नयाँ संविधान निर्माणका लागि जनताले प्रतिनिधि चुनेर पठाएको दुई वर्ष बितेको छ। संविधान बन्नु त कता हो कता संविधान सभै मर्नुबाँच्नुको दोसाँधमा छ।
संविधान सभालाई मानसपुत्र ठान्ने पार्टी नै यसको जीवन जोगाउन पनि सत्ताको मोलतोल गर्दैछ। प्रधानमन्त्रीको राजीनामा र संविधानसभाको म्याद थपबीच कुनै सम्बन्ध छैन। तर, मुलुक अक्करमा परेको बेलामै दाउन छोप्न माओवादीले अत्तो थापेको छ। यसैबाट स्पष्ट हुन्छ- माओवादीको उद्देश्य सत्ता हो वा संविधान हैन। राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्ने दर्शनबाट निर्देशित माओवादीलाई सम्भवतः सत्ता प्राप्तिका सबै माध्यम पवित्र नै लाग्लान्। तर, आफैँले निर्धारण गरेको संवैधानिक प्रक्रिया, विधि र परिधिविपरीत कुनै पनि लोकतान्त्रिक दल जान सक्दैनन् र त्यो अधिकार पनि हुँदैन।
संविधानसभाको निर्वाचनताका माओवादी नेताहरू भन्ने गर्थे - 'यो निर्वाचन सत्ताका लागि होइन। संसद्वादीले यसलाई संसदीय चुनाव बनाउन खोजेका छन्, हामी त्यसो हुन दिन्नौ।' तर, निर्वाचनलगत्तै माओवादी स्वयम्ले आफूलाई जितुवा र अरूलाई हरुवा भन्दै सत्ता र प्रतिपक्षको राजनीति आरम्भ गर्यो। अहिलेको जटिलता त्यहीँबाट सुरु भएको हो। माओवादीले अरूलाई पनि सम्मान दिएको भए सहमतिको यात्रा जारी रहन्थ्यो। गिरिजाप्रसाद कोइरालालाई दिइएको वचन पालना नहुँदा उत्पन्न जटिलता त छँदैथियो, राष्ट्रपति निर्वाचनका बेला चारवटा लिखित दस्तावेज तयार गरेर माधवकुमार नेपालका नाममा तय भइसकेको सहमति माओवादीले एकाएक भंग गर्यो।
त्यही विन्दुबाटै उसले सहमतीय प्रणालीको वकालत गर्ने नैतिक अधिकार गुमाएको हो। अहिले संविधानसभाको अवभि थप गर्ने सर्त बनाइएको सहमतीय प्रणाली र राष्ट्रिय सरकारको नारालाई माओवादीले त्यतिबेला मानेको भए यो अवस्था आउने थिएन। त्यतिबेला आफू सरकारमा जान पुष्पकमल दाहाल स्वीकार गरेकै सर्तको दुष्परिणाम माओवादी र मुलुकले भोगिरहेको हो।
माओवादी नेता संविधान सभा आफ्नो मानसपुत्र भएको दाबी गर्छन्। उनीहरुले अरू सबैलाई आफैँले घिसारेर संविधानसभासम्म ल्याएको भन्छन्। विडम्बना, संविधानसभाको पक्षमा नरहेका भनिएका दलहरूले अहिले त्यसका पक्षमा उभिएका छन् भने संविधानसभाको एकल स्वामित्व दावी गर्ने माओवादी विपक्षमा छ। सरकार गठन/विघटनका आफ्ना पद्धति र विधि छन्। त्यसलाई संविधानसभाको आयुसँग जोड्न मिल्ने थिएन। संविधान सभामा त पक्ष/प्रतिपक्षको व्यवस्थै छैन। यस्तो अवस्थामा संविधानसभालाई प्रधानमन्त्रीको राजीनामासँग जोड्नु जनप्रतिनिधिमूलक सर्वोच्च संस्थाको अपमान हो।
माओवादीले एमाले वा कांग्रेसका लागि संविधानसभाको म्याद थपिदिने होइन। संविधान सबैलाई चाहिएको छ। त्यसका लागि संविधानसभाका चाहिन्छ। माओवादी नेताहरूले वर्तमान प्रधानमन्त्री र सरकार संविधानसभा विघटन गर्न लागेको छ भनेर आरोप लगाउँदै आएका थिए। संविधान संशोधन गरेर संविधानसभाको आयु एक वर्ष बढाउने प्रस्ताव संसद्समक्ष प्रस्तुत गरेर सरकारले त्यो आरोप मिथ्या साबित गरिदिएको छ। यसपछि त माओवादीका सबै आशंका स्वतः निर्मूल हुनुपर्थ्यो। आफैँले बिछ्याएका सर्तहरूको जालमा फस्दै आएको माओवादी यसपटक पनि नराम्ररी पछारिने आशंका देखिएको छ। माओवादीले संविधानसभाको म्याद थप्ने सरकारी प्रस्ताव समर्थन नगरेमा स्पष्ट हुनेछ- संविधान सभाको पक्षमा को रहेछ, विपक्षमा को रहेछ?
माओवादीको हठका कारण संविधान सभाका दुई वर्ष फजुलमा बितेका छन्। संविधानसभाका ६ सय १ को सभासद्को तलबभत्तामा अर्बौं रकम खर्च भएको छ। छ महिनामा समायोजन र पुनःस्थापना गरिसक्ने प्रावधान भए पनि माओवादीकै कारण राज्यले लडाकुलाई विकासमा लगाउन सकिने अर्बौं रकम खर्च गरेर पाल्नु परेको छ। अब जनताले यी सबैको हिसाब खोज्ने बेला आएको छ। विगतमा छोटो अवधिमा धेरै महत्वपूर्ण काम भएका थिए। लोकतन्त्र बहाली, संविधानसभाको निर्वाचन, राजनतन्त्रको समाप्तिजस्ता काम दुई वर्षभित्र पूरा भएका थिए।
तर, संविधानसभाको निर्वाचनबाट माओवादी ठूलो दल भएर आएपछि सिंगो राष्ट्रको रक्तसञ्चार प्रक्रिया नै अवरुद्ध भएको छ। संविधान सभा माओवादीको हठको बन्दी हुन पुगेको छ भने राष्ट्रिय राजनीति उसैको अयोग्यताको सिकार। अरूलाई मिलाएर नेतृत्व गर्नुपर्ने दल अहिले कांग्रेस-एमालेसँग सर्त राख्नुपर्ने अवस्थामा आइपुगेको छ। माओवादीले काम गरेर अरूले प्रतिक्रिया जनाउनुपर्नेमा माओवादी स्वयम् अरूका काममा प्रतिक्रिया जनाउने अवस्थामा आइपुगेको छ। यो अरूका कारण होइन, माओवादी नेतृत्वको अयोग्यताका कारण भएको हो भन्ने माओवादी पंक्तिले पनि बुझ्नुपर्छ। माओवादी नेतृत्व योग्य र दूरदर्शी हुन्थ्यो भने सबभन्दा ठूलो दलले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखमात्र होइन, संवैधानिक समितिको सभापतिमा पनि पराजय बेहोर्नुपर्ने थिएन।