आज जेठ १४, हाम्रो भाग्य लेख्न संविधानसभामा हामीले पठाएका ६ सय १ जना प्रतिनिधिले रोजेको एक शुभ साइत। शुभ साइतको सूर्योदयसँगै सकल नेपालीको भाग्यको रेखा कोर्ने नयाँ संविधानको विधिवत् उदय होला भन्ने कत्रो आशा थियो!
तर, इतिहासको कोलाहलमय सङ्कटमा औँसीको उदय हुने भयंकर अशुभको क्लेशकारक हाउगुजी भएर यो घडी हाम्रा घरद्वारमा आएको आभास हुन्छ। यो बिहानीमा सर्वत्र उमङ्ग र उल्लास, विजयभाव र गौरवले भरिपूर्ण उत्सवी वातावरण व्याप्त हुनुपर्ने थियो। नेपाली समाजका पददलित र उत्पीडित, वञ्चित र सीमान्तकृत, अपहेलित र अपमानित नरनारीका अनुहार आभा र कान्तिले देदीप्यमान हुनुपर्ने हो। तर, त्यस्तो केही देख्न पाइएन। ती अनुहारमा अन्यौल र सन्त्रास छ, क्रोध र हतासा व्याप्त छ। के साठी वर्षको अठोट र सौर्य, रगत र आँसु, रोदन र चित्कारयुक्त बलिदानी सङ्ग्रामको गर्भबाट जन्मिएको संविधान सभाको शिशु भरे राति मारिने नै हो त? मुक्तिकामी जनजनका चित्तमा अथाह चिन्ता छ, असीम औडाहा छ। ती आफूले आशा राखेका र भर परेका अगुवाप्रति क्षुव्ध छन्। तिनको क्षोभ न्यायोचित छ।
दृश्यपटलका शुभ र मंगलको सट्टा अशुभ र अमंगलको मञ्चन सुरु भएको छ। निधारमा कलंकैकलंकका दाग लागेका पूर्व राजा आफ्ना केही पाउभक्तहरू अघिपछि लाएर इतिहासको मसान घाटमा अलप भइसकेको सिंहासन फर्काउन टोपी ढल्काउँदै जुलुसमा उत्रेका छन्। सडकमा मुडुला टाउकेहरू हाम्रा ६ सय १ जना प्रतिनिधिको काजक्रिया गर्न कटिबद्ध छन्। कतिपय तामसीहरू तिमीले खाएको भत्ता फिर्ता गर भनी कुर्लिरहेछन्। पहिले फौजी राजा ज्ञानेन्द्रले बन्दुकको बलमा तजबिजी काइदाले आफ्नो भत्ता बढाएर वर्षको अठ्सठ्ठी करोड पुर्याउँदा यी कोलाहलकर्मी दृश्यमा कतै थिएनन्।
यी मौन थिए। मानौँ यी आनन्दित थिए। अहिले कतैका कसैको प्रेरणाले झैँ यी कुनै गोप्य दुलोबाट फुत्तबाहिर निस्केका छन्। अनि नयाँ उत्तेजनाको खोजीमा उद्यत कतिपय उन्मादीहरू ६ सय १ जना प्रतिनिधिलाई फाँसी देऊ भनी कोकोहोला मच्चाउँदै छन्। कानुनका निर्जीव सूत्रलाई ब्रह्मवाक्य ठान्ने कतिपय मूढमति रकमीहरू संविधान सभाको म्याद किमार्थ थप्न पाइन्न भनी नेपाली समाजलाई निकासरहित अँध्यारो सुरुङमा हुल्न मरिहत्ते गरिरहेका छन्।
सत्य हो, हाम्रा प्रतिनिधिले तोकिएको समयमा गर्नुपर्ने जति काम गरेनन्। तर, एक विद्वान् सभासद्ले सभाका बैठकमा प्रायः हाजिरै नभईकन मस्त मुद्रामा भत्ता ज्युनार गर्दै 'दुई वर्ष सुतेरै बिते' भनी गरेको घोर लज्जास्पद टिप्पणी भने सत्य होइन। असी प्रतिशत काम सकियो भन्ने त गफै होला तर, केही न केही काम भएकै हो। कमसेकम संविधानमा लेखिने सनातनी सूत्रहरू संकलित भएका छन्। र, माउ मुद्दाहरूमा अन्तर्निहित विवाद खुलस्त भई सूचीकृत भएको छ। बाँकी छ अब केबल तिनलाई मसिनोसँग केलाउने र मध्यविन्दुमा सहमतिको निर्क्योल गर्ने काम। तथापि, पश्चगामी कोणबाट हाम्रा प्रतिनिधिको यसरी भर्त्सना गरिँदै छ मानौँ यी सब जघन्य अपराधी हुन्। म भन्छु, यी जेजस्ता छन्, हाम्रो नियतिअनुसारका राजनीतिक प्रतिनिधि यिनै हुन्। हामीले अर्जाप्ने यिनैलाई हो। हामीले सान लाउने यिनैलाई हो। इतिहासको फड्के किनारामा उभिएका हामीले ठोकठाक गर्ने, चिल्ल्याउने, पालिस लाउने, तह लाउने र काममा जोत्ने यिनैलाई हो। यिनले हाम्रा मनमा लाएका चोट मुसार्दै हामीले खोट सच्याउनुपर्ने यिनैको हो। तर, संविधान सभारूपी शिशुको बध गरिएपछि न यी रहन्छन्, न हाम्रो भाग्य लेखिदिने प्रतिनिधिमूलक चौतारी नै रहन्छ। त्यसपछि जे हुने प्रबल सम्भावना छ, त्यो कहिनसक्नु अत्यासलाग्दो छ।
राजनीतिक महलका एकथरी बुज्रुक भन्छन् - सहमतिको भाकामा संविधानसभाको म्याद नथपिए पनि संविधान सभा घिटीघिटी बाँचिरहन्छ। मलाई लाग्छ, घिटीघिटीको यो घिडघिडो लाटाबुंगाको आकासबाट फुरौला वर्षिने कथाजस्तै मिथ्या अपेक्षा हो। संविधान सभाको हत्या भए पनि शान्ति प्रक्रिया मर्दैन भन्ने अर्को कल्पना छ। यो मनचिन्ते कल्पना अनमिनको उपस्थितिको त्यान्द्रोमा झुन्डिएको छ। मलाई लाग्छ, यो कल्पनामा पनि कुनै दम छैन। आज म्याद नथपिए भोलिदेखि सडकमा के होला? संविधानसभारूपी शिशुको यसका जन्मदाताकै हातबाट हत्या भएको देख्न आतुर आततायी अनेक रूप, मुद्रा र भंगिमामा सडक डबलीमा उत्रिने छन्। सडकमा साम्प्रदायिक उन्माद छताछुल्ल हुनेछ। सीमा वारपारका जटा एवं त्रिशुलधारीहरू उत्सवी मुद्रामा सडकमा निस्कनेछन्। सडकमा हिन्दु अधिराज्यको पश्चगामी नारा घन्किनेछ। गणतन्त्र र संघीयताविरोधीले खसी काटेर भट्टे भोज ज्युनार गर्नेछन्।
असन्तुष्ट महलका कतिपय जातजातिले संवैधानिक रिक्तताको भद्रगोलमाझ आआफ्नै संविधान र आआफ्नै राज्यको घोषणा गर्नेछन्। र, विधि र नीतिको शून्यतामा यी सब अनिष्टबाट उत्पन्न हुने अव्यवस्था, असुरक्षा, अराजकता र हिंसालाई निहुँ बनाएर राजनीतिका दक्षिणमुखी दक्षिणपन्थीको इसारामा सडकमा संगीन र राइफलको जुलुस निस्कनेछ। अनि कहाँ बाँकी रहन्छ घिटीघिटी संविधान सभा? अनि कहाँ जीवित रहन्छ शान्ति प्रक्रिया? अनि कहाँ बाँकी रहन्छ गणतन्त्र, संघीयता र सामेलीका मुद्दालाई संविधानमा लिपिबद्ध गरेर संस्थागत गर्ने आधार? अनि कहाँ रहन्छ नागरिक चिन्तन, नागरिक अभिव्यक्ति र नागरिक राजनीतिले चलखेल गर्ने थातथलो? अनि कहाँ रहन्छ वाद र विवादलाई ठाउँ? र, कहाँ रहन्छ संवाद र सहमतिको गुन्जाइस?
