जलवायु वित्त अनुदान कि ऋण ?
२७ वैशाख २०८१
•
४ मिनेट पाठ
जलवायु वित्त अनुदान कि ऋण ?
युएईमा सम्पन्न कोप–२८ सम्मेलनमा राष्ट्रिय अुनकूलन योजना (न्याप) को अजेन्डा प्रमुख छलफलको विषय बन्यो। नेपाललगायत विकासोन्मुख राष्ट्रहरूले जलवायुसम्बन्धी अनुकूलन र न्यूनीकरणका लागि पेरिस सम्मेलनको सहमतिअनुसार स्पष्ट खाका पेस गरेका थिए। विकासोन्मुख राष्ट्रहरूले जलवायु अनुकूलनका योजना कार्यान्वयनका लागि धनी मुलुकहरूले वित्तीय सहयोग गर्नुपर्ने अडान राखेका थिए। आर्थिक लगानी गर्न आफ्नो देशको हैसियत नभएको भन्दै उनीहरूले न्यापमा लगानी गर्न जोडबल गर्दै आएका थिए।




विडम्बना, कोप–२८ मा उक्त विषयमा सहमति जुट्न सकेन। यही कारण नेपाललगायत विकासोन्मुख राष्ट्रहरू निरास भएर फर्कन बाध्य हुनुपर्‍यो।

६ महिनापछि सहमतिमा जाने भन्दै न्यापको योजना सारियो। जसका कारण नेपाल जस्तो विकासोन्मुख राष्ट्रले न्यापमा सहयोग जुट्न नसकेकाले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकेन। सीमित कार्यान्वयन पनि ढिलाइ भयो भने बनेको राष्ट्रिय अनुकूलन योजना दराजमा थन्किन पुग्यो।

नेपालले राष्ट्रिय अनुकूलन योजना कार्यान्वयन गर्न सन् २०५० सम्मका लागि अनुमानित लागत ४७.४ अर्ब अमेरिकी डलर लाग्ने भएकाले उक्त रकम आन्तरिक स्रोतबाट अपुग हुने भन्दै दातामार्फत लगानी जुटाएर कार्यक्रम गर्ने लक्ष्य राखेको छ। नेपालको राष्ट्रिय अनुकूलन योजनाले जलवायु उत्थानशील समाज निर्माण गरी राष्ट्रको सामाजिक–आर्थिक समृद्धिमा सहयोग पुर्‍याउने परिकल्पना गरेको छ। यसले जलवायुजन्य विपद् र आकस्मिक घटनाबाट हुने हानि नोक्सानीलाई २०५० सम्ममा ९० प्रतिशत भन्दा कम गर्ने र सबै संकटासन्न समुदाय, जोखिमपूर्ण बस्ती, पूर्वाधार र जीविकोपार्जनको स्रोतको उत्थानशीलता निर्माण गर्ने लक्ष्य राखेको छ।

नेपाल जस्तो कृषिप्रधान र आर्थिक उपार्जनको मूल आधार नै कृषि रहेको देशमा जलवायु परिवर्तनको प्रत्यक्ष/अप्रत्यक्ष असर सबै भन्दा वढी कृषि क्षेत्रमा परेको छ। जलवायु परिवर्तनका कारण माटोको ऊर्वराशक्ति हराउँदै जानु र जलवायु प्रकोपका कारण कृषि भूमिको क्षयीकरण हुनु जस्ता कुराले किसानहरूलाई उत्पादन गर्न निरास बनाएको छ। जसको फलस्वरूप खेतीयोग्य जमिन बाँझो बस्दै गएकाले दिनानुदिन उत्पादन घटेर गएको छ। त्यसैले अनुकूलन कार्यक्रम कार्यान्वयन गर्न सबै भन्दा बढी लागत कृषि र खाद्य सुरक्षा क्षेत्रमा प्रस्ताव गरिएको छ।

विश्वव्यापीरूपमा जलवायु परिवर्तनको मुद्दा निकै पेचिलो बन्दै गइरहेको अवस्थामा नेपाल जस्तो प्रकृति नजिक रहेका राष्ट्रहरू अझै बढी मारमा परिरहेका छन्। जलवायु परिवर्तनसँग जुध्नु हाम्रो जस्तो राष्ट्रका लागि आर्थिक सहयोग तथा अनुदान आवश्यक हुँदा पनि जलवायु परिवर्तनको कारक धनी राष्ट्रहरू अनुदान सहयोग गर्न तयार देखिँदैनन्। फलस्वरूप हाम्रो न्याप अलपत्र अवस्थामा रहेको छ। जलवायु परिवर्तनका कारक धनी राष्ट्रहरू अनुदान सहयोग गर्न तत्पर नभएका कारण न्यापको कार्यान्वयनका लागि विश्व बैक तथा अन्य वित्तीय संस्थाहरूले अझै जलवायु वित्तको नाममा ऋण थोपरिरहेका छन्। नेपाल जस्तो देश, जसको प्रतिव्यक्ति ऋण करिब ८१ हजार रुपियाँ रहेकामा यस किसिमको थप वित्त ऋण परिचालनले प्रत्येक नेपालीको टाउकोमा ऋणको भार थप्ने पक्का छ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (युएनएफसिसिसी)अन्तर्गत खनिजमुखी अर्थतन्त्र रहेका राष्ट्रहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका निम्ति आर्थिक सहयोग (जलवायु वित्त) मा योगदान गर्नुपर्ने व्यवस्था छ तर विश्व बैंकले भने नेपाल जस्तो राष्ट्रलाई अनुदान नभई ऋणका रूपमा जलवायु वित्त उपलब्ध गराई पेरिस सम्झौता र जलवायु न्यायविरुद्ध काम गरिरहेको छ।

यस वर्ष अमेरिकाको वासिङटन डिसीमा अप्रिल १७–१९ सम्म बसेको आइएमएफ तथा विश्व बैंकको बैठकले पनि यो समस्या समाधानका लागि खासै ठोस पहल गर्न सकेन। बैठकले हाम्रो जस्तो विकसोन्मुख देशका लागि ऋणको रूपमा जलवायु वित्त परिचालन गर्ने कुरालाई बन्द गर्न, नेपालको टाउकोमा थोपरिएको ऋणको बोझ नबढाउन, जलवायु परिवर्तनको असर बढाउन हरित गृह ग्याँस उत्सर्जनमा भूमिका नै नभएको देशले अनुदानमा न्याप कार्यान्वयनका लागि जलवायु वित्त परिचालनमा सहयोग गर्न÷गराउन दबाब सिर्जना गर्नुपथ्र्यो। तर अरू बैठक जस्तै यो बैठक पनि यसमा चुक्यो।

जलवायु परिवर्तनको असर र जलवायु न्यायको कुरा ठूला होटलका छलफलबाट होइन, अब सडकका पेटीबाट सुरुवात गर्नुपर्छ। हामी कोठे फुर्तीले बिग्रँदै गएका छौँ। कुरा उठाउने गर्छौँ तर निचोडमा पुग्न सक्दैनौँ। गुट र फुटमा रमाउँछौँ। जुन कुरा नेपाल देश, नेपाल आमाका लागि घातक बनेर गएको छ । सबै जुटौँ, जलवायु वित्त ऋण जस्तो राष्ट्र घातक विषयमा ऐक्यबद्धता जाहेर गरौँ। यसो गर्न ढिला भइसक्यो। समयमै चिन्ता र चासो लिउँ। नत्र पश्चातापको कुनै अर्थ छैन ।

–बस्नेत राष्ट्रिय कृषक समूह महासंघ, नेपालका संरक्षक एवं निवर्तमान अध्यक्ष हुन्।
अर्को समाचार
‘जलवायु वित्त अनुदान बढाउन कूटनीतिक पहल आवश्यक’
२६ मंसिर २०८१
•
२ मिनेट पाठ
‘जलवायु वित्त अनुदान बढाउन कूटनीतिक पहल आवश्यक’
अमेरिकास्थित नेपाली पूर्वराजदूत डा अर्जुन कार्कीले जलवायु वित्तका लागि सहज र आवश्यकताअनुसार पहुँच स्थापित गर्न कूटनीतिक पहल आवश्यक रहेकामा जोड दिएका छन्। आज अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा काठमाडौँमा आयोजित दुईदिने राष्ट्रिय गोष्ठीको पहिलो सत्रमा उनले जलवायु परिवर्तनका मुद्दा स्थापित गर्न राजनीतिक र कूटनीतिक रूपमा पहल अगाडि बढाउन आवश्यक रहेको बताए।




'जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई पहिला प्राविधिक मुद्दाका रूपमा मात्रै बुझिन्थ्यो, विस्तारै यो मुद्दा, राजनीतिक, कूटनीतिक, आर्थिक एवं समाजिक मुद्दा पनि हो भन्ने बुझाइ भएको छ', डा कार्कीले भने,'जलवायुजन्य सङ्कट सामना गर्न आवश्यक पर्ने वित्तमा पहुँच पुर्‍याउन कूटनीतिक पहललाई पहिलो प्राथमिकता दिनुपर्छ।'

उनले जलवायुजन्य हानि–नोक्सानीसम्बन्धी वैज्ञानिक रूपमा अनुसन्धान गरेर तथ्याङ्क निकाल्नुपर्नेमा जोड दिए। कार्कीका अनुसार जलवायुसम्बन्धी मुद्दा सम्बोधन गर्न राजनीतिक स्तरबाट अगाडि बढाउनुपर्ने र राजनीतिक स्तरबाट जलवायुजन्य सङ्कटको सामना गर्न आवश्यक छ।

'बाकुको अजरबैजानमा सम्पन्न भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९) सम्पन्न भएको छ। विकासशील देशहरूलाई जलवायु परिवर्तनका असर सामना गर्न आवश्यक पर्ने आर्थिक सहयोग बढाउन नयाँ वित्तका योजना अघि सारिएको छ, यीलगायत अन्य जलवायु वित्तहरूमा अनुदान बढाउने कोपको निर्णय छ', उनले भने,'हामीले उक्त कोषको रकम ल्याउनका लागि आवश्यक तयारीसहित अनुसन्धान बढाउनुपर्छ। जलवायुजन्य असरका आधिकारिक तथ्याङ्क प्रस्तुत गर्नुपर्छ।'

जलवायुविद् मञ्जित ढकालले विश्वको तापमान वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्न नसके पर्वतीय क्षेत्रमा जलवायुजन्य सङ्कट बढ्दै जाने र हिमालको हिउँसमेत पग्लिएर कलापत्थरमा परिणत हुन सक्ने बताए।

'नेपाल जस्ता पर्वतीय मुलुकहरूको चिन्ताको विषय भनेको हिमालको सुरक्षा कसरी गर्ने रु र जलवायुजन्य सङ्कट निम्तिन नदिने भन्ने हो । अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि हामीले पर्वत बचाउन कार्बन उत्सर्जन कटौती गर्नलाई पैरवी गरिरहेका छौँ', उनले भने,'यो कोप–२९ मा सोचेजस्तो उपलब्धि हुन नसके पनि हामी निराश हुनुपर्ने अवस्था छैन । अहिले हाम्रो पक्षमा नभएका कतिपय निर्णयहरू आगामी कोपमा हुँदै जानेछन् । हामीले यसका लागि पहल कदमी अगाडि बढाइरहनुपर्छ ।'
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस