अद्भुत कलाका धनी अप्रतिम भगवान् श्रीकृष्ण
१० भदौ २०८१
•
८ मिनेट पाठ
अद्भुत कलाका धनी अप्रतिम भगवान् श्रीकृष्ण
आजभन्दा हजारौँ वर्षअघि भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा जन्मिएका कृष्णको वैदिक सनातन धर्ममा सर्वोच्च स्थान छ। विश्वभरिका सनातन धर्मावलम्बीले कृष्ण जन्मिएको पावन तिथिलाई कृष्णाष्टमीका रूपमा हर्षोल्लासका साथ मनाउने गर्छन्। यतिखेर कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ। धुमधामका साथ पूजाअर्चना गर्दै उनको  आराधना गरिन्छ।




अद्भुत कला, असीम पुरुषार्थ र परमार्थले भरिएका कृष्ण सर्वत्र वन्दनीय र पुजनीय छन्। उनी सनातनीहरू माझ कन्हैया, माधव, श्याम, गोपाल, द्वाराकेश, द्वारिकाधीश आदि नामले चिनिन्छन्। सिङ्गो भारतवर्षमा सबैभन्दा अधिक र प्रसिद्व मूर्ति उनकै छ। श्रीकृष्ण संसारभरिका मानिसद्वारा अत्याधिक रुचाइएका अप्रतिम भगवान हुन् । उनी देश, धर्म, सम्प्रदायबाट माथि उठेका सर्वमान्य पुरुष हुन्। आज विश्वमा सबैभन्दा बढी शोध उनैमाथि भइरहेछ।

‘कृष्ण’ नामबारे अनेकौंँ व्याख्या छन्। ‘कृष्ण’ नाममा भएको ‘क’ कारले ब्रह्माको वाचकलाई बुझाउँछ।  ‘ऋ’ कार र  ‘ष’ कारले शेषनाग र  शिवलाई बोध गराउँछ भने ‘ण’ ले धर्मलाई सङ्केत गर्छ। त्यस्तै ‘विसर्ग’ नारायणको बोधक हो। कृष्ण परब्रह्म, परमात्मा हुन्, भक्तिका दाता हुन्। त्यसैगरी कृष्ण नामको ‘क’ ले  कमलकान्त, ‘ऋ’ ले  राम, ‘ष’ ले शेषनागको शय्यामा निवासी विष्णु, ‘ण’ ले नरसिंहलाई बुझाउँछ। यी पूर्णतत्त्व, जुन महामन्त्ररूपी शब्दमा समाहित छ, वास्तवमा त्यही कृष्ण नै हो।

भगवान् विष्णुका आठौँ अवतारका रूपमा द्वापर युगमा जन्मिएका कृष्णलाई सनातन धर्ममा त्यस युगका सर्वश्रेष्ठ पुरुष, युगपुरुष, युगावतारको स्थान दिइएको छ। कृष्ण आदर्श दार्शनिक, निष्काम कर्मयोगी, स्थितप्रज्ञ दैवी गुणले सुसज्जित महापुरुष थिए। योगेश्वर कृष्णका समकालीन कृष्ण द्वैपायन व्यासले कृष्णको चरित्रबारे श्रीमद्भागवत र महाभारतमा विस्तृत रूपमा उल्लेख गरेका छन्। 

कृष्ण वसुदेव र देवकीका आठौँ सन्तानका रूपमा मथुराको कारागारमा जन्मिएका थिए। देवकी कंसकी बहिनी थिइन्। कंस अत्याचारी राजा थियो। जब ऊ आफ्नी नवविवाहित बहिनीज्वाइँलाई रथमा चढाएर घर पु¥याउन जाँदै थियो, तब आकाशवाणी भयो, “देवकीको आठौँ गर्भबाट तेरो मृत्यु हुने छ।” यो सुन्नेबित्तिकै उसले बहिनीलाई मार्न तरबार उठायो। तब वसुदेवले बिन्ती गरे, “देवकीबाट जति सन्तान जन्मिन्छन्, ती सबै बुझाउँला तर आफ्नी बहिनीलाई नमार्नू।”

कंसले वसुदेवको प्रतिज्ञा स्वीकार ग¥यो र  उनीहरूलाई मथुराको कारागारमा बन्दी बनायो। कारागारमा देवकीका जति सन्तान जन्मिए, सबैलाई कंसले हत्या ग¥यो। देवकीको सातौँ गर्भ देवी योगमायाले भगवान् विष्णुको आज्ञानुसार वसुदेवकी दोस्री पत्नी रोहिणीका गर्भमा सारिदिइन्। जब कृष्णको जन्मको दिन आयो, भगवान् विष्णु प्रकट भएर देवकीलाई आफू उनका छोराको रूपमा जन्म लिन लागेको रहस्य बताए। साथै उनले त्यतिखेर सारा पहरेदार निद्रामा मस्त हुने तथा वसुदेवका हतकडी आफैँ खुल्ने पनि जानकारी दिए।

आफूलाई टोकरीमा राखेर गोकुल पु¥याउने र नन्दका घरमा भर्खरै जन्मिएको कन्या मथुरा लिएर आउन वसुदेवलाई सल्लाह दिए। भगवानुले भनेअनुसार भदौ अष्टमी तिथि, रोहिणी नक्षत्रका बेला मथुराका कारागारमा कृष्णको जन्म भयो। उनकै लीलानुरूप वसुदेव र देवकी हतकडी मुक्त भए। वसुदेवले टोकरीमा राखेर गोकुल लिएर जाँदै गर्दा भदौरे भेलले यमुना नदी उर्लिरहेकी थिइन्। जब यमुनाले कृष्णको दर्शन गरिन्, तब वसुदेवका निम्ति बाटो खुला गरिदिइन्।

नागहरूले आफ्ना फणाले कृष्णलाई पानीले नभिजाओस् भनेर  ओत दिए। केही समयमा नै वसुदेव यशोदाका काखमा सुतिइरहेकी कन्यालाई उठाई कृष्णलाई त्यहाँ सुताएर मथुरा फर्के। कन्यालाई देवकीका काखमा सुताई वसुदेव  पूर्ववत् कारागारमा बन्दी भएर बसे। केही क्षणमा बालिका रोएको आवाजले पहरेदारका निद्रा खुले र तिनले कंसलाई खबर गरे। अरू बालकलाई झैँ जब कंसले बालिकालाई भुइँमा पछारेर मार्न खोज्यो, तब ती बालिकाले आकाशमा उड्दै भनिन्, “हे पापी, तैंँले मलाई के मार्लास् रु तँलाई मार्ने गोकुलमा पैदा भइसकेको छ।”  उनी योगमाया थिइन्।  यसले कंसका मनमा चिसो पस्यो। उसले कृष्णलाई मार्न अनेकौँ उपाय लगाए पनि  सबै असफल भए।

कृष्णको बाललीला बयान गरी साध्य नै छैन। दही चोरी, पुतना बध, वत्सासुर–वकासुर–लम्बासुर–केशी बध, गोवद्र्धन धारण, गोपिका चीरहरण, कालीय दमन आदि हुन्।  कृष्णका चमत्कारका कथा लोकमा त्यति नै प्रसिद्ध छन्। उनले माता यशोदालाई आफ्ना मुखको सारा ब्रह्माण्ड देखाएका थिए। उनले सान्दिपिनी ऋषिका छोरालाई यमराजका मुखबाट फिर्ता ल्याएका थिए भने मथुराकी कुप्री कुब्ज सुन्दरीलाई लक्षणबाटै ठिक गरेका थिए। उनले इन्द्रको अहङ्कार चुर गर्न औँलाले पर्वत उठाएका थिए। बर्बरिकको शिर काटेर एक स्थानविशेषमा राखेका थिए जहाँबाट युद्ध देख्न सकियोस्। जयद्रथ बधका समयमा आफ्नो मायाले समयपूर्व नै सूर्यास्त गराएका थिए भने अभिमन्युकी श्रीमती उत्तराका गर्भमा हुर्किरहेको परीक्षितलाई पुनः जीवित गरेका थिए। उनका यस्ता धेरै चमत्कारका कथा छन्।

आफ्ना सौर्यले कृष्णले कंसका दरबारका चारूण, मुष्टिक आदि वीरहरूलाई पनि परास्त गरे, अत्याचारी बर्बर कंसलाई मारेर मातापिता र मावलीका पितामह उग्रसेनलाई कारागारबाट मुक्त गरे। उनले मथुरा र गोकुलमा धर्म, न्याय र समताको शासन स्थापना गरे।

