६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

राष्ट्रिय विभूति फाल्गुनन्द

“माङनिवारे माङ आवोङ, हाङनिङवारे हाङ आगेत, यम्बा निङवारे यम्बा आजोक, योक्निङवारे योगुबा आघो, फेन याम्बक्ले फेन्आवोङ, लायो खाजोङले आमेकलो ।” (देवकर्मले देवतुल्य, राज कर्मले राजा, महानता विचारले महान्, नोकर बुद्धिले नोकर, कुर्कम कामले नर्कमा, पाप कर्मले नासिन्छ)

ध्यानबाट मन शुद्ध, दानबाट धन शुद्ध, सेवा गरे तन शुद्ध, तीर्थबाट आत्मा शुद्ध, त्यागबाट कर्म शुद्ध हुन्छ ।

उपर्युक्त महावाणीका संवाहक महागुरु फाल्गुनन्दको १३३ औँ जन्मजयन्ती ‘विश्व शान्ति तथा मानव एकता दिवस’का रूपमा मनाइँदैछ । इभाङ–५, इलाम, डाडाँगाउँमा पिता जगनबाज, माता हंसमती बेघाको तेस्रो पुत्रका रूपमा ईश्वरीय दूत जन्मावतरण हुनुभयो । ज्योतिष नाम नरधोज भए पनि फलामे चुरा लगाउने तपस्वीको फलामसिं नाम नै कालान्तरमा फाल्गुनन्द नाम प्रख्यात भयो ।
नेपाल सरकारले २०६६ मंसिर १६ गते सोह्रौँ राष्ट्रिय विभूति र २०७२ मा उहाँको जन्मदिनमा सार्वजनिक बिदा दिने घोषणा गरी ठूलो राष्ट्रिय सम्मान दिएको छ । मानव मोक्ष धर्म ज्ञानले मात्र होइन्छ । धर्म सकिए पापको बोलवाला बेलामा धर्मनाश, कर्मनाश भई सन्यास होइन्छ । किरातीहरू धर्म, कर्म, भाषा, लिपि, साहित्य, संस्कृति, इतिहास बिर्सेर घोर नरकमा डुबेर हराउन नासिन लागेको समयमा भगवान् अवतरण हुनुभएको निम्नअनुसारको देववाणी जस्ताको तस्तैः
“उन्छोन सावायेत्हाङ किरात आवुलासानुः फोक्वासाहारे निङवा याङ्दाङ्योनु इन्छीङ्साम्मुक्कीन फत्लन्दे पेआङ होप्ता, हेक्केल्थे खाःजीरी खायाङलेन् मुजीःरी मुयाङल्येत – निङवासक्मा खाःदाम्मा फेरे ... । हेल्केआङ मुहोप खेहोप पोक्खेल्ये पान लन्देसाङ पान्मेल्ये खाःखीयोसाः केवोखी । मिक्पत्छेसाङ मिक्मिन्नी थक्थाम्बुसाः केबोक्खीआङ उन्छोन्छमा साम्योरे खाःजोङ खाःबात्हा केरेक निङवा केभेछुम्माङ लायोक्ल्ये लाम्मीन् तिकमारे साम्योरे खिःबेइन पोतेर पे. । लायोक्ल्ये खिःबेइन् पोःरेर पे. । खाजोङ नुः खाःबात फेःल्लारे पे. । चाःजामा थुङमा मेन्लेमरे अदङ् नुः मयक केबोकखीरो । आबुलासाःनु फोक्वा सासे । सिक्खेङमा याक्लेमारक पोङमारे हिप्सीङमा सेत्छीेङ्मारक् पोक्खेर पे. । मेन्छाम्गेन नाम्यामी थिङ्गाइन केगोप्पा सिक्कुम्मीन मयेआङ पे. । सेन्दीक्नु लेन्दीक मेन्सेन्देन, नुबा नुः फेम्बा मेसेन्देन, केसेम्बा सेन्मीक्कीन् फेःल्लारे पे. । इनोगेन तुक्खे केजेइआङ चुङजीगेन एत्छासाः केबोक्खील्ये तागेरा निङवाभुमाङल्ये सिवादीङ खाःहुन पिरसेभाङ ईसेन्दीङ यमिक थान्दाङलो । सावागेन येहाङ किरात सासे नुबा नुः फेम्बा सेन्दुङङाङ् माक्लः नुः फःल सेन्दुङङाङ । साम्यो नुः लायो सेन्दुङङाङ सेक्खारे माराम्मीन् नेस्सुधाङलो । किरात रे थिङगाईन् अम्भा कन्लो । किरात थिक्हुप पोक्खेम्मेआङ चक्मेम्बुबा माराम्मीन् तिक्तेम्मेओ । माङवा नुः हाङवारे कुवुङग साप्योक नुः निङयोक नेस्सुङधाङलो । थोबो नुः कुबो चोगेम्मेआङ नाम्सीङ नुः लासीङ केगेरीरो ।”
किरात समुदाय शाखा सन्तानहरूको मनमस्तिष्कबाट सोच्ने आत्माशक्ति हेर्ने दिव्यशक्ति फुत्त निस्केर गयो । त्यसो गर्दा घोर कालरात्रिभैmँ अँध्यारो भई सोच्ने–बुझ्ने विवेक–ज्ञान हराएर अन्धकारमय भई जीवन बर्बाद भयो । अतः अघोर अँध्यारो कालोरात्रि सुनसान भएकाले ज्ञान, विवेक, बुद्धिविहीन हुँदा पछि भयौँ । आदिम कालको धर्म, कर्म, ज्ञान बिर्सेर धर्ममार्ग भुलेर पापमार्गको अवलम्बनले धर्ममार्ग अलमलिएर गयो । पाप बढ्यो, कर्मकाण्ड, धर्मसंस्कारमा विकृति आयो । यस्तो व्यवहारले लुटपिट, कुटपिट, मारपिट, काटाकाट, मारामार गर्ने राक्षसी प्रथाको दानवी संस्कारले ढाक्यो । मानव जातीय नीति, मानव धर्म दर्शन किरात धर्म दर्शन खोज्ने ज्ञान ज्योति हराएर गयो । दिन–रात, राम्रो–नराम्रो, कालो–सेतो, छुट्याउने आँखा बिग्रेर हरायो । गरिब, टुहुरा, विवेकहीन, ज्ञानविनाको अचेत भइबसेको तिमीहरूको दुःख दिई ईश्वरले देखेर तागेरा निङवाभूमाङले उपदेश दिन अन्तर आत्माज्ञान, परमात्माज्ञान, आध्यात्माज्ञान दिनू भनी मलाई देवरूपी देवात्मा पठाएकाले आएको छु । किरात धर्मावलम्वी हो ! शुभ–अशुभ, सत्य–झुठ्ठा, ज्ञान–अज्ञान, पाप–धर्म, दिन–रात, अमृत–विष, कालो–सेतो, नकारात्मक–सकारात्मक, मित्र–शत्रु, छुट्याएर मार्गदर्शन, ज्ञानदर्शन, धर्मदर्शन दिइराखेको छु । सहस्र किरात जनजातिहरूको मूल बाटो, मूल मार्गदर्शन देवविद्या, राजविद्या, ब्रह्मविद्या, योगविद्या यही हो । किराती एकता भएर निरन्तर माता–पिताको सेवा र ईष्टदेवको आराधना अर्चना गर्नु । यही धर्ममार्ग ईष्टदेवको सेवाबाट परमात्मा परमेश्वर तागेरानिङवाभूभाङ मान्ने मान्यताले सम्पूर्ण शक्ति, देवशक्ति, राजशक्ति, धनशक्ति, जनशक्ति, तनशक्ति, मनशक्ति, ज्ञानशक्ति, सिद्धिशक्ति प्राप्त हुन्छ । यही ज्ञानविद्या दर्शन उत्थान गर्दै जाऊ, विश्व ब्रह्माण्डको धनी, मानी, त्रिलोक अठार भुवनको मालिक हुनेछौँ ।
उहाँको अवतरणको गाँठी ज्ञान सारभूत रूपमा यही हो । यही ज्ञानबाट सत्य, दया, शान्ति र अहिंसाको सूत्रपातले “विश्व शान्ति र मानव एकता”को मार्ग प्रशस्त भई किरात धर्म आज १८ राष्ट्रमा विश्वव्यापी अन्तर्राष्ट्रिय धर्म भइसकेको स्थितिका प्रतिमूर्ति दर्शनदाता महागुरु फाल्गुनन्दलाई मानिन्छ । वेदको फेद मुन्धुम हो, मुन्धमदर्शन अथाह, अखण्डित र अपराजेय छ । संसारको धर्म दर्शनको मूलसारः आत्मावाद, परमात्मावाद र अनात्मावाद हो । यो त्रितत्ववादको सम्पूर्णवाद मुन्धुमवादमा पाइने शाश्वत सत्य ज्ञानको सूत्रपात फाल्गुनन्दको अध्यात्मवादमा पाइन्छ । जप, तप, ध्यान, ज्ञान, दिक्षा, सत्य आहार, सत्यविहार सत्व्यवहारका मूर्धन्य सत्यवादीलाई तपस्वी, सरस्वती आदि संज्ञाले सम्बोधित हुँदा आपूm सन्यासी योगी र ‘खाप्पुठ्याक’ भन्नाले खरानीको सेतो टिका लगाउने भनि रुचाउने एउटा सिद्धान्तका युगपुरुष हुनुहुन्थ्यो । सातबुँदे ‘सत्यधर्म मुचुल्का’ दस्तावेज लिखित धर्म सभा अद्वितीय ऐतिहासिक दस्तावेज हुन् । १९८८ वैशाख २४ गतेको धर्मसभा नेपालको ऐतिहासिक मानिन्छ ।
ध्यानबाट मन शुद्ध, दानबाट धन शुद्ध, सेवा गरे तन शुद्ध, तीर्थबाट आत्मा शुद्ध, त्यागबाट कर्म शुद्ध उपदेशका ज्ञानीगुरुले रक्तबलि पूजा हत्या, हिंसा प्रतिबन्ध गर्न आजीवन लागिपरे । ईश्वरका सृष्टि हामी जीव एकै हौँ जसको जीवहत्या गरिन्छ बदलामा उसैले हाम्रो हत्या गर्छ भन्ने मुन्धुमि मान्यता राख्दै मानिसको दुई जात स्त्रीलिंग र पुरूषलिंग मात्र हुन् । लैंगिक भेदमा भौतिकीय संरचना मात्र फरक तर कर्मकाण्ड, ज्ञानकाण्ड र हक अधिकारमा समानता उहाँको प्रमुख उद्घोष थियो ।
छुवाछूत, उचनिच, शोषण, दमन, अमानवीय सामाजिक कुसंस्कृतिको सुधारमा लागिपरिरहने तपस्वीलाई दुई÷दुई पटक राजद्रोही अभियोग लागि धनकुटा गौँडाका बडाहाकिमसम्म र दोस्रो पटक राजदरबार काठमाडौँसम्म नेलकडी लगाई फाँसीमा झुन्ड्याउन षड्यन्त्र भएकामा । ईश्वरीय कृपा, दैविक शक्ति फाँसीवाद फसादबाट पुण्यवादबाट उम्कनु भयो ।
सुन, चाँदी, तिल, जौ, दुबो, ढुंगो, कुस, पानी यो सात चीज अस्त्र र मुन्धुमबाहेक शास्त्र मिलाएर मानिसका जन्ममा न्वारन, यौवनमा विवाह, अनि मरणमा अन्त्येष्टि किरिया कर्मसंस्कारहरू गर्ने परिपाटी र तुलपूmल, कन्दमूल, रोटी नैवेद्य आदि “वाजीरी वाजङ सेवा फुङजिरी फुङजङ सेवा” विशुद्ध फलपूmलले मात्र कर्मसंस्कार–धर्मसंस्कार गर्ने आध्यात्मिक मार्ग सात्विक विधि विधानको परम्परा बसाल्दै मानव मोक्षका कर्मकाण्डहरू स्थापना गर्दै समाज सेवामा अविछिन्न रहे ।
मैले दिएको कर्मज्ञान नछोड्नु, चनाखो हुनु, जाँड, रक्सी, मासु नखानु, बिहान बेलुका धुप बत्ती ईष्टदेवको आराधना अर्चना नित्यसेवा गर्नु । जप, तप, ध्यान, ज्ञान, शिक्षा, दिक्षा गरिरहनु, मुन्धुम पढ्नु, यही मार्गबाट तिमीहरूको भाग्य उदय हुन्छ भनी अहिंसात्मक ज्ञानको भावी मार्गनिर्देश गर्दै २००५ चैत २२ गते पाँचथर याम्बोङको हाङयकमा ६४ वर्षको उमेरमा परमधाम हुनुभयो । आज उनै विभूतिको १३३ औँ जन्मजयन्तीले विश्व शान्ति, मानव शान्ति, ब्रह्माण्ड शान्तिको मंगलमय कामना चढाउँदै अगाध श्रद्धा, आस्था भक्तिपूर्वक श्रद्धाञ्जलि !
(लेखक विश्व किरात नारी संघका संस्थापक अध्यक्ष हुन्)

प्रकाशित: २४ कार्तिक २०७४ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App