जेठ १४ गते मध्यराति भएको प्रख्यात तीनबुँदे सहमतिको तीन साता नबित्दै विश्वकप फुटबलमा पोर्चुगलले उत्तर कोरियाविरुद्ध सात गोल गरेपछि कांग्रेस-एमाले गठबन्धनको ऊर्जा र उत्साह निकै बढेको छ।
प्रकटमा प्रधानमन्त्री माधवकुमार नेपालले आफू तीनबुँदे सहमतिअनुसार राजीनामा गर्न तयार रहेको बताउनुभए पनि, त्यस पदमा पुग्न लाइनमा खडा एमालेका विजयी अध्यक्ष झलनाथ खनाल र पराजित अध्यक्ष खड्गप्रसाद ओली, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र संसदीय दलका निर्वाचित नेता रामचन्द्र पौडेल, चारै जनालाई माधवजीको हुन्न भन्दै नभन्ने चिन्तन शैली र अभ्यन्तरको इच्छाको राम्रो ज्ञान छ।
यसबाहेक, प्रधानमन्त्रीका रूपमा माधवजीले अघिल्लो सातामात्र 'नयाँ मन्त्री आउनेबित्तिकै जुत्ताको तुना समातेर चाकरीमा पुगिहाल्ने' सरकारका सचिवहरूको झाँको झार्नुभएको छ। 'सचिव, विभागीय प्रमुख, कार्यालय प्रमुखलगायत अमूक व्यक्तिको राजधानीमा दस वटासम्म घर, सोही अनुपातमा मोटर कहाँबाट आए?' यो कुरा पत्ता लगाउने ठूलो जाँगर चलेको छ उहाँमा। त्यसैले पनि, एमालेका नेताहरूले तत्काल उहाँको निर्गम सोच्नु त्यति उपयुक्त हुने छैन।
माधव नेपालको भाग्यमा सत्ताको मखमली फूल जगमगाएको देखेर संविधान सभा र पार्टी दुवैतिर निर्वाचन जितेर आउनुभएका झलनाथ खनालमा ईर्ष्या र कुण्ठा पलाउनु अस्वाभाविक होइन। तर, नेपालजस्तो सानो, गरिब र अनकण्टार देशको राजनीति जनताको भोटबाट भन्दा व्यक्तिको भाग्यबाट निर्देशित हुने उदाहरण अब स्थापित भइसकेको छ। त्यसैले खनाल यतिखेर मध्यरात्रिको सहमति कार्यान्वयन हुने पाचक बाँड्दै दिनगन्तीमा लाग्नुभएको छ। खनाललाई थाहा छ, सहमतिको पाचक डेट एक्सपायर्ड छ। अर्कोतिर, खड्गप्रसाद ओली आफनो भाग्यमा लागेको काई सफा गर्दै हुनुहुन्छ। यस्तो लाग्छ, उहाँको भाग्यमा लागेको काई निकै बाक्लो छ।
यतिखेर, कसैले सोचेर वा चाहेरमात्र राजनीति गतिशील हुने देखिन्न। आफनै नेतृत्वमा सहमतिको सरकार निर्माणका लागि माओवादी पार्टीले गरेका गठबन्धन सरकारविरुद्ध विभिन्न निर्णय र आन्दोलनहरू प्रकारान्तरले प्रधानमन्त्री माधव नेपालकै पक्षमा गएका छन्। गएको शुक्रबार सकिएको माओवादी पार्टीको पोलिटब्यूरो बैठकले 'सरकारको नेतृत्व प्रचण्डले नै गर्ने' अहिलेसम्मको निर्णय निक्रिय तुल्याएर सरकारको नेतृत्वमा पस्ने ढोका सबै उत्साही नेताहरूका लागि खुला गरेको छ। तर, आफना नाउँमा सहमति जुटाएर राष्ट्रिय वा बहुमतको सरकार बनाउन सक्ने क्षमता कुनै पनि माओवादी नेतामा देखिएको छैन। अहिलेसम्म माओवादीको साथ दिइरहेको मधेसी जनअधिकार फोरम डा. बाबुराम भट्टराईको नेतृत्वप्रति आकर्षित त देखिएको छ, तर सहमतीय वा बहुमतीय दुवैथरी सरकार निर्माणका लागि राजनीतिक परिस्थिति निर्माण गर्ने क्षमता ऊ एक्लैमा हुने कुरा होइन।
कांग्रेस-एमाले गठबन्धनमा रहेका साना दलमध्ये सबैभन्दा ठूलो दल मधेसी फोरम (लोकतान्त्रिक)का नेता विजयकुमार गच्छदार भारतबाट आँखामा ज्योति थपेर फर्किनुभएपछि आफूलाई प्रधानमन्त्री पदका प्रत्याशीका रूपमा प्रस्तुत गर्न थाल्नुभएको छ। तर, साना दलहरूले मात्रै सरकार बनाउन सक्दैनन्। ठूला दलहरू त्यति ठूलो त्यागका लागि तयार देखिँदैनन्।
रह्यो कांग्रेसको कुरा। पहिलो जन आन्दोलनदेखि अहिलेसम्म कुनै न कुनै रूपमा राज्यशक्तिको दुःख र सुखको समान भोग गरिरहेका नेपाली कांग्रेसका नेताहरूमा माधव नेपालको उत्तराधिकार समाल्ने हतार नभएको होइन। त्यसका लागि सोझै प्रधानमन्त्रीको पदमा पुग्ने आकांक्षाकै कारण अहिलेसम्म मन्त्री पदमा नपुग्नुभएका कार्यवाहक सभापति सुशील कोइराला, सधैँ प्रधानमन्त्रीको कुर्सीमा पुग्ने बेला चिप्लिँदै आउनुभएका रामचन्द्र पौडेल र तीन पटक प्रधानमन्त्रीको कुर्सीमा पुगिसक्नु भएका शेरबहादुर देउवा तीनै जना आ-आफनो योग्यताको परख गर्दै हुनुहुन्छ। तर, पार्टीको सांगठनिक शक्ति र कार्यकर्ताहरूको भावनात्मक आग्रह तत्कालका लागि कांग्रेस नेतृत्वको सरकारको पक्षमा देखिएको छैन। यति बेला कांग्रेस सरकारमा गएर उसले एक्लै गर्नसक्ने काम केही छैन। माधव नेपालको सट्टा 'रासुशे' मध्ये कुनै एउटा नाम वा आकार सरकारमा पुगेरमात्र देशको समस्या समाधान हुने अवस्था अहिले छैन।
कांग्रेस साँच्चै सत्तामा जाने हो भने उसका केही ध्येय हुनुपर्छ। देशमा शान्ति प्रक्रियाको प्रारम्भ गरेर आफनो ऐतिहासिक भूमिकालाई विस्तार दिने पार्टी सरकारमा गएपछि जनताले शान्ति र संविधानको प्रत्याभूति पक्कै खोज्छ। कांग्रेसले जनताको यो आकांक्षा पूरा गरेर संविधान निर्माण र शान्तिको लक्ष्य हासिल गर्ने हो भने एमालेसँग सहवासको मोह त्याग्नुपर्छ। सैद्धान्तिक र व्यावहारिक हिसाबले एमाले र माओवादी दुवै कांग्रेसका मित्र होइनन्।
राजनीतिक स्तर र सैद्धान्तिक हिसाबले माओवादी नै कांग्रेसको सक्षम प्रतिस्पर्धी हो। समान प्रतिस्पर्धीसँगको सहमति र सहकार्य सधैँ फलदायी हुन्छ। यसप्रकारका खतरा मोल्न सकेमात्र राजनीति सफल हुन्छ। तर, अहिलेको कांग्रेस नेतृत्व 'गिरिजाप्रसादले शान्ति प्रक्रिया सुरु गरेर कांग्रेसलाई फसाइदिएको' मानसिकतामा बाँचेको छ। कांग्रेसको नेतृत्व कायरमात्र होइन, पंगु पनि भएको छ। त्यसैले, कांग्रेसका वर्तमान नेताहरूबाट अघिल्लो पीँढीका नेताहरूको जस्तो साहस प्रदर्शनको आशा राख्नु व्यर्थ हुनेछ।
माओवादीको 'हाउगुजी' देखाएर गठबन्धन चलाइरहेका कांग्रेसका नेताहरूले ठट्टैमा शासन चलाउने मानसिकताबाट मुक्त हुन सक्नुपर्छ। जेठ १४ मा संविधान बन्न नसक्ने अवस्था प्रस्ट भइसकेपछि जनताको अनुहारको आक्रोश र आन्दोलित मनको भाषा नेताहरूले न देख्न पाए न सुन्न। त्यस्तो भाषा सुन्ने र बुझ्ने फुर्सद नै पाएनन् उनीहरूले। नेताहरूको अक्षमता र अयोग्यताका कारण संविधान नबनेको र शान्ति संस्थागत हुन नसकेकामा क्षुब्ध जनताको त्यो भाषा खतरनाक थियो।
एक वर्षका लागि संविधानसभाको म्याद बढाइएपछि कांग्रेसी कार्यकर्ताहरू 'दुई वर्षको साँवा गफै गरेर सकिएको अवस्थामा एक वर्षको व्याजले संविधान लेख्न सकिँदैन' भन्नेमा ढुक्क थिए। कांग्रेसका नेताहरूले बुझ्नुपर्छ, देशमा यसरी नै चौतर्फी निराशा बढ्दै गयो भने सबैभन्दा बढी घाटा उसैलाई हुनेछ। अहिलेको गठबन्धन सरकारका कारण कांग्रेसका केही नेताले धन-दौलत कमाउने मौका पक्कै पाएका होलान्, तर हाउगुजी नाराको नकारात्मक परिणाम र बदनामी माओवादीको पुँजीका रूपमा उनीहरूको खातामा जम्मा भएको छ।
जनतालाई यस कुराको राम्रो ज्ञान छ, माओवादीलाई सरकार र शान्ति प्रक्रियाबाट बाहिर राखेर संविधाननिर्माण सम्भव छैन। माओवादीको उपेक्षा गरेर 'सँधैँ यसरी नै चलाउन सकिन्छ' भन्ने नेताहरूले सोचेका हुन् भने शान्ति प्रक्रियाको मार्गबाट किनारातिर धकेलिएका माओवादी कांग्रेसले भन्ने गरेको 'हाउगुजी'भन्दा धेरै गुना ठूलो र धेरै बृहत् आकारको साबित हुनेछ। नेपाल २०६३ को जन-आन्दोलनपछिको अवस्थामा मात्र आइपुगेको छ।
त्योभन्दा अघि कतै बढ्न सकेको छैन। जनआन्दोलनअघि जनतामा शान्तिका लागि मचिएको हाहाकार र कोलाहलको अवस्थालाई यति छिटै बिर्सने हो भने यस देशको कुनै भविष्य रहने छैन। शान्ति प्रक्रिया सहमतिको सहज बाटोबाट अघि बढ्न सकेन भने देश एक पटक फेरि हिंसाको बाटोमा फर्किने छ। त्यतिबेला, माओवादी पार्टीको वर्तमान नेतृत्वले पनि त्यसलाई रोक्न सक्ने छैन। भारतमा 'सफाया' गरिएको हिंसात्मक माओवादी आन्दोलनको पुनरुत्थान चार दशकपछि भयो। त्यसका लागि नेपालले चार वर्ष पनि कुर्नुपर्ने छैन ।