ध्रुवीकृत राजनीति
११ मंसिर २०७४
•
१४ मिनेट पाठ
ध्रुवीकृत राजनीति
‘भेडा भेडासँग, बाख्रा बाख्रासँग’लाई चरितार्थ गर्दै दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएका छन् । संयुक्त घोषणापत्रसमेत जारी गरेका यी दुई वाम पार्टीले चुनावपश्चात् पार्टी एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने योजना बनाएका छन् । मंसिर १० र २१ गतेका संघीय संसद् (प्रतिनिधि सभा) र प्रदेश सभा सदस्यको निर्वाचनको निकटतासँगै प्रमुख राजनीतिक दलबीच राजनीतिक धु्रवीकरण तीव्र बन्न पुगेको छ ।




राजनीतिक दलबीचको धु्रवीकरण मुलुकको स्थायी शान्ति, स्थायित्व, दिगो विकास, उन्नति र समृद्धिका निमित्त हुनुपर्छ । सर्वसम्मत नेतृत्व र विवादरहित निर्णय गर्न सक्ने गठबन्धन र त्यसको दीर्घ भविष्य सुरक्षित होला । अन्यथा पार्टीहरूको फुट, गुट र अन्योल झन् बढ्न जानेछ ।


स्थायित्व कि अस्थिरता ?

राजनीतिक दलबीचको धु्रवीकरणले अब दलको संख्यामा भारी कटौती हुनेछ । वाम गठबन्धन या लोकतान्त्रिक गठबन्धले स्पष्ट बहुमत प्राप्त गरे पाँच वर्ष स्थायी सरकार निर्माण गर्न सहज होला । उत्पीडित वर्ग, जाति, विभेद, दमन, शोषणमा परेका, वञ्चित वर्ग समुदायको हक स्थापित होला भनी आशा त गर्न सकिएला तथापि भरोसा गर्न सकिने अवस्था भने छैन । संवैधानिक हक प्राप्त गरेका जाति उत्पीडित वर्ग, समुदाय, लिंग र क्षेत्रका हक अधिकारको ग्यारेन्टी गर्ने, देशको बेरोजगारी, अशिक्षा, गरिबीजस्ता विसंगतिको अन्त्य निमित्त सरकार क्रियाशील हुने अवस्था बनाउनु पर्छ  ।

एक वर्षमा दुईवटा सरकार फेरिनु केवल जनता र संसदीय व्यवस्थाको मात्रै दोष होइन । कुनै एक दललाई स्पष्ट बहमुत नदिएका ‘संसदीय खेलमा जे पनि जायज हुन्छ’ भनेर सत्ता स्वार्थमा दलहरू डुब्न पुगेका थिए । त्यति मात्रै होइन, इतिहासमा तीन तीन पटक एकल बहुमत प्राप्त गर्न सफल देशकै ठूलो दल नेपाली कांग्रेसले सत्तास्वार्थ एवं देशी विदेशी शक्तिको इसारामा आप्mनै पार्टीको सरकार ढाल्ने घृणित कार्य भएको थियो । संविधानसभा १ र २ मा समेत सत्ताका निम्त्ति दल फुटाउने फोहोरी खेल नभएका  होइनन् ।

