'पिताजी' कृष्णप्रसाद कोइरालाले प्रधानमन्त्री श्री ३ महाराज चन्द्र शमशेर जंगबहादुर राणालाई नेपालका गरिब जनताको वास्तविक अवस्था ज्ञान होस् भनेर जनताले लगाउने फाटेको भोटो र कछाड पार्सल गरेर सिंहदरबार पठाउनु भएको थियो। राणाकालीन नेपालमा जनताको दयनीय अवस्था सरकारलाई बताएर विरोध जनाउने यो मौलिक र कल्पनाशील उपाय थियो। यसबारे नेपाली प्रजातान्त्रिक आन्दोलनका इतिहासकारले उल्लेख्य अनुसन्धान र चर्चागर्न अझै भ्याएका छैनन्।
कृष्णप्रसादका सुपुत्र बीपी कोइराला नेपाली कांग्रेसको स्थापना गर्दा यो घटनाबाट प्रेरित हुनु स्वाभाविक थियो। त्यसैले उहा"ले स्थापनाकालदेखि नै कांग्रेसलाई गरिबहरूको पार्टी बनाउनु भयो। भारतलाई स्वतन्त्र बनाउन सफल जवाहरलाल नेहरुको नेतृत्वलाई सघाएर भारतीय कांग्रेसको चकाचौंधमा रमाउन र मोजगर्न छाडेर बीपी प्रजातान्त्रिक समाजवादी बाटोमा लाग्नु भयो। नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादको मोडललाई आफनो लक्ष्य बनायो। प्रजातान्त्रिक समाजवादमा विश्वासगर्ने त्यति बेलाका क्रान्तिकारी नेताले बीपीलाई एसियाका लेनिनका रूपमा सम्मान दिए।
सात सालको क्रान्तिले संविधान सभाका लागि चुनाव गराउने ढोका खुला गरेपनि राजाले त्यस्तो चुनाव गराउने आफनो वचन पूरा गरेनन्। आठवर्ष लामो संक्रमणकाल र यस विरुध्दको संघर्षपछि नेपालमा पहिलो पटक संसदीय चुनाव भयो, नेपाली कांग्रेसले प्रचण्ड बहुमत ल्यायो र बीपीको नेतृत्वमा प्रजातान्त्रिक सरकार गठन भयो। गरिबको उत्थानको सपना देख्नु भएका बीपीले सबै नेपालीलाई खाने, लाउने र शिक्षित बन्ने हैसियतमा पुर्याउने राष्ट्रिय दृष्टिकोणको निर्माण गर्नुभयो। राष्ट्रिय योजना आयोगको भित्तामा गरिब नेपाली किसानको फोटो टाँस्न लगाउनु भयो। यसलाई नेपाली विकासको पहिलो 'भिजन' भन्न हिचकिचाउनु पर्दैन।
तर, अब नेपाली कांग्रेस गरिबको पार्टी रहेन। तीस वर्षको राजनीतिक वनवास र कठोर संघर्षपछि २०४६ को जनआन्दोलनमार्फत् राजनीतिको केन्द्रीय सत्तामा पुनर्स्थापित कांग्रेसको चिन्ता कुनै भूमिहीन किसानमा होइन, विशाल खेतीयोग्य फा"ट ओगटेर बसेका जमिन्दारको लुटिएका जग्गा जमिनमा बढी केन्द्रित छ। जग्गा नहुनेको बा"च्न पाउने अधिकारमा उसको खासै लगाव देखिएको छैन। २०४७ सालमा एकाएक सत्ताको चकाचौंधमा आइपुगेपछि कांग्रेस पार्टीमा सुरु भएको तीव्र रूपान्तरणको प्रक्रिया अहिलेसम्म थामिएको छैन। उहिल्यै समाजवादी सिध्दान्तमा दीक्षित र हाल वृध्दभत्ताका दाबेदार बनी सकेका संघर्षकालीन युवानेताहरूले प्रजातान्त्रिक समाजवादको टोपी, दौरा र कोटलाई बुईंगलमा लगेर ध्याम्पामा थन्क्याइसकेका छन। कुनै बेला देशको सबैभन्दा अग्रगामी, सबैभन्दा प्रगतिशील