जहानियाँ राणा र हुकुमी शाह हैकमकालमा बक्सिसलाई विभूषण भनिन्थ्यो। ऊबेला बक्सिस र चाकरीको प्रगाढ मितेरी साइनो थियो। बक्सिस दिने स्वेच्छाचारी शासकले चाकरी खोज्थ्यो, चाकरी गर्नेले बक्सिस हात थाप्थ्यो।
आपसी लेनदेनको यो तुच्छ व्यवहार निरङ्कुश शासनलाई दीर्घजीवी बनाउनमा समर्पित हुन्थ्यो। चाकरीको मोर्चामा अगाडि पर्थे राजाका भारदार र ताबेदार, प्रभुका भक्त र तिनका चरणका धूलीकणहरू। र, राजाको जन्म दिन वा राष्ट्रिय पर्वको छेक पारेर भेडाबाख्रालाई घाँस हालेझैँ बाँडिन्थे बक्सिसरूपी सहस्र विभूषण। राजा सबैभन्दा ठूला विभूषण आफ्ना तजबिजी हातले आफ्नी रानीलाई, आफ्ना छोरालाई, आफ्ना भाइलाई र नजिकका नातेदारलाई दिन्थ्यो। लोग्नेकी स्वास्नी, बाबुको छोरो, दाजुको भाइ र राजाको नातेदार हुनु नै विभूषण पाउने तिनको अकाट्य योग्यता हुन्थ्यो।
लोकका नाकमा ती विभूषण पाउनेको चिनारी मूर्तिचोर, दुर्लभ वन्यजन्तुका अवैध सिकारी, वनमारा, जनमारा, तस्कर, घुसखोर वा कमिसनखोरका रूपमा डङडङी गन्हाएको हुन्थ्यो। तर, गन्हायो भन्न वर्जित थियो। देशवासीका आँखा, कान र मुखतिर अहोरात्र राइफल सोझ्याइएका हुन्थे। सन्देह दमित थियो, प्रश्न निषिद्ध थियो, विमति बन्धित थियो र विरोध प्रताडित थियो। र, यसरी भ्रष्टाचार, दुराचार, पापाचार, दमन, अमानवीयता र अनैतिकताको महिमा मण्डन गर्ने कथित विभूषणको आवरणभित्र अत्याचारको रजगज राज चलेको थियो।
बक्सिसरूपी विभूषण पाउने निरङ्कुश सत्ताका दासहरू आफ्ना प्रभुको अखण्ड जयगान गर्दै चाकरीका नयाँनयाँ अलङ्कार प्रयोग गर्न खुबै तँछाडमछाड गर्थे। 'विष्णुका औतार,' 'राष्ट्रप्राण', 'हृदयसम्राट,' 'आकासमा सूर्य-चन्द्र रहुन्जेल अजर-अमर रहने पावन सिंहासनका अधिपधि भूपति' आदि। यसरी लोभ, विलास र क्रुरताको प्रतिमूर्ति निरङ्कुश राजाको व्यक्तित्वमा बर्सेनी मिथ्या उचाइ र कृत्रिम जलप थपिन्थ्यो र चाटुकारका कदको बर्सेनी कलमी हुन्थ्यो। स्वादको कुरा, आकासमा सूर्य-चन्द्र छँदैछन्, हिजोको आजै यी चाटुकारका प्रातःस्मरणीय प्रभुको 'अजर-अमर' सिंहासनले धुलो चाट्यो। आशा थियो, रक्तरञ्जित सिंहासनको विनाशसँगै बक्सिसरूपी विभूषणका दिन पनि सकिए। तर, नवजात गणतन्त्रका राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपालले खुनी राजतन्त्रको बक्सिस र चाकरी संस्कृतिको उही कुख्यात ध्वजा बोकेर नागरिकका आशामा तुषारापत गरिदिए।
राष्ट्रपति यादव र प्रधानमन्त्री माधवको उद्भव, चरित्र र प्रवृत्ति हेर्दा यिनले बक्सिसरूपी विभूषणको स्वेच्छाचारी एवं विभेदकारी संस्कृतिको बिँडो थाम्ने यत्न गर्नु उतिविधि अचम्मको कुरा होइन। यादव यथेष्ट योग्यता, क्षमता र योगदानको ठोस धरातलमाथि उभिएर होइन, भाग्योदय चिट्टा परेर राष्ट्रपति भएका हुन्। उता जनमतद्वारा तिरष्कृत माधव काकतालीको बैसाखी टेकेर प्रधानमन्त्री बन्न पुगेका हुन्। राष्ट्रपति बनाइनु के थियो यादवको मुद्रा र भंगिमा, रोबरबाफ र ठाँटबाँट एवं कथनी र करनीमा शनैःशनैः राजऔतारको छनक देखिन थाल्यो। उता माधव प्रधानमन्त्रीको गद्दीमा उकालिएको क्षणदेखि नै आफूलाई दोहोरो पराजयको पगरी गुथाइदिने जनतासँग प्रतिशोध लिने धन्दामा लिप्त रहे। शान्ति र संविधान तथा गणतन्त्र सङ्घीयताको सुनिश्चितता यिनको प्राथमिकतामा परेन। प्राथमिकतामा पर्यो केबल तालुमा आलु फलेझैँ प्राप्त कुर्सीको सुरक्षा र जनताका सपना र आकाङ्क्षाको हुर्मत लिने ध्याउन्ना। जस्तो मति उस्तै गति। जस्तो बीउ उस्तै फल।
यादव र माधवद्वारा स्वेच्छाचारी र तजबिजी काइदाले बाँडिएको कथित विभूषणमालामा यिनको चिन्तन, चरित्र र संस्कारको सार भसक्कै उजागर भएको छ। यादव र माधवका करकमलबाट राजतन्त्रको रक्षा र गणतन्त्रको भ्रूण हत्यामा मुछिएका, रायमाझी आयोगले डामेका र जनताका नजरमा रसातलसम्मै गिरेका दुई थान प्रहरी अधिकारी विभूषित भए। र, आन्दोलनकारीको बध गर्न नेपथ्यबाट तिनलाई आदेश दिने भनिएका र भैरवनाथ गणको त्रू्करतम कृत्यका एक कर्ता मानिएका श्री रुक्माङ्गद कटवाललाई यादव र माधवका उदार हातबाट विभूषित हुने सौभाग्य प्राप्त भयो। यादव र माधवको रोजाइमा गणतन्त्र परेन, राजतन्त्र पर्यो। सम्मानभावलाई सजाएर राख्ने तिनका चित्तका पन्तुरामा सहिदको सपना परेन, सहिद बनाउने आततायीको सपना पर्यो। र, यादव र माधवका निर्मम हातबाट गणतन्त्रको कलिलो अनुहारमा वीभत्स मोसो पोतियो।
अग्निमय जनआक्रोशसामु लत्रिएर यादव र माधवले आदेश पालक दुई सडकछाप प्रहरीलाई टक्य्राएको बस्सिस बदर गरे। तर, अदृश्य दुलाबाट आदेश दिने कटवाल महोदयको बक्सिस भने सदरको सदरै छ। लाग्छ, यो बक्सिस यिनका घाँटीमा निल्नु न ओकल्नुको अक्करमा अड्किएको छ। कारण जब्बर छ। कटवालको पदको पुनःबहालीको धरातलमाथि प्रधानमन्त्री पदमा माधवको बहाली भएको हो। कटवाल फेद हुन्, माधव टुप्पो हुन्। फेद ठुन्क्याउँदा टुप्पो चिलिम हुन्छ। कटवाल यादव-माधवको वैचारिक महलका रोल मोडेल हुन्। उसो त कटवाल महोदय दिल्लीका दाज्यैज्यूहरूका पनि आदर्श पुरुष हुन्। फसाद छ बा! नदिनु दिई हालियो, अब बदर गरुँ आफ्ना वन्दनीय विभूतिको मान मर्दन हुने, नगरुँ लोकले कुरिकुरी गरेर बसिखान नदिने भो।
गाईजात्रे विभूषणमालाको चरित्रको चित्र बडो चाखलाग्दो छ। सानो चित्तले बनाइएको यो चित्र सत्तागठबन्धनको साँगुरो घेरामा सीमित छ। एकाध अपवादलाई छाडेर यादव-माधवका कथनी र करनीका प्रशंसक, प्रतिरक्षक र पूजकहरु नै तिनका हातबाट विभूषित भएका छन्। कर्मचारीतन्त्रमा भ्रष्टाचार र घुसखोरी, नातावाद र कृपावाद एवं ढिलासुस्ती र आलटाल व्याप्त छ। तर, विभूषित हुनेमा यस तन्त्रका लाठेहरूको लर्को लामै छ। विभूषित गरिएको केलाई हो? भ्रष्टाचार र घुसखोरीलाई? नातावाद र कृपावादलाई? ढिलासुस्ती र आलटाललाई? सुरक्षा निकायमा पनि ऐजन-ऐजन रोगकै बिगबिगी छ। तर, निकाय प्रमुखहरू सबै नै मानौ पदेन झ्याप्पै विभूषित भएका छन्। भ्रष्ट कर्मचारीतन्त्र र सुरक्षा निकायमा अपवादका रुपमा योग्य, कुशल, कर्तव्यनिष्ट र उदाहरणीय पात्र अवश्य होलान्। तर, अलङ्कार वितरणको चित्र भेडाबाख्रालाई एकमुष्ट घाँस हालिएजस्तो छ।
फूल, पात, पत्कर सबैलाई सहिद घोषणा गरेर सहिदजस्तो गहन अर्थबोधी र पवित्र अलंकारको हुर्मत लिने भँडुवा संस्कृतिको रोग कथित विभूषणमा पनि सर्लक्कै सल्किएको छ। मानौ राजकीय विभूषण बोराको भुस हो जुन सन्काहा शासकले आफूलाई मन पर्ने जसलाई जसरी जति दिए पनि हुन्छ। मानौ मुलुकमा सत्कर्म गर्नेहरू राजधानीका पहुँचवाला, टाठाबाठा, खान्दानी र चतुरमानहरूमात्र हुन्। गणतन्त्रको उज्यालो क्षितिज उघार्न असङ्ख्य अनाम र पहिचानविहीन नरनारी लडेका हुन्।
तिनको विवेक, सौर्य र बलिदानको जगमाथि गणतन्त्रको भवन खडा भएको हो। विभूषण वितरक ख्वामित्हरूले यो अनाम र पहिचानविहीनहरूको महलमा 'उल्लेख्य योगदान' गर्नेको खोजी गर्न के यत्न गरे? डेढ करोड वयस्क नरनारी राष्ट्रको जीवन धान्न र शिर उठाउन दिन प्रति दिन केही न केही गरिरहेकै छन्।
के ती सबैका यत्नहरु र तिनका प्रतिफलको कुनै अर्थ छैन? के विभूषण वितरणकारी शासकका पारखी नजरमा ती सब माटाका मूर्ति हुन्?
'विशिष्ट योगदान' तौलने मानक के हो? तौलने पात्रको दृष्टि, योग्यता र नैतिकताको मानदण्ड के हो? र, यी सबको निर्धारण गर्ने अधिकारी को हो? त्यो अधिकार उसले कुन विधि र प्रक्रियाको लहरोमा झुन्डिएर कहिले कसबाट पाएको हो? सिंहासनको राजा र शीतल निवासको राष्ट्रपतिको मति, चरित्र, संस्कृति र शैली उस्तै हुनुपर्ने हो कि फरक हुनुपर्ने हो?
राजशाहीको प्रधानमन्त्री र गणतन्त्रको प्रधानमन्त्रीको मति, चरित्र, संस्कृति र शैली एकनास हुनुपर्ने हो कि फरक हुनुपर्ने हो? र, विभूषणको भद्दा दृश्यमा जे देखिएको छ, त्यसमा प्रतिविम्बित राष्ट्रपति र प्रधानमन्त्रीको अनुहारलाई हामीले कसको अनुहार भन्ने हो?