जनता अन्योलमा छन्, स्थायित्व कसरी प्राप्त हुन्छ ? सरकारको गठन र विघटन हुनु मात्रै स्थायित्वको सवाल होइन । शासन, प्रशासन, सेवा, न्यायालय, प्रहरी, सुरक्षा निकाय, सञ्चार, सरकारी, अर्धसरकारी, गैरसरकारी, नियोग, आयोग, राजनीतिक दल, सार्वजनिक पदहरूमा एकल खस आर्य जातिको नेतृत्व र नियन्त्रण अस्थिरताको विशेष कारण हो । यो अवस्था बिस्तारै सामाजिक र राजनीतिक द्वन्द्वको प्रमुख कारण समेत बन्दैछ । समानता र समानुपातिक समावेशीकरण व्यवहारमा नै लागू गर्न जरुरी छ । के राजनीतिक दलले आप्mनो निर्णायक तहमा जाति, लिंग, क्षेत्र, वर्ग समुदायको समावेशीकरण गर्न जरुरी छैन ? गठबन्धनको नाममा अर्को एकल जातीय वर्चस्व र नेतृत्वको भ्रम अब टिक्नै सक्दैन । कथित कम्युनिस्ट या वाम शक्तिभित्रको खस आर्य जातिको एकल नेतृत्वको अन्त्य नगेरसम्म स्थायित्व कल्पना समेत गर्न असम्भव छ । त्यसैमाथि मन्त्री पद, सम्पत्ति र परिवारवाद, कमिसन, दम्भका निमित्त दलगत एवं विचार र सिद्धान्तको हेक्कासमेत नराखी गठजोर निर्माण गर्ने र तोड्ने परम्परा यी दलका नेतृत्वले कसरी त्याग्न सक्लान् र ? स्थायित्वका निमित्त दलीय प्रतिबद्धता कहीँ कतै आउन सकेको छैन ।

भिडतन्त्र कि लोकतन्त्र ?

लोकतन्त्रमा दलको विकल्प दल नै हुन् । कुनै दल या नेतृत्व असफल भए त्यसको विकल्प खोज्न सकिन्छ । लोकतन्त्र भनेको दल खोल्ने अधिकार, आवधिक निर्वाचन, वाक् स्वतन्त्रता मात्रै होइन, निर्वाचनको स्वच्छता, निष्पक्षता, शान्ति न्याय, समानता, विधिको शासन, जनमतको कदर र आदर, समानुपातिक वितरण इत्यादि समेत महत्वपूर्ण छन् । विचार, सिद्धान्त र दृष्टिकोण एकातिर, सत्ता, स्वार्थ, ढोंगका निम्ति विभिन्न पार्टीहरू एवं समूहको एकता लोकतन्त्र होइन । भिड जम्मा गर्ने, जसरी भए पनि चुनाव जित्ने, जनताको संख्या देखाउने क्रियाकलाप, लोकतन्त्र नभएर भिडतन्त्र बन्न पुग्छ । आदर्श, मूल्य मान्यता, दृष्टिकोण, गन्तव्यको स्पष्टताविनाको राजनीति भिडन्त र गुण्डाराज मात्रै हो ।

नागरिकले आप्mनो विचार र उद्देश्य स्पष्टरूपमा राख्नुपर्छ । दल खोल्न पाउनुपर्ने, विरोध र समर्थन गर्न पाउनुपर्ने, आप्mनो इच्छा बमोजिम बोली र व्यवहार गर्न पाउनुपर्ने अधिकारका निम्ति नेपालमा लामो संघर्ष गर्नुपरेको थियो । लोकतन्त्रले लोकतन्त्र नै नमान्ने व्यक्ति र शक्तिको समेत विचारको कदर गर्न सक्नुपर्छ । तर बलजफ्ती मूल्य, मान्यता एकातिर, पार्टी एउटै निर्माण गर्न स्वार्थपूर्ण उद्घोषले लोकतन्त्र बलियो बनाउँदैन ।

नेपाली कांग्रेसले भन्ने गरेको लोकतन्त्रको मन्त्र अमूर्त र अस्पष्ट छ । गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक, समावेशीकरणमा अन्य दलले र जनताको दबाबले घिसारिएर आएको हो, कांग्रेस । बेला बेला त्यस पार्टीका जिम्मेवार व्यक्तिहरूबाट उपलब्धिहरूको विरुद्धमा समेत विवादास्पद अभिव्यक्ति आउने गर्छ । मुलुकको अग्रगमन, संविधानको कार्यान्वयन, संक्रमणकालको अन्त्य जस्ता महत्वपूर्ण कार्यमा कांग्रेसलाई सँगै लिएर जान आवश्यक छ । यता वाम गठबन्धन निर्माण गरिएका  ओली र प्रचण्डले कांग्रेसलाई बिच्काउन पुगे र फलस्वरूप संविधान विरोधी, गणतन्त्र, धर्मनिरपेक्षता, जनउपलब्धि विरोधी पुरातन राप्रपा जस्ता दलसँग घाँटी जोड्न बाध्य भएको छ, कांग्रेस । यसले कुनै दुर्घटना उन्मुख बन्यो देश भने त्यसको जिम्मेवार को हुने ? जनताले प्राप्त गरिसकेको संवैधानिक हक निमोठ्ने दुष्कार्य कोही कतैबाट हुनु हुँदैन । त्यस्तो कार्य सह्य हुँदैन ।

अग्रगमन कि पुरातन ?

थ्रेसहोल्डभन्दा माथि जान नसक्ने राजनीतिक दल कि त समाप्त हुने कि अन्य गठबन्धनमा समाहित हुनैपर्ने बाध्यता भयो । एमाले र माओवादी केन्द्र नेतृत्वको वाम गठबन्धनले आपूmलाई कम्युनिस्ट एकता, अग्रगामी गठबन्धन ठान्छ । तथापि यस गठबन्धनको प्रमुख नेतृत्वको सूची निर्माण गर्ने हो भने पटक्कै समावेशी छैन । एकै जाति, लिंग, धर्म, समुदायको दर्जनौँ नेतृत्व छन् । शोषित–उत्पीडित वर्गको निर्णायक स्थानमा पहुँच नै छैन । यस्तो अवस्थामा यो गठबन्धन अत्यन्तै अग्रगामी, समावेशी र न्यायोचित छ भनेर त कसरी भन्नु ?

नेपाली कांग्रेसले निकट आउँदै गरेको प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ एक जना पनि दलित समुदायबाट उम्मेदवारी दिएन । एमालेले दुई जना र माओवादी केन्द्रले एक जनालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाए पनि तीनै जना एउटै जाति विश्वकर्मा हुन् । एउटा जातका एकाध व्यक्तिलाई लिएर कसरी समग्र १३.८ प्रतिशत दलित समुदायको समावेशीकरण हुन सक्छ ? स्पष्ट नै छ, समानुपातिक प्रणालीमा नेतृत्वको मनोमानी बमोजिम नै प्रतिनिधि छानिनेछन् । यसरी राज्यको शासन, प्रशासन, नियन्त्रण, व्यवस्था एकल पहाडे खस आर्य र नियत दुवैले यही कुराको स्पष्टोक्ति गर्छ । यस्तो व्यवहारले नयाँ जातीय द्वन्द्व र घृणाको जन्म हुने देखिन्छ ।

कथित कम्युनिस्ट पार्टीका नेताहरू समाजवाद शब्द निकै प्रयोग गर्छन् । एकल जातीयवादी कम्युनिस्ट भएको मुुलुकमा अग्रगमन शब्द र बोलीमा मात्रै सीमित रहन पुग्ने रहेछ । मुुलुकमा एकातर्फ अति हिन्दुवादी, जनउपलब्धिको विरोधी सामन्ती शक्तिको क्षमता वृद्धि हुने विडम्बना छ भने अर्को तर्फ अग्रगामी शक्ति भनिएकाहरू समेत व्यवहारमा पश्चगामी नै प्रमाणित हुन पुग्दैछन् । देशमा गरिबी, भोकमरी, अशिक्षा, अभाव, अन्याय, विभेद, विकृति, असभ्यता, अमानवता, छुवाछूत, असमावेशिता जीवित छन् । राष्ट्रको सबै प्रकारका समस्या समाधान गर्ने प्रणाली लोकतन्त्र नै हो । राजनीतिले उत्पीडित वर्ग समुदायको मुक्ति दिने कुरा जति सत्य हो, ती समस्या पालेर राखेको पनि राजनीतिक कारणले नै हो भन्ने पनि त्यति नै सत्य हो । मुलुकको असमानता, विभेद, अन्याय, राजनीतिक समस्या हुन् ।

राजनीतिक दलबीचको धु्रवीकरण मुलुकको स्थायी शान्ति, स्थायित्व, दिगो विकास, उन्नति र समृद्धिका निमित्त हुनुपर्छ । सर्वसम्मत नेतृत्व र विवादरहित निर्णय गर्न सक्ने गठबन्धन र त्यसको दीर्घ भविष्य सुरक्षित होला । अन्यथा पार्टीहरूको फुट, गुट र अन्योल झन् बढ्न जानेछ । निर्वाचनको परिणामपश्चात् सत्ता प्राप्तिका निमित्त दलमा कत्तिको प्रभाव पर्छ, त्यो त देखिनेछ । विगत जेसुकै भए पनि भविष्यमा यस धु्रवीकरण स्थायित्व, लोकतन्त्रको विकास, संवैधानिक रूपमा प्राप्त जनउपलब्धिको कार्यान्वयन, राष्ट्रको समृद्धि र जनताको समानता र समावेशीकरणजस्ता सवालमा अघि बढ््न सके अति उत्तम हुनेछ । मुलुक र जनताको अन्योल आफैँ हटेर जान सक्छ ।
अर्को समाचार
मधेसमा चार केन्द्र, दुई धार
१० असार २०७०
•
२० मिनेट पाठ
मधेसमा चार केन्द्र, दुई धार
काठमाडौं - संविधानसभा निर्वाचन घोषणासँगै ध्रुवीकृत हुन थालेका मधेसवादी दलहरूमा अहिले चारवटा केन्द्र देखिए पनि निर्वाचनका क्रममा मधेसवादी राजनीति दुई धारमा उभिँदैछ।
मधेसवादी दलका नेता नै निर्वाचन क्रममा सकेसम्म एउटै, नभए दुइटा गठबन्धनमा ध्रुवीकृत हुने बताउँछन्।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले निर्वाचनका समयमा मधेसवादी दलबीच दुई धार हुने बताए। 'उपेन्द्र यादव (मधेसी जनअधिकार फोरम नेपाल) बाहेक अन्य सबै दल एकै ठाउँमा हुन्छन्,' यादवले नागरिकसँग भने, 'उपेन्द्रजीलाई पनि सकेसम्म एउटै मोर्चामा ल्याउने प्रयास हुन्छ।'
तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री एवं प्रवक्ता सर्वेन्द्रनाथ शुक्लाले आफ्नो पार्टीले 'सबै मधेसवादी दललाई एउटै छातामुनि ल्याउने प्रयास गरिरहेको' बताए। यादव नेतृत्वको फोरम नेपालबाहेक अन्य सबै दल यो प्रयासका क्रममा एउटै मोर्चामा आउनेमा उनी आशावादी छन्।
यता, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव अन्य मधेसवादी दलसँग एकता नगरी आफ्नै नेतृत्वमा रहेको विभिन्न आठ जातीय पार्टीको मोर्चामार्फत चुनावमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्। 'हाम्रो आफ्नै मोर्चा छ, त्यहीमार्फत चुनावमा प्रतिस्पर्धा गर्छाैं,' यादवले नागरिकसँग भने। उनले 'मधेसवादी दलको एकता सुन्दा राम्रो भए पनि' एकताको आधार निर्माण भइनसकेको बताए। अरू मधेसवादी दलसँग आफ्नो दलको एकता र मोर्चाबन्दी दुवै नहुने उनले प्रस्ट्याए।
यसरी मधेसवादी दलहरूमा यादवको पार्टीबाहेक अन्यचाहिँ एकै स्थानमा आउने सम्भावना भएको तर पार्टी एकीकरणको सम्भावना भने तत्कालै नरहेको नेताहरूले बताएका छन्। 'सबै पार्टी एउटै मोर्चामा आउँछन्। तर, पार्टी नै एकीकरणको सम्भावना भने देखिँदैन,' उनले भने, 'एकीकरणका लागि केन्द्रबाट गाउँसम्म संरचना एकीकृत गर्न समय लाग्छ जुन चुनावअघि सम्भव छैन।'
नेपाल सद्भावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्णले पनि 'पार्टी आफ्नो ठाउँमा स्वतन्त्र रहे पनि मोर्चां बन्न सक्ने' बताए।
मधेसवादी दलमा देखिएको नेतृत्व टक्करका कारण पार्टी एकीकरणभन्दा मोर्चाबन्दी सहज भएकाले पनि दलहरूले गठबन्धन प्रयास थालेका हुन्। त्यसो त विगतमा पार्टी एकीकरणको प्रयास नभएको पनि होइन। तर, नेतृत्व कसले गर्ने भन्ने विवादकै कारण यस्ता प्रयासले मूर्त रूप लिन सकेन। महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र विजय गच्छदारको फोरम लोकतान्त्रिकबीचको एकता प्रयास कसले नेतृत्व गर्ने भन्ने विवादकै कारण सफल हुन सकेन।
ठाकुरलाई वरिष्ठ नेता मानेर पार्टीको नेतृत्व आफैंले गर्ने गच्छदारको चाहना र मधेसी राजनीतिमा 'राजनीतिक, आर्थिक र चारित्रिक हिसाबले स्वच्छ छवि भएका ठाकुरलाई नै अघि बढाउनुपर्ने तमलोपाको निष्कर्ष' र आफैंले नेतृत्व दिने ठाकुरको चाहनाका कारण एकीकरणको प्रक्रिया अघि बढ्न सकेन। त्यसमाथि भारतीय चाहना पनि ठाकुरलाई नै अघि बढाउने रहेको स्रोत बताउँछ।
एकीकरणको अभियान असफल भएपछि मोर्चाबन्दीको कसरत सुरु भएको हो। 'मोर्चाबन्दीको हिसाबले तमलोपा र फोरम लोकतान्त्रिक एकै ठाउँमा आउने सम्भावना छ,' तमलोपाका महामन्त्री शुक्लाले भने। निर्वाचनका क्रममा मधेसवादी दलहरू एउटै मोर्चामा आए मात्रै मधेसको एजेन्डा स्थापित गर्न सकिने भएकाले पनि नेताहरू मोर्चाबन्दी अभियानमा लागेका हुन्।
'मधेसवादी दलहरू एक ठाउँमा आएमात्रै मधेसको एजेन्डा स्थापित गर्न सकिन्छ,' फोरम लोकतान्त्रिकका उपाध्यक्ष यादवले भने, 'त्यसैले पनि गठबन्धन जरुरी नै छ।'
मधेसको एजेन्डा स्थापित गर्न र राष्ट्रिय राजनीतिमा आफूलाई 'भिजिबल' गराउन मधेसवादी दलले सुरु गरेको मोर्चाबन्दीमा दिल्लीको समेत चासो देखिँदैछ। विश्लेषकहरूका अनुसार दिल्लीको दुई चासो छ :  पहिलो, माओवादीको राजनीतिलाई मधेसमा नियन्त्रण गर्ने  र दोस्रो, मधेसवादी दलमार्फत केन्द्रीय राजनीतिमा आफ्नो पक्कड कायमै राख्ने।
फोरम नेपालका अध्यक्ष यादव भने दिल्लीको चाहनाभन्दा पृथक भएकै कारण उनीबाहेकको मोर्चा बन्न लागेको हो। मोर्चाबन्दीको कसरत भए पनि तमलोपा, फोरम लोकतान्त्रिक र सद्भावना पार्टीले विभिन्न पार्टी, नेता र कार्यकर्तालाई आफ्नो पार्टीमा तान्ने प्रयास भने गरिरहेका छन्। आफू बलियो भएमात्रै गठबन्धनमा पनि धेरै हिस्सा पाइने भएकाले पनि उनीहरू नेता–कार्यकर्ता आफूतिर तान्ने प्रयासमा लागेका हुन्।
तत्कालका चार केन्द्र
मधेसवादी दलका नेता–कार्यर्क्ता तान्ने अभियानले मधेसमा अहिले चार केन्द्र देखिएको छ :  तमलोपा, फोरम लोकतान्त्रिक, सद्भावना र फोरम नेपाल। यी चारवटै दलले मधेसी नेता र अन्य साना दललाई एकीकृत बनाउने प्रयास गर्दैछन्। अन्य दुई दर्जनभन्दा साना मधेसवादी दल भने यही चार 'केन्द्र' वरिपरि छन्।
अहिले तमलोपाले विभिन्न दलसँग एकता र मोर्चाबन्दीका लागि वार्ता प्रक्रिया अघि बढाएको छ। यसै क्रममा अहिले यो पार्टीसँग विभिन्न साना १३ दल नजिकिएका छन् जसमा जेपी गुप्ताको तराई मधेस राष्ट्रिय अभियान, शरदसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी (आनन्ददेवी) को सरिता गिरी समूह, देवेन्द्र मिश्र समूह, खुसीलाल मण्डल समूह र विकास तिवारी समूहका साथै अनिल झाको संघीय सद्भावना र रामनरेश रायको राष्ट्रिय सद्भावना पार्टी छन्। त्यस्तै, मोति दुगडको नवनेपाल निर्माण पार्टी र अमर यादवको मधेस तराई फोरम पनि यही गठबन्धनतर्फ नजिकिएका छन्।
फोरम नेपालका उपेन्द्र यादवको आठदलीय मोर्चामा ताम्सालिङ नेपाल राष्ट्रिय दल, जनमुक्ति पार्टी, नेपाल लोकतान्त्रिक नागरिक पार्टी, थरूहट तराई पार्टी नेपाल, नेपाल शान्ति समाज दललगायत छन्। भण्डारीको राष्ट्रिय मधेस समाजवादी यो मोर्चामा रहे पनि पछिल्लो समय तमलोपासँग निकटता बढाउँदैछ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पनि विभिन्न पार्टीका नेता–कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका छन्। पछिल्लो समय गोविन्द चौधरी, उर्मिलादेवी महतो, चन्दन साह, शेष चाँदतारालगायत नेता–कार्यकर्ता फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन्। त्यस्तै राजकिशोर यादवको फोरम गणतान्त्रिक र महेन्द्रराय यादवको तमलोपा नेपाल पनि फोरम लोकतान्त्रिकसँगको गठबन्धनमा आउने सम्भावना छ। तमलोपामा जेपी गुप्ता नजिकिएका कारण राजकिशोर यादवलाई तमलोपा आउन अप्ठ्यारो परेको छ। त्यसैका कारण पनि उनी गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँगै नजिकिने सम्भावना बढेको हो।
महेन्द्रराय यादव पनि तमलोपाबाट विभाजन भएका कारण फेरि त्यतै फर्किन गाह्रो छ। तमलोपा फुटाएर नयाँ पार्टी गठन क्रममा उनी गच्छदारसँग नजिकिए पनि पछिल्लो समय आफ्ना नेता–कार्यकर्ता फोरम लोकतान्त्रिकले तानिदिएकाले गच्छदारसँग असन्तुष्ट छन्। एक्लै रहँदा पार्टीको अस्तित्व नरहने अरू दलहरूमा जान गाह्रो भएकाले पनि गच्छदारसँग निकट हुनुपर्ने यादवको बाध्यता रहेको स्रोतहरूको भनाइ छ।
सद्भावना अध्यक्ष राजेन्द्र महतोले पनि विभिन्न पार्टीका नेता–कार्यकर्तालाई आफ्नो पार्टीतर्फ तानिरहेका छन्। पछिल्लो समय पूर्वसभासद ओमप्रकाश यादव, साझा प्रकाशनकी अध्यक्ष ममता झालगायत नेता–कार्यकर्ता सद्भावना प्रवेश गरेका छन्।   
जातीयताको आधार
मधेसवादी दलले आफूलाई बलियो र प्रभावशाली बनाउने क्रममा जातीयतालाई मुख्य आधार बनाएको पाइन्छ। तमलोपाको नेतृत्वमा उच्च जातको हावी रहेको देखिन्छ भने यसले मधेसमा 'एलिट क्लास' लाई प्रतिनिधित्व गर्ने गरेको छ। तमलोपाको केन्द्रीय समितिको एक तिहाइ संख्या उच्च जातका छन्। पार्टी महामन्त्री एवं प्रवक्ता शुक्लाले केन्द्रीय नेतृत्वमा उच्च जातको प्रतिनिधित्व ज्यादा देखिए पनि स्थानीय तहमा आफ्नो पार्टी समावेशी भएको बताए।
तर, मधेसमा राजनीतिक पार्टीहरूको समावेशीपन शीर्षकको अध्ययनले स्थानीय तहमा समेत उच्च जातकै हावी रहेको देखाएको छ। मधेसका विभिन्न १० जिल्लाको पार्टीगत समितिलाई आधार बनाएर गरिएको उक्त अध्ययनमा यो पार्टीको स्थानीय तहमा समेत २१ प्रतिशत उच्च जातको हावी देखिन्छ। मधेसमा उच्च जात भन्नाले ब्राह्मण, राजपुत, कायस्थ र भूमिहारलाई जनाउँछ। पार्टीमा 'फरवार्ड' जातको हावी देखिए पनि यो समूह मधेसमा अल्पसंख्यकको रूपमा छ। जनसंख्याका हिसाबले यो समूह २ लाखको हाराहारीमा मात्रै छ।
फोरम नेपालले अन्य मधेसवादी दलसँग मोर्चाबन्दी गर्न नखोज्नुको मुख्य कारण मधेसभित्रको जातीय संरचनाले आफूलाई साथ दिने उनको बुझाइ हो। उनी मधेसमा साढे १० लाखको हाराहारीमा रहेको यादव समुदायका नेता हुन्। त्यसका अतिरिक्त सैद्धान्तिक भिन्नता पनि मोर्चाबन्दी गर्न नखोज्नुको अर्काे कारण हो। वामपन्थी पृष्ठभूमिका यादव मधेसी राजनीतिमा  प्रगतिशील धारको प्रतिनिधित्व गर्छन् भने जातीय हिसाबले यादव समुदायको समर्थन रहने उनको विश्वास छ।
उनले केही हदसम्म आफ्नो पार्टी संरचनामा समेत जातीय संरचनाको तस्बिर दिन खोजेका छन्। उनको केन्द्रीय समितिमा ५० प्रतिशत यादव समुदायको प्रतिनिधित्व छ भने स्थानीय संरचनामा पनि ४० प्रतिशत यादवको प्रतिनिधित्व रहेको अध्ययनले देखाएको छ। पछिल्लो समय पार्टी प्रवेश गर्नेमा पनि यादव समुदायका नेता/कार्यकर्ता बढी छन्। उनले पछिल्लो समय भरतविमल यादवलाई वरिष्ठ नेता बनाएका छन् भने महेश यादव र रामचन्द्र रायलाई पनि पार्टी प्रवेश गराएका छन्। यादव भने 'कुनै पार्टीमा कुनै जातिको बाहुल्य रहेकै आधारमा जातीय राजनीति गर्‍यो भन्न नमिल्ने' जिकीर गर्छन्। 'मधेसमा अवसरवादीहरूले बेलाबखत जातीय नारा दिने गर्छन्। र, त्यसले केही हदसम्म असर पार्दै पनि आएको छ,' उनले भने।
फोरम नेपालबाट अलग भएर बनेको फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार भने थारू समुदायको 'सेन्टिमेन्ट' लिएर राजनीति अघि बढाउने कसरत गर्दैछन्। थारू मधेसको सबैभन्दा ठुलो जनजाति समूह पनि हो जसको जनसंख्या १७ लाखको हाराहारीमा छ। त्यसैले त उनले पुर्व र पश्चिमको थारू समुदायलाई एकतावद्ध बनाउने तयारी गर्दैछन्। उनले गोविन्द चौधरीलगायत कतिपय थारू नेताहरूलाई पार्टी प्रवेश गराएका छन्।
पार्टीका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव भने आफ्नो पार्टीले जातीय राजनीतिलाई बढावा नदिएको दाबी गर्छन्। 'सामाजिक संरचनामा जातपात हुनसक्छ, तर राजनीतिमा जातपात चल्दैन,' यादवले भने। त्यसो त  गच्छदारले थारू समुदायको 'सेन्टिमेन्ट'सँगै मधेसमा आफ्नो पार्टी बढी समावेशी भएको सन्देश पनि दिन खोजिरहेका छन्। उनले रामेश्वर राय यादवलाई वरिष्ठ उपाध्यक्ष बनाएका छन् भने नसिर सिद्धिकीलाई उपाध्यक्ष बनाएका छन्।
यता, महतोले आफ्नो पार्टी सद्भावना मधेसमा एक्लै चुनावी प्रतिस्पर्धामा जाने घोषणा गर्दै आएका छन्। मधेसमा थारू र यादवपछिको ठूलो जनसंख्या रहेको वैष्ण समुदाय (तेली, सुडी, कलवार, हलुवाइ, बनियाँ, कोइरी) को साथ आफूलाई रहने उनको बुझाइ छ। यो समुदायको जनसंख्या झन्डै ८ लाख हाराहारी छ। उनले पछिल्लो समय यस्ता विभिन्न समुदायका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउँदै आएका छन्।
विगतमा जातीय राजनीतिलाई तराई कांग्रेस र सद्भावना पार्टीले अघि बढाए पनि सफल हुन सकेको थिएन। २०१५ सालको निर्वाचनमा तराई कांग्रेसको एक सिट पनि आएन। ०४८ सालको निर्वाचनमा सद्भावनाले नौ सिटमात्रै प्राप्त गर्‍यो जुन सिट संख्या पछिल्लो समय घट्दै गयो। एक हिसाबले भन्ने हो भने जनताले त्यसलाई निर्वाचनमार्फत अनुमोदन गरेनन्। तर, ०६४ को निर्वाचनमा जातीय/क्षेत्रीय राजनीतिको नारा दिएका मधेसवादी दलले ८३ स्थान प्राप्त गरे। र, त्यसयता राजनीतिमा जातीयता महत्त्वपूर्ण सूचक बन्दै गएको छ। विश्लेषक तुलानारायण साहको भनाइमा 'जातीय राजनीतिलाई ०५६ देखि नै माओवादीले अघि बढाए पनि यसले आकार लिएको ०६४ को चुनावपछि हो।'
यसलाई कतिपयले सिद्धान्तका आधारमा हुँदै आएको राजनीति कमजोर हुँदै गएको रूपमा लिएका छन्। तमलोपाका महामन्त्री शुक्लाको भनाइमा 'विचारवाद कमजोर भएपछि जातिवाद हावी हुन्छ।' उनले विगतमा मधेसको राजनीतिमा जातीयताले प्रभाव पार्दै आएको स्वीकार गरे। तर, आगामी दिनमा यस्तो प्रवृत्ति कम हुने उनको भनाइ छ। सद्भावना उपाध्यक्ष कर्णले समाज हिन्दु धर्म वर्ण व्यवस्थामा आधारित भएकाले कहीँ न कहीँ जातीय राजनीतिको गन्ध आउने गरेको बताए। 'जातीय राजनीतिको गन्ध मधेसमा मात्रै होइन, पहाडमा पनि देखिएको छ', कर्णले भने, 'तर, जातीय राजनीतिलाई अघि बढाउने दलको अस्तित्व लामो समय टिक्न सक्दैन।'


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस