मेरा पत्रकार मित्रका पिताको माओवादीले 'जनयुद्ध' कालमा व्यर्थमा ज्यान लिए । त्यसैले उनमा माओवादीप्रति घृणा र वितृष्णा हुनु स्वभाविकै हो । तर यी पत्रकारलाई तब सही नसक्नु भयो जब सम्पूर्ण नेपालीको भावना लत्याउादै नेपाली कांग्रेसका वयोबृद्ध नेताले आफ्नी छोरीलाई परराष्ट्र मन्त्रीको पद दाइजो दिए । गत साता यो खबर सुन्ने बित्तिकै उनको मुखबाट अनायास निस्क्यो, "यस्ताले भन्दा त बरु मेरो बाउ मार्नेले नै शासन गरुन् ।" ती पत्रकारको आवेग एउटा दृष्टान्त हो जनता कति आहत भए भन्ने । तर कोइराला बाउछोरीका लागि जनभावना तीलको दाना बराबर भएन ।
अहिले लोकतन्त्रको शिर नुहेको छ । राजनीतिक दलका नेताको अगस्ति व्यवहारबाट पहिले प्रजातन्त्रको शिर पनि यसरी नै नुहेको थियो । सत्तामा पुग्न जस्तोसुकै चाकरी, चाप्लुसी गर्न र भेटी चढाउन र हसुर्न पछि नपर्ने नेताको कर्तुतले जनतामा प्रजातन्त्रका बारेमा भ्रम पार्न एकतन्त्रवादका पृष्ठ पोषक सफल भए । अतिवामपन्थी र राजावादी दक्षिणपन्थी शक्ति एक अर्काविरुद्ध संघर्ष गर्ने बहानामा प्रजातन्त्र मास्ने काममा लागे र सफल पनि भए । प्रजातन्त्र मास्ने अन्तिम अश्त्र राजाले प्रहार गरे र आफैा पनि मासिए । अब माओवादी लोकतन्त्र मास्न उद्यत छन् । लोकतन्त्रवादी भनिने नेताहरूको यस्तै चाला रहने हो माओका अनुयायी आफ्नो अभीष्ट साध्न सफल हुनेमा कमै शङ्का छ । कालान्तरमा उनीहरूको के गति हुन्छ समयले नै बताउला ।
बूढो रुखका प्रतिनिधी पात्र बूढा र छोरीलाई मात्र दोष दिन मिल्दैन लोकतन्त्रको शिर नुहाउने कार्यका लागि । दलको आन्तरिक व्यवस्थापन पूर्णतः हैकमवादी शैलीमा चलेको दशकौंसम्म पनि गिरिजाप्रसाद कोइरालाका सामु विरोधको एक शब्द बोल्न नसक्ने सुशील कोइराला, रामचन्द्र पौडेल, रामशरण महत, अर्जुन नरसिंह के.सी., शेखर कोइराला सबै त्यतिकै दोषी छन् । कार्यवाहक सभापति सुशील कोइरालाले या त उनका सान्दाइको निर्णयको सदाझैा अघि बढेर स्वागत गर्नुपथ्र्यो या खुल्लारूपमा विरोध गर्न सक्नुपथ्र्यो । जिन्दगी भर 'त्वं शरणंम्'को राजनीति गरेका यिनले अब जीवनको उत्तरार्द्धमा पनि केही नगर्ने हो भने कसरी जीवन्त रहला यिनको लोकतन्त्र प्रतिको त्याग र लगानी ? रामचन्द्र, रामशरण, अर्जुन, शेखर आदि कुन मुखले जनसर्वोच्चता र लोकतन्त्रको कुरा गरेर भविष्यमा नेपाली कांग्रेसलाई निर्देश गर्लान् र जनतासाग भोट माग्लान्? नेपाली कांग्रेसले साँच्चिकै जनतालाई स्वतन्त्रता र प्रगतिको प्रत्याभूति गर्नसक्छ भन्नेमा शंका बढ्दै छ जनतामा ।
शेरबहादुर देउवाले कुनै जमानामा पुलिसको कुटाइ खाए होलान्, लोकतन्त्रका लागि कस्सिएर लडे पनि होलान् तर त्यसको ब्याज अलोकतान्त्रिक कदमलाई सहयोग गरेर पाइादैन । सुजाता प्रकरणमा कोइरालाले देउवालाई संसदीय दलको नेताको वा भविष्यमा सभापतिकै लोभ देखाएर चुप लगाएको प्रष्टै बुझ्न सकिन्छ । बारम्बार राजाबाट तिरष्कृत हुादै सत्तारूपी लड्डु खाँदै गर्ने देउवा चरित्रको कारण उनीबाट लोकतन्त्रका लागि गर्व गर्नुपर्ने सबल कदमको कसैले अपेक्षा गरेका छैनन् । त्यसैले उनलाई भन्नु पनि केही छैन ।
लोकतन्त्रको खिल्ली उडाउने कार्यमा लागेका मधेशवादी दलको व्यवहारले त झनै मन कुाढिएको छ । सरकारलाई समर्थन दिने कि नदिने भन्ने कुरा केका आधारमा निर्धारण गर्ने? जनचाहनामा कि नेताको चाहनामा? के फोरमका मतदाता र त्यस दललाई समर्थन गर्ने जनता उपेन्द्र यादवको नेतृत्वमा फोरम सरकारमा गए लोकतन्त्रवादी हुने र उनी जान नपाए माओवादी हुने हुन्? के विजयकुमार गच्छेदार र उपेन्द्र यादवले जनभावनाको कदर गर्नुपर्दैन ? उनीहरूलाई केका लागि जनताले मत दिएका हुन्? लोकतन्त्रका लागि हो भने सोहीअनुसारको व्यवहार हुनुपर्यो, हैन भने उस्तै रूपमा प्रस्तुत हुनुपर्यो । अहिले फोरम फोर्ने कि नफोर्ने विवादमा अल्झेर लोकतन्त्र र जनभावनाको खिल्ली उडाउन पाइन्न ।
लोकतन्त्रको शिर झुकाउने काममा एमाले सधैा अग्रस्थानमा नै छ । एमाले नेताका स्वार्थी र अल्पदृष्टिले गत चुनावमा जनताबाट सजाय पाए पनि तिनको मति फेरिएको देखिादैन । माधव नेपाल र झलनाथ खनाल ककस्लाई मन्त्री बनाउने भन्नेमा १६ दिनसम्म अल्भिmरहेका छन् । मन्त्री बनाउन पनि दलमा कुरो मिल्दैन भने यिनीहरू जनताको हितमा कस्सिएलान् भनेर कसरी विश्वास गर्ने ?
माओवादी त झन् लोकतन्त्रलाई नै गलत साबित गर्न लागिपरेकै छन् । उनीहरू सडकमा आउनेबित्तिकै स्वतन्त्रताको नाममा अराजकता र उद्दण्डताले ताण्डव नृत्य देखाउन थालिसक्यो । गत शनिबारकै उदाहरण लिउँ, चाबहिलमा मोटरसाइकल र ट्रक ठोक्किएर दुई व्यक्तिको मृत्यु भयो । त्यसमा कस्को दोष थियो, कसलाई कारबाही भयो वा भएन केही मतलब छैन आतङ्क मच्चाउन आएका बेरोजगार युवालाई । साना स्कुले नानी सबार बसमा अन्धाधुन्ध ढुङ्गा बर्साए केहि उद्दण्ड व्यक्तिले । छेवैमा प्रहरी मुकदर्शक बनिरहृयो । किन चाबेलको घटनाले तीन तीन दिनसम्म यस्तो उग्ररूप लिइरहेको छ? के माओवादी सरकारबाट बाहिरिएकाले मात्र यस्तो भएको हो ?
एउटा हातमा रातो झण्डा बोकेर आएपछि अर्को हातले जहाँ ढुङ्गो बजारे पनि हुन्छ भन्ने मानसिकताग्रस्त युवा पिढीलाई कसरी सही बाटोमा ल्याउलान् यी चिट्ठामा प्रधानमन्त्री पद पाएका माधव नेपालले? यत्रो दिनसम्म कसलाई गृहमन्त्री बनाउने भन्ने टुंगो लगाउन नसके पनि यस्तो सानोतिनो घटनामा प्रहरीका आईजिपीलाई फोन गरेर कडा निर्देशन दिन त सक्नुपर्ने हो नि उनले ।
के हामी नेपाली कुनै न कुनै प्रकारको फौजी सर्वोच्चता नभईकन अनुशासनमा बस्न नसक्ने जनता हौं ? के हाम्रा नेतामा कहिल्यै त्याग, बलिदान र देशको लागि निस्वार्थ काम गर्ने सोच नपलाउने नै हो? नेपाली जनताले आफ्नो ज्यान बलिदान गरेर ल्याएको लोकतन्त्र अहिले शिर नुहाएर बसेको छ भने हजारौं मानिसको रगत बहाएर पनि असफलता हात परेपछि लोकतन्त्रको बुई चढेर देशमा हावी हुन पुगेको माओवादी शक्ति भने आफ्नो विगतप्रति कुनै संकोच र ग्लानि नलिई लोकतन्त्रलाई पछार्ने दाउमा छन् । लडाइामा पिल्सेका जनता भने यता न उता परेका छन् । तपाई चाहिँ कता ?