एकीकृत नेकपा (माओवादी)को स्थायी समितिको हालै सम्पन्न बैठकले 'पार्टी अध्यक्षले मात्रै आधिकारिक कुरा बोल्ने' निर्णय गरेको छ।
साथै, दलहरूबीचमा सहमतिका लागि भएका प्रयास बन्द गर्दै आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने र त्यसमा पनि अध्यक्ष पुष्पकमल दाहालले नै नेतृत्व गर्ने निर्णय पनि गरेको छ। माओवादीले केही समयअघि तुलनात्मकरूपमा लचिलो देखिने 'विकल्प खुला गर्ने' घोषणा गरेपछि राष्ट्रिय राजनीतिमा देखिएको सहमतिको आशा यस निर्णयपछि समाप्त भएको छ। माओवादीले भनेझैँ उसकै नेतृत्वमा, त्यो पनि पुष्पकमल दाहालकै प्रधानमन्त्रीत्वमा सरकार बनाउने हो भने राष्ट्रिय सहमतिको 'विकल्प खुल्ला राख्नु' भन्नुको के अर्थ हुन्छ? माओवादीको कार्यसूची अरूले स्वीकार गर्दामात्रै राष्ट्रिय सहमति हुने मान्नु ७० प्रतिशत जनमतको अपमान र लोकतन्त्रको उपहास हो।
'विकल्प खुला' को निर्णय हुनासाथ माओवादीभित्र र बाहिर 'जनयुद्ध' का बेला 'जनसरकार' का प्रमुख घोषणा गरिएका बाबुराम भट्टराईको नाममा सहमति हुनसक्ने चर्चा चलेपछि दाहाल र मोहन बैध्यहरूले 'अब सरकारले राजीनामा दिए पनि/नदिए पनि हामीलाई मतलब छैन' भन्न थालेका छन्। यसको एकमात्र उद्देश्य भट्टराईलाई प्रधानमन्त्री हुनबाट रोक्नु हो। साथै, यसबाट अरु दुईवटा तथ्य पनि स्पष्ट भएका छन् - एक, पुष्पकमल दाहाल आफूबाहेक आफ्नै पार्टीको अर्को नेता पनि अघि बढेको हेर्न चाहँदैनन् र दुई, माओवादीभित्र आन्तरिक लोकतन्त्र एकदमै निरीह छ। सत्ताबाट बाहिरिएको एक वर्षको अवधिमा दाहालले आफ्नो नाममा उधारो निर्णय गराएको यो सम्भवतः चौथो पटक हो। वैधानिकरूपमा निर्वाचित प्रधानमन्त्रीलाई 'सत्तालोलुप' साबित गर्न भगीरथ प्रयत्न गरिरहेका दाहाललाई सत्ताको लोभ कति छ भन्ने यही उदाहरणबाट पनि स्पष्ट हुन्छ।
माओवादी अझै नागरिक पार्टीमा बदलिसकेको छैन। संगठनात्मक संरचनादेखि नेतृत्वसम्म फौजी मानसिकताबाट निर्देशित छ। त्यसैको प्रतिच्छाया माओवादीका निर्णय र तिनका नेताहरूको गतिविधिमा देख्न सकिन्छ। नत्र खुला र वैधानिक राजनीतिमा क्रियाशील पार्टीले फलाना नेताले बोलेको मात्रै आधिकारिक हुन्छ भन्ने निर्णय गरेर अरुलाई अनधिकृत घोषणा गर्ने थिएन। लोकतन्त्रमा नेताहरू जनअनुमोदित हुन्छन्। बोली, लेखाइ र व्यवहारबाट तिनको सार्वजनिक छवि बन्छ। फौजी संगठनमा मात्रै एउटाबाहेक अरूले बोल्न पाउँदैन।
तर, कुनै नागरिक दलले यस्तो निर्णय गरेको भए अचम्म हुन्थ्यो होला। माओवादीको विगत हेर्दा यसलाई असामान्य मान्न पर्दैन। असहमति राखेकै आधारमा बाबुराम भट्टराईलाई 'जनमुक्ति सेनाको बलियो सुरक्षा घेरा' मा राख्ने यही पार्टी हो। केही समयअघि मात्रै आफू सर्वत्र आलोचित बन्दै गएपछि उनै भट्टराईलाई 'भारतले प्रधानमन्त्री बनाउन खोजेको' आरोप लगाएर दाहाल स्वयम्ले बदनाम गर्न खोजेको कसैले बिर्सेको छैन।
राजनीतिबाट सत्ता टाढा हुँदैन। तैपनि अरू व्यवस्था र लोकतन्त्रबीच एउटा प्रस्ट भेद छ - अरू व्यवस्थामा एकपटक पदमा पुगेपछि नमरुन्जेल वा चाहुन्जेल टिकिरहन पाइएला तर लोकतन्त्रमा पाइँदैन। लोकतन्त्रमा राज्यका सन्दर्भमा जनताबाट र पार्टीका सन्दर्भमा कार्यकर्ताबाट अनुमोदन जरुरी छ। माओवादीले भने आन्तरिक लोकतन्त्रमा कहिल्यै ध्यान दिएको छैन। विगत २० वर्षयता पुष्पकमल दाहाल लगातार नेतृत्वमा छन्। माओवादीमा आवधिक निर्वाचन/अनुमोदनको व्यवस्था छैन। केन्द्रदेखि गाउँसम्मका उसको सम्पूर्ण संरचना मनोनीत छन्।
२० वर्षसम्म एउटा अधिवेशन नगराउने नेताका हातमा देश गयो भने के हालत होला? उनी अलिकति बलिया भए भने लोकतन्त्रको कुन हालत होला? सहजै अनुमान गर्न सकिन्छ। लेनिन, स्टालिन, माओत्सेतुङदेखि किम इल सुङसम्म कसैले पनि लोकतान्त्रिक पद्धतिबाट सत्ता हस्तान्तरण गरेको देखिँदैन। फिडेल क्यास्ट्रो र किम जङ इलका सन्दर्भमा पनि यही लागू भइरहेको छ। ठीक त्यही दृष्टान्त पुष्कमल दाहालले दोहोर्याइरहेका छन्।
राजनीति र प्रेममा जे पनि सम्भव हुन्छ भन्ने फोहोरी उदाहरण माओवादीका सन्दर्भमा लागू हुन्छ। पार्टीपार्टीबीच र नेतानेताबीच खेलेर दुनो सोझ्याउन बानी परेको माओवादी माधवकुमार नेपालसँग क्रुद्ध हुनुका पछाडि उसले जे भन्छ, त्यो सबै जस्ताको तस्तै नहुनु नै हो। गिरिजाप्रसाद कोइरालाको पालासम्म माओवादी आफूले भनेको कुरामा कुनै दिन पनि पछि हट्नु नपरेको पृष्ठभूमिमा उसलाई यो अवधि निकै पीडादायी भएको छ।
सिंहदरबारको प्रवेशद्वारमा हिसिला यमीको अंगरक्षकको हतियार जाँच गर्ने प्रहरीको भोलिपल्टै हुम्ला सरुवा गराउन सफल माओवादीका लागि माधवकुमार नेपालको कार्यकाल अवश्य पनि रुचिकर भएको छैन। दिनरात बाहिरीरूपमा भातरीय 'विस्तारवाद' को विरोध गरेर नथाक्ने माओवादीले भारतबाट चोरेर ल्याएका गाडीलाई समेत वैधानिकता दिलाएर नम्बर लिन सफल भएका थिए। त्यतिमात्र होइन, बिनाकुनै आधार अन्तरिम संसद्मा एमालेकै बराबर सदस्य पनि प्राप्त गरेका थिए। शान्तिपूर्ण राजनीतिमा आइसकेपछि पनि निजी अङ्गरक्ष र हतियार राख्ने छुट उनीहरूले पाएका थिए।
अवश्य पनि पछिल्लो अवधिमा उनीहरूका त्यस्ता गैरकानुनी क्रियाकलापमा लगाम लगाउने काम भएको छ। हतियारसहित भेटिएका वाईसीएलकै इन्चार्जले पनि प्रहरी थाना कुर्नुपरेको छ, कतिपयले मुद्दा झेल्नुपरेको छ। सरकारलाई गलाउन थालेका हरेक हर्कतबाट अन्तिममा माओवादी आफैँ गल्न बाध्य भएको छ। माओवादीको लोकतान्त्रिक रूपान्तरणका लागि भने यी सकारात्मक कदम हुन्।
नेपालमा लोकतन्त्र कमजोर हुनुमा राजनीतिक दलहरूको लोकतन्त्रीकरण नहुनु पनि प्रमुख कारण हो। कुनै दलमा आन्तरिक लोकतन्त्र नै छैन, भएका दलमा पनि त्यसको विकृतरूप देखा परिरहेको छ। लोकतन्त्र भनेको निर्वाचन हुनु, एउटा जित्नु र अर्काले हार्नुमात्र होइन। दलको निर्णय प्रक्रियामा बढीभन्दा बढीको सहभागिता, वैधानिक प्रावधानको पालना र पारदर्शिता नै लोकतन्त्रीकरणका आधार हुन्। अहिले दलहरूमा त्यसको अभाव भएका कारण दलहरू बलिया हुन सकेका छैनन् र राजनीतिक संस्कारको अभाव देखिएको हो।
कुनै पार्टीको नेता आफ्नै पार्टीका नेतालाई कुर्सीबाट झार्न रात-दिन कुदिरहेको पाइन्छ भने अर्को पार्टीको नेता आफ्नै पार्टीको नेतालाई कसरी रोक्ने भनेर 'प्रभु' हरूको ढोका चाहार्नमा व्यस्त रहन्छ। नेपालको राजनीतिमा जहिलेसम्म यस्तो प्रवृत्ति रहन्छ, तबसम्म लोकतान्त्रिक गणतन्त्रको जतिसुकै चर्को नगरा बजाए पनि मुलुकमा परिवर्तन हुन सक्दैन।