दलबीच बढेको दूरीले संविधान निर्माण अनिश्चित भएको छ। संविधान बनेन भने संघीयता संस्थागत हुँदैन। त्यसपछि न मधेशीको पहिचान स्थापित हुन्छ न मधेशी राज्यको अंगमा समावेशै हुन सक्छन्।
ठूला दलहरूको टाउको दुखाइको प्रमुख कारण मधेशको सबाल पनि हो। पहाडको नेकपा (एमाले)को ठाउँ माओवादीले लिएको छ भने मधेशम कांग्रेसको ठाउँ मधेशवादी दलले लिएका छन्। यसैले मुलुक संघीयतामा जाने गरी संविधान निर्माण भए सबैभन्दा बढी नोक्सान काँग्रेस र एमालेलाई हुन्छ। यी दलहरू आफैँलाई घाटा हुने काममा अग्रसर होलान् भन्ने ठान्नु मुर्खयाइँ हुनेछ। मुलुकले संघीयताको लक्ष्य हासिल गर्दा सबैभन्दा बढी फाइदा मधेशलाई हुन्छ तर मधेशवादी दलका नेताको निरपेक्षता बुझिनसक्नुको छ। मधेश आन्दोलन ताका चर्चामा रहेका मधेशवादी दल यतिखेर हराएजस्तो लाग्छ। उनीहरूको सोच पनि स्पष्ट देखिँदैन। यिनै कारण अर्थात्, मधेशवादी दल यतिखेर हराउनु र सोच स्पष्ट नहुनुले मधेशको सबाल बेवारिस भएको हो।
मधेश आन्दोलनताका मधेशी मोर्चाको शक्तिसँग राज्य झुक्यो र २२ बुँदे र आठ बुँदे सहमति गर्यो। मधेशी दलको एकता मधेशको शक्ति थियो भने ठूला दलका निम्ति खतरा। आफनो खतरा टार्न मधेशवादी दललाई कमजोर पार्नु ठुला दलको रणनीति हुनु अस्वाभाविक होइन। तर आफ्नो शक्ति बचाइराख्नु पर्नेमा मधेशवादी दलहरू ठूला दलको रणनीतिअनुसार फुटे। माओवादीलाई पनि फुटाउन खोजिएको थियो। तर उनीहरु आफनो लक्ष्यप्रति दृढ र इमानदार भएकाले फुटेनन्। माओवादी नेताले बरु कुर्सी त्याग गरे। तर मधेशवादी दलका नेता कुर्सी छाड्नै सक्दैनन्। फोरम विभाजन हुनु, सद्भावना चार पा"च टुक्रा हुनु, मधेशी मोर्चा कायम रहन नसक्नु मधेशवादी नेताका अक्षमता र पद लोलुपताको प्रमाण हो।
मधेशीलाई समूहगतरूपमा सेनामा प्रवेश गराउन राज्यले २२ र ८ बुन्दे सहमतिमार्फत कबोल गरेको छ। माओवादी लडाकुजस्तै मधेशीको पनि समूहगत सहभागितामा राज्यको लिखित प्रतिबद्धता छ। तर माओवादी सेनाको समायोजनको बहस चारै तिर छ भने मधेशीको समूहगत प्रवेशको सबाल कसैलाई पनि छैन। मधेशवादी नेताले त्यसको माग पनि गरेका छैनन्। सेनाका अधिकारीले समूहगत प्रवेशका विषयलाई बेलाबखत चुनौती दिँदा पनि मधेशी नेतले तर्कसम्मत जबाफ दिएको देखिन्न।
संघीयताको सबाल पनि ठूला दल स्पष्ट छैनन्।
संघीयता मधेशको प्रमुख मुद्दा भएकाले मधेशवादी दलले स्पष्ट धारणा र अडान राख्नु पर्ने हो। तर ती सबै मौन प्रायः छन्। काग्रेस, एमाले र माओवादी सहमत नभएसम्म मधेशको हित संविधानमा सुनिश्चित् हुँदैन। मधेशवादी दलले तिनवटै दललाई सहमतिमा ल्याउने प्रयास गर्नुपर्नेमा गच्छदारको फोरम, सदभावना र तमलोपा काग्रेस-एमालेतिर टाँसिएका छन् भने उपेन्द्र समूह माओवादीतिर लहसिएको छ। मधेशी नेतामा ठुला दललाई एउटै टेबुलमा बसाउनसक्ने क्षमता हुनुपर्थ्यो। गतिरोधका अवस्थामा मध्यमार्गी भएर उभिनु पर्थ्यो। तर उनीहरू आफैँ विभाजित भएका छन्। मधेशी दललाई दबाब दिन मधेशमा नागरिक समाज कमजोर छ। बुद्धिजीवी भनिनेहरू पनि मधेशको हितको साटो मधेशलाई भजाएर व्यक्तिगत फाइदा लिन लिप्त छन्।
मधेशवादी नेतालाई प्रभावकारी दवाव दिन नसके पनि नेतृत्वको मूल्यांकन भने भइरहेको छ। निर्वाचन ताका एकता नगरेर नेताहरूले गल्ती गरेका थिए। त्यस्तै गल्ती फोरम विभाजन गरेर गरे। यतिखेर ठुला दलहरूको कित्तामा बाँडिएर गर्दैछन्। यी सबै गतिविधि मधेशी जनताको आँखाबाट लुकेको छैन। मधेशको सबालको सम्बोधन नभए त्यसको शोधभर्ना अन्य दलभन्दा पहिला मधेशवादी नेताले नै गर्नु पर्नेछ। त्यसबेला यिनीहरू मधेशवाट बढारिनेछन्। मधेशवादी नेताले संविधानमा मधेशको अधिकार लेखाएर सुनिश्चित गर्न सकिएन भने आफनै भविष्य जोखिममा पर्नसक्छ भन्ने बुझ्नु जरुरी छ। अहिले कुनै दूतावासको कृपाले मन्त्री भइएला तर संविधानमा अधिकार नभए पछि टिक्न सकिने छैन।
मधेशवादी दलका नेता समयैमा सचेत होउन्। मधेश र मधेशीलाई हुने नोक्सानीको विचार गरेर निकास खोज्न मधेशवादी नेता सक्रिय हुनुपर्छ। मधेशको मुद्धामा सबै दललाई सहमत गराउन सकेमात्र मधेश र मधेशीको स्वाभिमान जोगिन र हितको रक्षा हुनसक्छ।