र कम्युनिस्टलगायत सबै पार्टीको माउ पार्टीका रूपमा स्थापित नेपाली कांग्रेस अहिले परम्परावादी शक्तिका रूपमा चिनिन थालेको छ। जनताको आक्रोशका तारो बनेका सबैथरी अलोकप्रिय तत्व र निर्णयको प्रतिनिधित्व यसैले गर्ने गरेको छ। देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भएर पनि लोकतन्त्रका मान्यताको स्थापनाका लागि यसले खासै चासो देखाएको छैन। कांग्रेस सत्तामा जानु नै लोकतन्त्रको प्रतिरक्षा हो भन्ने अहंकारले ग्रस्त यसका नेताहरू ठालुतन्त्रका प्रतिनिधि पात्र बन्न खोजेका छन्। यसका बाहुबली नेता बाला साहेब ठाकरेको हिन्दू पार्टीदेखि काली बाबाको रोसनदानसम्म सबैतिर व्याप्त भएका छन। समुद्र स्वात्तै निली सकेर पनि अतृप्त रहेका असन्तोषी प्रेतात्माजस्ता कांग्रेसका यी नेताले न पार्टीको आकार जोगाउन सकेका छन, न आफनो अनुहार । यही कारण हो, कुनै वैचारिक नीति र मान्यता नै नभएजस्तो, सिध्दान्तहीन जत्थाको रूपमा परिणत हुंदै गएकोछ कांग्रेस पार्टी।
२०४७ को परिवर्तनपछि शासन-सत्तामा अवसर प्राप्तिका लागि मडारिएर आएको भीडलाई कांग्रेसले जसरी बिनाकुनै सोच विचार आफूमा समाहित गर्यो त्यो कांग्रेसको उदारता नभएर लोभ थियो। यही भिडको भरमा कांग्रेसको तत्कालीन संस्थापनाले आफूलाई शक्ति केन्द्रको दक्षिणपट्टि ढल्कायो। नेपाली समाजले लौह पुरुषका रूपमा सम्मान गरेका कांग्रेसका शिखर व्यक्तित्व गणेशमान सिंहको सर्वमान्यताको उपहास गर्ने प्रयास भयो। जन आन्दोलनका बेला सहकार्यमा जुटेका वामपन्थीसँग सामान्य तालमेलसम्म पनि राख्न चाहेन कांग्रेसले। त्यतिबेलाको एमाले झन्डै अहिलेको वाईसीएलजस्तै थियो धुन्धुकारी र आक्रामक। अहिले शान्तिको बीन बजाउने नेता त्यति बेला सदर जंगी अड्डाको तल्लोपट्टि दशरथ रंगशालामा जंगी पोसाक पहिरेर कबाज खेल्ने गर्थे। अहिलेको जस्तै सत्ता र प्रतिपक्षबीच सहमति त्यति बेला पनि थिएन।
राजा वीरेन्द्र र उनको परिवारको हत्यासँगै नेपालबाट राजतन्त्र समाप्त भइसकेको थियो। तर, नेपाली कांग्रेसले त्यो सत्यलाई आत्मसात गरेन। ज्ञानेन्द्रलाई राज्यारोहण गराएपछि एमाले नेतासहित नया" राजाको दाम राखेर दर्शनगर्न बसन्तपुरको गद्दी बैठक पुगेका कांग्रेसका नेताहरूले ज्ञानेन्द्रको उत्थानसँगै प्रजातन्त्रको अवसान भएको भेउ पाउन सकेनन्। त्यसपछि बढेको माओवादको हिंसात्मक चापले जनता दग्धहुन थाले। तर, बन्दुकहरूको चेपमा परेर निसासिन थालेका जनतालाई आशा, भरोसा र विश्वास दिन कांग्रेसका कुनै पनि नेता अघि सरेको देखिएन। ज्ञानेन्द्र शासनको चेपमा आफैँ पर्न थालेपछि कांग्रेसले माओवादीसंग शान्ति प्रक्रिया सुरु गर्यो। तर, शान्ति प्रक्रिया प्रारम्भ भएको पहिलो दिनदेखि नै यसविरुध्द पार्टीभित्रै असहमतिका स्वर सुनिन थाले। अन्ततः शान्ति प्रक्रिया अघि बढदै जांदा यो कांग्रेस सभापतिको व्यक्तिगत चासोमात्रै बन्न पुग्यो। सभापतिको निधनपछि शान्ति प्रक्रियाको मिनमेख निकाल्न नेताहरू स्वतन्त्र भए। अहिले शान्ति प्रक्रिया र संविधान निर्माणमा सहमति दुवै धरापमा परेका छन्। कांग्रेस शान्ति प्रक्रियाको 'स्टेक होल्डर' रहने वा नरहने विषयको पनि टुंगो लाग्न सकेको छैन।
कांग्रेस केन्द्रीय समितिको हालैको बैठकमा एकजना स्वनामधन्य नेताले अन्तर्राष्ट्रिय समुदायलाई माओवादी प्रजातान्त्रिक पार्टी होइन भन्ने बुझाउनुपर्ने प्रस्ताव राखेको सुनियो। माओवादी प्रजातान्त्रिक पार्टी होइन र हुन सत्तैन भन्ने जानकारी अन्तर्राष्ट्रिय समुदायले राम्रोसँग राखेको छ। नेताहरूले शान्ति प्रक्रियामा कांग्रेससँग सहमति र सहकार्यमा आएकै भरमा माओवादीले प्रजातन्त्रको जनै लगाएको सोचेका हुन् भने त्यो सबभन्दा ठूलो विडम्बना हो। कांग्रेस यस्तै विडम्बनाको व्यूहमा फँसेको छ।
अहिले कांग्रेस जुन गतिमा जसरी चलेको छ त्यसले यसको संस्थागत भविष्य सुरक्षितहुने सम्भावनालाई पर धकेलिदिएको छ। कांग्रेसका नेताहरूले वर्षौदेखि जनताका आवाज र आवश्यकता मुखरित गर्न छाडेका छन्। कांग्रेसभित्र रहेको व्यक्तिगत र संस्थागत अलोकतान्त्रिक आचरण र व्यवहारका कारण धेरैले यसको लोकतान्त्रिक साखमा प्रश्नचिन्ह लगाउन थालेका छन्। गरिबले कांग्रेसमा कुनैपनि प्रकारको आकर्षण देख्न छाडेको छ। गरिबका नेताले कांग्रेसभित्र आफनो प्रतिनिधित्व गुमाउंदै गएका छन्। विगत डेढ दशकको शासन अवधिमा कांग्रेसले कुनै पनि वर्ग र पेसाका मजदुरको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने आंँट गरेन। माओवादीले कांग्रेसको त्यो निरीहताको फाइदा उठायो। यतिबेला संगठित क्षेत्रमा कांग्रेसको उपस्थिति घट्दै गएको छ। सांच्चै नै गरिबहरू कांग्रेसबाट विमुख हुंदै गएका छन। नेपाली लोकतन्त्रको प्रतीकका रूपमा रहेको राजनीतिक संस्थाको यो अवनति पक्कै पनि लोकतन्त्रको सुखद भविष्यको संकेत होइन।
कांग्रेसका नेता जनतासँग नजोडिँदासम्म यस स्थितिमा परिवर्तन आउँदैन। राजाको निरंकुश शासनविरुध्द कांग्रेसले जुन जुन प्रवृत्तिसँग लडेको थियो ती प्रवृत्ति अहिले पनि प्रभावशाली छन्। गणतन्त्रको स्थापनाले मात्रै ती प्रवृत्ति कांग्रेसका मित्र शक्तिमा परिणत हुने होइनन्। कांग्रेससँग ठूला ठालुको समर्थन होला तर, त्यसैको भरमा जनताको राजनीतिगर्न सकिँदैन। नया" नेपालको राजनीति नया" आयाममा प्रवेश गरेको छ। गरिबको संख्या बढ्दो छ र गरिबीका नया" चुनौती थपिएका छन्। कांग्रेसले यी चुनातीलाई सम्बोधन गर्न सकेन भने उसको भविष्य खुम्चिने निश्चित् छ।