भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठ रहस्यमय ढंगले सम्पर्कविहीन भएपछि अनेक अड्कल चल्न थाले। दिन बिते, साता बिते, डा.भक्तमान कहाँ छन्, कस्तो अवस्थामा छन्, के भएर यसरी सम्पर्कविहीन भएका हुन् भन्ने रहस्य गहिरिँदै गयो।
यस्तै अवस्थामा शुक्रबार नागरिकमा 'बेपत्ता डाक्टर माओवादी कब्जा'मा शीर्षकको समाचार छापियो।
समाचार काठमाडौंबाट लेखिएको थियो। जिल्लाका रिपोर्टरले लेखेको होइन भन्ने प्रष्ट देखिए पनि एनेकपा (माओवादी)का जिल्ला सहसेक्रेटरी ओवनाथ पाण्डेले फोनबाट मसँग असन्तुष्टि प्रकट गरे। 'समारचार भ्रामक हो ' यस्तो समाचार छापेकाले पत्रिका जलाउने निर्णय भएको छ भने।
भरतपुरको चौबीस कोठीमा मध्यान्ह १२ बजे पत्रिका जलाउने निधो भए छ। ठाउँठाउँबाट माओवादी कार्यकर्ता जम्मा भएका थिए। केही साहित्यकार पनि अक्षर सल्काउने अनुष्ठानको शोभा बढाउन सहभागी भएका थिए। इन्चार्ज अनिल शर्माले पत्रिका जलाउनुको औचित्य सिद्ध गर्न केही शब्द खेर फाले। पत्रकारले मनपरी गरेको हुँदा आफूहरूले पनि साथमा रहेको हतियार निकाल्ने धम्की दिए। अनिलको पार्टीले हतियार उठाएर संघर्ष गरेको हो। अहिले हतियार कन्टेनरमा राखिएको छ भनिएको छ। कन्टेनरबाटै हतियार निकालेर पत्रकारविरुद्ध आइलाग्ने त होइन होला। तर, माओवादीले हतियार निकाल्ने भन्नेबित्तिकै सर्वसाधरणले बुझ्ने त तिनै एसएमसी, एलएमजी नै हो।
माओवादीका चितवन इन्चार्ज अनिल शर्मा पनि लेखक हुन्। उनले लेखेको मन नपराउने पनि प्रशस्तै हुन सक्छन्। मन परेन भनेर उनका अक्षरलाई आगो लगाउने काम भयो भने उनको चित्तले के भन्ला? अक्षरको मर्म बुझेको कोही पनि अक्षरमा आगो लगाउन अग्रसर हुँदैन। अक्षरको अस्तित्व त्यसरी नामेट पार्न सकिन्न भन्ने उसले बुझेको हुन्छ। चित्त नपरेको कुरा अक्षरबाटै प्रतिवाद गरे प्रभावकारी हुन्छ। तर तिनै अनिलले सल्काए अक्षरविरुद्ध आगो।
अक्षरकै व्यसनीलाई अक्षरमै आगो सल्काउन अग्रसर हुँदा हतियारको दम्भ आउँदो रहेछ। उनलाई त्यस्तै भयो। पत्रिका जलाउने तयारी हुँदा माओवादी कार्यकर्ताले ताली ठोके। पार्टीका सहइन्चार्ज शोभा कट्टेलले दुई किनारमा समातेर पत्रिका झुण्ड्याइन्। अनिलले साथमा भएको हतियार ग्याँस लाइटर निकाले। शोभाको हातमा पत्रिका झुन्डिएको देख्दा लाग्थ्यो कसैलाई फाँसीको तख्तामा राखिँदै छ र जल्लादहरूले उसको घाँटीमा फन्दा हाल्ने र तख्ता तान्ने तयारी गर्दैछन्। शोभाले समाएको पत्रिकामा अनिलले आगो झोसे। बिस्तारै पत्रिकालाई आगोले खायो। माओवादीको लर्को ठूलै वर्ग दुस्मनलाई निर्मूल गरेझैँ विजयी भाव लिएर फर्क्यो। त्यसपछि यसो गहिरिएर हेर्दा त आगाले खाएको पत्रिकाका अक्षरहरू झनै तेजिला पो देखिए।
अनिलले नागरिकले माफी नमागे जे पनि हुनसक्ने चेतावनी दिएका थिए। त्यो चेतावनीको प्रभाव भोलिपल्ट शनिबार बिहानै देखियो। नागरिक बोकेर काठमाडौंबाट आउँदै गरेको गाडीलाई नारायणगढको रामनगर जंगलनजिक रोकेर वाईसीएलका कार्यकर्ताले आगो लगाएछन्। सात वर्षको बालक र त्यसका चालकलाई ओर्लने मौकासमेत नदिएर उनीहरू आगो झोसेर दौडिएछन्। हिजो अक्षर पोल्न अग्रसर हुनेहरूले ज्युँदै मान्छे पोलिनसक्ने ख्यालसमेत राखेछन्। बल्लतल्ल ज्यान जोगाएका चालक किसन श्रेष्ठ र उनीसँग रहेका भतिज सात वर्षीय सुदर्शन श्रेष्ठको सातो नै गएको थियो। बालक सुदर्शन बोल्न छाडेर टोलाउनमात्रै थालेका छन्।
गाडीमा रहेका धेरै पत्रिका जलेका रहेछन्। बाँकी रहेको मध्येबाट एउटा पत्रिका झोलामा राखेर म फर्केँ। दिनभर व्यस्त रहेकाले साँझपख पत्रिका हेर्ने मौका मिल्यो। पत्रिका अगाडिको किनार आगोले खाएको थियो। पत्रिकाको जलेको अंशले देख्दा मन खल्लो भयो।