अखण्डित देश रहे बाँचीबर्ती रहनेहरू फेरि उठ्लान्, फेरि जुट्लान्, फेरि डट्लान् र फेरि संविधान सभाको मौलो गाड्लान्। देशै छिन्नभिन्न भएर रगतको पोखरीमा विलुप्त भए कुन माटोमा उभिएर, कुन स्वाभिमानको जग टेकेर, इतिहासका कुन गौरवगाथाको स्मरण गर्दै मुक्तिको ध्वजा उठाइला? मेरा यी शब्द अति अप्रिय र घोर अशुभसूचक लाग्न सक्छन्। तर, अशुभ सम्भावनाको गर्भभित्र रहेको कठोर सत्य यही नै हो।
संविधान सभाको म्याद नथपिए न आकास खस्छ न धरती भास्सिन्छ भन्नु विवेक र दूरदर्शिताको दसी पक्कै होइन। नाकै अगाडिको भयावह सम्भावना देख्न र त्यसको यथार्थपरक आकलन गर्न नसक्नु राजनीतिकर्मीको बुद्धिमत्ता होइन, बुद्धुपना हो। राजनीतिक दल त फगत माध्यम हुन्। संविधान सभाका निम्ति लड्ने र जीवन आहुती दिने त आखिर जनताका छोराछोरी न हुन्। तिनका आँखाका नानीसरी प्यारो, तिनका सपना कोरल्ने र तिनका कानुनी भाग्यको लिखत लेख्ने संविधानसभाको जीवनसँग जसले खेलबाड गर्छ, भोलि त्यो कुन धरती टेकेर कहाँ उभिन्छ? त्यसले कुन झन्डामुनि, कुन मुखले राजनीति गर्छ? त्यसको मुख हेर्ने र त्यसलाई भोटको भर्याङबाट सत्ताको लाभदायक गद्दामा उकाली दिने को हुन्छ? जागेको जनताले आफ्नो स्मृतिको पन्तुरोमा इतिहासका सत्पात्र र खलपात्रको एकएक हिसाब राखेको हुन्छ।
त्यसमा महामहिम सुदले तिमी राजीनामा नदेऊ भनेर खुसुक्क कान फुक्दा खस्रे भ्यागुतो झैँ फुल्ने र मेरो मनोबल बढ्यो भनी गर्जिने श्रीमान् माधवकुमार नेपालहरूको पनि एकाएक हिसाब राखिने नै छ। सहमतिको बाटोमा अजिंगरसरी पल्टिएर संविधानसभारूपी शिशुको बध गर्नु जजसको अभीष्ट हो तिनलाई सके जनताले, नसके इतिहासले दण्डित गर्ला। तर, यो शिशुको जायजन्ममा जजसको विवेक, आवेग र सौर्यको लगानी भएको छ, र जजसलाई यसको माया छ, तिनले मौकामा छाती ठूलो पारेर अन्तर्दष्टि र दूरदृष्टि प्रदर्शन गरुन्। क्षुद्र अहम्को टक्कर, जुँगाको तुच्छ लडाइँ र प्रतिशोधको कुत्सित भावना प्रदर्शन गर्दै जनताका सपना र आकाङ्क्षामाथि जजसले निर्मम खेलबाड गर्छन्, भोलि तिनले शरण लिने ठाउँ इतिहासको चिसो र एकलासे मसानघाट सिवाय कहीँ हुनेछैन।
इतिहासबोधी चेतना मरिनसकेका, गरिएका बाचाकबोलको न्यूनाधिक हेक्का रहेकाहरू, इमानमा बाँझो पल्टिनसकेकाहरू, स्वदेशबोधको स्वाभिमानमा धमिरा लागिनसकेका, सत्पात्र र खलपात्रको भेद खुट्याउने चेत धूमिल भइनसकेका, आजपछि भोलि आउँछ र भोलि पनि यही धरामा उभिएर जिउनु र राजनीति गर्नुपर्छ भन्नेहरू हो, संविधान सभाको शिशुलाई नमार!