अजबको धरामा एउटा असङ्गतियुक्त देश छ। एक वर्ष भयो, त्यो देशमा चलिरहेछ कहीँ नभएको अति लामो र पट्यारलाग्दो जात्रा। जात्राको नाभिस्थलमा एउटा काठको घोडा छ र घोडामा सवार भएको छ एउटा मैनको पुतली।
नाङ्गा आँखाले हेर्दा त्यो घोडा हाडमासुले बनेको सक्कली घोडा प्रतीत हुन्छ र पूर्ण कदको मानव देहको आकार भएको घोडसवार मैनको पुलती मानिसै हो कि भन्ने आभाष हुन्छ। ज्ञानीहरू भन्छन् - पुतलीका न घुँडा छन् न छ मेरुदण्ड। त्यसको न हृदय छ न त मस्तिष्क नै। त्यसका न नशा-धमनी छन् न त रक्तप्रवाह र जीवन्त स्पन्दन। तर, विचित्र के भने त्यो बोल्छ। सक्कल र नक्कल, सद्दे र खोटो, जड र जीवन्त एवं स्वत्वयुक्त र स्वत्वहीनको भेउ पाउने बुज्रुकहरू विवेचना गर्छन् - घोडचडी मैनको पुतलीको टोपीमुनि स्वर भरिएको एउटा टेप जडान गरिएको छ। त्यो स्वचालित टेप खाँचो हेरी आफैँ खुल्छ र कान खाने कर्कश स्वरमा प्यारप्यार बोल्छ। घरिघरि दसगजापारि टेपका ब्याट्री सुटुक्क फेरिन्छन् र सन्दर्भ र खाँचो हेरी कुरा पनि उसैगरी अदलबदल हुन्छन्।
घोडाको अग्रभागका विभिन्न अङ्गमा थुप्रै मसिना डोरी बाँधिएका छन्। घोडचडी पुतलीका करिबन बाइस थान आज्ञाकारी सेवक एवं चालक छन्। ती कोही अगाडिबाट तान्छन्, कोही पछाडिबाट धकेल्छन्। सडकमा तामसी तामझाम र उग्र दम्भ व्याप्त हुन्छ। मानौं तानिने बस्तु काठको घोडामा सवार भएको मैनको पुतली होइन, सिंहासनपति कुनै छोटे राजन् हो। अहो! त्यसका सेवक र चालकै त त्यति धेरै छन्! सडककिनारमा उभिएर जनता अपलक दृष्टिले मैनको पुतलीलाई हेर्छन् र ओठ लेब्य्राउँछन्। तान्ने र ठेल्नेलाई कुरिकुरी गर्छन्। तर, माथि अचल मैनको पुतली गजधम्म बसिरहन्छ र तल तान्ने र ठेल्ने सेरोफेरोको नैतिक-सांस्कृतिक वातावरणको पर्वाहै नगरी आफ्नो अति प्रिय पुतलीलाई अति स्वामीभक्त मुद्रामा तानिरहन्छन्, ठेलिरहन्छन्, पुनः तानिरहन्छन्, पुनः ठेलिरहन्छन्। र, त्यो मैनको पुतलीको खेल-तमासाबीच त्यो देशमा अत्यास, आह र व्याकुलता व्याप्त छ। त्यो किन छ? त्यसको कारण छ।
निकट विगतमा त्यो देशमा पहिले कहिल्यै नभएको उथलपुथल भएको छ। औँसीको उग्र उपासना गर्ने र पूर्णिमाको उत्कट चाहना गर्नेहरूमाझ सशस्त्र र निःशस्त्र टक्कर परेको छ। टक्करमा असङ्ख्य वीरवीराङ्गले उज्यालोको निम्ति जीवन आहुति दिएका छन्। कति कति नरनारी विकलाङ्ग भएका छन्। काला शक्तिका त्रू्कर पन्जामा परी निस्पट्ट अँधेरी रातमा थुप्रै नरनारी बेपत्ता भएका छन्। टक्करको चाप र चेपमा परेर अरु थुप्रै जनहरू थातबासबिहीन भई अलपत्र परेका छन्। समाजभरि आत्मिक घाउहरू छन्, भौतिक घाउहरू छन्। समाजभरि रगत र आँशुका दागहरू छन्। आकासभरि दारुण चित्कारको आवाज व्याप्त छ। तर, यो सब उत्सर्ग र आत्मबलिदान, क्षति र खती, कष्ट र क्लेश, वियोग र व्यथा, विलाप र बिलौना, रोदन र क्रन्दन व्यर्थ भएको छैन।
यो उथलपुथलको गर्भबाट अन्धकारसँग आधा जुधाउने शिशु सूर्यको जन्म भएको छ। नवजात शिशुकी क्रान्ति माता भन्छिन् - काष्ठ अश्वारोही मैनको पुलतीबाट सूर्यरूपी कोमल शिशुको ज्यान पलप्रतिपल खतरामा छ। आखिर किन छ?
दूर क्षितिजमा डाँडाका टुप्पामा देउराली छ। नयाँ विधिले निर्देश गरेको र नयाँ नीतिले निर्दिष्ट गरेको तिथिमितिमा शिशु सूर्यलाई कसैगरी त्यो देउरालीमा पुर्याउनु छ। सामूहिक विवेक र आवेग एवं सौर्य र बलिदानको गर्भबाट जन्मेको त्यही शिशुको रमरम प्रकाशबाट डोरिँदै, त्यसैबाट प्रेरित र प्रोत्साहित हुँदै, त्यसैबाट उल्लसित र पुलकित हुँदै र त्यसैको आभामण्डलबाट शक्ति, साहस र सौर्य प्राप्त गर्दै। बाटो विकट छ। बाटाभरि जुका र किर्ना, सर्प र बिच्छी, हुँडार र स्यालहरुको बिगबिगी छ। बियाँल्नलाई समय छैन। तर, कठिन मुक्तियात्रामा अघि लागेर आफ्ना पदचिन्हका डोबमा सबै मुक्तिकामी नरनारीलाई एक ताल, एक लय र एक सुरमा हिँडाउनुपर्ने अगुवाको स्थान काठको घोडा चढेको मैनको पुतलीले ओगटेको छ। जीवन्त र गतिमान घोडा अर्कै छ। जीवन्त र आवेगयुक्त अगुवा अन्तै छ। नवजीवन निर्माण गर्ने इतिहासको स्वर्णीम यात्रामा सद्देको स्थान खोटोले लिएको छ, नवजात प्रकाशमाथि अन्धकारको तरबार उठेको छ र शिशु सूर्यको जीवनमाथि भयङ्ककर खतराको कालो बादल मडारिइरहेछ।
उसका लस्करै सेवकहरूको तनाइ र घँचेटाइ हेर्दा काठको घोडामा सबार मैनको पुतली सुस्त भए पनि गतिमा पो छ कि भन्ने आभाष हुन्छ। तर सत्य के हो भने त्यो तान्ने र घचेट्नेको अनिष्टकारी नियत एवं निहित स्वार्थद्वारा निर्देशित भई दाइँमा मियोवरिपरि बन्धित बूढो गोरु हिँडेझैं हर्दम् एउटा लघु वृत्तमा घुमिरहेछ। त्यसलाई कुनै उदात्त सिद्धि प्राप्त गर्नु छैन। त्यसलाई अन्धकारको साम्राज्य छिचोलेर कहीँ कतै पुग्नु छैन। त्यो गतिहीन गतिमा छ। त्यसैले त्यो विद्रूप अगतिमा छ। त्यसैले त त्यो संवेदनाहीन पुतली शिशु सूर्यको अकाल मरणको व्यग्र प्रतीक्षामा छ। गतिको अभिनय गर्नु र केही नगर्नु, समय बियाँल्नु र अन्धकारका शक्तिलाई दाह्रा-नङ्ग्रा उध्याउने औसर दिनु - बस्, मैनको पुतलीको अप्रकट तर स्पष्ट अभीष्ट यही हो र यहीमात्र हो।
सडक-डबलीमा मुक्तिकामी मानिस चिन्तातुर मनोदशामा मानौँ कुनै अदृश्य दूलोबाट निस्केर कमिलाको गोलोसरी एक गठ हुन्छन्। गोलोको बीचमा क्रान्तिकी एक करुणामयी जननी सजग र सतर्क मुद्रामा काखमा शिशु सूर्य बोकेर शिर ठाडो पारेर छाती तन्काउँदै ठिङ्ग उभिन्छिन्। वरिपरि दृश्य र अदृश्य रक्षापंक्ति अनेक छन्। क्रान्तियोद्धाका अनुहारमा आक्रोश टनाटन भरिएको देखिन्छ। मानौँ शिशु सूर्यलाई दूर क्षितिजको देउलीमा पुग्न नदिई बीचैमा बध गर्न उद्यत पुतलीगणमाथि बिच्किएको अरिङ्गालको गोलोझैँ खनिन ती सबै आतुर छन्। आवेगको राप र ताप भरिएको सडकमा हठात् गरमागरम संवाद सुरु हुन्छ। संवादमा एकातिर शिशु सूर्यको प्रतिनिधि रक्षक छ र अर्कातिर छ मैनको पुतलीको प्रतिनिधि रक्षक।
सुन सेवक, शिशु रक्षकले भन्छ, काठको घोडामाथि सवार भएको चैतन्यहीन मानवस्वरूप खसोखास मैनको पुतली हो।
न,न, पुतलीसेवकले प्रतिवाद गर्छ, यो उर्गेनको घोडा हो र यो घोडचडी हो वायुवेगी घोडामा सवार हुने ओजस्वी र तेजस्वी योद्धा, उही उर्गेन। प्रसङ्गवश, उर्गेनको घोडा भर्खरै बजारमा आएको युग पाठकको उपन्यासको नाम हो। तामाङ जातिको ऊर्जादायी मिथकमा उर्गेन तिनको जातीय किम्बदन्तीको एक शुरवीर हो।
उष्ण संवाद जारी छ।
झुट, झुट र फेरि झुट! शिशु सूर्यको रक्षक गर्जिन्छ। कहाँको श्रीखण्ड, कहाँको सुँगुरको लिँड! निर्जीव पुतलीलाई तल झार र इतिहासको बाटो खाली गर!
पुतलीरक्षक तिल्मिलाउँ छ। सङ्कटको त्यस घडीमा कतै आकासवाणी होइहाल्ला कि भनी आशा गर्दै ऊ दसगजापारितिर कान थाप्छ। सडकमा कोलाहल मच्चिन्छ। र, प्रतिनिधि पुतलीसेवक चर्मरक्षा अभियानमा टाप ठोक्छ।
उत्निखेरै सडकमा सहस्र बन्दुकको घेरामा काठको घोडामा सवार भएको भयभीत मैनको पुतलीको सवारी हुन्छ। तान्ने र घँचेट्ने यथावत् छन्। पुतली उद्वेलित र आक्रोशित सडकछाप जनको घेरामा पर्छ। र, अग्निसंवादको अर्को छिमल सुरु हुन्छ।
पुतली - शिशु सूर्यको रक्षकले गर्जन गर्छ - काठको घोडाबाट खुरुकक तल ओर्ली।
न, न - पुतली आनाकानी गर्छ।
ओर्लिहाल्! - शिशुरक्षक कड्किन्छ।
त्रसित पुतली सर्वाङ्ग थुरथुर काम्छ। र, गतिल, निरीह एवं निस्तेज स्वरमा ऊ दुःख पुकारा गर्छ - म आफैँ चढेको होइन ज्यू, म बोकेर चढाइएको हुँ। म आफैँ ओर्लिन सक्तिन, चढाउनेले बोकेर ओराल्नुपर्छ।
उत्तेजित सडकमा एकाएक अगणित स्वरमा हुटिङ हुन्छ। र, हुटिङकर्तामाथि एकाएक अश्रुग्याँस र कटबाँसको निर्मम वर्षा खनिन्छ। बन्दुकको घेरामा लुकेर मैनको पुतली जताबाट आएको हो त्यसै भाग्छ। र, रक्ताम्य सडक मौन अट्टहास गर्दै उसलाई हेर्छ, हेरिरहन्छ।
यसरी, हो यसरी नै, त्यो पथविचलित अभागी देशको मूल्यवान् एक वर्ष बित्थामा बितेको छ। र, मैनको पुतलीका सेवकहरू र शिशु सूर्यका रक्षकबीचको भीषण घर्षण जारी छ। यो सङ्घर्ष क्षितिजमाथिको देउरालीमा पुगेर विजयी हुने हो कि हारथाक भएर यतै पराजयमा टुङ्गिने हो अहिले नै भन्न सकिन्न।