‘महाभारत’ मा पनि उनले नायकत्वको भूमिका निर्वाह गरे। उनले भारीसभामा द्रौपदीको चीरहरण हुँदा सारी रूप धारण गरेर द्रौपदीको इज्जत बचाए। पाण्डव र कौरवको लडाइँमा आफूले हतियार नचलाउने सर्तमा पाण्डव पक्षका सारथी भएर काम गरे।  त्यही युद्धका दौरानमा पूर्वीय धर्म र दर्शनको महाग्रन्थ ‘गीता’ जन्मियो। यसमा ‘महाभारत’ को युद्धका बिच अर्जुन र कृष्णको संवादको बयान छ श्रीमद्भागवत ‘गीता’ को उत्पत्ति श्रीकृष्णका मुखबाट भएको थियो। यसलाई महर्षि वेदव्यासले श्लोकका रूपमा ग्रन्थमा वर्णन गरेका छन्। ‘

'गीता’ ले हाम्रो जीवनका मार्गमा आउने विपत्तीबाट उम्कनका निम्ति मार्गप्रशस्त गर्छ। यसमा मुख्य रूपमा ज्ञानयोग, कर्मयोग र भक्तियोगलाई महत्त्व दिइएको छ। ‘महाभारत’ को १८ पर्वमध्ये भीष्म पर्वको एक हिस्सा हो गीता। यसमा कुल १८ अध्याय छ। तिनको कुल श्लोक ७०० छ। वेदको सार उपनिषद् हो। उपनिषद्को सार ‘गीता’ हो। उपनिषद् गाई हो भने ‘गीता’ दुग्धधारा।  

यसमा सृष्टिको उत्पत्ति, जीव विकासको क्रम, हिन्दू सन्देशवाहको क्रम, मानवोत्पत्ति,  योग, धर्म, कर्म, ईश्वर, भगवान्,  देवीदेवताको उपासना, प्रार्थना, यम, नियम, अन्तरिक्ष, जीवन प्रबन्धन, राष्ट्र निर्माण, त्रिगुणको सङ्कल्पना, सबै प्राणीमा मैत्रीभाव आदिको चर्चा छ, अनेकौँ योगहरूको वर्णन छ। पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौँ छैटौँ, सातौँ, आठौंँ, नवौँ, दसौँ, एघारौंँ बाह्रौँ,  तेह्रौँ, चौधौंँ, पन्ध्रौँ, सोह्रौंँ, सत्रौंँ र  अठारौंँ अध्यायमा क्रमशः विषाद, साङ्ख्य, कर्म, ज्ञान,  ज्ञान कर्मसन्न्यास, आत्मसंयम योग, ब्रह्म, राजविद्याराज, विभूति, दैवासुत्स्म्द्वि, श्रद्धा विभाग, मोक्ष सन्न्यास योग आदिको चर्चा छ।

आफ्ना बन्धुबान्धव देखेर युद्धदेखि डराएका अर्जुनलाई साङ्ख्य योगमा युद्धदेखि भाग्नु कायरताको संज्ञा दिँदै आत्माको अमरताबारे बताइएको छ। कर्म योगमा कर्मको गम्भीर विवेचना हुनाका  साथै अनासक्त भावको निरुपणको उपाय बताइएको छ। ज्ञान कर्म सन्न्यास योगमा सगुण भगवान्को प्रभाव, कर्म योगको विषय, योगी महात्मा पुरुषको आचरण,  तिनीहरूको महिमा आदिको चर्चा हुनाका साथै पृथक् यज्ञको फलबारे दर्साइएको छ। सारमा यी योग कसरी स्थितप्रज्ञ बन्ने र मोक्ष प्राप्ति गर्ने भन्ने विषयमा केन्द्रित छ। यी योगहरू योगेश्वर कृष्णका वाणी हुन्। ‘गीता’ का प्रत्येक श्लोकमा ज्ञानका प्रकाशहरू छन् जसले अज्ञानको अन्धकार नष्ट पारेर उज्यालोको मार्गमा हिँडाउँछ र मानिसलाई परमपदको अधिकारी बनाउँछ।

कृष्ण चरित्रमा जति पनि चमत्कारका कथा छन्, त्यसको सतहीभन्दा पनि प्रतीकात्मक अर्थ छन्। कृष्णले औंँलामा गोवद्र्धन पर्वत उठाएको कथा झट्ट सुन्दा मानिसले प्रश्न उठाउन सक्छन्–के औंँलामा पनि पहाड उठाउन सकिन्छ र रु तर यसको साङ्केतिक अर्थ छ। गोवद्र्धन पर्वत उठाउनाको अर्थ हो– कृषिमा क्रान्ति ल्याएर गोवंशको रक्षा गर्नु। उनको उद्देश्य भनेकै लक्ष्मी माताको प्रतीक गौमाताको रक्षा गर्नु थियो । गोवंशको रक्षा नभई कृषि युग अगाडि बढ्न सक्दैनथियो। उनले गोवद्र्धन उठाए भन्नाको अर्थ हो, उनले गाईको रक्षा गरेर कृषि युगलाई अगाडि बढाए। यस्तै कालीय दमनको कथाको पनि साङ्केतिक अर्थ छ। कालीय नाग रूपक हो। कृष्णले संसारलाई आतङ्कित पारेको कालीय नाग दमन गरे। कालिय नागको प्रवृत्ति मानिसभित्र पनि छ। हामी आफूभित्रको क्रोध, अहङ्काररूपी कालीय नागमाथि जब विजय प्राप्त गर्छौँ, तब हामी श्रीकृष्ण प्राप्त गर्छौँ। यसको अर्थ यही हो।

कृष्णको हातको सुदर्शन चक्रको विम्बात्मक अर्थ हो ––आत्मचक्र। यो एउटा आफैँसँग साक्षात्कार गरिने आत्मसाक्षात्कार हो।  सुदर्शन ‘सु’ र ‘दर्शन’  भन्ने शब्दले बनेको छ। ‘सु’ भनेको राम्रो र ‘दर्शन’  भनेको दृष्टिकोण हो। जब हामीभित्र खराब दृष्टिकोण अन्त्य भएर असल दृष्टिकोण बन्न थाल्छ, तब हामी सुदर्शन प्राप्त गर्छौैँ। त्यसले कृष्णले दुष्टलाई नाश गरे झैंँ हामीभित्रको दुष्टता नाश गर्छ। त्यो आत्मसाक्षात्कारबाट सम्भव छ।

कृष्णसँग जोडिएका अरू धेरै कथाका प्रतीकात्मक अर्थ छन्। भनिन्छ, भगवान् कृष्ण सोह्र अध्यात्मिक, चौध विद्या, चौँसट्ठी सांसारिक कलामा पारङ्गत थिए। त्यसैले उनी जगन्नाथ, जगद्गुरू कहलिन्छन्। उनी आफूलाई भगवानभन्दा पनि मित्र, सखा भन्न रुचाउँथे। उनले सधैँ मित्रतालाई नै महत्त्व दिए। चाहे सुदामा हुन्, अर्जुन हुन्, सबैलाई उनले साथीका रूपमा हेरे। उनले आफ्ना महत्त्वपूर्ण ज्ञान बाँडे। उनको सबैभन्दा बढी मित्रता ब्राह्मण सुदामासँग थियो। आफ्नो दरिद्रताका कारण सुदामा कृष्णलाई भेट्न हिचकिचाइरहेका थिए। जब उनले कृष्णलाइ भेटे, उनी भावविभोर भए। भनिन्छ, त्यतिखेर कृष्णले आफ्नै आँसुले सुदामाको पाउ धोएका थिए।

उनका माध्यमबाट द्रौपदी, राधा, रुक्मिणी, सत्यभामा,  गोपीलगायत हजारौंँ महिलालाई मोक्ष प्राप्ति भयो। केही विधर्मीहरू कृष्णका सोह्र हजार रानी थिए भनेर उनको चरित्रमाथि प्रश्न उठाई बौद्धिक विलास गर्छ्न् तर यथार्थ बिल्कुल फरक छ। सोह्र हजार त उनका भक्त मात्र थिए। उनी त आफ्ना बालसखा राधा र आफ्ना पत्नीलाई मात्र  प्रेम गर्थे। राधालाई माता लक्ष्मीको अवतार पनि मानिन्छ।

श्रीमद्भागवतमा उनको विराट् स्वरूपको पनि चर्चा आउँछ। उनले आफ्नो त्यो स्वरूप अक्रूर, उद्वव, राजा मुचुकुन्द, शिशुपाल, धृतराष्ट्रको सभामा देखाएका थिए। अद्भुत कला, अविश्वसनीय चमत्कारले भरिएका कृष्ण सनातन धर्मका आधारतम्भ र अप्रतिम भगवान हुन्।  कृष्णाष्टमीका अवसरमा कृष्णप्रति शतशत नमन–“श्रीकृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव”  

(लेखक राममणि सिटौला नेपाली लोकसाहित्य र संस्कृतिका जानकार हुनुहुन्छ) 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस