अर्थतन्त्रमा संक्रमणको प्रभाव
०८ असार २०६७
•
१० मिनेट पाठ
अर्थतन्त्रमा संक्रमणको प्रभाव
विकासमा नेपाल अनुहारै देखाउन नहुने गरी पछि परिसकेको छ। विकासका लागि राजनीतिको स्थायी निकास कुर्ने हो भने कम्तीमा दुई पुस्ताले सार्थक प्रगतिको सपनै नदेखे हुन्छ। नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको छ।
तर, घोषणा गर्ने प्रमुख पात्रहरूबीच लामो समयदेखि चर्को विवाद छ। दलहरूबीचको विवाद पछिल्ला दिनमा झन् बढ्दै गएकाले झट्टै सुल्झिने संकेत छैन। सत्तासीन दलले एनेकपा (माओवादी)का विगतका सबै दुष्प्रवृत्ति र दुर्व्यवहार बिर्सेर नागरिक दल भएको प्रत्याभूति दिएमा सहमति हुनसक्ने प्रस्ताव गर्दा पनि माओवादी नेता तयार हुँदैनन् भने तिनको भित्री मनसाय अर्कै भएको सहजै बुझिन्छ। नेकपा (एमाले)जस्तो सगोत्रीय, इमानदार र सजिलो पार्टीबाट पाएको सहयोग र साथलाई जोगाएर आफ्नो नेतृत्वको सरकारलाई दीर्घ जीवन दिन नचाहने माओवादीमाथि कुनै पनि विषयमा भरपर्न सकिँदैन।

भारतमा बढ्दै गएको माओवादी हिंसा भारतीय सरकारको निमित्त ठूलै चिन्ताको विषय बनेको छ। र, त्यस्ता गतिविधि नियन्त्रण गर्न भारत सरकार जस्तोसुकै कदम चाल्न पनि तयार देखिएको छ। नेपालमा माओवादी पुनः सत्तामा फर्केमा त्यसबाट भारतीय माओवादीको मनोबल बढ्नुका साथै तिनले नेपालबाट सहयोग पनि पाउन सक्छन् भन्ने आशंका भारतीय पक्षमा रहेको छ। यो भारतीय दृष्टिकोणबाट हेर्दा अस्वाभाविक पनि होइन। त्यसैले नेपालमा माओवादीलाई पुनः सरकारको नेतृत्वमा आउनबाट रोक्न भारतले सबै उपाय प्रयोग गर्नसक्छ। यस्तो स्थितिमा नेपालका गैरमाओवादी पार्टीहरू भारतलाई चिढाएर माओवादीका निमित्त सत्ताको गजबार खोल्न तयार नहुने यथार्थ सहजै बुझन सकिन्छ। तर, माओवादी भने आफ्नो नेतृत्वमा सरकार बन्न नदिए अरूलाई पनि केही गर्न नदिने हठमा छन्।

साथै माओवादी पार्टीभित्रको आपसी विवादले पनि त्यस पार्टीकातर्फबाट हुने पहलमा अवरोध गरिरहेको छ। यस अवस्थामा नेपाली कांग्रेसको सत्ता दाबीले पनि माओवादीलाई सहमतिमा आउन कठिन बनाउनेछ। यसरी हेर्दा नेपालको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने कार्य झन्झन् जटिल बन्दै गएको देखिएको छ।

राजनीतिक स्थिरता र स्थायित्व कायम गर्न विलम्ब हुँदै गएपछि समाजलाई समालेर राख्ने काम पनि थप चुनौतीपूर्ण हुँदै जानेछ। समाजमा निराशा र कुण्ठासँगै अपराध बढ्दै जानेछ। दण्डहीनता अरू मौलाउनेछ। भ्रष्टाचार थप घनिभूत हुनेछ। मुलुकमा बचेखुचेको पुँजी पनि पलायन हुनेछ। त्यस स्थितिमा विकासको निमित्त न न निजी क्षेत्रको रुचि र जाँगर हुनेछ न सरकारबाटै सम्भव हुनेछ। अर्थतन्त्र र अवसरमा अरू संकुचन आउनेछ। मूल्य बृद्धि थप चर्कनेछ। बजारमा वस्तु र सेवाको अभावको स्थिति गम्भिर बन्दै जानेछ। गरिबी र बेरोजगारी झन् बढ्नेछ। अर्थतन्त्रमा अनपेक्षित समस्याहरू देखा पर्नेछन्। यसरी नेपाली जनताका लागि आगामी दिन अझ कष्टकर हुनेछन्। अतः विकासका लागि राजनीतिक निकास पर्खिरहने हो भने त्यति बेलासम्म उत्पन्न हुने अस्तव्यस्तता, अनुशासनहीनता, अराजकता, गरिबी र बेराजगारी मुलुकले थेग्न मुस्किल छ। यो नै अहिले गम्भीर चिन्ताको विषय हो।

यस परिस्थितिमा राजनीतिलाई आफ्नो ढंगले चल्न दिएर विकासलाई अगाडि बढाउन सम्भव हुन्छ कि हुँदैन भन्ने छलफल चलाउनु उचित र आवश्यक देखिएको छ। अहिलेसम्म हामी राजनीति नै सबै कुराको आधार हो भन्ने मान्यतामा अडिएकादे यसको विकल्प सोच्नेतर्फ कहिल्यै लागेनौ। तर राजनीतिक अवस्था सुध्रिन केही समय अझ लाग्ने देखिएकाले अब विकल्पको खोजीमा बहस चलाउन ढिलो नगरौँ।

मुलुक संचालन र विकासको निमित्त राजनीति नै मूल आधार हो भन्नेमा दुई मत नहोला तर मुलुकको राजनीति खल्बलिँदा पनि विकास गतिविधिलाई केही हदसम्म अघि बढाउने संरचना प्रशासन यन्त्र नै हो। यसैले त प्रशासन यन्त्रलाई मुलुकको स्थायी सरकार मानिन्छ। त्यहाँ कार्यरत सबैलाई राज्यले जनताले तिरेको करबाट तलबभत्ता दिनुका साथै सेवा निवृत्त भइसकेपछि पनि निवृत्तिभरण पनि दिन्छ। त्यसैले कर्मचारीको सम्पूर्ण समय राज्यको अधिनमा हुनेछ भनेर निजामती सेवा नियमावलीमा लेखिएको हो।

राजनीतिमा संक्रमण, अस्थिरता अकर्मण्यता र शिथिलता भयो भन्दैमा प्रशासन यन्त्रले त्यसको अनुसरण गर्न मिल्दैन। त्यसो गर्नु प्रशासन यन्त्रको धर्म होइन। बजेटमा परेका र बजेट विनियोजन गरिएका अधिकांश योजना, आयोजना र कार्यक्रमलाई कार्यान्वयनमा लैजान चाहेमा प्रशासन यन्त्रले लैजान सक्छ। मन्त्रालयका सचिव र मातहत अधिकारीलाई आर्थिक प्रशासन नियमावलीले दिएको अख्तियारीबाटै त्यस्ता धेरै काम गर्न सकिन्छ। त्यो अख्तियारी नपुग भए थप्न पनि सकिन्छ। आफ्नो अख्तियारीभित्र पर्ने विकास आयोजना कार्यान्वयन गर्न विभागीय मन्त्रीको आदेश आवश्यक हुँदैन। आदेश लिनुपर्ने विषयमा पनि बजेटमा परेका आयोजना र कार्यक्रम कार्यान्वयन गर्न कुन मन्त्रीले हुदैन भन्ला? हो, राजनीतिक संक्रमणकालमा बन्द, हड्ताल होलान्, केही मात्रामा शान्ति सुरक्षाको पनि समस्या हुन सक्छ। तर, संकल्प भए त्यसलाई छलेर भए पनि संम्भव भएसम्मका काम गर्न सकिन्छ। प्रशासन यन्त्रले राजनीतिक संक्रमण काललाई अकर्मण्य रहने बहाना बनाउनु हुँदैन।

नेपालको प्रशासन संयन्त्र बलियो र प्रतिबद्ध भएको भए राजनीति जति भाँडिए पनि त्यसले विकासलाई ठूलो असर पार्ने थिएन। इटाली, जापान, इजरायलआदि मुलुकमा पनि राजनीतिक अस्थिरता छ। भारतमै पनि विगतमा त्यस्तो स्थिति देखिएको थियो। तर ती मुलुकको विकासमा खासै फरक परेको छैन।

 

नेपालको भने प्रशासन यन्त्र न त्यति बलियो छ, न त मुलुक र जनताप्रति प्रतिबद्ध नै छ। त्यतिमात्र हैन, जसरी राजनीति स्वार्थ, लोभलालच, अवसरवाद, सिद्धान्तहीनता र आत्मकेन्द्रित प्रवृत्तिबाट ग्रस्त छ प्रशासन यन्त्र पनि त्यसभन्दा खासै हृरक छैन। केही अपवादलाई छाडेर हाम्रो प्रशासन यन्त्र पनि राजनीतिक हावापानी बदलिएअनुसार बदलिन्छ र त्यही रंग फेर्छ। नेपालको प्रशासन यन्त्रलाई बलियो र प्रतिबद्ध हुन राजनीतिले बाधा पुर्‍याएको होला तर त्यसैलाई निहुँ बनाएर प्रशासन यन्त्रले आफ्नो पहिचान बनाउन नसक्नु उचित होइन।

 

अब कुनै क्षेत्र पनि राजनीतिलाईमात्र दोष दिएर उम्कन पाउँदैन। मुलुकको अवस्था बिग्रदा राजनीतिमात्र हैन मुलुकको प्रशासनयन्त्र पनि जनताको कठघरामा उभिनु पर्नेछ। त्यसैले राजनीति खल्बलिएको अवस्थामा आफ्नो तर्फबाट विकास गतिविधिलाई अगाडि बढाउन प्रशासन यन्त्र कृतसंकल्प हुनुपर्छ।
अर्को समाचार
कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पार्न सक्छ ?
०४ चैत्र २०७६
•
२ मिनेट पाठ
कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पार्न सक्छ ?
काठमाडौं- गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई त्रसित बनाएको छ। यसले विश्व अर्थव्यवस्थालाई नै संकटमा पारिरहेको छ। कोरोना भाइरस संक्रमणको दुष्प्रभावले विश्व अर्थतन्त्रको वृद्धिदर १.५ प्रतिशत बिन्दुले खुम्च्याउने अनुमान छ।

संक्रमण रोकथामको प्रयासस्वरुप मानिसको आवागमनमा रोक लाग्दा विश्वभरको पर्यटन उद्योग लगभग शून्यको स्थितिमा पुगेको छ। आजका मितिसम्म नेपालमा एकजनामा बाहेक कोभिड–१९ नभेटिए पनि विश्वव्यापी संक्रमणको प्रभावले अर्थतन्त्रका विभिन्न अवयवहरुमा धक्का लाग्न थालिसकेको छ। यसको दुष्प्रभाव लामै समयसम्म रहन सक्ने आशंका छ।

यसै पृष्ठभूमिमा नेपाल रिपब्लिक मिडिया प्रालिले कोभिड–१९ बाट नेपाली अर्थतन्त्रमा पर्न सक्ने दुष्प्रभाव र त्यसलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने सावधानीका विषयमा आर्थिक क्षेत्रका अगुवा सरोकारवालासँग छलफल गरेको छ। नागरिक राउन्ड टेवलमा अर्थमन्त्री युवराज खतिवडा, सांसद विमला पौड्याल राई, पूर्वअर्थसचिव रामेश्वर खनाल, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अर्थशास्त्री विश्व पौडेल सहभागी थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस