एमआरपी प्रकरण हाल राजनीतिक अस्थिरताको ओझेलमा परे पनि यसबाट दुई निकट छिमेकीबीच उत्पन्न केही संवेदनशील पक्ष र प्रभावको वस्तुगत छलफल अझै सार्न्दभिक छ। यस प्रकरणबाट सिर्जित भ्रम निवारण हुनु आवश्यक देखिन्छ।
कूटनीतिक प्रकोप
'एमआरपी'(स्मार्ट पासपोर्ट) प्रकरणबाट उत्पन्न 'कूटनीतिक प्रकोप'(डिप्लोमेटिक डिजास्टर)बाट भएको 'कूटनीतिक क्षति'ले दुवैतर्फ नोक्सान पारेको छ। दुवैतिरका भूलैभूल र 'खुकुलो कूटनीति'बाट सुरु र अन्त्य भएको यस प्रकरणमा मूलतः कूटनीतिक पत्र सार्वजनिक गर्नु र त्यस विषयमा 'विज्ञप्ति' जारी अर्थात् कूटनीतिक भाषामा 'प्रोटेस्ट'को हदसम्म भारत सरकार पुग्नुलाई साधारण मान्नु हुँदैन। ‘जेनेभा कन्भेन्सन' तथा प्रचलित मर्यादाविपरीत भएको कूटनीतिक दस्तावेजको सार्वजनीकरणको प्रतिवादमा उठाइएका प्रश्न गम्भीर छ। जेनेभा कन्भेसन तथा कूटनीतिक मर्यादाअनुसार दूतावास र सरकारबीचका लिखित र मौखिक मामूली विषयसमेतलाई गोप्य कूटनीतिक दस्तावेज, तथ्यांक र सूचना मानिन्छ एवं यिनको गोप्यता भंग गर्न पाइन्न। साधारणतया नेपालका विषयमा प्रतिवाद नगर्ने भारतसँगको यस घटनालाई परराष्ट्र मन्त्रालयले कसरी हलुकारूपमा लिएको होला? उदेक लाग्छ।
गोप्य दस्तावेजमा अवैध पहुँच र छिद्र
'कूटनीतिक सूचना' लिक हुनुलाई 'कूटनीतिक विचलन' र आन्तरिक हिसावले 'राष्ट्रिय सुरक्षा विषयक अपराध' मानिन्छ। घनिष्ट छिमेकीबीचको कूटनीतिमा यस्तो प्रमाणित विषयमा क्षमा मागेर मामिला टुंग्याउने चलन छ, तर नेपाल सरकारले न त गोप्यपत्र सार्वजनिक भएका विषयमा क्षमायाचना गरेको छ, न परराष्ट्रसँग रहेको सक्कली पत्र र प्रधानमन्त्रीसँग रहेको प्रतिलिपिमध्ये कहाँबाट गोपनीयता भंग भयो भनेर छानविन नै गरेको छ। राष्ट्रिय सुरक्षा परिषद्बाट पनि प्रधानमन्त्रीसमक्ष प्रेषित पासपोर्टको विश्लेषण तथा पहिले एयरमार्सल विषयको अतिगोप्य विश्लेषणसमेत बाहिरिनुले पनि राष्ट्रिय सुरक्षामा छिद्र त देखाई नै सकेको थियो। गिरिजाबाबुको पछिल्लो प्रधानमन्त्रीकालभर साँढे दुई वर्ष सुरक्षापरिषद् सचिवालयमा सह संयोजकका रूपमा पंक्तिकार स्वयले दस्तखत गरी ठाडै प्रधानमन्त्रीकै नाममा दैनिक प्रेषित करिब सात सय ५० थान विश्लेषणबाट कुनै पनि बँदा ‘लिक' नहुनु र हाल धमाधम हुनुले प्रधानमन्त्रीको कार्यालय तथा सुरक्षा परिषद्को प्रतिवेदन जाने मन्त्रालयहरूको सुरक्षा विधिको पुरावलोकनको आवश्यकतातर्फ इंगित गरेको छ। यसबीच ‘लिक' भएका दुवै संवेदनशील सूचना भारतसँगै सम्वन्धित हुनुलाई काकतालीमात्र ठान्न मिल्ला र?
कूटनीतिक हेलचेक्र्याइँ
एमआरपीमा भारतको लिखित तथा मौखिक अनुरोध र त्यसपछिका सरकारी निर्णय, लेखा समितिका कामकारबाही, गोप्य पत्रको प्रकाशन तथा सरकारको बदर गर्ने निर्णयसमेतलाई मूल्यांकन गर्दा दुवै पक्ष र लेखा समितिलगायतबाट देशकै दीर्घकालीन कूटनीतिक नीति तथा दौत्य सम्वन्धभन्दा 'तात्कालिकता र प्रशासनिकता'का रूपमा निजीपन प्रदर्शित भएको छ। यसपटक सबैपक्षबाट प्रदर्शित 'अकूटनीतिक गतिविधि' हेर्दा कूटनितीलाई पनि हामीले 'प्रशासनिक', 'विषयगत' तथा 'तात्कालिक' रुपमा लिने भयानक भूल गरिरहेको देखिएको छ।
सैद्धान्तिक भूल
चाणक्य नीतिअनुसार 'शत्रु राष्ट्रसँग पनि तात्कालिक तथा निजी दृष्टिकोणबाट दौत्यसम्बन्ध संचालित हुनु हुँदैन'। तर, भारतजस्तो चौतर्फी सम्बन्धबाट मनमुटुदेखि रोटी, बेटी, नुनतेल, कथाव्यथा, जीवनमरण, भाषाभेष तथा कलामनोरञ्जनसमेतको गाँठो कस्सिएको छिमेकीसँगको सम्बन्धमा समेत सरकार, प्रधानमन्त्री, सत्तापक्ष र विपक्ष, विचार निर्माता तथा संचार संयन्त्रसमेतमा तात्कालिक सोच, दृष्टिकोण, वाद र विचारअनुसारको व्यवहार भइरहेको छ। दौत्य सम्बन्धलाई राजनीतिक, तात्कालिक, प्रशासनिक तथा निजीरूपमा लिइएकाले नै यस्तो सम्बन्ध जटिल, पीडादायक र हस्तक्षेपपूर्ण बन्दै गएको हो।
सुरक्षामा खतराको भ्रम
भारतमा एमआरपी छाप्दा सबै नेपालीको व्यक्तिगत विवरणमा भारतको पहुँच पुग्ने तर्क दिएर राष्ट्रिय सुरक्षामा खतरा हुने भ्रम फैलाइएको छ। उक्त राहदानी अर्थात् 'डाटालेस कार्ड' छाप्दा कुनै पनि व्यक्तिको तथ्यांक उल्लेख भएको हुँदैन। मन्त्रालयमा पासपोर्ट बनाउँदा अर्थात व्यक्तिगत विवरण भर्दामात्र व्यक्तिको नाम, वतन, पेसा, जन्म मिति, मातापिता, पतिपत्नी इत्यादि जानकारी भरिने हो। त्यस अवस्थामा कसरी खाली पुस्तक प्रेसमा छापिँदा नै भारतले सो सूचना पहिले नै पाउला त? कान नछामी कागका पछि ठूलाठूला दल, नेता र लेखकसमेत दौडिरहेकाले कतै तेस्रो पक्षले कुनै गलत मनसायबाट हाम्रो सम्बन्धलाई षडयन्त्रपूर्वक रगतपच्छे बनाउन मनोमस्तिष्कमा प्रदूषण गरेर 'मनोवैज्ञानिक युद्ध'(साई अप्स) बीजारोपण गर्दै त छैन? सोच्नुपर्छ। हुन त यी साधारण तथ्यांक अर्थात् 'अनक्लासिफाइड डाटा' आइकाओ सदस्य देशका अध्यागमन निकायको स्वतः पहूंचमा हुने गरी इन्टरनेटमा पनि हुंदैनन् र?
राजदूतका पत्रबारे
भारतीय राजदूतका पत्रमा उल्लेखित दुई वाक्य यस्तो छ। (प्यारा १ मा) "खुला सीमाना पनि चासोको स्रोत बनेको छ।" (प्यारा ३ मा) "यसले उल्लेखित सुरक्षा चासो सम्बोधनमात्र गर्दैन, नेपाललाई आर्थिकरूपमा फायदाजनक पनि हुने।" हल्ला चलाइए झैं यी वाक्यले भारतको सुरक्षा चासोमा नेपाली जनताको तथ्यांक पर्छ भनेर देखाउँछ त? हुन त, दूतावासका पत्रमा उक्त बुँदा अर्थहीन, अनावश्यक र असान्दर्भिक भएकोले 'खुकुलो कूटनीति' तथा 'अकूटनीतिक प्रशासनिकता' प्रदर्शित भएकै हो। तर यो समावेश हुनै नपर्ने भए पनि यसले प्रचार गरिएको अर्थ भने सम्प्रेषण गर्दैन। खुला सीमा र भारतविरुद्ध नेपालको भूमिलाई आतंककारी गतिविधि केन्द्र बनाइएको सन्दर्भमा विदेशमा छापिएमा उतैबाट चोरी हुनसक्ने भय भारतीय सुरक्षाविदहरूमा रहेकोले भारतको सरकारी प्रेसमा छाप्दा सो डर हट्ने विषयलाई सुरक्षा चासो सम्बोधनका अर्थमा लिनुबाहेक अरू केमा अर्थ लाग्न सक्छ त? र सत्य पनि यही हो। आतंकवादविरुद्ध भारतको आफ्नै सुरक्षासँग पनि जोडिएको यो डकुमेन्ट नेपालकै सुरक्षा दृष्टिकोणलेसमेत भारतमा छाप्नु सुरक्षित हुने भारतीय तर्क र आशंकालाई दूषित राजनीतिबाट अलग राखेर हेरिनुपर्छ।
भारतीय पक्षका अरू भूल
पहिलो टेन्डरमै प्रतिपर्स्धामा आउनु पर्नेमा टन्डर भइसकेपछि ‘ब्याक डोर एन्ट्री' गर्नु, भारतीय परराष्ट्र मन्त्रीले व्यक्तिगत चासो देखाउनु, दूतावासको पत्र र सुरक्षा शब्दसमेतको उपयोग गरी राजनीतिकरण गर्नु भारतीय पक्षका गल्ती थिए। अन्यत्र छाप्दा आतंककारीको पहुंच हुने भारतीय आशंका निवारणार्थ टेन्डर प्रक्रियाअघि नै केही अनुदानसहित नेपालसंग वार्ता गर्नुपर्थ्यो। यसमा भारतीय पक्ष चुकेकै हो।
नेपाली पक्षका थप भूल
मन्त्रालय आफैँले स्वीकृति दिनुपर्ने, उक्त ठेक्कालाई मन्त्रिपरिषद्बाट निर्णय गराउनु नै ठीक थिएन। संभवतः दुई देशबीचको भएकोले मन्त्रिपरिषद्मा लगिएको हो तर भइसकेको निर्णय फेरि मन्त्रिपरिषद्ले बदर गर्नु अर्को ‘कूटनीतिक प्रकोप' हो। मन्त्रिपरिषद्ले रद्द नगरी, आर्थिक पक्रियाविपरित भएका कारणले सम्बन्धित अधिकारवाला निकायमार्फतै रद्द गराएको भए सबैको नाक जोगिने थियो। त्यसभन्दा पनि उत्तम भने, 'थर्ड ट्रयाक डिप्लोमेसी' अर्थात् अनौपचारिक माध्यमबाट भारतपक्षलाई विश्वस्त बनाई सहमतिमै रद्द गरेर दुवैको ‘फेस सेभिंग'को उपाय अपनाउनु हुन्थ्यो।
जनआन्दोलनपछि दुई देशबीचको मुख्य र सक्रिय सूत्र 'थर्ड ट्रक डिप्लोमेसी' रहेकोमा यसपटक किन उपयोग गरिएन?
प्रशासनिक तथा राजनीतिक चस्मा
सुरुमै सरकार सहमत हुनु, अनि यस्तो संवेदनशील विषयमा दुई महिनापछि लेखा समितीले बन्चरो हान्नु, अनि सरकारले निर्णय रद्द गर्नु लेखा समिति र सरकारले दौत्य सम्बन्धलाई 'प्रशासनिक चस्मा'ले, तथा दल, नेता र वुद्धिजीवीले 'राजनीतिक चस्मा'ले हेर्ने गरेको देखियो। यसले गणतन्त्रमा हाम्रो कूटनीतिमा कुनै पनि राष्ट्रिय नीति, सिद्धान्त, नैतिकता, सूत्र, आधार, सीमा, मर्यादा, शिष्टाचार तथा दीर्घकालीनता त विकसित भएन नै जेनेभा कन्भेन्सन तथा विश्वमा प्रचलित कूटनीतिक प्रचलनसमेतलाई हामीले बेवास्ता गरेको देखियो। कतै देश 'कूटनीतिक विध्वंश' तिर बढ्दै जाँदा 'खतरनाक कूटनीतिक संकट' (डिप्लोमेटिक डेन्जरस् क्राइसिस)तर्फ लम्किँदै त छैन भन्ने सबाल खडा भएको छ।
सकारात्मक कूटनीति
'नेपाल-भारत कूटनीति सकारात्मक तथा रचनात्मक सहयोगमा आधारित हुनुपर्छ' भन्ने आचार्य विनोवा भावेको भनाइअनुसार हालको यस संकटलाई समझदारीमै पार लगाएर भविष्यमा यस्तो चलखेल हुन नदिन सबैपक्ष सवेदनशील र सचेत हुनुपर्छ। 'दुई स्वस्थ पाखुरा पनि रगडे घाऊ हुन्छ, तर घाऊ पनि नछोए निको हुन्छ' भन्ने भनाइ दुई देशको सम्बन्धको मूलमन्त्र हुनुपर्छ। हालैमात्र टेन्डर प्रक्रिया सुरु भएकोले पनि अहिले अन्योल छ। तसर्थ, आगामी टेन्डरमा कच्चा पदार्थ किनिसकेको उक्त प्रेस सहभागी हुनसक्ने वातावरण सिर्जना गर्नु र अनुदानको बाटो लिनुजस्ता क्षति न्यूनीकरणका उपायले पनि यो घाउ पुर्न र पीडा बिर्साउन सकिन्छ। अन्यथा, यो घाऊ दुवैपक्षका लागि सैन बन्न सक्छ। एउटा छिमेकीको घाऊ अर्को छिमेकीलाई पनि दुख्नै पर्छ, विशेषगरी नेपाली र भारतीय जनताका सन्दर्भमा।