गोर्खाल्यान्डका पक्षमा उभिएका दार्जिलिङका मदन तामाङ त्यसैका लागि आन्दोलन गर्ने अरू शक्तिको भने सँधैभरी आलोचक बने। कुनै बेला सुवाष घिसिङको विपक्षीका रूपमा चिनिएका तामाङ अहिले गोर्खाल्याण्ड आन्दोलन हाँकिरहेको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)को पनि विरोधी कित्तामै उभिए।
तामाङ गोजमुमोका प्रखर आलोचक थिए। उसने मोर्चाका कदम जनविरोधी हुन्छन् भन्ने प्रचार पनि गर्थे। सम्भवतः त्यही कारणले उनको हत्यालगत्तै गोजमुमो महासचिव रोशन गिरीले भारतीय सञ्चार माध्यमलाई संवेदनाहीन प्रतिक्रिया दिए - 'मदन तामाङकी हत्या से गोजमुमोका कोई लेनादेना नही है।'
मोर्चा नेता गिरीले 'लेनादेना नही है' भनेर आँखाको कसिंगर निस्क्यो भन्ने शैलीमा त बोले तर तामाङको जीवनको पटाक्षेप आफ्नै पार्टी र आन्दोलनका लागि भारी पर्ने आशंकाको संकेत उनलाई थिएन। जब शनिबार बंगाल प्रहरीले गोजमुमो सुप्रिमो विमल गुरुङसहितका १३ जना नेताकार्यकर्ताविरुद्ध हत्याको मुद्दा अदालतमा दायर गर्यो, त्यसले आगामी दिनमा मोर्चालाई हेर्ने सरकारी दृष्टि कस्तो हुने भन्ने स्पष्ट भएको छ। कम्तीमा दार्जीलिङ जिल्ला अदालतले यो मुद्दा किनारा नलगाएसम्म बंगाल सरकारले मोर्चालाई राजनीतिकभन्दा बढी आपराधिक समूहका रूपमा हेर्नेछ।
त्यसले गोर्खाल्यान्डका सबालमा जारी राजनीतिक तहको वार्ता प्रक्रियालाई अनिश्चित तुल्याउने निश्चित छ। ज्यादै अनिच्छापूर्वक पहिलो चरणको राजनीतिक वार्तामा बस्न मानेको बंगाल सरकार र भारतको केन्द्र सरकार गोजमुमोलाई जसरी हुन्छ सकेसम्म झुलाउने र आन्दोलन शिथिल तुल्याउने खेलमा छन्। मुख्य एजेन्डामा प्रवेशै नगर्ने, आफ्नो प्रस्तावलाई मनाई छाड्ने र मोर्चाको प्रस्तावलाई ठाडै अस्वीकार गर्ने सरकारी शैलीले त्यसको पुष्टि गर्छ। यस्तो बेलामा गोजमुमो सरकारका निम्ति 'अभियुक्त' बन्न पुगेको छ। आन्दोलनकारी शक्ति 'अभियुक्त' बनेको बेला वार्ता पं्रक्रिया अघि बढ्ने सम्भावना क्षीण छ। त्यसले गोर्खाल्याण्ड प्राप्तिको लक्ष्य टाढा बनाउने पक्का छ।
सन् २००७ मा विमल गुरुङको नेतृत्वमा गोर्खाल्याण्ड आन्दोलन पुनः ब्युँझदा भारतीय संस्थापन पक्षले त्यसमा व्यापक जनसमर्थन प्राप्त हुने ठानेको थिएन। छोटो समयमा आन्दोलन पहाडदेखि तराईसम्म फैलियो। जनलहर बढेपछिमात्रै सरकारले समान्य 'रेस्पोन्स' देखायो। प्रदर्शन चर्केर दार्जीलिङ कयौँ दिन ठप्प हुने स्थिति आएपछि सरकारले गोजमुमोलाई वार्ताको निम्तो दियो। सरकारले वार्ता प्रस्ताव गर्नासाथ मोर्चा नेतृत्व त्यसैलाई ठूलो उपलब्धि ठान्दै आन्दोलन बिसाउन पटकपटक राजी भयो। हालसम्म भएका चार चरणका प्रशासनिक तहको वार्ता र एउटा राजनीतिक वार्ता क्रममा देखिएको छ - सरकार वार्ताका लागि तिथि तोक्छ र चुपचाप बस्छ। मोर्चा आन्दोलनका नाममा सभाहरूमा सीमित हुन्छ।
घोषित मितिमा वार्ता नहुने पक्का भएपछि मोर्चा फेरि सडकमा पुग्छ। सडक प्रदर्शन चर्किनासाथ सरकार वार्ताको नयाँ कार्ड फ्याँकेर अर्को मिति तय गर्छ। मोर्चा आन्दोलन रोकेर दिल्ली जान हतारिन्छ। परिणाम हात लाग्यो शून्य भइरहेको छ। यो लामो वार्ता प्रक्रियामा दार्जीलिङ गोर्खा पार्वत्य परिषद् खारेज गर्ने सैद्धान्तिक निर्णयबाहेक अरू उपलब्धि मोर्चाले हासिल गर्न सकेको छैन। त्यो पनि निर्णयमै सीमित छ। त्यसको विकल्पमा मोर्चाले प्रस्तुत गरेको 'रिजनल अथोरिटी'को प्रस्ताव सरकारले लत्याइसकेको छ। यसरी वार्ता, आन्दोलन र फेरि वार्ताको गोलचक्करमा मोर्चा फँस्नुको मुख्य कारण नेतृत्वको अडानविहीन राजनीति र अनुभवहीनता नै हो। पहिचानका लागि सडकमा आएका लाखौँ नेपालीभाषीको बलमा भन्दा सरकारी सदाशयमा गोर्खाल्यान्ड छिटो प्राप्त हुने भ्रममा रहेको मोर्चा नेतृत्व मदन तामाङ हत्या प्रकरणमा सरकारले चालेको कदमपछि झस्केको हुनुपर्छ। सरकारी दाबीअनुसार नै तामाङ हत्यामा मोर्चा दोषी छ या त्यो सरकारी पूर्वाग्रह मात्रै हो, बिस्तारै खुल्दै जाला। तर, यो घटनाले मौका पाउनसाथ बंगाल सरकार नेपाली भाषीमाथि कठोररूपमा पेस हुने प्रष्ट गरेको छ।
अखिल भारतीय गोर्खा लिगका अध्यक्ष तामाङको हत्या 'स्याल पनि कराउनु, बाख्रा पनि हराउनु' को संयोगजस्तो भएको छ। यो हत्या त्यस्तो बेला भएको छ, जतिबेला बंगाल सरकार गोजमुमोको आन्दोलन हिंसात्मक हुँदै गएको आरोप लगाइरहेको छ। त्यही निहुँमा दुई महिना अघि दार्जीलिङभर परिचालित सीआरपीएफ नामक अर्धसैनिक बलको बाक्लो पहराबीच २०-२५ युवाले तामाङको जीवनलीला निर्ममतापूर्वक समाप्त पारिदिएका छन्। करिब ५० को संख्यामा रहेका हतियारधारी सुरक्षाकर्मी आक्रमणकारी देख्नासाथ भागेको घटना पनि आफैँमा रहस्यमय छ। तामाङको मृत्यु भएको १० मिनेट बित्न नपाउँदै उत्तर बंगाल प्रहरी प्रमुख कुन्दनलाल टामटाले हत्या गोजमुमोबाटै भएको घोषणा गर्नुले घटनालाई थप रहस्यमय बनाएको छ। बिना कुनै छानबीन प्रहरी प्रमुखले गोजमुमोलाई अभियुक्त करार गरेपछि केन्द्रीय गृहसचिव जिके जिल्लाईले त्यसको असर वार्तामा पर्ने बताइहाले। उनले भने -'यो घटनाले वार्ताको परिवेशलाई विषाक्त बनाएको छ।'
यिनै घटना क्रमका आधारमा गोजमुमोले बंगाल सरकार आफूविरुद्ध षडयन्त्रपूर्वक पेस भएको बताइरहेको छ। जे होस् बंगाल सरकार गोजमुमो विरुद्ध दाउ खोजिरहेको भन्ने उसका आरोप सही हो या मोर्चा हिस्रक भन्ने सरकारी दावी सही हो भन्ने छिनोफानो अदालतको निर्णयपछि स्पष्ट होला तर, मदन हत्या प्रकरणले सबैभन्दा अप्ठ्यारोमा भने गोजमुमो नै परेको छ।