'थाहा' आन्दोलनका प्रणेता रूपचन्द्र विष्ट मानवीय व्यवहारमा उति ध्यान नदिइएका नैतिक विचलनलाई ज्यादै खराब प्रवृत्ति ठान्थे। मकवानपुरको पहाडी गाउँ डुल्दा कुनै दिन एउटा कार्यकर्ताले भुटेको मकैको फूलफूल छानेर खाइदियो।
रूपचन्द्रले भने, 'मकै पाउँदा त फूलफूल छानेर खान्छस्। देशै पाए के गर्लास्!' गाउँमा आमसभा गर्दा उनी वक्तालाई घाम र श्रोतालाई शीतल हुनेगरी मञ्च बनाउँथे। एउटा सभामा सहिनसक्नु घामले पोलेपछि उनकी कार्यकर्ताले गुनासो गरिछन्। रूपचन्द्रले मञ्चबाटै भण्डाफोर गरे, 'यो केटी खुब सुविधाभोगी छे। मौका पाई भने यसले सुविधाजति आफूलाई र असुविधाजति जनतालाई पार्छे।'
नैतिकता लोकतान्त्रिक राजनीतिको मुटु हो। विडम्बना, हाम्रो राजनीति मुटु झिकिएको शरीर भएको छ। हामीकहाँ मौका पाउनासाथ 'मकैको फूलफूल' छानेर खाने र अरुलाई ठेट्ना पनि नदिनेहरू शासनको बिलासी आसनमा छन्। जनतालाई घाममा टट्याएर आफू शीतलमा बस्नेहरु सबैभन्दा चर्को स्वरमा लोकतन्त्रको बखान गरिरहेछन्।
अब्राहम लिंकनलाई नै लोकतन्त्रको परिभाषा सिकाएझैँ गर्ने नेपाली कांग्रेस महाभारत युद्धका लमी कृष्णले जस्तै छलनीति गरिरहेको छ। उसको लोकतन्त्रको हालत मृत्युपछि ब्युटीपार्लरमा शृंगार गरिएकी युवतीको जस्तो छ। संविधान सभाको म्याद थपिएपछि प्रधानमन्त्री माधव नेपालले सहमतिअनुसार राजीनामा नदिँदा राजनीति गाँठो परिरहेको छ। सहिनसक्नु हीनताबोधले उनी खल्तीमा राजीनामापत्र बोकेर हिँडिरहेछन्।
कांग्रेस उनलाई रोक्छ र नयाँनयाँ लोभ देखाउँछ। ऊ शेरबहादुर देउवा वा रामचन्द्र पौडेलको नेतृत्वमा नयाँ सरकार बन्ने परिस्थिति नहुन्जेल माधव नेपालको राजीनामा रोक्न चाहन्छ। संसदीय प्रजातन्त्रमा हार्नेहरु सत्ता चलाउँदैनन्। कांग्रेस संविधान सभा चुनावमा नराम्ररी पराजित भयो। एमाले र कांग्रेसको सिट जोड्दा पनि माओवादीको बराबर भएन। यस्तो अवस्थामा सरकारको नेतृत्व गर्ने पहिलो अधिकार सदैव माओवादीलाई हुन्छ। तर, संसदीय प्रजातन्त्रको सबैभन्दा बढी वकालत गर्ने कांग्रेस कुनै पनि हालतमा माओवादीलाई सत्ता सुम्पने पक्षमा छैन।
दुई ठाउँबाट हारेका माधव नेपाललाई माओवादीले संवैधानिक समितिको अध्यक्ष बनाउनुको अर्थ शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका र संविधान निर्माणको अनुभवसमेत भएका व्यक्तिलाई भूमिकाविहीन राख्नुहुन्न भन्ने थियो। यो कार्ड दुरुपयोग गरेर उनी प्रधानमन्त्री भए। संसदीय लोकतान्त्रिक मान्यतामा हार्ने मान्छे प्रधानमन्त्री हुने प्रावधान संसारमा कहीँ छ? कांग्रेसको उत्तोलनमा लागेर लोकतान्त्रिक मान्यताको यस पाटोलाई उनले 'बाह्र' बजाइदिए।
जेठ १४ भित्र संविधान जारी गराउने र शान्ति प्रक्रिया पूरा गर्ने प्रणसहित उनी प्रधानमन्त्री भएका थिए। दुवै काममा सिन्को भाँचिएन। उनका मन्त्रीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबे। वन विनाश गर्न वनमन्त्री दीपक बोहराकै भूमिका रह्यो। विपन्न दलित महिला र बालिकाको हत्यामा संलग्न सेनाको बचाउ स्वयं रक्षामन्त्री विद्या भण्डारीले गरिन्। जीवनजल नपाएर झाडापखालाले सयौँ मानिस मर्दा स्वास्थ्यमन्त्री उमाकान्त चौधरी जर्मनी यात्रामा रमाइरहे। परराष्ट्रमन्त्री सुजाता कोइरालाले बारम्बार प्रधानमन्त्रीय पद्धतिको खिल्ली उडाइन्।
सत्तामा टिकिरहने लोभमा प्रधानमन्त्रीले कसैलाई कारबाही गरेनन्। जेठ १४ भित्र संविधान जारी नहुने निश्चित् हुनेबित्तिकै उनले राजीनामा गर्नुपर्थ्यो। उल्टै, माओवादीसँग तीन बुँदै सम्झौता पनि लत्याएर कुर्सीमा टाँसिइरहेका छन्। सिंहदरबार आगलागी हुँदा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्ट, रंगशालामा दुर्घटना हुँदा खेलकुदमन्त्री केशरबहादुर बिष्टले राजीनामा गरेका थिए। पञ्चनेतामा जति पनि लोकतान्त्रिक नेतामा नैतिकता छैन भन्ने आरोपलाई प्रधानमन्त्री नेपालले साबित गरिदिए। यस्तै बेला अर्का पराजित नेता केपी ओलीले प्रधानमन्त्रीको कुर्सीमा आँखा लगाएका छन् जो लोकतन्त्रको गरुडपुराण सुनाउन कांग्रेसलाई पछाडि पार्छन्।
संविधान सभाको सबैभन्दा ठूलो पार्टी माओवादी पनि प्रतिपक्षको रचनात्मक भूमिका नखेलेर चौबीसै घन्टा सत्ताको जपिरहेको छ। सत्ताकै मूल्यमा ऊ आफ्नै कठोर संघर्षले प्राप्त संविधान सभाको घाँटी निमोठ्नसमेत तयार भएको थियो। अध्यक्ष प्रचण्ड माओवादीबाट आफू प्रधानमन्त्री नभए बरु प्रतिपक्षमै बस्ने तर अरू कसैलाई प्रधानमन्त्री हुन नदिन प्रतिबद्ध छन्। सरकार र माओवादी दुवै एक अर्कालाई दोष थोपरेर मुख्य काम संविधान निर्माणबाट पन्छिन खोजिरहेका छन्।
रूपचन्द्र बिष्टको भाषामा भन्ने हो भने यो तथाकथित लोकतान्त्रिक नेताको महाडाँकातन्त्र हो। यसबारे जनताले राम्ररी 'थाहा' पाउनु जरुरी छ। 'थाहा'को सार थियो निष्पक्ष सक्रियताको अभ्यास। निष्पक्ष भएपछि सक्रिय हुन असाध्यै गाह्रो हुन्छ तर मान्छेले जीवनभर यही गाह्रो काम गर्नुपर्छ। आफू ठीक काम गर्ने, सत्यको पक्षमा निर्भीक भएर उभिने, अरूको अन्याय नसहने हो भने अत्याचारीहरू टिक्नै सक्दैनन्।
असार ७ गते उनको स्मरण दिवस। 'थाहा' आन्दोलन अहिले पनि उतिकै सान्दर्भिक छ। शेरबहादुर देउवा, रामचन्द्र पौडेल, सुशील कोइराला, झलनाथ खनाल, माधव नेपाल, केपी ओली, उपेन्द्र यादव, महन्थ ठाकुरजस्ता सिर्जनाशून्य नेताको मक्किएको संयन्त्र धुस्नु पार्न सचेत जनता र युवानेताले 'थाहा' आन्दोलनलाई निरन्तरता दिनु जरुरी छ।