रदर्शन गरेर धरानमा शान्ति, सद्भाव र अमनचैन कायम गर्न विवेकपूर्ण व्यवहार देखाए। प्रहरी प्रशासनले पनि बेलामा व्यावसायिक क्षमता प्रदर्शन गर्यो।

देशमाथि आइपरेको विपत्ति अहिलेलाई टरेको छ। मुलुक र जीवन जोगिएको छ। तर देशको भाग्यमाथि लागेको कालो बादल हटिसकेको छैन, मडारिइरहेको छ। यो जिम्मेवारीको अनुभूति अहिलेका सत्ताधारीहरूलाई होला ? धेरैले शंका गर्दैछन्।

माओवादीसँग सत्तासीन नेपाली कांग्रेसका प्रतिपक्षी नेता डा. शेखर कोइरालाले धरान घटनाको संघारमा ‘स्टेट्सम्यानसिप’ प्रदर्शन गरेर प्रचण्डको ओठमुख सुकाइदिएका छन्। उनले किन्तु परन्तु केही नभनी प्रधानमन्त्री दाहालले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन्, संविधानले कुनै पनि धर्मको बाहुल्य नस्वीकारे पनि त्यसमा लेखिएको कुरालाई देख्या÷नदेख्यै गर्न सकिँदैन। संविधानबाहिर गएर सद्भाव खल्बल्याउने काम हुनुहुँदैन। बहालवाला प्रधानमन्त्रीले चुनावमा बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउँछु भनेर अभिव्यक्ति दिनु सरासर गलत हो। यस्ता अभिव्यक्तिले मुलुकलाई अप्ठेरो अवस्थामा पुर्याउने भएकाले आफू त्यसविरुद्ध लाग्ने कठोर दबाब सिर्जना गरेका छन्।  

पत्रकार राजेश मिश्रले पनि सामाजिक सञ्जालमा लेखेका छन्– यो डिस्ट्रयाक्सन अर्थात् ध्यान भंग गर्ने राजनीतिको चोर तरिका हो। नक्कली भुटानी शरणार्थी प्रकरण देउवा–आरजुलाई तातो पिँडालु भएको छ। सुन प्रकरणमा महरालाई छोयो कि पोल्यो अवस्थामा छन् अहिलेका प्रधानमन्त्री प्रचण्ड। नेपालमा जातिवादी राज्यको कुत्सित अवधारणाको सुरुवात प्रचण्डको पार्टीले गरेको हो। भर्खरै आदिवासी दिवसमा प्रचण्डले फेरि कालो जिब्रो फट्कारेर भनेकै छन्, आउने चुनावमा हामीलाई बहुमत दिनूस्, हामी जातिवादी राज्य दिन्छौँ।

कुनै बेला माओवादी नेता प्रचण्डबाट मुलुकमा परिवर्तनको अपेक्षा पूरा हुने आशा गरेका पर्यटन व्यवसायी ज्योति अधिकारी हिजोआज प्रचण्डबाट वाक्क र दिक्क बनेर सामाजिक सञ्जालमा आफ्ना सटिक अभिव्यक्ति कवितात्मक शैलीमा प्रस्तुत गरिरहन्छन्, ‘भंग गर माओवादी दल। कम्तीमा १० वर्षको उथलपुथलको साख जोगिन्छ। लोकतन्त्रको प्राण हरण हुन नदिन, सबै पुराना दलका युवा एक हुनैपर्छ। दल र दलका सरकारमा बारम्बार सपरिवार तरमार्नेहरूलाई अल बिदा भन्नुपर्छ। मठ, मन्दिर, मस्जिद या चर्च...सयवर्षयताका सबैलाई अवैधानिक घोषणा गर्दा हुन्छ। परम्परा जोगाउने, प्रगतिपथमा (उद्योगधन्दा, कलकारखाना, शिक्षालय र अस्पताल हाम्रो युगका मन्दिर हुन्) लम्कने यी मात्र उत्तम विकल्प हुन् ! जो जोे जातीय राज्य खोज्छन्,’ ज्योति अधिकारी लेख्छन्, ‘त्यो त्यहीँ त्यहीँ बस्नुपर्ने शर्तमा जातीय राज्य बनाउने हो भने मुलुकको तर मारेर राजधानीमा बसिरहेकाहरू ती ती राज्यमा बस्न जान्छन् ? उनी प्रश्न गर्छन्। आफ्ना छोराछोरी र परिवारलाई त्यहाँ लैजान्छन् ? सहर बजारमा बसेर, नोकचाकर राखेर सुख सुविधा भोगिरहेकाहरूको जातीय राज्य बनाउने भनाइ सत्तामा टिकिरहने स्वार्थ मात्र हो।
अर्को समाचार
राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा देऊ : विवेकशील साझा पार्टी
१२ फागुन २०७७
•
२ मिनेट पाठ
राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा देऊ : विवेकशील साझा पार्टी
सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि विवेकशील साझा पार्टीले अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरेको छ। आज एक विज्ञप्ती जारी गर्दै विवेकशील साझा पार्टीले अदालतको ऐतिहासिक फैसलाको स्वागत गर्दै यस्ताे आग्रह गरेको हाे। पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिएर सर्वोच्चले एउटा व्यक्तिको दम्भ र सनकका भरमा संविधान र व्यवस्थामाथि भएको प्रहार निस्तेज भएको बताएको छ।  




विज्ञप्तीमा भनिएको छ, 'अदालतको कदमले संविधानवादको रक्षा भएको छ, विधिको शासनको पुनर्बहाली भएको छ र मुलुक गम्भीर दुर्घटनाबाट जोगिएको छ। यो सँगै हाम्रो न्यायालय कुनै पनि खाले दबाब र प्रभावबाट मुक्त रहँदै स्वतन्त्र निर्णय गर्न सक्षम छ भन्ने महत्त्वपूर्ण सन्देश पनि प्रवाह भएको छ।' विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी सांसदबाट नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ।  

त्यसैगरी संविधानको रक्षा गर्ने दायित्वलाई रतिभर ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई रबर स्ट्याम्प सरह सदर गर्दै साथ दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनु पर्ने पनि विवेकशील साझा पार्टीले जनाएकाे छ। अन्यथा राष्ट्रपति पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाएर भण्डारीलाई पदमुक्त गर्न संसद्‌मा रहेका सम्पूर्ण दल र सांसदहरूलाई आह्वान समेत गरेकाे विवेकशीलले विज्ञप्तीमा उल्लेख गरेको छ।

पछिल्ला राजनीतिक घटनाक्रममा भण्डारीको भूमिका र नेपालको राष्ट्रपति संस्थाको आजसम्मको अभ्यासको गम्भीर पुनरावलोकन गर्दा राजनीतिक दलमा असम्बद्ध व्यक्तिले मात्र उक्त पदको गरिमा र अपेक्षित मर्यादा अक्षुण्ण राख्न सक्ने स्पष्ट देखिएको विवेकशील साझा पार्टीको ठहर छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस