काठमाडौंको चाबेल क्षेत्रमा शनिबार सबारी दुर्घटना भएपछि विवाद उत्पन्न भयो । स्थानीयबासीले प्रदर्शन गरे । विरोधको तारो सबारी साधनलाई बनाइयो । त्यही क्रममा सुकेधारास्थित साइपाल एकेडमीका साना विद्यार्थी चडेका माइक्रोबसमा पनि क्रूरतापूर्वक आक्रमण गरियो । युकेजी, कक्षा १ र कक्षा ३ का विद्यार्थीसागै एक जना शिक्षक पनि घाइते भए । चालकले स्कूल बस हो भनेर सम्झाउँदा पनि आक्रमणकारीले सुनेनन् । साना बालबालिका देख्दादेख्दै पनि उनीहरूलाई चोट लाग्ने गरी ढुंगा हान्ने व्यक्ति र प्रवृत्तिको जति निन्दा गरे पनि पुग्दैन । संगठितरूपमा यस्ता अमानवीय र क्रूर व्यवहार गर्नेको संरक्षण गर्ने दल र तमासा हेरेर बस्ने प्रशासन पनि निन्दाका पात्र छन् ।
स्कुले नानी चडेका गाडी तोडफोड गरेर बालबालिकालाई आतंकित बनाउने कार्य अराजकता, दण्डहीनता, अमानवीयता र क्रूरताको पराकाष्ठा हो । त्यस्तोमा पनि प्रहरी प्रशासन मुकदर्शक बन्नु झन् बढी आपत्तिजनक विषय हो । यस्तै नेताको स्वागत निम्ति विद्यालयै बन्द गरेर विद्यार्थी लैजानु पनि अनुत्तरदायी प्रवृत्ति हो । बालअधिकार हननका यस्ता आपत्तिजनक घटनालाई सामान्य मान्ने दल, सरकारी संयन्त्र र नागरिक समाजको निरपेक्षता पनि लाजमर्दो कलंक हो । दुःखको कुरा, समाजमा यस प्रकारको निस्पृहता व्याप्त छ ।
नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालको स्वागतका लागि बाराको निजगढ क्षेत्रका १२ वटा विद्यालय बन्द गराएर विद्यार्थी बटुलियो । यस्तै एनेकपा (माओवादी)ले आन्दोलनमा साना बालबालिकालाई प्रयोग गर्दै आएको छ । राजनीतिकर्मीको दबावमा विद्यालय बन्द गराउने र बालबालिकालाई आन्दोलनमा प्रयोग गर्ने गरिएको हुन्छ । कुनै पनि प्रकारको जोखिममा पर्ने काममा बालबालिकालाई प्रयोग गर्नु दण्डनीय अपराध हो ।
सरकारले बालअधिकार महासन्धिमा हस्ताक्षर गरेको छ । यसैले महासन्धिमा उल्लेख गरिएका प्रावधान पालना गराउने राज्यको दायित्व हो । साथै अन्तरिम संविधान, २०६३ अनुसार पनि बालबालिकालाई जोखिमबाट जोगाउनु पर्ने सरकारको दायित्व हुन्छ । दलहरूले पनि पटकपटक बालबालिकालाई शान्ति क्षेत्र मान्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तैपनि राजधानीको मध्यभागमा दिउासै साना बालबालिका सबार विद्यालयका बसमा निर्मम आक्रमण हुादा राज्यको सुरक्षा संयन्त्र तमासा हेरेर बस्नु गैरजिम्मेवारीको पराकाष्ठा हो । यस्तै जेठको घाममा बालबालिकालाई घन्टौं उभ्याएर नेताको स्वागत गराउने र स्वागत ग्रहण गर्ने राजनीतिकर्मी तथा तिनका मतियार शिक्षक पनि चरम अनुत्तरदायी हुन् ।
अब त अति भयो । यस्तै क्रूरता बालबालिकाले सहिरहन पर्ने हो भने राज्यले बालअधिकार महासन्धिलगायतका मानव अधिकार प्रावधानप्रति प्रतिबद्धता व्यक्त गर्नु व्यर्थ हुन्छ । सरकारका उच्चअधिकारीमा अलिकति पनि संवेदनशीलता छ भने चाबेलमा साना नानी सबार मोटरमा आक्रमण गर्नेलाई कारबाही गरेर प्रमाणित गरुन् । यस्तै बारामा नेताको स्वागत गर्न विद्यार्थी पठाउने विद्यालय बन्द गर्ने शिक्षक माथि पनि कारबाही गरेर राज्यले बालबालिकाविरुद्धका यस्ता व्यवहार सहादैन भन्ने प्रमाणित गर्नुपर्छ ।