संवैधानिक ‘सिन्डिकेट’
२४ पौष २०७४
•
८ मिनेट पाठ
संवैधानिक ‘सिन्डिकेट’
नयाँ नेपालको अबको लडाइँ ‘स्वार्थको द्वन्द्व’ अर्थात् ‘कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट’ हुने देखिएको छ । आफ्नो पदको दुरुपयोग गर्दै निर्लज्ज ढंगले स्वार्थपूर्ति गर्न खोज्ने प्रवृत्तिलाई अंग्रेजीमा ‘कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट’ का रुपमा रुपमा चित्रण गरिन्छ । लोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकमा आफ्नो स्वार्थ बाझिने कामबाट आफूलाई अलग राख्ने चलन छ । आफ्नो पदलाई दुरुपयोग गरी कुनै पनि काम नहोस् र सबैका लागि बराबरी अवसर होस् भन्नाका लागि स्वार्थ बाझिने कामबाट आफूलाई अगल राख्नुपर्छ भन्ने मान्यता हो । आफ्नो स्वार्थ बाझिने स्थिति आफ्नो निर्णयबाट हुने अवस्था आयो नै भने त्यसको खुलासा गर्नुपर्ने चलन छ । आफूले निर्णय गर्ने संस्था वा व्यक्तिसँग आफ्नो कुनै पनि स्वार्थ देखिन्छ भने त्यो निर्णयबाट आफूलाई अलग राख्नुपर्छ । तर, हामीकहाँ भने सकेसम्म यस्तो स्थितिबाट खुलेआम फाइदा उठाउने चलन सुरु भएको छ । त्यतिमात्र होइन, यस्तो विषय सार्वजनिक हुँदा पनि खासै महŒव नदिने वा तैं चुप मै चुपको स्थितिमा रहने गरेको देखिएको छ । न्यायाधीश झगडियाको भोजमा जान नहुने वा आफैंले अनुगमन गर्नुपर्ने ठाउँमा जान हुने वा नहुनेजस्ता प्रश्नमा अचेल छलफल हुनै छाडेको छ । समग्रमा मुलुक ‘सिन्डिकेट’ मा चल्न थालेको छनक पाइन थालेको छ ।




खर्चको हिसाबसँग सरोकार राख्ने निकायबीचको ‘सिन्डिकेट’ बारेमा सरकारले गम्भीर छानबिन गर्नु आवश्यक छ । आगामी दिन सहज छैनन् । मिलिजुली राष्ट्रिय ढुकुटी दोहन गर्ने प्रवृत्ति दोहोरिइरहनेछ । त्यसमा होसियारी अपनाउनु पनि उत्तिकै जरुरी छ ।

तीन संवैधानिक निकायका पदाधिकारीबीच निर्वाचन आयोगमा हालै गोप्य भेटघाट भएको छ । सामान्य अवस्थामा यस्तो भेटघाटको ठूलो अर्थ निकाल्न नसकिएला तर निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको कार्यालयका प्रमुख पदाधिकारीबीचको भेटघाटको प्रसंगमा केही प्रश्न उब्जिएका छन् । निर्वाचन आयोगले तीन तहको निर्वाचनका क्रममा खर्चेको अर्बौं रकमको सदुपयोग÷दुरुपयोगमाथि प्रश्न उठिरहेका बेला यसै विषयमा सरोकार राख्ने अख्तियार प्रमुख दीप बस्नेत र महालेखा परीक्षक टंकमणि शर्माको निर्वाचन आयोगका आयुक्तसँगको भेटघाटको औचित्य पुष्टि हुन सकेको छैन । यस विषयमा समाचार प्रकाशित भएपछि निर्वाचन आयोगका प्रवक्ताले निर्वाचन आयोगमा उनीहरूबीच भेटघाट भएको पुष्टि गर्दै ‘संवैधानिक निकायहरूबीच आपसी सौहाद्र्रता बढाउन एवं समसामयिक सरोकारका विविध विषयमा छलफल गरी सेवा प्रवाहमा चुस्तता ल्याउने उद्देश्यले अनौपचारिक रुपमा’ छलफल गरिएको बताएका छन् । यस्तो ‘महान्’ उद्देश्यले भएको अनौपचारिक छलफललाई औपचारिक प्रेसविज्ञप्तिमार्फत पाँच दिनपछि पुष्टि गर्ने काम भएको छ । तर, यस्तो कार्य गर्ने उद्देश्य राखेर प्रमुख संवैधानिक अंगबीच भएको संस्थागत पहलबारे विगतमा कुनै जानकारी गराउनुपर्ने आवश्यकता महसुस गरिएको थिएन । त्यसबाहेक पनि ‘सेवा प्रवाहमा चुस्तता ल्याउने’ कामको जिम्मेवारी यी तीन संवैधानिक अंगको मात्र किन हुन पुग्यो ? निर्वाचनका बेला आयोगले गरेको कामकारबाहीको आर्थिक पारदर्शिता, खर्चको औचित्य र प्रभावकारिता हेर्नुपर्ने निकाय महालेखा परीक्षकको कार्यालयकै संलग्नता किन ? अख्तियार प्रमुखले हरेक संस्थामा गएर सेवाप्रवाहलाई चुस्त पार्नै पर्छ ? संवैधानिक अंगका प्रमुखहरूको यो क्लबमा अन्य संवैधानिक अंगको उपस्थिति केकति कारणले हुन सकेन ? मानवअधिकार आयोग पनि मुलुकमा छ । त्यसका प्रमुख पदाधिकारी यो क्लबमा कहिले सहभागी होलान् ?

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १० अर्ब र स्थानीय तह निर्वाचनका लागि ७ अर्ब रुपैयाँ खर्च गर्न सरकारबाट पाएको छ । मतदाता शिक्षाका लागि मात्रै पनि एक अर्ब रुपैयाँ खर्च भएको छ । खर्चको यो अवस्था छ भने समानुपातिकतर्फको निर्वाचनमा २० प्रतिशत मत बदर भएको स्थिति छ । खर्चको अनुपातमा बदर मत किन घटेन भन्ने प्रश्न आफैंमा उठिरहेको छ । निर्वाचनको मुखमा महँगा बिलासी गाडी खरिदका लागि समेत सरकारबाट १६ करोड रुपैयाँ लिएको विषय पनि स्मृतिबाट ओझेल परेको छैन । निर्वाचनका लागि विगतमा विदेशी सहयोगसमेत आउने गरेको थियो । तर, विदेशीबाट सहयोग लिँदा त्यो नगद नभई जिन्सीका रुपमा मात्र आउने भएकाले त्यसलाई आयोगका तर्फबाट अस्वीकार गरिएको थियो । राज्य ढुकुटीबाट साधारण खर्चको रुपमा बजेट लिएर खर्च गरेपछि आउने करिब ३० प्रतिशत कमिसनको हिसाब यसपटकको निर्वाचन प्रयोजनका लागि गरिएको खर्चबाट प्राप्त भएको अनुमान छ । यो कमिसनमा साझेदारी गर्नेहरु कोको होलान् भन्ने खोजी भइरहेकै छ । राज्य ढुकुटीको यो खर्चको औचित्य निर्वाचन आयोगले पुष्टि गर्नुपर्नेछ । यस्तो बेलामा खर्चको हिसाबसँग सरोकार राख्ने निकायबीचको ‘सिन्डिकेट’ बारेमा सरकारले गम्भीर छानबिन गर्नु आवश्यक छ । आगामी दिन सहज छैनन् । मिलिजुली राष्ट्रिय ढुकुटी दोहन गर्ने प्रवृत्ति दोहोरिइरहनेछ । त्यसमा होसियारी अपनाउनु पनि उत्तिकै जरुरी छ ।
अर्को समाचार
'चार दलको सिन्डिकेट समाप्त नभए सडकबाटै सरकार बनाउने चेतावनी'
१९ मंसिर २०६९
•
२ मिनेट पाठ
'चार दलको सिन्डिकेट समाप्त नभए सडकबाटै सरकार बनाउने चेतावनी'
सन्तोष सिंह, सर्लाही, मंसिर १९- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमतिका लागि राष्ट्रपतिले संविधान टेकेर गरेको आह्‍वान संवैधानिक र राजनीति दुवै तवरले विवादस्पत रहेको बताएका छन्। उनले प्रयोगविहीन अन्तरिम संविधानको आडमा राष्ट्रपतिले सहमतिका लागि गरेको आह्‍वान सत्तामा रहेर पाँच वर्षसम्म दलले जाप गरेको फोहोरी रटान भएको बताए।




सर्लाहीमा रथ यात्राको जानकारीका लागि राप्रपा नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले राष्ट्रपति चार राजनीति दलबाट प्रभावित भएको आरोप लगाए। 'सहमतिका लागि राष्ट्रपतिले चार दलसँग मात्र विमर्श गरेको छ,' उनले भने, 'कुनै पनि दलको सिन्डिकेटमा नभएर सबै दल र सम्पूर्णका लागि समान व्यवाहार राष्ट्रपतिले गर्न सक्नुपर्छ।'
चार दलसँग विमर्शबाट मात्रै गरिएको निर्णयले देश दुर्घटनामा फस्ने उनले चेतावनी दिए। चार दलकै सहमतिबाट बनेको सरकारले कुनै हालतमा चुनाव गराउन नसक्ने उनको दाबी थियो।
सहमतीय तटस्थ सरकारबाट मात्र वैशाखमा चुनाव सम्भव रहेको उनले बताए। चुनाव गराउन तटस्थ सरकार नबने चार दलको सिन्डिकेट समाप्त पार्न राप्रपा नेपालले सडकबाटै सरकार बनाउने उनले प्रमुख दललाई चेतावनी दिए। 'सहमति सरकारका लागि बाह्य हस्तक्षे बढेको छ,' उनले भने, 'हस्तक्षेपबाट बनेको सरकारले वैशाखमा चुनाव गराउन सक्दैन।' 'वैशाखपछि उदय हुने नयाँ शक्तिले वैशाखमा चुनाव नभए पाँच वर्ष सम्म चुनाव हुन दिँदैन,' उनले थपे।
उनले प्रम बाबुराम भट्टराईको नेतृत्वमा रहेको सरकारले चुवान गराउने अवस्था नभएको उनले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस