अरू सरह आर्थिक प्रगति गर्न र जनतालाई सुविधा दिन नसक्ने मुलुकको इज्जत पनि हुँदैन। विकासले दिएका सुविधा उपभोग गर्दै पर्याप्त आम्दानी गरेर सुखी जीवन बिताइरहेका मानिसले दरिद्रता र पछौटे जीवन बाँचेकाहरूलाई हेप्ने गरेको पाइन्छ। सायद सम्पन्नताको अन्तर्निहित चरित्र नै यस्तै हुन्छ।
यो भौतिक र उपभोगवादी जमानामा सगरमाथा, लुम्बिनी, हिमाच्छादित र हरिया पहाड, नदी, उपत्यका, भन्ज्याङ्, इमान्दार र बहादुर जाति, मन्दिर, साँस्कृतिक सम्पदा आदिको गाथाबाट मात्र दुनियाँ प्रभावित हुदैन। यिनमा गर्व गरे पनि आजको जमानामा मुलुक र जनताको प्रतिष्ठा बढाउन भौतिक विकास र जनताको आय पर्याप्तमात्रामा बढ्नु अपरिहार्य छ। पर्याप्त विकास र आम्दानीको साथसाथै माथिका भौगोलिक सांस्कृति सम्पदा भएमा सुनमा सुगन्ध हुनेछ। नेपालमा यही विकास र आम्दानीको अभाव छ। त्यसैले विश्व समुदायमा इज्जत गुम्दै गएको छ।
विकासको चमत्कार गर्न सकेको र जनताको आम्दानी पर्याप्त मात्रामा बढाउन सकेको चीनको अगाडि आज महाशक्ति राष्ट्र अमेरिका समेत नतमस्तक छ। अमेरिकी नेताहरू चीन रिसाउँछ कि भनेर सोची, सम्झी र जोखी, तौली बोल्ने गर्छन्। चीनसँगको व्यापारमा अमेरीकालाई धान्नै नसक्ने घाटा भइरहेकोले अमेरिकी डलरसँगको चिनिया मुद्राको विनियम दर स्वतन्त्र बजारले निर्धारण गर्ने गरी छोड्न वा अधिमूल्यन गर्न चिनीया सरकारलाई भन्नु पर्यो भनी अमेरिकी सरकारमाथि चर्को दबाब परिरहेको छ। तर चीनिया नेतासंग भेट गर्दा अमेरिकीहरूले यो विषय उठाउनै सक्तैनन्। यस्तो हुन्छ विकासको शति्क! यसरी अहिले विश्व रंगमंचमा चीनको प्रतिष्ठा इर्ष्यालाग्दो छ।
केही वर्ष यता मलेसिया, भारत, इन्डोनेसिया, थाइल्याण्ड, भियतनाम आदि मुलुकले पनि विकासमा गति लिएका छन्। भौतिक तथा सामाजिक पूर्वाधारको व्यापक मात्रामा विस्तार भएको छ, रोजगारीका अवसर बढेका छन् र जनताको आम्दानीले फड्को मारेको छ। त्यसैले त्यहाँका नागरिकले पनि सबैतिर सम्मान पाइरहेका छन्। त्यसबाट उनीहरूलाई विकास अझ तीब्र पार्न थप प्रेरणा प्राप्त भइरहेको छ।
केही वर्ष अगाडिसम्म नेपालले आफूसँग तुलना गर्ने गरेको भुटान र बंगलादेशसमेत अहिले नेपाललाई उछिनेर अगाडि बढिसकेका छन्। भुटानको प्रतिव्यक्ति आय दुई हजार अमेरिकी डलर पुग्न लागिसकेको छ। बंगलादेशको जनसंख्या नेपालको भन्दा ५.३ गुणाले बढी भए पनि प्रतिव्यति्क आय पनि नेपालभन्दा झन्डै ४० प्रतिशत बढी छ। भुटानले विश्व समुदायमा आफ्नो छुट्टै पहिचान बनाउन लागिसकेको छ।
तर हामी जहाँको तहीँ छौं। हाम्रो प्रतिव्यक्ति आय चार सय पचास डलर पनि पुग्न सकेको छैन। केही विषयमा थोरै अगाडि बढेका होला तर केहीमा अझ पछाडि सरेका छौं। समग्रमा हामी विगतमा जहाँ थियौ अहिले पनि त्यहीँ छौं। अन्तर्राष्ट्रिय संचार माध्यमहरूमा नेपाललाई 'असफल राष्ट्र' भन्न थालिएको छ। निर्यातबाट प्राप्त विदेशी मुद्राको लेखाजोखा गर्नुपर्नेमा हामी रेमिटेन्सका रूपमा प्राप्त विदेशी मुद्राको हिसाब गरेर बसेका छौं।
नेपालीले विदेशी भूमिमा सास्ती, जोखिम र कष्ट सहेर पैसा पठाइरहेका छन्। उनीहरूले अपमान, दुर्व्यवहार र उपेक्षा बेहोरेर यो रकम पठाइरहेका छन्। त्यसरी विदेशमा काम गरिरहेका नेपालीबाट नेपालको छविमा कस्तो असर परेको होला? यस्ता विषयमा गौर गर्ने आवश्यकतै हामीले देखेका छैनौ। त्यसैगरी हामी अतिकम विकसित मुलुकको समूहको अध्यक्षता गर्न पाएकोमा गर्व गर्दछौं। तर त्यस समूहबाट कसरी बाहिर निस्कन सक्छौं भन्नेमा पटक्क गम्भीर हुँदैनौं।
त्यसैले दक्षिण एसियामा समेत हामी सबैभन्दा पछि परेका छौँ। यो सबैको कारकको राजनीतिक अस्थिरतामा स्थायी सुधारको मार्गचित्र अझै सपष्ट भएको छैन। यो कहिले, कसरी र कस्तो रूपमा सुध्रने हो वा झन् बिग्रने हो भन्न नसकिने भएको छ। यसले राज्य र निजी क्षेत्र दुबैको लगानीको वातावरण चौपट पारेको छ। त्यसैले नयाँ बजेट र नयाँ आवधिक योजनाको तर्जुमा गर्ने कार्यले जनतामा कुनै आशा र उत्साह जगाउन छोडेको छ। किनभने यतिखेर जनताको सम्पूर्ण ध्यान अर्कै झन् महत्वपूर्ण विषयले तानिरहेको छ।
कुनैपनि आधुनिक आर्थिक तथा सामाजिक गतिविधि विस्तारको निमित्त विद्युत्को महत्व धेरै हुन्छ। त्यस्तो बिजुलीको नेपालमा अभाव छ। अनि उद्योग धन्दा र व्यापार व्यवसाय कसरी फस्टाउँछन् र हामी उच्च आर्थिक वृद्धिदरको आशा गरौं? मलेसियामा माग र खपतभन्दा ३५ प्रतिशत बढी विद्युत् उत्पादन भइरहेको त्यहाँका एक अधिकृतले भनेका थिए। चीनमा पनि लगभग त्यस्तै स्थिति रहेछ। अनि पो विकासले गति लिन्छ।
त्यसैले सकेसम्म छिटो विद्युत उत्पादन बढाई लोड्सेडिंग हटाउने व्यवहारिक कार्यक्रमको तत्कालै थालनी गर्न नसक्ने बजेट र आवधिक योजनाको कुनै अर्थ हुँदैन। त्यसैगरी व्यापक बेरोजगारी अहिले नेपालले भोगिरहेको अर्को गम्भीर समस्या हो। यसलाई समाधान गर्न सहयोग पुर्याउने उद्देश्यले यस वर्षको बजेटमा तटबन्ध निर्माण गर्ने एक बृहत् कार्यक्रम प्रस्ताब गरी त्यसको लागि रु. दुई अर्ब ४० करोड बराबरको बजेटसमेत व्यवस्था गरिएको थियो। तराईमा फैलिएका नदीमा तारजालीमा ढुंगा भरी तिनको फैलावटलाई नियन्त्रण गर्ने यो कार्यक्रम कार्यान्वयन गरिएको भए लाखौं युवायुवतीले तत्काल रोजगारी पाउन सक्थे। त्यसबाट बाढी र डुबान नियन्त्रण हुनुका साथै ढुंगा र बालुवाले ढाकेको जमिन पनि निस्कन्थ्यो। त्यस्तो जमिनमा वृक्षारोपण गरी वन विस्तार पनि गर्न सकिन्थ्यो।
कार्यक्रम र पर्याप्त बजेटको व्यवस्था हुँदासमेत योजना आयोग र सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्न सक्दैनन् भने बेरोजगारीको समस्या कसरी समाधान होला? हाम्रो कामै नगरी खाने बानी परेको छ। हामी अधिकार खोज्छौं र पाएका पनि छौं। तर, त्यो अधिकारसँग जोडिएको कर्तव्य र जिम्मेवारीको हामी पर्बाहै गर्दैनौं। जिम्मेवारी पूरा नगर्दा पनि हामी कहाँ प्रश्न गर्ने कोही हुँदैन। जति मन लाग्छ त्यति नै काम गरे पनि पद र प्रतिष्ठा कायमै रहन्छ।
सरकारको वार्षिक बजेट र आवधिक योजना तर्जुमा 'रुटिन वक' मा सीमित भएको छ। हामीले यस वर्षको पहिलो नौ महिनामा विकासको लागि कुल खर्चको २०.२ प्रतिशत र कुल परिचालित वित्तीय साधनको१८.६ प्रतिशत मात्र खर्च गर्न सकेका छौं। परिचालित कुल साधनमध्ये खर्च गर्न नसकेर यी नौ महिनामा रु. १५ अर्ब ८२ करोड बचत राखेका छौं। यस्तो लज्जास्पद अवस्थामा हामी उच्च दरको आर्थिक वृद्धि कसरी अपेक्षा गर्न सक्छौँ? अर्को विडम्बना, विगत केही वर्षदेखि आन्तरिक राजस्व परिचालन उच्च दरमा बढिरहेको छ र यस वर्षको पहिलो नौ महिनाको अवधिमा पनि २८.२ प्रतिशतको उच्च दरमा राजस्व बढेको छ।
त्यसैगरी यस्तो राजनीतिक अवस्थामा पनि वैदेशिक नगद ऋण १४.९ प्रतिशतले र अनुदान ११.५ प्रतिशत बढेको छ। तर यसरी उपलब्ध आन्तरिक राजस्व र वैदेशिक सहायता भने खर्च गर्न नसकेर ठूलो रकम त्यसै राखेका छौ। यस्तो अवस्थामा राजस्व प्रशासनमा राजस्व परिचालन बढाउन र सहायता दातालाई नेपाललाई सहायता दिने प्रेरणा कहाँबाट आउँछ? त्यसैगरी निजी क्षेत्रलाई राजस्व तिर्ने जाँगर कहाँबाट आँउछ? यस अवस्थामा जनताको निराशा र कुण्ठा अरू बढ्छ। यसले राजनीतिक अस्थिरतालाई थप सहयोग पुर्याउँछ।