संविधान सभाको आयु ११ दिन बाँकी रहँदासम्म पनि यसको भविष्यका बारेमा टुंगो लाग्न सकेको छैन। सरकार र सरकारमा रहेका दलहरु छ महिनादेखि एक वर्षसम्म म्याद थपेर संविधान सभाबाटै संविधान बनाउने कसरतमा छन् भने एकीकृत नेकपा (माओवादी) प्रधानमन्त्रीले राजीनामा नदिएसम्म म्याद नथप्ने अडानमा छ।
एक तिहाईभन्दा बढी स्थान ओगटेको माओवादीले नचाहेसम्म संविधान सभाको म्याद थप्न सम्भव छैन। यस्तो अवस्थामा जेठ १४ पछि मुलुकको भविष्य के हुन्छ? त्यति ठूलो बलिदान र राजनीतिक विजयपछि निर्वाचित संविधान सभालाई विफल बनाइयो भने कसैले माफी पाउने छैन। संविधान सभाका लागि जनताबाट निर्वाचित प्रतिनिधि खाली हात गाउँ फर्किंदा तिनको मात्र हैन र लोकतन्त्रकै उपहास हुनेछ। 'संविधान निर्माण गर्न' खर्च भएको अर्बौं रकमका साथै २०६२/६३ को जनआन्दोलनकै बारेमा पनि प्रश्न उब्जिने छ। त्यसपछि दुइटा अवस्था देखा पर्नेछन्: अहिले एकअर्कालाई तर्साउन हाउगुजीका रूपमा प्रयोग गरिने 'दक्षिणपन्थ' ले साँच्चै टाउको उठाउनेछ वा शिविरमा लडाकु र कन्टेनरमा हतियार भएको उग्रवामपन्थले सत्ताकब्जाको प्रयत्न गर्नेछ। तर, संविधान सभा नरहे पनि राष्ट्रपति रहिरहनेछन्, सरकार रहिरहनेछ। र, साथमा समस्यामा पनि जस्ताको तस्तै रहिरहनेछ।
संविधान निर्माणलाई सरकार गठन/विघटनसँग जोडेका कारण संविधान सभा कमजोर र प्रभावहीन भएको हो। पक्कै पनि ६ सय १ जनाको हुलले निर्णायक निष्कर्ष निकाल्न सक्तैन तर, संविधान बनाउन यसबाहेक अर्को कुनै बाटो खोजियो भने त्यो अनिश्चय र अनिष्टको यात्रा हुनेछ। संविधान सभाको अभावमा सिर्जना हुने संवैधानिक रिक्ततामा रोपिने कुनै पनि खालका अधिनायकवादका बीउले सिंगो राष्ट्रलाई दीर्घकालसम्म आक्रान्त बनाउनेछ। सायद, माओवादी अहिले त्यही मौकाको पर्खेर बसेको छ।
माओवादीले संविधान सभा आफ्नो 'सन्तान' भएको दाबी गरिआएको छ। हुन पनि, संविधान सभाको निर्माणमा सबभन्दा ठूलो योगदान माओवादीको छ। उसले नउठाएको भए संविधान सभाको विषय कार्यान्वयन हुने अवसर आउने थिएन। तर, आफैँले जन्माएको सन्तान बाबुआमाले पनि मार्न नपाएजसतै संविधान सभाको जीवनसँग खेलबाड गर्ने अधिकार माओवादीलाई छैन। तर, माओवादी नवजात शिशुलाई कुनै पुलमुनि फुत्त फालेर भाग्ने पापिनी आमाजस्तै हुन लागेको छ।
संविधान सभाको आयुलाई माओवादीले सरकारको गठन/विघटनसँग जोडिरहेको छ। माधवकुमार नेपालले राजीनामा दिनु वा नदिनुसँग संविधान सभाको आयुको गोरु बेचेको साइनो पनि छैन। संविधान सभा एउटा पाटो हो, सरकार अर्कै। यी दुइटालाई जेलेर प्रस्तुत गर्न खोजिएकाले नै समस्या जटिल भएको छ। संविधान सभामा सबभन्दा ठूलो दल माओवादी संविधान बनाउने दायित्वबाट पन्छिन मिल्ने थिएन। तर, माओवादी नेताहरू त अरू कसैका लागि संविधान सभाको अवधि थप्न परेजस्तो पो गर्दैछन्। विडम्बना, उनीहरू आफ्नो नेतृत्व मानेमात्र संविधान सभाको म्याद बढाउने भन्दैछन्।
माओवादी नेताले यसअघि संविधान सभा विघटन गर्न 'षड्यन्त्र' भइरहेको र 'दरबारिया, प्रतिगामी र प्रतिक्रियावादी सक्रिय रहेको' भन्दै त्यसविरुद्ध 'सचेत रहन' 'खबरदारी' गरिरहेका थिए। माओवादी नेतृत्वको अहिलेको म्याद थप नगर्ने जिद्दी बुझिनसक्नु छ। उति बेला संविधान सभाको म्याद थप्नै पर्ने थिएन। संविधान सभामाथिको हक दाबी गरिराख्न 'खबरदारी' गरिरहने माओवादीतर्फ औँला ठड्याउनुपर्ने भएको छ- 'खबरदार, आफ्नो दायित्व पूरा नगरी संविधान सभालाई मार्ने प्रयत्न नगर!'
माओवादीले चाहेन भने संविधान सभाको म्याद थपिँदैन। त्यसपछिको लाभ कसले उठाउँछ? सम्भवतः यस प्रश्नको विश्लेषणमा पनि माओवादीले पहिलाझैँ गलत सूत्र प्रयोग गरेर हिसाब निकालेको छ। माओवादी नेतृत्वको दूरदृष्टिको अभाव र गलत विश्लेषणका कारण विगतमा उसले असफलता बेहोर्नुपरेको छ।
संविधान सभामा ठूलो दल भएपछिका असफलताले नेतृत्वको अयोग्यताको पुष्टि गर्छन्। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा बेहोर्नुपरेको पराजय, सेनापति प्रकरणमा सामना गर्नुपरेको 'बुमर्याङ'देखि हालै अनिश्चितकालीन आमहडतालको विफलतालाई माओवादी नेतृत्वले समग्रमा विश्लेषण गर्न जरुरी छ। देशको एउटा प्रमुख पार्टी बारम्बार यसरी असफल हुनुले लोकतन्त्रलाई पनि बलियो बनाउँदैन। एकपटक फेरि माओवादीले आफूलाई गलत ठाउँमा उभिनबाट जोगाउनुपर्छ।
किनभने, त्यही संविधान सभा भएकै कारण माओवादीले सबभन्दा ठूलो दल भएको दाबी गर्न पाएको हो। आशा गरौँ- जनताको शान्ति र नयाँ संविधानको चाहनामाथि कुठाराघात गर्ने काम माओवादीबाट हुने छैन। राष्ट्रिय सहमतिको प्याकेज कार्यान्वयन गर्ने राष्ट्रिय सहमति भयो र अर्को सरकार बन्ने भयो नै भने पनि संविधानसभा आवश्यक हुन्छ।