अर्थतन्त्रका आसन्न संकट
०९ जेष्ठ २०८१
•
७ मिनेट पाठ
अर्थतन्त्रका आसन्न संकट
हाल विश्व आर्थिक परिदृश्य उदेकलाग्दो हिसाबले विरोधाभासपूर्ण छ। प्रविधि र ऊर्जा क्षेत्रको नेतृत्वका कारण विश्व बजार एकातिर उच्च अल्पकालीन नाफाबाट उत्साहित भएको छ भने अर्काेतिर विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष गत महिना सम्पन्न वसन्त बैठकको मनस्थिति निश्चितरूपमा उदासलाग्दो थियो। सामान्यतया विनम्र हिसाबले प्रस्तुत हुने यी दुई अन्तर्राष्ट्रिय निकायले सो बैठकमा विश्वमा आर्थिक विखण्डनको बढ्दो जोखिमबारे कडा चेतावनी दिएका छन्। 




सार्वभौमसत्ता सम्पन्न विश्वका लगभग दुई सय राष्ट्रले भूराजनीतिक प्रणालीमा अन्तरनिर्भर रहेर विश्वव्यापी अर्थतन्त्रलाई अगाडि बढाउनु भनेको आफँैमा आदर्शवाद हो। यो अनौठो गठजोड सन् १९३० ताका पतन भएको थियो र यो विभाजन दोस्रो विश्वयुद्धको अन्त्य ताकासम्म जारी थियो। तर यो आदर्शवाद मरिसकेको थिएन। 

सुरुदेखि नै, सुरक्षा चासोलाई अर्थतन्त्रबाट सकेसम्म अलग राखिएको थियो तर विशेषगरी सन् १९९० को दशकमा विचारधाराका हिसाबले आमूलरूपमा भिन्न शासन व्यवस्था भएका देशहरू विश्वव्यापी अर्थतन्त्रमा एकीकृत हुन थालेपछि यो झन् महत्वपूर्ण बनेको थियो।
आपसी सहमतिमा आधारित नियम, साझा अन्तर्राष्ट्रिय संस्था, पारस्परिक सहनशीलता र संकट व्यवस्थापनको आधारमा यसलाई त्यतिबेला पुनर्निर्माण गरिएको थियो। सुरुदेखि नै, सुरक्षा चासोलाई अर्थतन्त्रबाट सकेसम्म अलग राखिएको थियो तर विशेषगरी सन् १९९० को दशकमा विचारधाराका हिसाबले आमूलरूपमा भिन्न शासन व्यवस्था भएका देशहरू विश्वव्यापी अर्थतन्त्रमा एकीकृत हुन थालेपछि यो झन् महत्वपूर्ण बनेको थियो।

त्यसो हुँदाहुँदै पनि अहिले यो प्रणालीको स्पष्टरूपमा क्षयीकरण हुँदैछ र विश्वव्यापी आर्थिक एकीकरण उल्टो दिशातर्फ उन्मुख छ। मुद्रा कोषकी पहिलो उपप्रबन्ध निर्देशक गीता गोपीनाथले हालै भनेझैँ आर्थिक खण्डीकरणले व्यापारमा दूरगामी प्रभाव पार्न सक्छ। विशेषगरी यसले दक्षता लाभमा ह्रास ल्याउने र बृहत् वित्तीय अस्थिरताको जोखिम बढाउने मानिन्छ। यसैगरी खण्डीकरणले ग्लोबल साउथमा पुँजी प्रवाह घटाउन सक्छ र जलवायु कार्यसहित विश्वव्यापी सार्वजनिक वस्तुहरूको प्रावधानलाई झन् कमजोर बनाउन सक्छ।

भूमण्डलीकरण विस्तारै भएको परिघटना थियो तर सुरक्षा–प्रेरित चासोका कारण हाल भैरहेको विवैश्वीकरण प्रक्रियाले अन्ततः गम्भीर प्रणालीगत जोखिम निम्त्याउने प्रष्ट छ।
यस सन्दर्भमा, यो प्रवृत्तिलाई पाँच प्रमुख कारक तत्वले विश्वलाई झन् खण्डीकरणतर्फ डोहोर्‍याइरहेको मान्न सकिन्छ। पहिलो, बढ्दो भूराजनीतिक जोखिमले आपसी अविश्वास बढाएको छ र प्रणालीगतरूपमा महत्वपूर्ण रहेका राष्ट्रहरूलाई एकापसमा सहकार्य गर्ने इच्छाशक्तिलाई कमजोर पारेको छ। नीतिनिर्माताहरूले यसलाई स्वीकार नगरे पनि ताइवान संकट र जारी चीन–अमेरिकी प्रतिद्वन्द्विताले विश्वव्यापी आर्थिक प्रणालीलाई नराम्रोसँग तल झार्न सक्छ।

दोस्रो, विश्वका प्रमुख देशले सुरक्षा चासोलाई आर्थिक नीतिसँग जोड्न अनुमति दिइरहेका छन् र कतिपयले आफ्ना निवेश, पूर्वाधार र प्रविधिमा रहेको पहुँच सुरक्षित गर्न व्यापक कदम चाल्दैछन्। यो प्रवृत्तिलाई सजिलै बुझ्न सकिने भए तापनि यो विषयमा सम्बद्ध देशहरूले संयम अपनाउनुपर्ने देखिएको छ। भूमण्डलीकरण विस्तारै भएको परिघटना थियो तर सुरक्षा–प्रेरित चासोका कारण हाल भैरहेको विवैश्वीकरण प्रक्रियाले अन्ततः गम्भीर प्रणालीगत जोखिम निम्त्याउने प्रष्ट छ।

तेस्रो कारक भनेको अन्तर्निहित आर्थिक खण्डीकरणका कारण ग्लोबल नर्थ र ग्लोबल साउथबीच गहिरो दरार उत्पन्न भएको छ। विश्वका धेरै देशले कोभिड–१९ महामारीको विरासतसँग लडिरहेका र जलवायु परिवर्तनसँग लडिरहेका बेला विकासशील अर्थतन्त्रका अत्यावश्यक सार्वजनिक र निजी क्षेत्रको समर्थनमा नाटकीय हिसाबले कमी आएको छ। दशकौँदेखि विकसित अर्थतन्त्रसँग भैरहेको अभिसरण प्रक्रिया हाल अवरुद्ध भएको देखिन्छ र ग्लोबल साउथमा असन्तुष्टि बढ्दै गएको छ।

इतिहासमै पहिलोपटक आएका बाढी, जंगली आगो तथा खडेरी बढ्दै गएपछि, विश्वका कैयन् देशहरू आगामी केही वर्षमा अस्थिरताको जोखिममा धकेलिएका छन्। उनीहरूलाई विश्वव्यापी सुरक्षा सञ्जाल छैन। 
सन् २०२३ मा विकासोन्मुख देशहरूमा खुद वित्तीय प्रवाह नकारात्मक रहेको छ र सन् २०२४ मा यो प्रवृत्तिमा झन् ह्रास हुँदै गएको देखिएको छ। यही कारण धेरैजसो ग्लोबल साउथ देशहरू मुख्य भूराजनीतिक मुद्दामा पश्चिमलाई समर्थन गर्न अनिच्छुक वा अस्वीकार गरेको बुझ्न सकिन्छ। उदाहरणका लािग युक्रेनमा आक्रमण गरेका कारण रुसविरुद्धको प्रतिबन्धलाई लिन सकिन्छ।

खण्डीकरणले जलवायु जोखिम र प्रकोपहरूको द्रुत वृद्धिलाई पनि प्रतिविम्बित गर्छ। इतिहासमै पहिलोपटक आएका बाढी, जंगली आगो तथा खडेरी बढ्दै गएपछि, विश्वका कैयन् देशहरू आगामी केही वर्षमा अस्थिरताको जोखिममा धकेलिएका छन्। उनीहरूलाई विश्वव्यापी सुरक्षा सञ्जाल छैन। यसैबीच, हार्वर्ड विश्वविद्यालयका ड्यानी रोड्रिगले औंल्याएझैं, विश्वका कतिपय देश जलवायु परिवर्तनको चुनौती सम्बोधन गर्ने दिशामा भएका प्रगतिलाई गति दिनुको सट्टा हरित प्रविधिमा प्रभुत्व जमाउन प्रतिस्पर्धा गरिरहेका छन्।

जी–२० समूहको हालै अध्यक्षता गरेका इन्डोनेसियाली, भारतीय र ब्राजिलका अध्यक्षले भनेझैँ ग्लोबल साउथका राष्ट्र अन्तरनिर्भरता र विश्वव्यापी सुशासनका लागि प्रतिबद्ध रहेका छन्।
अर्काे कारक तत्व भनेको कृत्रिम बौद्धिकता (एआई)को तीव्र विकास हो। यो प्रविधिको विकास र नियमनमा विश्वव्यापी सहयोग हुनुपर्नेमा राष्ट्रिय प्रतिस्पर्धा चर्काे छ। एमआइटीका डारोन एसमोग्लु र साइमन जोन्सनले उल्लेख गरेझैँ एआईले रोजगारी सिर्जना गर्छ भन्ने कुरा सुनिश्चित गर्न नियम, नीति र संस्था आवश्यक हुन्छन्।

एआईका नियामक प्रयासमा ग्लोबल साउथको चासोलाई पनि समेट्नुपर्छ। विश्वव्यापी आर्थिक प्रणालीसँग अझै पनि लचिलो हुन सक्ने धेरै स्रोत र संभावना रहेका छन्।

जी–२० समूहको हालै अध्यक्षता गरेका इन्डोनेसियाली, भारतीय र ब्राजिलका अध्यक्षले भनेझैँ ग्लोबल साउथका राष्ट्र अन्तरनिर्भरता र विश्वव्यापी सुशासनका लागि प्रतिबद्ध रहेका छन्। यसबाहेक, निजी क्षेत्र अझै पनि अन्तरनिर्भरतामा आधारित छ। हामीसँग अझै पनि समर्पित अन्तर्राष्ट्रिय संस्थाहरू छन्, विश्वव्यापी शिक्षा सञ्जाल छ र विश्वव्यापी नागरिक समाज छ। तर आगामी दिनमा आउन सक्ने खतरालाई कम आँक्नु हुँदैन।

 मानव अस्तित्वमा समेत देखिएको जोखिम सम्बोधन गर्ने क्षमता विकासमा त झन् उनीहरूको प्रतिबद्धता देखिँदैन। तर इतिहास, आर्थिक सिद्धान्त र विद्यमान प्रमाणले यो प्रवृत्ति गलत हो भनेर प्रष्ट संकेत गर्दछन्।
आउने महिना र वर्षमा थप झट्का र संकटका शृंखला बढ्न सक्ने प्रबल संभावना छ। यो अवस्थामा विश्व नेतृत्वले प्रतिद्वन्द्वीलाई निस्तेज पार्न जस्तालाई त्यस्तै (टिट फर ट्याट) नीति अख्तियार गरेमा एकीकृत विश्वव्यापी अर्थतन्त्र झन् संकटमा धकेलिनेछ। यसले आर्थिक पीडासँगै आगामी दिनमा सामाजिक उथलपुथल हुन सक्ने र यसले साझा विश्वव्यापी नियमहरूको परित्यागको बाटो खुल्न सक्छ।  

हाल, जसरी विश्वका नेताहरू युद्ध, शक्ति संघर्ष, सामाजिक तनाव र राजनीतिक धुव्रीकरणतर्फ उद्यत छन्, उनीहरू एकीकृत विश्वव्यापी अर्थतन्त्रलाई बचाउनका लागि लगानी गर्न धेरै हदसम्म अनिच्छुक देखिन्छन्। मानव अस्तित्वमा समेत देखिएको जोखिम सम्बोधन गर्ने क्षमता विकासमा त झन् उनीहरूको प्रतिबद्धता देखिँदैन। तर इतिहास, आर्थिक सिद्धान्त र विद्यमान प्रमाणले यो प्रवृत्ति गलत हो भनेर प्रष्ट संकेत गर्दछन्। वैश्विक आर्थिक र वित्तीय प्रणाली आंशिकरूपमा मात्र पतन हुँदा पनि यसले ठूलो संकट निम्ताउनेछ। यसले वैश्वि क सार्वजनिक क्षेत्रमा हुने लगानीलाई पनि कमजोर बनाउनेछ।

यो सहयोगले सामूहिक सुशासनको सुनिश्चतता, एआइले निम्त्याउने जोखिम न्यूनीकरण, जलवायु परिवर्तनलाई सम्बोधन तथा विश्वव्यापी आर्थिक प्रणालीलाई पतन हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।  
आफ्नो देशमा बढ्दो आप्रवासका कारण चिन्तामा रहेका राजनीतिज्ञले हेक्का राख्नुपर्ने पक्ष के हो भने उनीहरूले जलवायु परिवर्तनसँग लड्न, मरुभूमीकरण रोक्न,  गरिबी घटाउनमा प्राथमिकता दिनुपर्दछ। त्यसो नगरेमा भविष्यमा मेडिटेरियन सागर पार गर्न चाहने भीड लाखौँको हुन सक्छ। हो, राष्ट्रिय सुरक्षा प्राथमिकतामा पर्नुपर्दछ तर सँगसँगै विश्वव्यापी सार्वजनिक वस्तुमा लगानी बढाउन आवश्यक छ। यो विषयमा प्रतिद्वन्द्वी राष्ट्रका बीच पनि संवाद हुन आवश्यक छ।  

यही उद्देश्य हासिल गर्न विश्वका नेताहरूले जि–२० समूह तथा अन्य बहुपक्षीय निकायहरूको सहयोग लिन सक्छन्। यो सहयोगले सामूहिक सुशासनको सुनिश्चतता, एआइले निम्त्याउने जोखिम न्यूनीकरण, जलवायु परिवर्तनलाई सम्बोधन तथा विश्वव्यापी आर्थिक प्रणालीलाई पतन हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।  

– बाड्रे विश्व बैंकका पूर्वप्रबन्ध निर्देशक हुन। तिबरघिन ब्रिटिस कोलम्बिया विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक हुन्।  

(प्रोजेक्ट सिन्डिकेटबाट) 
अर्को समाचार
विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा
२७ जेष्ठ २०८१
•
३ मिनेट पाठ
विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा
विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) को २१ औँ बैठक नेपालमा हुन लागेको छ। नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो।




आगामी ४ देखि ७ असारसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन्। आइडिएको २१ औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए।

अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो। नेपालले ६ वर्षअघि आइडिए–१९ बैठक काठमाडौँमा गर्न डिसीस्थित विश्व बैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रुपमा लविङ गरेको थियो।

उद्घाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ। समापनसत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन छन्। अर्थमन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेका छन्।

विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडिए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगा, बैंकको दोश्रो वरियताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, ९ उपाध्यक्ष र पाँच डाइरेक्टर वासिङटनबाट नेपाल आउँदैछन्। यस्तै विश्व बैंकका लागि दाता रहेका करिब ६० र साझेदार ९० भन्दा बढी देशका ३ सय बढी प्रतिनिधि बैठकमा सहभागी हुने सह–सचिव नेपालले जानकारी दिए।

सन् १९६० मा स्थापना भएको आइडिए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त  आर्थिक विकासमा पछि परेका मुलुकहरुका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो।

आइडिएले न्यून र मध्यम आय भएका विश्वसका ७५ भन्दा बढी मुलुकहरुमा सहायता उपलब्ध गराउँदै आएको छ। आइडिएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ।  यसपटक बैठकको प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ।

सहसचिव नेपालले यो स्तरको बैठकस्थलका लागि नेपाल छानिनु खुसीको कुरा भएको बताए। उनले साझेदारहरुसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरुका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्वपूर्ण हुने उल्लेख गरे।

कार्यक्रमबाट नेपाललाई कुटनीतिक लाभसमेत मिल्ने विश्वास सरकारले लिएको छ। बैठकमा आगामी तीन वर्ष आइडिएले गर्ने प्रमुख कार्यका साथै आर्थिक विकासमा उत्पन्न श्रोतको सीमा लगायत विषयमा छलफल हुनेछ।

बैठकपछि अध्यक्ष बंगासहित उच्च अधिकारीहरू काठमाडौँ उपत्यका आसपास विश्व बैंकसहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न ९ आयोजनाको स्थलगत निरीक्षणमा जाने तयारी छ।

गत वैशामा सम्पन्न तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँगको भेटमा अर्थमन्त्री पुनले बैठक तयारीबारे छलफल गरेका थिए। त्यसअघि मन्त्री पुनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन वैशाख पहिलो साता अमेरिका गएका बेला वासिङ्टन डीसीस्थित विश्व बैंक मुख्यायमा भएको भेटमा बैंकका उपाध्यक्षद्वय अकिहिको निसियो र ग्वाङ्जे चेनसँग भेटमा पनि आइडिए बैठकबारे कुराकानी गरेका थिए।

हरेक तीन वर्षमा हुने आइडिएको २०औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो। सो बैठकमार्फत विकास साझेदारहरूको विश्वव्यापी गठबन्धनले न्यून आय भएका देशहरूलाई कोभिड १९ महामारीको सामना गर्न र हरियाली प्रवद्र्धनमार्फत कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेको थियो।

विश्व बैंकले संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत आयोजना र ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा लगानी गर्दैछ।
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १४ सेकेन्ड अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस