संकट परेपछि अन्तिम घडीमा सहमति जुटाउन अभ्यस्त नेपालका राजनीतिक नेताहरू मध्यरातमा संविधानसभाको म्याद थपेपछि फेरि सुस्ताएका छन्। मतभेद रहेका विषयमा छलफल गरेर छिटो सहमति गर्नुपर्नेमा उनीहरूबीच संवादहीनता देखिएको छ।
प्रधानमन्त्रीको राजीनामा मागेर नथाक्ने माओवादी र यसमा उसलाई उक्साउनेहरूको पनि जाँगर मरेजस्तो देखिएको छ। प्रधानमन्त्रीले राजीनामा दिन्छु नभनुन्जेल एकोहोरो रट लगाउनेहरू दिन्छु भनेपछि चुप लागेर सहमति निर्माणमा अग्रसर नहुनुको कारण के होला? प्रधानमन्त्रीले औपचारिकरूपमै सहमतिको प्रस्ताव ल्याउन तीन दलका नेतालाई आग्रह गरेपछि सम्भवतः अहिले आफूलाई प्रधानमन्त्रीका सम्भावित दाबेदार ठान्नेको जाँगर मरेको हो कि?
नेताहरूबीचमा कुरा मिलिरहेको छैन। एउटा पार्टीका नेतालाई अर्को पार्टीका नेतासँग र एउटै पार्टीभित्र पनि एउटालाई अर्कोसँग त्रास छ। सरकारलाई गाली गर्ने र माधवकुमार नेपालको राजीनामा माग्नेमा उनीहरूबीच सहमति छ तर देशलाई अब कसरी अगाडि बढाउने भन्नेमा भने चिन्ता र सहमति छैन। नेपालले छोडेपछि आफ्नै पालो आउँछ भन्ने आशामा रहेका केही नेताका कारण मुलुक अनिर्णयको बन्दी बनिरहेको छ। एकातिर भइरहेको सरकारलाई अस्थिर बनाएर काम गर्न दिइएको छैन भने अर्कातिर सहमतिबाट नयाँ सरकार बनाउने कदम पनि चालिएको छैन। आर्थिक वर्षको अन्तिम समयसम्म आइपुग्दा पनि आगामी वर्षको नीति, कार्यक्रम र बजेटका बारेमा छलफल भएको छैन।
लाग्छ- नेपालका दलदेखि नागरिक समाजको मुख्य अभिभारा सरकारको विरोध गर्नु हो। तत्काल विरोध गर्ने कारण पाइएन भने विगत खोतलेर भए पनि सत्तोसराप नगरी यो धर्म निर्वाह गरिन्छ। रुक्मांगद कटवाल प्रधानसेनापति नियुक्त हुँदा भोतभतेर गर्नेहरूले पनि अहिले उनलाई एउटा विभूषण दिँदा विरोध गरेको देख्दा आश्चर्य लाग्छ। प्रधानसेनापतिका रूपमा गणतन्त्र कार्यान्वयन गर्न उनले र समग्रमा नेपाली सेनाले सकारात्मक भूमिका नखेलेको भए सहज हुने थिएन भन्ने दुई वर्षमै बिर्सिइयो?
लडाइँका बेला सरकारबाट ज्यादती भएका छन्। माओवादीबाट पनि भएका छन्। यसैले माओवादी सत्य निरुपण आयोग गठन गर्न चाहँदैन। रामहरि श्रेष्ठका हत्यारा कहाँ छन्? बाँदरमुढे घटनाका दोषी कुन जेलमा छन्? काजोल खातुनका हत्यारालाई के कारबाही भयो? सरकारी विभूषण वितरणको विरोध गर्नेले यी प्रश्न पनि साथसाथै उठाइदिएको भए पीडितका घाउमा थोरै भए पनि मलहम लाग्ने थियो कि!
एक हातले ताली बज्दैन। तर, माओवादीले अरु दलको एक हात पछाडि बाँधेर ताली बजाउन दबाब दिइरहेको छ। माओवादी नेतृत्व आफ्नो दम्भको स्रोतका रूपमा रहेका लडाकुको समायोजनमा अनिच्छुक छ। त्यसैले उसले सम्भावित समायोजनको संख्या तोक्नै चाहिरहेको छैन। के ऊ सधैँभरि लडाकुहरुलाई अस्थायी शिविरमै राखिरहन चाहन्छ? होइन भने समायोजनका लागि व्यावहारिक योजना तयार गर्न उसलाई किन आपत्ति? वाईसीएलको अर्धसैन्य संरचना भंग र लुटिएको घरजग्गा फिर्ता गर्न किन आनाकानी? संविधान निर्माणको कार्यतालिका तयार गर्न किन अनिच्छा?
ससर्त म्याद थप्न सहमत माओवादीको व्यवहार देख्दा संविधान सभा उसका लागि होइन, अरूका लागि चाहिएजस्तो देखिन्छ। आफ्नो माग पूरा हुँदैन भने संविधान निर्माणमा सहयोग गर्दैनौँ भन्ने माओवादीको धम्की हास्यापद छ। के माओवादीले एमाले-कांग्रेसका लागि संविधान बनाइदिन लागेको हो? कसैको पनि बहुमत नभएको अवस्थामा राजनीतिमा 'दिने' र 'लिने' काम हुन्छ। लोकतन्त्रको सबलता भनौँ वा दुर्बलता, यसको आधारभूत पक्ष भनेकै बहुमतको कदर हो।
राष्ट्रिय सहमतिको आधार पनि बहुमत नै हो। बहुमतलाई मानिँदैन भने बहुमत पनि नहुनेलाई चाहिँ कसरी मान्न सकिन्छ? माओवादीको वकालत गर्नेहरूले तर्क गरेको सुनिन्छ- ३० प्रतिशत जनमत र ४० प्रतिशत सांसद संख्या भएको भएको पार्टीलाई पाखा लगाउन खोजिँदैछ। तर, उनीहरू बुझ पचाएको पक्ष के हो भने ७० प्रतिशत जनमत र ६० प्रतिशत सांसद संख्या माओवादीको विपक्षमा छ। त्यसैले अरूले ऊसँग गएर मिलिदिनुपर्ने होइन, ऊ मिल्न अग्रसर हुनुपर्छ। सरकारको नेतृत्व गर्न खोज्नेले सहमतिको पहल पनि त गर्नुपर्यो!
माओवादीलाई लडाकुसहित संविधान सभाको निर्वाचनमा जान दिँदा के भयो भन्ने निकट अतीतलाई ध्यानमा राखेर फेरि पनि लडाकुसहित सरकारको नेतृत्व दिने गल्ती नेताहरूले पक्कै पनि गर्ने छैनन्। अहिलेको संकटको प्रमुख कारक नै माओवादी हो। माओवादीले चाहने हो भने जुनसुकै समस्या समाधान हुन्छ। सरकारको नेतृत्व गर्न नागरिक पार्टी त बन्नैपर्छ।
सहमति जुटाउन ढिलो हुँदै गएको छ। फलस्वरूप जनतामा पलाएको आशा मर्दै गएको छ। वातावरण बनेका बेला सहमति जुटाउन सजिलो हुन्छ। फेरि चिसिएपछि दलहरूलाई तताउन गाह्रो छ। प्रधानमन्त्रीले राजीनामा नदिएर शान्ति प्रक्रियाका महत्वपूर्ण काम रोकिएका होइनन्। बरू, दलहरूबीच सहमति कायम नभएका कारण प्रधानमन्त्रीको राजीनामा रोकिएको हो। यसैले 'अन्डा पहिला कि चल्ला' भन्ने अन्तहीन विवादमा फँस्नुभन्दा छिटो सहमति कायम गर्नु सबैको हितमा छ।