दुनीराम विष्ट र संविधान
१५ जेष्ठ २०६७
•
११ मिनेट पाठ
दुनीराम विष्ट र संविधान
दुनीराम विष्टको आधा जीवन गंगोत्तरी यमुनोत्तरीको उकालो-ओरालोमा नै वित्यो। उनी अहिले चालिसका भए। पन्ध्र वर्षको उमेरमा वाबु पृथ्वीराम विष्टसंगै काम गर्न 'पहाड' पसेका दार्चुलाका यी विष्टको तन्नेरी जीवन यतै विते पनि घरपरिवार उतै दार्चुलामा छन्। उनको छोरो पन्ध्र वर्षको भयो। आफूले जस्तै उसैले पनि थाप्लोमा नाम्लो लगाउनु नपरोस भनेर निकै सजग छन् दुनीराम। धार्मिक सिजनका चार महिना यतै काममा विताएर उनी दशैंमा घर फर्किन्छन्। दशैं तिहारका दुई महिना देशको पहाडमा विताएर फेरी फर्किन्छन् उत्तरकाशी।
उत्तरकाशीको सरीगाडका एक किसान परिवारको खेती-पाती हेर्ने जिम्मा उनैले लिएका छन् - छ महिनाको लागि। तरकारी खेती गर्दछन र किसान परिवारको खुसीसंग वांधिन्छन। भन्छन, कमाइ त खासै छैन। तर, वर्षमा सवै मिलाएर एक सवालाख जम्मा हन्छ। त्यसलाई नराम्रो पनि त भन्न मिलेन।




पहिले उनी गंगोत्तरीतिर भेटिन्थे। तर, गंगोत्तरी पहाडको शिरैसम्म मोटर पगे.पछि साथीभाइहरु केदार नाथतिर लागे। तर, त्यताको पहाडमा भारी वोक्ने आंट पलाएन उनमा। 'त्यो चौध किलोमिटर उकालो पर्‍यो सर। यो पांच किलोमिटर। पैसामात्रै हेरेर पनि भएन सर। ज्यान पनि त हेर्न पर्‍यो।'

दुनीराम साथीहरुसंग मिलेर यमुनोत्तरीको उकालोमा पाल्की वोक्छन - मोटर वाटोको अन्तिम विसौनी जानकी चटटीदेखि यमुनाको मन्दिर रहेको हिमाली पहाडको फेदीसम्म। कहिले त आठपटक पनि पाल्की वोकेर ओहोर दोहोर गरेका छन। जीवन सार्‍है अप्ठेरो र अव्यवस्थित छ। चारधाम सिजनका शुरुका दिनहरुमा हजारौं हजारको भीड लागेपनि सिजनका पछिल्ला दिनहरुमा दर्शनार्थीहरु भन्दा भरिया नै धेरै भेटिन्छन। सरकारले भारी अनुसारको रेट तोकि दिएपनि रेट अनुसारको काम कसैले गर्दैन। रेट मिचि सकेपछि पुलिसलाई रिझाउनु पर्दछ। यहांका पुलिसहरु त्यति कचडा छैनन। यो एउटा कुरामा देश (नेपाल) मा भन्दा सवै कुराले व्यवस्था मिली हाल्दछ।

दुनीरामलाई देशको अवस्थाको राम्रो ज्ञान छ। परार संविधान सभाको चुनावमा घर प'गेका थिए भोट हाल्न। तर, भोट हाल्नु मात्रै भयो, केही भएन। गंगोत्रीछंदा उनले मोवाइल लिएका थिए वीएसएनएलको। यता आएपछि चलेन त्यो मोवाइल। त्यसैले कसैसंग सर-सम्पर्क छैन। सम्पर्क नभएपछि खवर पनि पाइदैन। यो भेगमा एयरटेलको प्रभुत्व छ। तर, सरीगाडमा वीएसएनएलले पनि काम गर्दछ। कहिलेकहीं माथि यम'नोत्तरी मन्दिर पछाडिको कान्लावाट सिग्नल समाती पनि हाल्दछ। उनको मोवाइलले भारी वोक्दा गीत सुनाउंछ। दुनीरामले उत्तरकाशीवाट मोवाइल भरी गीत भरेर ल्याएका छन : मुझे तुम मिल गये हमदम सहारा हो तो ऐसा हो'। उनलाई अहिलेको झांगड गीत र झांगड राजनीति दुवै मन पर्दैन। उता देशमा छंदा एफएम सुन्दासुन्दै कान टट्याउंथ्यो उनको। यता त्यस्तो केही सुन्न पर्दैन। गीतमा नै छ आनन्द वरु मुझे तुम मिलगये हमदम।'

'संविधान नवनाउने भएछन, होइन त सर?' दुनीरामले संविधानको उपसंहार निकाली सकेका रहेछन। साताको दुइ सांझ उनी अमर उजाला पढछन। उनको घर मालिक कहां जम्मा दुइ दिनमात्र आउंछ त्यो पत्रिका। त्यही दुइ दिन मध्ये हालसालै कुनै एकदिन उनले पढेका रहेछन, 'नेपाल प्रम ने माओवादीयोको चकमा दिया।' त्यसै दिनदेखि उनी संविधान नवन्ने कुरामा ढुक्कै भएका रहेछन। यमुनोत्तरी मन्दिरवाट झर्दैगर्दा उनी भन्दै थिए, संविधान नलेखेपछि त देश अस्तव्यस्त हुने नै भयो। होइन त सर? उनी कुरागर्दै जांदा उनको पाल्कीमा चढेको मानिस झस्किन्थ्यो र भन्थ्यो, जरा ध्यान से। तर, दुनीराम उसको कुरामा ध्यानै दिदैनथे। उनी कुरा गर्दथे र उनका तीनजना सहयोगी पाल्कीको सन्तुलन मिलाउंथे। दुनीरामले यमुनोत्तरी नुहाउन आउने अरु नेपाली तीर्थयात्रीहरुवाट पनि सुनेका रहेछन, देश त तहस नहस नै हुने भयो।

दुनीराम सकेसम्म नेपाली भारी उठाउंदैनन। त्यस्ता 'भारी' नेपालीहरु र्ध्मगर्न आएको जस्तो पनि लाग्दैन उनलाई। धर्मगर्नेको व्यवहार किचकको जस्तो हुनु नपर्ने हो नि, दुनीराम भन्छन, कति नेपाली त किचकमा पनि महा किचक हुन्छन। धेरैले उनको चित्त दुखाएका छन। यता आफनै देशवाट आउने नेपालीहरु विदेशमा भारी वोक्ने नेपालीलाई वेइमान भन्छन। उता विदेशी तिर्थालुहरु नेपाली भरियालाई मजवुत र इमान्दार भनेर सर्‍हाउंछन। तारीफ नगरेपनि निन्दो नगर्नु नि। यसैमा छ दुनीरामको गुनासो।

'के गर्ने देशै भरी उस्तै मानिस छन। संविधान सभासदहरुले अढाइ वर्ष खाली अर्काकै निन्दो गरेर विताए। संविधान वनाएनन' दुनीराम भन्छन। कसैको निन्दो नगरी खुरुखुरु काम गरेको भए देशको राजनीति विग्रिने थिएन। अहिले वरपरका जोरीपारीले काखी वजाएर हियाउन पाउने थिएनन। देशको संविधानका वारे दुनीरामलाई धेरैले प्रश्न गरेका छन। दुनीराम उनीहरुको प्रश्नको आशय वुझ्दछन र जवाफ दिन्छन 'थाह छैन।' उनलाई थाहै नभएको होइन। देखी नजाने पनि सुनी जानेका छन उनले। अली अली त पढी पनि जानेका छन। आठकक्षासम्म पढेकै हुन उनले। त्यसभन्दा माथि वावुले पढाउन सकेनन। वावुको दुखसंगै थिचिए उनी।

त्यसो त देशमा संविधान वनेकै भएपनि त्यसले उनको हालको जीवनमा के नै असर पार्ने थियो र? यमुनोत्तरीको उकालोमा किलोमिटरको थपघट हुने थिएन। तै पनि, एउटा आशा थियो कि छोरोले केहीगर्न पाउला। अव त त्यस्तो आशा पनि गरेका छैनन उनले। समयमा संविधान वनेको भए उनको छोरो र संविधान संगसंगै हुर्किने थिए। अव त संविधान वन्दा उनको छोरो हुर्की सकेको हुन्छ होला। त्यतिवेलासम्म कि त छोरो यतै यमुनोत्तरीतिर आइ सकेको हुन्छ होला वावुको विरासत धान्न। उनले छोरालाई थाप्लोमा नाम्लोको नियतिवाट जोगाइ दिन सके भने पनि मसुरी पहाडभन्दा माथि उक्लिन सक्दैन होला छोरो। अहिलेकै हालतमा दुनीरामले छोरालाई पहाडका घुम्ती र मोडहरुवाट जोगाएर समथरमा ल्याइ पुर्‍याउन सक्दैनन छोरालाई। दुनीरामका वावुले उनलाई उत्तराधिकारमा नाम्लो दिएका थिए। दुनीराम छोरालाई नयां नेपाल र नयां संविधान दिन पाइने भो भनेर खुशी भएका थिए। अहिले त हात लाग्यो शुन्य पो होला जस्तो भो।

दुनीराम एककप चियामा वार्‍हवटा पार्लेजी विस्कुट घोलेर नास्ता गर्दछन। दुपहरमा चनाको तरकारी खान्छन र वेलुका मात्र भात खान्छन। केटाकेटीदेखि खांदै आएकोले होला अमन भएको छ रोटीदेखि। सोच्दै ल्याउंदा कहिले त जीवनदेखि नै अमन हुन्छ उनलाई। मानिसहरुको कांध चढेर देवपुरीको सफरमा जाने मानिसका अनुहारहरुले दिक्क लगाउंछ उनलाई।

नसोचौं भन्दा पनि संविधानको चिन्तावाट मुक्त हुन सकेका छैनन दुनीराम। भन्छन, 'त्यो वनी दिएको भए राम्रो हुन्थ्यो नि सर, होइन र? वरु उतीवेला अमरसिंह थापाले गंगोत्तरीको मन्दिर वनाइ दिएछन, हामीले त संविधान पनि वनाउन सकेनौं।'

देशको पछिल्लो राजनीतिक घटनाक्रमका वारे दुनीरामले पक्कै केही थाह पाएका छैनन। सुचनाको संसार जति वेगवान भएपनि यसले अझै पनि शक्तिशाली पहाडहरुको भेदन गर्न सकेको छैन। संविधान सभाको म्याद एक वर्ष वढेको थाह पाएर दुनीराम पक्कै खुशी हुनेछन। तर, आउंदो एक वर्षपनि निन्दो र कचडामा वित्यो भने? प्रत्येक नेपालीको मनमा जस्तै दुनीरामको मनमा पनि आशंकाको यो पहाड मजवुत भै सकेको छ। संविधान कठिन हो कि पहाड? कसैले भन्न सक्दैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस