सेरोफेरोको परिवेशमा फौजी ताण्डवको सङ्केत दिने गन्ध फिँजिन थालेको छ । यसले अपुताली खाएका राजा ज्ञानेन्द्रको असोजतन्त्रीय हैकमका आखिरी दिन सम्झाउाछ । त्यो बेला पत्रिका पसल, चिया पसल, मदिरालय र वाहन बिसौनीमा जङ्गी अड्डाका सुलसुले भेटिन्थे । झल्ला भेष, कुटिल नजर, वाचाल जिब्रा र तीखा कान तिनको चिनारी थिए । ती सदैव सन्दिग्ध रूपमा प्रस्तुत हुन्थे । कुरा सुन्ने कोही भेट्यो कि उत्तेजक भाकामा बोल्न थाल्थे । ती भन्थे - 'अब शासन गर्ने पालो कि प्रचण्डको हो कि ज्ञानेन्द्रको, अरु चोरका दिन गए ।' संसद्वादी दल र तिनका नेताको निन्दा गर्नु तिनको नित्य धन्दा हुन्थ्यो । निन्दाको विषाक्त पन्तुरो खोल्दै ती कुर्लिन्थे - 'गिरिजालाई झुन्ड्याउनु पर्छ, माकुनेलाई जिउँदै गाड्नुपर्छ । शासनको बागडोर कि प्रचण्डलाई कि ज्ञानेन्द्रलाई !'
सरकारका कर्म प्रतिविम्बित हुने जनमानसको ऐनामा दल र तिनका नेताको छवि निकै विरूप भएको थियो । माथिका द्वेषयुक्त वचनको अभिप्राय त्यो विरूप छविमा कालो मोसो पोत्नु र जनमानसमा दल र नेताप्रति थप वितृष्णा पैदा गर्नु थियो । यो ज्ञानशाही अभियानको अनिष्टकारी अभीष्ट थियो, जनमनमा राजनीतिक रिक्तता सिर्जना गर्नु र त्यसमा मकरतन्त्रे फौजी शासन राख्ने खाली ठाउँ बनाउनु ।
लाग्छ, इतिहास सर्लक्कै दोहोरिएको छ । र, अहिले अर्को कालखण्डमा सैन्यवादी सन्त्रासको सामाजिकीकरण गर्ने उही निरङ्कुश धन्दा सुरु भएको छ । पत्रिका पसल, चिया पसल, मदिरालय र वाहन बिसौनीमा उस्तै सुलसुले उसैगरी फाटफुट प्रकट हुन थालेका छन् । संवादको मेसो मिलाएर यी सुलसुले भन्छन्- 'प्रचण्ड हिरो हो, माकुने कीरो । गिरिजा कोइराला वंशको राजा हो, फोरम विदेशी दलाल हो । यिनको लुते सरकार पानीको फोको हो । घुम्दैफिर्दै फेरि आउँछ पालो उही शुरवीर प्रचण्डको Û' पहिले यस्ता रहस्यमय पात्र प्रचण्डको नाउँको हाराहारी ज्ञानेन्द्रको नाउँ लिन्थे । अहिले ज्ञानेन्द्रको सट्टा रुक्माङ्द कटवालको नाउँ लिँदैनन् । सके संवादमा जङ्गी अड्डाका महारथीलाई बर्दीधारी शासकको रूपमा उभ्याउँदा गुप्त चालबाजीको पोल खुल्ने डरले होला । बस्, पहिले र अहिलेको फरक यत्ति हो ।
असोतन्त्रमा गोरखाली राजाले आफूलाई कुर्सीरुपी न्याय दिएकोमा दङ्ग पर्दै शेरबहादुर देउवा शाही प्रधानमन्त्री बनेका थिए । अहिले बाहिर गिरिजाबाबु र भित्र कटवालबाबुको कृपा पाएर मखलेल हुँदै माधवकुमार नेपाल प्रधानमन्त्री बनेका छन् । पुरानाहरूको यो नयाँ सरकारको रूप हाँडीघोप्टेको बाह्र ठाउँ टालेको जाँगेजस्तो देखिन्छ । माधव सरकारको मति र सम्भावित दिशामा पनि इतिहासको उसैगरी पुनरावृत्ति भएको छ । पहिले पार्टी फुटाउन लगाएर देउवालाई प्रधानमन्त्री पदको बक्सिस दिइएको थियो । अनि सत्ताको सुस्वादु चारोले लोभ्याउँदै आन्दोलनरत एमालेलाई रत्नपार्कबाट नारायणहिटी दरबारतिर लुखुर-लुखुर डोर्याइएको थियो । एमाले 'आधा त्रुटि सच्चियो' भन्दै ज्ञानेन्द्रलाई जाती राजा सावित गर्न र जान-अन्जान माघ १९ को जनपिराहा फौजी ढोका खोलिदिन शाही तबेलामा लुसुक्क छिरेको थियो । अहिले उही एमाले दृश्यरूपमा संविधानलाई कुल्चिँदै बाहिर निस्केका राष्ट्रपति रामवरण यादवलाई निर्दोष सावित गर्न र अदृश्यरुपमा कटवाललाई फौजी हैकमको निहुँ रचिदिन प्रधानमन्त्रीको कुर्सीमा उकालिएको छ । दलहरुभित्र फुटको बीउ छर्नु, अन्योल र तिक्तता सिर्जना गर्नु र जनमानसमा दलको निस्तेज, पामर र लम्पट विम्ब प्रक्षेपण गर्नु असोजतन्त्रको कुटिल कलाको कमाल थियो । आखिर अहिले पनि ताल उही छ । प्रधानमन्त्रीदेखि मन्त्रीसम्म कीर्तिमानी हरुवाहरूको बाहुल्य छ । सरकार नाउँको यो राजनीतिक दिशाहीन, नैतिक निष्ठाहीन र कान्तिहीन झुन्ड हास्यास्पद कार्टुन सङ्ग्रह बनिरहेको छ । 'मालदार' मन्त्री पदका लागि भइरहेको हानथापको कुरूप क्रीडाबाट काङ्ग्रेस र एमाले भावनात्मकरूपले भित्रभित्रै चिरा परिरहेका छन् । फोरम त झन् फोरिनै लागेको छ । कतिपय लोभीपापी सांसदले 'मालदार' मन्त्रालय हात पार्ने दाउमा पहिलेजस्तै बोकाझैँ बेचिन खुट्टा उचालेका कथा सहरमा छ्यास्छ्यास्ती सुनिदै छन् । जब माधव सरकारको यो रूप र रङ्ग नागरिकका नजरमा पर्छ, यसलाई हेर्न नसकेर परक्क मुन्टो बटार्दै घृणाले ती मुख छोप्छन् । सरकारको यो वीभत्स रूप जनमानसमा दल र तिनका नेताप्रति विमोह पैदा गर्ने अचुक अस्त्र हो । उसो त यो लोकतान्त्रिक गणतन्त्र प्रदूषित तुल्याउने अस्त्र पनि हो । यो अगोचर अस्त्रको अगोचर स्रष्टा कहाँ छ ? जङ्गी अड्डामा कि लाजिम्पाटमा ? कि यी दुईको प्रेमपूर्ण मिलनबाट पो यसको स्रष्टा बनेको हो कि ?
इतिहासको उल्टो यात्राका कुलीन पैरवीकार यो भयकारी पश्चगमनको औचित्य सिद्ध गर्ने आधार खोज्न 'सर्वसत्तावाद'को शरण परेका छन् । यिनले प्रधानमन्त्रीको आसनमा बसेर माओवादी प्रचण्डले लाल सर्वसत्तावादको भूत थोपर्न खोजेको देखे । अनि यिनले सञ्चार माध्यमभरि धुवाँधार कोलाहल मच्चाए । यो कोलाहलको थर्कोले अहिले सिङ्गो अकास कामिरहेको छ । प्रचण्डले कहीँ कतै नटिकेको र एक महिना पनि नटिक्ने लाल सर्वसत्तावाद लाद्ने धृष्टता गरेकै हुन् त ? कुलीन पैरवीकार साँझपख बाँस झ्याङमा फर्केको सारौँको बथानझैँ समवेत स्वरमा कर्कश खल्बली मच्चाउँदै भन्छन् - हो, गरेकै हुन् । तिनले कसरी गरे, गुरुदेव ? तिनले नेपाली सेनालाई छुन खोजेर गरे । तिनले राष्ट्रिय सेनामा आप\mना लाल लडाकु घुसाउन खोजेर गरे । तिनले निष्कलङ्क र महान् महारथी कटवाललाई बर्खास्त गरेर गरे । उल्टो यात्राका यी पैरवीकार निधार मुजा पार्दै थप तर्क गर्छन् - प्रधानमन्त्री प्रचण्डले भूल गरे, राष्ट्रपति यादवले भूल सच्याइदिए । यिनको यो लहडी तर्कमा राजनीतिक र नैतिक अर्थलाई पूरापूर निषेध गरिएको छ । र, यसमा केवल नौ सिङे कानुनी व्याख्याको सहारा लिइएको छ । कार्यकारी अधिकार पाएका प्रधानमन्त्रीले कार्य गर्नु भूल हो कि कार्यकारी अधिकारै नपाएका राष्ट्रपतिले कार्य गर्नु भूल हो ?
हाम्रा घरानियाँ पैरवीकारमा भिन्न मत सुन्ने संयम र सहिष्णुता शून्य छ । जब कोही भिन्न मत अघि सार्ने आँट गर्छ, माओवादीको बिल्ला भिराएर उसको मुखै थुन्न खोजिन्छ । आप\mनो पहुँच र प्रभावले भ्याएसम्म ठूला सञ्चार माध्यममा भिन्न मत राख्ने पात्रलाई विचार नचल्ने दलितको चुत्थो दर्जामा दर्ज गर्न भगिरथ प्रयास गरिन्छ । र भनिन्छ - लाल सर्वसत्तावादको झाँको झार्न प्रयोग गरिने लोकतान्त्रिक विधि यही हो । भिन्न मत प्रकट हुने सबै मुख थुन्नु र जोडाबिनाको खेल मैदानमा आफैँ आप\mनो जितबाजीको घोषणा गर्नु Û कति शानदार लोकतान्त्रिक विधि ! जुद्ध शमशेर, महेन्द्र र ज्ञानेन्द्रलाई मन पर्ने लोकतान्त्रिक विधि आखिर यही त थियो । धनपति, पहुँचपति र ठूला सञ्चार माध्यमका अधिपति यतिधेरै कुलीन भलाद्मीले दलबलका साथ मुख थुन्न यत्रो यत्न गर्दा पनि नागरिक आन्दोलनका दुई-चार अभियन्ता भयाक्रान्त मुद्रामा बहसको मैदान छाडेर नभागेका देख्दा मलाई आश्चर्य लाग्छ । विचार, विवेक, नैतिकता र आँटको कुन धातुले बनेका हुनन् यति धेरै शक्तिमान् बाबुसाहेबका यति धेरै पैतालामुनि दबिएर किचिकिची हुन अस्वीकार यी ज्याद्रा जीव ?
लाल रङ्गको होस् कि श्वेत रङ्गको होस्, सर्वसत्तावाद खराब चीज हो । तर, हाम्रा पश्चगमनप्रेमी दल र तिनका कुलीन पैरवीकार कल्पित लाल सर्वसत्तावादको डरले थुर्थुर काम्दै र कटिमुनिको लघु वस्त्र भिजाउँदै श्वेत सर्वसत्तावादको दमनकारी दुलोमा सहारा खोज्न आतुर छन् । कुन्नि, तिनलाई प्रचण्डको कल्पित लाल सर्वसत्तावादभन्दा कटवालको वास्तविक श्वेत सर्वसत्तावाद आत्मीय, प्रीतिकर, सुन्दर र गुनिलो लाग्दो हो कि !
बनिसक्दा बिगि्रसक्ने बिजोकको नियति लिएर जन्मेको बाइस मुखे गठबन्धन सरकार श्वेत सर्वसत्तावादको डरलाग्दो रिहर्सल हो । एमाले यो रिहर्सलको निमित्त नायक हो । सिद्धान्त र आदर्श, प्रतिबद्धता र उत्सर्ग, दृष्टि र दिशा, विषाद र पश्चात्ताप, लाज र ग्लानि सबै राजनीतिक नैतिक सद्गुण शून्य भएको एमालेको पथ भनेको लाभदायक कुर्सीपथ हो । नाकैअगाडिको कुर्सीभन्दा पर ऊ देख्दैन । पसिना काड्दै ज्ञानेन्द्रको त्रुटि सच्याएको फल चुनावमा मददाताले यसलाई राम्रैसँग चखाइदिएका थिए । तर के लाग्छ ? कुर्सीको नशामा लठि्ठँदा-लठि्ठँदा यसको स्मरणशक्ति क्षीण भएको छ । त्यसैले हिजोको आजै त्यो शिक्षाप्रद लोप्पा यसले भुसुक्कै बिस्र्यो । मतदातागणका करकमलबाट भोलि अर्को झन् दह्रो लोप्पा खान आज ऊ श्वेत सर्वसत्तावादको ढोका खोलिदिन आतुर छ । एमालेमा माक्र्सवाद र अन्य उपयोगी ज्ञानशास्त्रहरु पढेका विद्वत्जन पनि छन् भन्ने सुनेको थिएँ । पार्टीलाई संहारकारी श्वेत सर्वसत्तावाद सवार हुने घोडा बनाइएको दृश्य मृतवत् मुद्रामा टुलुटुलु हेर्नु थियो भने तिनले किन यी शास्त्र पढे होलान् ? तिनको यो व्यर्थको पठन त यी शास्त्रहरुकै घोर अपमान हो । तिनले खुरुखुरु हनुमान चालिसा पढे पुगिहाल्थ्यो!
नपाउने हरुवाले कुर्सी पायो गद्दैसित खायो भनेझैँ पुतली प्रधानमन्त्री बनेको क्षणदेखि नै माधवकुमार नेपाल प्रचण्ड सरकारका निर्णय उल्ट्याउन, माओवादीलाई जतिसक्दो चाँडो भिडन्तमा निम्त्याउन र विध्वंशकारी द्वन्द्वको मोर्चा खोल्न कटिबद्ध छन् । सहमति र सहकार्य यिनको देखाउने दाँत हो, यिनको चपाउने दाँत खसोखास भिडन्त हो । पहिले शाही सत्ताको स्वादिलो तर मार्दै भक्तिपूर्वक ज्ञानेन्द्रको त्रुटि सच्याउन मरिमेटेको एमालेलाई आप\mना मन्त्रीहरु पक्राउ पर्नुभन्दा एक सेकेन्ड अघिसम्म पनि त्यसको आभास थिएन । अहिले राष्ट्रपतिको कथित सत्कर्मको गौरवगान गर्न, महारथी कटवालको कुर्सी जोगाइदिन र श्वेत सत्तालाई बाटो बनाइदिन कन्दनी कसेर हिँडिरहेको एमालेलाई यो सरकारबाट गिर्ने क्षणको पनि आभास हुने छैन । कुटिलमति कुसुलेका हातमा नाचिरहेको पुतलीरूपी एमाले जब सत्ताबाट धुलामा खस्छ, यसको अनुहार लात्तले हानिएको गोबरको थाप्रोजस्तो देखिने छ ।