'माधवजी रेडकार्ड पाइसकेर पनि मैदान छाड्दैनन्', पोलिट्ब्युरो बैठकमा प्रचण्ड च्याँठिए। 'रेडकार्ड त फुटबलमा पो देखाइन्छ, तीन बुँदे सहमति र पाँच दिने मौखिक राजीनामा ओली काण्ड भनौं न' अर्का कमरेडले व्याख्या गरे।
जे नाम दिनुस्, माधवजीको लागि त्यो रेडकार्ड नै हो, प्रचण्डले दोहोर्याए। प्रमलाई राजीनामा गराउने जिम्मा ओलीले नलिएको भए त्यो दिन संविधानसभाको म्याद थपिन्थ्यो त? प्रचण्ड एकछिन चुप लागे। अन्य दलसँगको लिखित सम्झौतालाई त माओवादीले टेरपुच्छर लाएनन्। जाबो मौखिक सहमतिका लागि के हत्ते हालेको होलाजस्तो लाग्छ।
संविधान सभाको म्याद थप्ने नियत थिएन भने ओलीले प्रचण्डलाई यसपाली धरधरी रुवाइदिए। बाह्रवर्ष युद्ध लड्ने पार्टीको अध्यक्षलाई चिप्लेटी खेलाउने ओलीको यत्रो हिम्मत? गोली खै? प्रचण्डजीले चारैतिर नजर दौडाए। छोरा कमरेडले ओखतिको एक गोली हातमा राखिदिए। एक गिलास पानीसँगै प्रचण्डले त्यो घुटुक्क निले।
तीन बुँदेमा शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने र संविधाननिर्माण गर्ने प्रतिबद्धता पनि छ। तर माओवादी चाहीँ नामै 'तीन बुदे सहमति' भएकोले तेस्रो बुँदाको प्रमको राजीनामा नै महत्वपूर्ण हुने बताइरहेको छ। फेरी तेस्रो बुँदा टाउको दुखाउने खालको छ। राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने रे। के यो सम्भव छ र? कांग्रेस सरकारमा जाँदा माओवादी प्रतिपक्षी, माओवादी सरकारमा जाँदा कांग्रेस नजाने। प्रभुको कृपा यी दुवैमा एकैपटक परेको छैन। बानेश्वरमा पानी पर्दा रत्नपार्कमा नपर्ने, रत्नपार्कमा पानी पर्दा कीर्तिपुर सुख्खै। प्रभुको कृपा नै खण्डवृष्टि।
तपार्इँ कसको समर्थक? प्रमले केपी ओलीलाई प्रश्न गरे। जवाफ आयो - ब्राजिल। वर्ल्डकप फुटबलको कुरा गरिराख्या छैन मैले, तपाई कसको नेतृत्वको सरकारको समर्थनमा.....? प्रचण्डजीसँग अस्ति के के चोचोमोचो मिलाइराख्नु भा'थ्यो नि, माधवजी रनक्क रन्किए। मेरै नेतृत्वमा सरकार बनाए हुन्न? कांग्रेसले आँखा चिम्लेर समर्थन गर्ने मान्छे तपाईंपछि मै हो क्यारे, ओलीले साखुल्ले बने। होइन, तपाईंपछि मात्र म, माधवजीले सच्याइदिए।
प्रमले त्यही प्रश्न पार्टी अध्यक्षलाई गरे। झलनाथजीले भने- ब्राजिल होइन अर्जेन्टिना, किनभने धेरै नेपालीले अर्जेन्टिनालाई समर्थन गरेको देखेको छु। सरकारको नेतृत्वको कुरा...... माधवजीले झर्को माने। उसो भए तपाईं दुवै हरुवा चुप्प लाग्नोस्, म जितुवा मरेको छु र? हरुवाको बक्बक धेरै सुनियो। क्याप्टेनले टिमको नेतृत्व लिन्छ कि लिदैन? हाम्रो टिममा म क्याप्टेन हो कि होइन? यस कुरामा मलाई उहिल्यैदेखि शंका लागेको हो।
नेपाली कांग्रेसका नेता जर्सी, हाफ्पाइन्ट र स्पोर्ट्स सुजमा तम्तयार भएर पार्टी कार्यालयमा जम्मा भएका थिए। दलहरूको मैत्रीपूर्ण खेलको महाभिडन्त हो कि क्या हो? फोटो पत्रकारले क्यामेरा सोझ्याई हाले। कार्यवाहक सभापतिले 'कांग्रेसी नेताहरूको ऊ गर्ने ऊ ' भनेपछि मात्र स्थिति सामान्य भएको थियो। कांग्रेसको महाधिवेशन नभएसम्म सरकार परिवर्तन नगर्ने रे। यसैले तपाईंहरूलाई त यथास्थितिवादी भनिएको नि!