कुनै पनि शास्त्रले काम नगर्ने अजीवको नेपालमा अनस्तित्ववासी भगवानका कृपाले गर्दा भनु, अन्तिम घडीमा प्रधानमन्त्री माधवकुमार नेपालले गज्जप बोले। गद्दीमा बसेको क्षणदेखि अस्तिको दिनसम्म उनले प्रायः झुटैझुट बोलेका थिए। धन्य माधव, अस्ति उनले एउटा सत्य बोले। आफ्नो बोध, आफ्नो निष्ठा र अफ्नो वर्गस्वार्थ सुहाउँदो सत्य। आफ्नो अन्तस्करणको खाँट्टी आवाजमा मुखरित भएको सत्य! माधवले बडो इमानसाथ भने - संविधान सभा मेरो रोजाइ हुँदै होइन। यो त माओवादीलाई खुसी पार्न आफ्नो इच्छाविपरीत मैले मानिदिएको मात्र हो। माओवादीलाई संविधान सभा चाहिँदैन भने खाँच्चैसिती। टन्टै खलास्। लन्ठै विसर्जन। म गद्दीबासी माधवलाई अब न लुतो न कन्याइ!
माधव प्रधानमन्त्रीको गद्दीमा उल्कासरी आकाशबाट झरेका होइनन्। उसो त उनी धरतीबाट फुत्त बाहिर निस्केर गद्दीमा थपक्क विराजमान भएका पनि होइनन्। कल, बल र छलका सहाराले नै सही, माधव संविधान सभाको बहुमतबाट जन्मेका प्रधानमन्त्री हुन्। यिनले त्यही संविधान सभाले बनाएको संविधानलाई साक्षी राखेर हर्षातिरेकले कानसम्म मुख च्यात्दै त्यसैमा लेखिएको शपथ खाएका हुन्। तर, अहिले यी लाजैबेगर भन्दाछन् - यो नाथे संविधान सभा मेरो राजीखुसीको रोजाइ किमार्थ होइन। यसरी आफूलाई जन्म दिने आमालाई नकारेर माधवले आफूलाई फुइँफुट्टा सन्तान घोषित गरेका छन्। यिनले जे गरेका छन्, कमालै गरेका छन्। पाखण्डका सबै वस्त्र उतारेर यी आफ्नो सच्चा स्वरूपमा उजागर भएका छन्। र, यिनले बडो हाँकपूर्ण भाकामा लोकलाई भनेका छन् - हेर, यो हो मौलिक माधवकुमार नेपाल!
संविधान सभा नेपाली समाजका अनेकौं अङ्गअवयवरूपी हाँगा र पात भएको एउटा विशाल वृक्ष हो। गणतन्त्र यो वृक्षमा लागेको एउटा फल हो। वृक्षलाई नकारेर माधवले गणतन्त्रलाई नकारेका छन्। संघीयता, समावेशन र धर्मनिरपेक्षता यही वृक्षमा लागेका थरीथरीका फल हुन्। वृक्षलाई तिरष्कार गरेर माधवले यी सबै फललाई तिरष्कार गरेका छन्। संविधान सभा नयाँ संविधानमा सकल नेपालीको भाग्य र भविष्य लेख्ने एउटा साझा चौतारी हो। संविधान सभामाथि बन्चरो उजाएर माधवले सकल नेपालीको भाग्य र भविष्यमाथि बन्चरो उजाएका छन्। जे गरेका छन्, माधवबाबुले ठीक गरेका छन्। कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि भन्ने अनुभवसिद्ध शास्त्रवचन आखिर झुटो किन पो हुन्थ्यो र!
नेपाली कांग्रेस सत्ता गठबन्धनको जेठो नरेश निर्माता हो। निजद्वारा निर्मित नरेश भन्दैछन् - म संविधान सभा मान्दिन। संविधान सभालाई आफ्ना सपना कोरल्ने न्यानो गुँड ठान्ने नेपाली समवेत स्वरमा सोधिरहेका छन् - कांग्रेसी नेतागण! तिमीहरूले बनाएको नरेशको बोली के तिम्रो पनि हो? होइन भने सरकार नामक यो संविधान सभाको व्याधालाई बोकिराख्न तिमीहरू विवश छौ किन? गठबन्धनको माइलो नरेश निर्माता नेकपाको पगरी गुथी नै रहेको एमाले हो। साठी वर्षको निष्ठा र आँसु, संघर्ष र रक्तपात, उल्लास र चित्कार एवं त्याग र बलिदानको चाङमाथि खडा गरिएको संविधान सभाको सुन्दर महललाई आफ्नो अमर कृति, आफ्नो गौरवगाथा एवं आफ्नो अमूल्य निधि ठान्ने सकल नेपाली एकै स्वरले सोधिरहेका छन् - एमाले नेतागण! तिमीहरूले काँध थापेको नरेशको उद्घोष के तिम्रो पनि हो? होइन भने सरकार नाउँको यो दुर्गन्धमय शव बोकिराख्न कसको दबाबले तिमीहरू श्रापित छौ? कतिपय मधेशी दल मधेशी सपना र आकांक्षालाई मधेशमै छाडेर गठबन्धन सरकारमा जागिर खान र सत्ता दलाली गर्नमा तल्लीन छन्। संविधान सभालाई आफूमाथि थोपरिएको अनेपाली र अनागरिकको कलंकबाट मुक्त गर्ने अपूर्व संस्थाका रूपमा हेर्ने मधेश-तराईवासी सोधिरहेका छन् - सत्तास्वादमा लठि्ठएर मधेश-तराईलाई बिर्सन लागेका मधेशी नेतागण! तिमीहरूले इष्टदेव मानेर पूजाअराधना गरेका माधवको संविधान सभाको तेजोबध गर्ने कुत्सित वचनमा तिम्रो पनि सहमति छ? छैन भने हाम्रो भाग्यमाथि आगो झोस्ने कथित प्रधानमन्त्रीको दौराको फेर समातेर भिजेको मुसोझैँ तिनका पछिपछि लुखुरलुखुर हिँड्न के कति कारणले लाचार छौ? के मधेश-तराई कसै न कसैका निरीह मुसा बन्न अभिशप्त नेता जन्माउने आत्महीन जीवको भूमि हो?
माधवीय कर्कशवाणीबाट उद्वेलित, आहत र अपमानित अगणित नरनारीले गठबन्धनको फड्के किनारामा उभिएका युवा नेताहरू गगन थापा र रवीन्द्र अधिकारी, प्रदीप पौडेल र योगेश भट्टराई कटाक्षको मुद्रामा हेरिरहेका छन्। र, ती ललकारयुक्त भाकामा भनिरहेका छन् - संविधान सभाको जायजन्ममा तिमीहरूको आवेग र विवेक एवं साहस र समर्पणको पनि मनग्गे लगानी भएको छ। आफूले कत्रा दुःखले लगाएको बालीमा तेजाबको वर्षा गर्न माधव काजी कन्दनी कसेर मैदान उत्रिसके। के यो दृश्य तिमीहरूलाई शुभ, शोभनीय र प्रीतिकर लागेको छ? छैन भने तेजाबमार्गी माधवबाबुको यथोचित उपचार गर्न ढिलाइ किन?
गठबन्धनका संघीयताविरोधी सहयात्री मोहनविक्रम सिंह र कमल थापा समूहलाई त दिव्य माधववाणी अमृततुल्य स्वादिष्ट लागेकै होला। तर, अरु झिनामसिना दललाई? लोक यी झिनामसिनालाई कुरिकुरी गर्दै सोधिरहेको छ - के संविधान सभा विनाशी माधव वचन तिम्रो साझा वचन हो? होइन भने एक थान मन्त्री पद, मातहत मन्त्रालयमा बेरोकटोक भ्रष्टाचार, केही थान गाडी र यताउति सत्ता दलालीको अवसर पाएबापत संविधान सभाका मुखर बैरीलाई शिरोपर गर्न तिमीहरूलाई अब त अलिकता लाज लागिदिए जगत्लाई कति राम्रो हुन्थ्यो!
चौध गते हाउगुजी भएर हाम्रा घरदैलामा आइपुग्दैछ। जनतालाई हाउगुजीको भयबाट मुक्त गर्ने दायित्व बोकेका राजनीतिक अभिकर्ता एकअर्कासामु अड्बांगे माग तेर्स्याएर संविधान सभालाई आर्यघाटतिर डोर्याउन मानौँ तँछाडमछाड गरिरहेका छन्। माधव नेपालको राजीनामाबिना संविधान सभाको म्याद नथप्ने माओवादी हुंकार सुन्दा मेरो आङ त्यसैत्यसै सिरिङ्ग हुन्छ। माधवले भनिसके - संविधान सभा माओवादीको मानसपुत्र हो। आफ्नो पुत्रको रक्षा गरे उसैले गरोस्, नगरे भर्सेलै परोस्। माधवाणी सही हो। म त भन्छु, कुत्सित माधववाणी नै उनको राजीनामाको सानदार रिहर्सल हो। सत्तामा उनका दिन अब सकिए। सदाझैँ सत्तालोलुपताको फत्तुर झेल्नुपर्ने गरी अब माओवादीले माधवको राजीनामा माग्नु पर्दैन। माग्ने अरू नै हुनेछन् र ती सहस्र हुनेछन्। माधवलाई नचाहिएको संविधान सभा जसलाई चाहिएको छ, राजीनामा तिनले माग्नेछन्। महिलाले माग्नेछन्। दलितले माग्ने छन्। मधेशी-तराइवासीले माग्नेछन्। जनजातिले माग्नेछन्। जो जो परिवर्तनकामी र न्यायप्रेमी हुन्, ती सबैले माग्नेछन्। ढिलै भए पनि माधवले माओवादीलाई राजीनामाको कर्कश दाबीबाट मुक्त गरिदिएका छन्।
जेठ १४ पछि संविधान सभा मरिहाल्ने छैन। यो केवल सुषुप्तावस्थामा रहनेछ। र, यसलाई अनुकूल मौसममा ब्युँझाउन सकिनेछ। यो तर्क पहिले माधव सरकारका प्रवक्ता एवं लाल टोपीधारी दंगाली जिम्दारसाप् श्री शंकर पोखरेलका मुखारविन्दबाट प्रकट भएथ्यो। अहिले माओवादी नायक प्रचण्डले शंकरको बोलीमा लोली मिलाएको आभास हुँदैछ। रात रहे के हुन्छ जी? अग्राख पलाउँछ। जेठ १४ गते संविधान सभाको मृत्युको घोषणा गर्न एकथरी कानुनची लामै लागेर उभिएका छन्। हिन्दु अधिराज्यको छातामुनि मृत राजतन्त्रलाई फर्काउन अर्काथरी काजी खुट्टा उचालेर तम्सिएका छन्। संवैधानिक रिक्तताको बहानामा नेपाली समाजका अङ्गअङ्गमा साम्प्रदायिक विखण्डनको आगो झोस्न तम्तयार भएकाहरू आफ्ना फुस्रा ओँठ चाटिरहेका छन्। उसो त नेपाली सेनाको दुरुपयोग गरी आफ्नो तुच्छ दुनो सो‰याउने शुभ मुहुर्त कुरिबसेका पनि होलान् नै। के माओवादी पर्दापछाडिको यो कठोर यथार्थप्रति बेखबर छ? इतिहास साक्षी छ - संविधान सभाको माउ अभियन्ता माओवादी हो। माओवादीको जनाधारको जग संविधान सभा हो। संविधान सभा भत्किँदा धेरै नेपालीका सपना रगतपच्छे हुनेछन्। धेरैका आशा चूरचूर हुनेछन्। माओवादीप्रति धेरैको मोहभंग हुनेछ। विपक्षीले उसको थाप्लोमा अपजसको ओइरो लाउने त यसै पनि छँदैछ। आफ्नो कष्टसाध्य अभियानको गर्भबाट जन्मेको दुर्लभ संविधान सभाको रक्षा गर्ने माउ कर्तव्य माओवादीको नभएर अरु कसको हो? माधववाणीलाई कोटीकोटी नमस्कार गर्दै संविधान सभाको म्याद थप्दा माओवादीको नाक जाने होइन, बरु घिरौँलोजत्रो हुनेछ।
संविधान सभारूपी अनमोल सम्पत्तिको रक्षा गर्न कथित आत्मसर्मणको कुरीकुरीको केको डर? डर त संविधान सभाको हत्या गरिँदा आइलाग्ने विकराल कालको पो छ!