मुलुक पुनः द्वन्द्व र मुठभेडमा जान्छ कि भन्ने शंका व्याप्त रहेको बेला संविधानसभाको म्याद थपेर दलहरूले जनतालाई तत्कालका लागि त्यसबाट मुक्त गराएका छन्। जेठ १४ गते मध्यरातमा संविधानसभाको म्याद नथपिएको भए के हुन्थ्यो? सामान्य जनता कल्पनै गर्न चाँहदैन थिए।
सम्भवतः दलहरूले यो संवेदनशीलता बुझेका छन्। यसैले थपिएको एक वर्षभित्र संविधान बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका हुन्। सामान्यतः जनादेशलाई समेत सच्याएर सभासद्ले आफ्नो म्याद आफै थप्दा चर्को विरोध हुनु पर्थ्यो तर, जनसाधारणको शान्ति र नयाँ संविधानको चाहना र सम्भावित दुर्घटना टारेकोमा सन्तोष प्रकट भएको पाइन्छ। तीन दलका बीचमा जेठ १४ गते भएको तीन बुँदे सहमति जति छिटो कार्यान्वयन हुनसक्यो, त्यति छिटो मुलुकमा सहमतीय राजनीतिको नयाँ अध्याय आरम्भ हुनसक्छ।
नयाँ यात्राको आरम्भ हुँदै गर्दा पनि दलहरूबीच शंका र अविश्वास समाप्त भएका छैनन्। 'सहमति र सहकार्यका साथ अघि बढ्ने' सहमतिमात्र भएको छ। तर, मतभेदका विषयमा अझै सहमति भएको छैन। विगतमा सहमति कायम हुन नसकेका विषयमा अहिले सुरुमै सहमति कायम गरेर अघि बढ्न सकिएन भने भोलि फेरि ती विषय बल्भि्कन्छन् र यो सहमति एउटालाई सरकारबाट हटाएर अर्कोलाई सत्तामा पुर्याउने भर्याङमा सीमित जान्छ।
प्रधानमन्त्री माधवकुमार नेपालले दलहरूबीच सहमति हुनासाथ आफू मार्गप्रशस्त गर्न तयार रहेको बताउँदै आउनुभएको हो। संविधानसभाको म्याद बढाउन गरिएको सहमतिमा पनि यसभन्दा बढी केही छैन। राष्ट्रिय सहमतिका आधारमा प्रधानमन्त्रीले राजीनामा दिने कुरा लेखिरहनै पर्दैन। तर, राजनीति हो, कहिलेकाहीँ यस्ता कुरा गरेर पनि 'जीत' का रूपमा व्याख्या गर्नुपर्ने बाध्यता हुन्छ। आफैले तेर्स्याएका सर्तको जालमा फस्दै आएको माओवादीका लागि कुनै न कुनै 'फेस सेभिङ' जरुरी थियो। र, अरु दललाई सर्प पनि नमर्ने र लठ्ठी पनि नभाँचिने गरी 'लचिलो' बन्नु थियो। यसैको परिणाम हो - जेठ १४ को सहमति। तर, अन्तर्वस्तुका हिसावले केही नयाँ सहमति भएको छैन। सहमतिका लागि यसअघि तय भएका छ बुँदाकै सेरोफेरोमा अमूर्त भाषामा विषयवस्तुलाई प्रस्तुत गरिएको छ।
एकले अर्काका सामु जतिसुकै सर्त तेर्स्याए पनि अहिलेको अवस्थामा दलहरूबीचमा दुइटा विषयमा कुरा नमिलेसम्म सहमति हुन सक्दैन। पहिलो, माओवादी लडाकुको समायोजन तथा पुनःस्थापना र दोस्रो, सरकारको नेतृत्व। संविधान निर्माण हुन नसक्नुको मुख्य कारक शान्ति प्रक्रिया सार्थक निष्कर्षमा नपुग्नु हो भने अहिलेको अवस्थामा शान्ति प्रक्रियाको पूर्णता भनेको माओवादीका लडाकुको समायोजन र पुनःस्थापना हो। माओवादीलाई पनि राम्ररी थाहा छ, लडाकुको विषय समाधान नभएसम्म सहमति बन्न सक्तैन। अहिले अरू दल माओवादीसँग सशंकित हुनुको कारण पनि यही हो।
अरू दललाई लागेको छ - माओवादीलाई निःशस्त्र बनाउन नसकेसम्म ऊसँग प्रतिस्पर्धा गर्न सकिँदैन। त्रास र अविश्वासको आधारका रूपमा रहेका लडाकुको भविष्य उनीहरूको जीवनसँगमात्र हैन, मुलुकको राजनीतिसँग पनि जोडिएको छ। सम्भाव्य समायोजनका लागि लडाकुको संख्या तोक्न माओवादी नेतृत्वलाई निकै कठिन छ भन्ने सहजै अनुमान गर्न सकिन्छ। किनभने, हिजो रुमानी सपना देखाएर मर्न/मार्न तयार पारिएका केही युवालाई 'अयोग्य' भनेर बिदाइ गर्दा तिनले देखाएको व्यवहारबाट सायद माओवादी नेतृत्व बढी तर्सेको छ। त्यही भएर अहिले सम्भाव्य समायोजनमा संख्या तोक्न उसले अस्वीकार गरिरहेको हो। तर, लडाकुलाई समायोजन गर्ने विषयमा सहमति नभएसम्म फेरि पनि समस्या जहा"को त्यहीँ अड्किन्छ।
अब सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे पनि दलहरूबीच सहमति हुनुपर्छ। सरकारको नेतृत्वको दाबी गर्दै आएको माओवादीले त्यो दाबी कायम राख्दाराख्दै विकल्पका बारेमा छलफल हुन सक्ने लचकता देखाएको छ। तर, माओवादीभित्रकै एउटा पंक्तिको बुझाइ फरक छ - त्यो लचकता पुष्पकमल दाहालको विकल्पमा आफ्नै पार्टीभित्रबाट अर्को विकल्प अघि सार्नेमात्र हो। सरकारको नेतृत्वका लागि एक वर्षदेखि गरिएको आन्दोलन अर्को पार्टीको एउटा नेतालाई हटाएर अर्को नेतालाई प्रधानमन्त्री बनाउन होइन। माओवादीबाहेक कांग्रेसका नेताहरूबाट पनि फाट्टफुट्ट नेतृत्वको दाबी गरिएको सुनिएको छ। माओवादी र एमालेले सरकारको नेतृत्व गरिसकेपछि दोस्रो पार्टीका रूपमा रहेको कांग्रेसले नेतृत्व गर्न पाउनु स्वाभाविक हुन्छ भन्ने उनीहरूको तर्क छ। एमालेले अहिलेसम्म प्रधानमन्त्रीको दाबी गरेको छैन। संसद्मा तेस्रो स्थानमा रहेको पार्टीलाई पात्र फेरी फेरी सरकारको नेतृत्व गर्ने अवसर प्राप्त होला/नहोला? आफूलाई केन्द्रमा राखेर प्रधानमन्त्रीको राजीनामाका लागि सहमत भएकाहरूबीच अब घिउ बेचुवा र तरवार बेचुवाको कथा दोहोरिने पो हो कि?
तीन बुँदे सहमतिका सन्दर्भमा कतिपयले प्रधानमन्त्रीले पाँच दिनभित्र राजीनामा दिने सहमति भएको प्रचार गरिरहेका छन्। यो प्रचार सहमतिको राजनीतिलाई अघि नबढाउने र फेरि बहुमत/अल्पमतका आधारमा नयाँ सरकार बनाउने मनसायबाट प्रेरित छ। किनभने, जबसम्म विवादमा रहेका प्रमुख विषयमा सहमति हुन सक्तैन, तबसम्म प्रधानमन्त्रीले राजीनामा दिने प्रश्नै आउँदैन। प्रधानमन्त्रीको शीघ्र राजीनामाका लागि त्यसभन्दा पनि पहिले ती विषयमा सहमति हुनुपर्छ। त्यस्तो सहमति कायम भए पाँच दिन कुर्नै पर्दैन, पाँच घन्टाभित्रै राजीनामा दिन प्रधानमन्त्री तयार हुनुपर्छ। राष्ट्रिय सहमतिको बाधक बन्दिन भनेर बारम्बार सार्वजनिकरूपमा भन्दै आएको व्यक्तिका लागि दुईचार दिन बढी सत्तामा बस्नु/नबस्नुको कुनै अर्थ छैन। यसकारण प्रधानमन्त्रीले कहिले राजीनामा दिने भन्ने विषय उहाँसँग होइन, तीन दलसँग सम्बन्धित छ। तीन दलले जुन दिन सहमतिको खाका तयार गरेर प्रधानमन्त्रीलाई बुझाउँछन्, त्यही दिन उहाँको राजीनामा आउँछ।
संविधानसभाको निर्वाचनका बेलासम्म नेपालमा सहमतीय राजनीति नै थियो। त्यही भएका कारण नै संविधानसभाको निर्वाचन र गणतन्त्रको घोषणाजस्ता युगीन महत्वका काम हुन सकेका थिए। तर, निर्वाचनमा बढी स्थान ल्याएपछि माओवादीले प्रदर्शन गरेको उद्दण्ड र अहङ्कारी व्यवहारका कारण सहमतिको यात्रा बिथोलियो र उसकै नेतृत्वमा बहुमतीय प्रणाली सुरु भयो। त्यही कारण मुलुक दुई वर्षसम्म प्रयोजनहीन रूपमा रुमल्लिरह्यो। जे होस्, परिस्थितिले माओवादीलाई पनि अहिले सहमतिको राजनीतिमा ल्याइपुर्याएको छ। फौजी संरचना र उग्रवामपन्थी चिन्तन भएको दल एकाएक रुपान्तरित हुन असम्भव प्रायः हुन्छ।
सार्वजनिक हुने बेलामा एउटै रङ्गको कपडा लगाउने, एउटै तरिकाले कपालमा जेल दल्ने, एउटै भाषाशैली प्रयोग गर्ने र एउटै शारीरिक हाउभाउ प्रदर्शन गर्ने माओवादीका नेता-कार्यकर्तामा अहिलेसम्म धेरै परिवर्तन आइसकेको छ। संविधान निर्माणका हिसाबले उपलब्धिमुलक हुन नसकेको यस दुई वर्षको अवधिमा माओवादीले भने आफैलाई बुझ्ने, समीक्षा गर्ने र रूपान्तरणतर्फ जाने अवसर प्राप्त भएको छ। प्रत्येक क्षेत्र र मोर्चामा प्राप्त असफलता र एक्लै अघि बढ्न खोज्दा प्राप्त पराजयले उसलाई रूपान्तरणमा सहयोग पुर्याउनेछ। सहमतिको नयाँ यात्रा यसका लागि पनि उपलब्धिमुलक बन्नेछ भन्ने आशा गर्न सकिन्छ।