जसलाई खलनायक ठानिरहेका छौँ !
२३ असोज २०८१
•
७ मिनेट पाठ
जसलाई खलनायक ठानिरहेका छौँ !
अचेल नेताहरूलाई खलनायकका रूपमा चित्रण गर्नु अनौठो मानिँदैन। सर्वसाधारणले देश नबन्नुको दोष तिनैका टाउकामा राखेको देखिन्छ। विशेषगरी सामाजिक सञ्जालमा व्यक्त हुने नेताविरुद्धका अभिव्यक्ति देख्दा तिनीहरू धन्नै बाँचेका छन् भन्ने लाग्छ। यसै पनि नेपाली समाजले कसै न कसैलाई खलनायक बनाइरहेको हुन्छ। नायक खोज्ने समाजले जताततै खलनायक मात्र पाउँछ।




के अहिलेका नेताहरू खराब नै हुन् ? हेरौँ, मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई। उनी २०४८ सालमा मुलुकको गृहमन्त्री बनेका बेला छात्राबासमा बस्ने एउटा विद्यार्थी जस्ता थिए। मन्त्री निवासमा साथीहरूले ल्याएका खानेकुरासँग आफ्ना समय गुजारेका छन्। न तिनको कुनै खाने ठेगान थियो, न बस्नकै। तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ ब्लकले आरजु राणासँग विवाह गराएपछि मात्र उनको जीवन व्यवस्थित हुन थालेको हो।

आफूलाई लागेको भन्न सक्ने, उदार लोकतान्त्रिक गुण भएका देउवा आजको दिनमा पनि प्रेस र सर्वसाधारणले आलोचना गर्न पाउनुपर्छ भन्ने ठान्छन् आफ्नाबारे नराम्रो लेखिएको कारण कुनै पत्रकार वा सम्पादकलाई नभेटौँ भन्ने उनलाई कहिल्यै लाग्दैन। बरु उनको सहज प्रतिक्रिया हुने गर्छ– लेख्न पाउनुपर्छ। उनी भएका कुरा भन्दिन्छन्। उनको त्यही गुणका आधारमा कैयन् गोप्य भनिएका कुरा पनि सार्वजनिक छलफलमा आएका छन्।

संसारको कुनै पनि द्वन्द्व नेपालमा जस्तै एकै पटकमा सजिलै शान्ति प्रक्रियामा प्रवेश गरेको छैन। माओवादी केन्द्र अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री दाहालले मुलुकका आमअपेक्षा पूरा गर्ने गरी काम गर्न नसकेका होलान् तर देशलाई शान्तिको बाटोमा हिँडाउनुमा उनको योगदानलाई कम आँक्न सकिँदैन।
चौथोपटक प्रधानमन्त्री भएपछि सामाजिक सञ्जालको आँखाको तारो बनेका छन् केपी शर्मा ओली। उनलाई नजिकबाट चिन्नेहरू यथार्थमै उनका ठूला ‘फ्यान’ बनेको देखिन्छ। राति थोरै सुतेर पुग्ने र अध्ययन गर्ने बानीका कारण पनि पार्टीभित्र धेरैले उनलाई आदर्श मान्छन्। विदेशतिर पनि खास किसिमको आनीबानी भएका र रमाइलो गरी आफूलाई सार्वजनिक मञ्चमा प्रस्तुत गर्न सक्ने यस्ता नेताको ठूलै ‘क्रेज’ अर्थात् आकर्षण हुने गर्छ।

अमेरिकी पूर्वराष्ट्रपति एवं आगामी निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार डोनाल्ड जे ट्रम्पका विरोधीले पनि उनको बोल्ने र संगठन गर्ने शैलीको प्रशंसा गर्छन्। उनी अनुदार छन्, तैपनि उनको ‘अमेरिकालाई फेरि महान् बनाऔँ’ नाराले ध्यान तानिरहेको छ। बाचाल नेताहरूप्रतिको आकर्षण जहिल्यै आममानिसमा हुन्छ। हाम्रो मुलुकमा पनि ओली विरोधीले पनि उनको बोलीको प्रशंसा गर्छन्। नेकपा (एमाले)को तर्फबाट २०५१ सालमा गृहमन्त्री रहेका बेला तत्कालीन प्रहरी महानिरीक्षकले त्यत्तिकै भनेका थिएनन्– हाम्रा गृहमन्त्रीको मुखमा सरस्वती बसेकी छन्।

बाल्यकालमा दुःख पाएका, आन्दोलनमा लागेर १४ वर्ष जेल बसेका, लामो समयसम्म पार्टीभित्र ठूलो जिम्मेवारी नपाए पनि पर्खेर बस्ने धैर्य भएका र कहिल्यै पछि फर्कनु नपर्ने गरी मुलुकको राजनीतिमा अपरिहार्य हुन पुगेका ओलीमाथि अहिले निरन्तर भइरहेको आक्रमणको अर्थ के हुन सक्छ ? के उनी सधैँ सत्ता राजनीतिको केन्द्रमा हावी भए भन्ने मात्र हो वा पुराना दलको विकल्प खोज्ने जमातले जानाजानी गरिरहेको आक्रमण हो ? ओली र उनी जस्ता नेता भएसम्म अरूले चाहे जसरी मुलुकलाई हिँडाउन सकिँदैन भन्ने भएर नै यस्तो आक्रमण भइरहेको हो।

अभिव्यक्तिको अधिकार मुलुकले पाएको छ। तर यतिबेला झुटा अभिव्यक्तिले लोकतन्त्रका आधारभूत चरित्रलाई छायाँमा पारेर अधिनायकवादतर्फ देशलाई लम्काउन खोजिएको छ। यी नेताको रिसले देशमा फेरि पुरानै शाहीतन्त्रको खोजी भइरहेको छ।
अर्का नेता हुन् पुष्पकमल दाहाल। ‘प्रचण्ड’ का नाममा वर्षौँ भूमिगत राजनीतिमा उनी सक्रिय रहे। संसारका विभिन्न देशमा भएको छापामार शैलीको ‘जनयुद्ध’ गरेर उनले आफ्नो शक्ति आर्जन गरे। २०६३ सालदेखि मुलुकको राजनीतिमा उनी निरन्तर सक्रिय छन्। मुलुकमा बहाल पछिल्लो संविधान प्राप्तिदेखि अहिले देशमा मानिसले समावेशी राजनीति गर्न पाउनुपछाडि उनी र उनको दलको भूमिका छ । संसारको कुनै पनि द्वन्द्व नेपालमा जस्तै एकै पटकमा सजिलै शान्ति प्रक्रियामा प्रवेश गरेको छैन। माओवादी केन्द्र अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री दाहालले मुलुकका आमअपेक्षा पूरा गर्ने गरी काम गर्न नसकेका होलान् तर देशलाई शान्तिको बाटोमा हिँडाउनुमा उनको योगदानलाई कम आँक्न सकिँदैन।

शीर्ष भागमा देखिएका यी तीन नेताबाहेक पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई आफ्नो समयका नायक हुन्। उनीहरूले आफ्नो छोटो कार्यकालमा देशका निम्ति योगदान गरेकै छन्। कामकै सिलसिलामा केही गल्ती भए होलान् तर देशलाई हानि नै गराउने गरी यिनले काम गरे भनेर ठोकुवा गर्न सकिँदैन।

यीबाहेक पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, मधेसका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव आदिले पनि आफ्नो समयमा कुनै न कुनै रूपमा नेपाली समाजलाई समावेशी, समृद्ध र लोकतान्त्रिक बनाउन योगदान गरेका छन्।

पश्चिमा विकसित मुलुकमा नेताहरू लामो समय कार्यकारी पद लिन अस्वीकार गर्छन्। त्यो पदमा रहँदा हुने तनाव र कम कमाइले उनीहरूलाई त्यसमा रहिरहन दिँदैन।
तर, यतिबेला आएर यी सबै नेताले मुलुक बिगारेको भन्ने भाष्य निर्माण गरिएको छ। नेपाली राजनीति आज पनि उदार बन्नु र यहाँ आलोचनात्मक चेतलाई बचाइरहनुमा यस्ता थुप्रै नेताको योगदान छ। देशले अंगीकार गरेको खुला र उदार राजनीतिले सबैलाई बोल्न दिएको हो। अभिव्यक्तिको अधिकार मुलुकले पाएको छ। तर यतिबेला झुटा अभिव्यक्तिले लोकतन्त्रका आधारभूत चरित्रलाई छायाँमा पारेर अधिनायकवादतर्फ देशलाई लम्काउन खोजिएको छ। यी नेताको रिसले देशमा फेरि पुरानै शाहीतन्त्रको खोजी भइरहेको छ।

अहिले आलोचित भइरहेका पुराना नेताहरू मुलुकको राजनीतिमा प्रवेश गर्दै गर्दा कुनै ठगीको मुद्दा टाउकोमा लिएर आएका थिएनन्। न उनीहरू प्रेसलाई सामना गर्ने मामलामै अनुदार थिए। आफ्ना कमजोरीलाई स्वीकार गर्ने साहस पनि तिनमा थियो र अझै छ। देशमा पुराना नेताको धेरै विरोध भएको एउटै कारण हो–निरन्तर मुलुकको शासनमा आफूलाई सक्रिय राख्नु। अन्यत्र मुलुकमा पनि वृद्ध नेता शासनमा हुन्छन्। वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेन ८१ वर्षका छन्। राष्ट्रपतिका रूपमा यो मात्र एक कार्यकाल हो। यसअघि उनी उपराष्ट्रपति थिए। यसपटक उनलाई उमेरका कारणले दोस्रो पटक राष्ट्रपतिको उम्मेदवार बन्न आफ्नै दलभित्रको आलोचनाले पनि काम गरेपछि वर्तमान उपराष्ट्रपतिलाई राष्ट्रपतिको उम्मेदवार बनाउन उनी तयार भएका हुन्।

सामाजिक सञ्जालमा आउने अर्थहीन अभिव्यक्तिबाट राजनीतिको जानकारी लिइ अन्धकारमा परेको अहिलेको जनसंख्याले झनै सही निर्णय गर्न नसक्ने अवस्था आइसकेको छ। नेताहरूलाई सत्तोसराप गरेरभन्दा पनि सुझबुझपूर्ण निर्णयबाट मात्र सही निष्कर्षमा पुग्न सकिन्छ।
नेपालमा भए उनी निरन्तर राष्ट्रपतिका निम्ति कोसिस गर्ने थिए। मलेसियामै महाथिर मोहम्मदले ९३ वर्षमा प्रधानमन्त्रीको जिम्मेवारी लिएकै हुन्। पश्चिमा विकसित मुलुकमा नेताहरू लामो समय कार्यकारी पद लिन अस्वीकार गर्छन्। त्यो पदमा रहँदा हुने तनाव र कम कमाइले उनीहरूलाई त्यसमा रहिरहन दिँदैन।

हामीकहाँ नेताहरू लामो समयसम्म पदमा किन बस्छन् ? भन्ने प्रश्न हुने गरेको छ। त्यसको कारण नयाँ नेतृत्वले तिनलाई विस्थापित गर्न नसकेको पनि हो। गिरिजाप्रसाद कोइरालालाई विस्थापित गरेर नेतृत्वमा पुग्न देउवालाई पार्टी नै विभाजन गर्नुपर्ने अवस्था समेत आएकै हो। ओलीलाई माधवकुमार नेपाललाई पराजित गरेपछि मात्र अवसर आएको हो। त्यसैले अहिलेका नेताहरू सक्रिय भइरहेकामा गाली गर्नुभन्दा पनि तिनलाई जिम्मेवारीबाट हटाउन सक्ने गरी नयाँ नेतृत्व तयार नहुनु मुख्य हो। कसैले पनि किस्तीमा राखेर जिम्मेवारी अरूलाई दिँदैनन्। त्यसका निम्ति निरन्तर प्रयास गर्ने अरू व्यक्तिको भूमिका महत्त्वपूर्ण हुन्छ।

हामीले अहिले जसलाई खलनायक बनाएर लखेटिरहेका छौँ, यथार्थमा तिनैले हाम्रो स्वतन्त्रता पुनस्र्थापित गरेका हुन्। अहिले भइरहेको स्वतन्त्र र उदार व्यवस्थाका विरुद्ध सक्रिय हुनु भनेको ‘तावाबाट भुंग्रोमा हामफाल्नु’ मात्र हो।
नेताले देश कसरी बिगारे भन्ने आधार छैन। नेताभन्दा कर्मचारीतन्त्र खतरनाक छ। त्यतातिर पनि कसैको ध्यान छैन। देश बन्न नसकेको यिनकै कारणले होभन्दा पनि आम मानिसले आफूलाई राजनीतिकरूपमा सचेत राख्दै निर्वाचनबाट परिवर्तन गर्न कोसिस गर्नुपर्ने हो। सामाजिक सञ्जालमा आउने अर्थहीन अभिव्यक्तिबाट राजनीतिको जानकारी लिइ अन्धकारमा परेको अहिलेको जनसंख्याले झनै सही निर्णय गर्न नसक्ने अवस्था आइसकेको छ। नेताहरूलाई सत्तोसराप गरेरभन्दा पनि सुझबुझपूर्ण निर्णयबाट मात्र सही निष्कर्षमा पुग्न सकिन्छ।

देशमा यतिबेला नकारात्मक वातावरण बनाइएको छ। यस्तो नकारात्मक वातावरणले सही निर्णय गर्ने अवस्थामा पुर्‍याउँदैन। बरु यसले अन्योलग्रस्त अवस्थामा पुर्‍याउँछ। हामीले अहिले जसलाई खलनायक बनाएर लखेटिरहेका छौँ, यथार्थमा तिनैले हाम्रो स्वतन्त्रता पुनस्र्थापित गरेका हुन्। अहिले भइरहेको स्वतन्त्र र उदार व्यवस्थाका विरुद्ध सक्रिय हुनु भनेको ‘तावाबाट भुंग्रोमा हामफाल्नु’ मात्र हो।

@gunaraj
अर्को समाचार
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
२१ साउन २०८२
•
३ मिनेट पाठ
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसी रोक्न कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार ढाल्न कोसिस गरेको खुलासा गरेका छन्। बुधबार माओवादी केन्द्रका नेता लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसिसी’ नामक पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले यस्तो खुलासा गरेका हुन्। 




‘एमसिसीमा सबैभन्दा दबाब माओवादी केन्द्रलाई थियो,’ दाहालले भने, ‘त्यो बेला एमसिसी रोक्ने हो भने एमालेलाई सरकारको नेतृत्व दिएर बाहिरबाट समर्थन दिन पनि तयार छौँ भनेका थियौँ।’ एमसिसीको विषय राष्ट्रिय महत्वको धेरै ठुलो विषय भएकाले त्यसो गरिएको उनले दाबी गरे।  

त्यसका लागि आफूसहितका चार जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै प्रस्ताव राखेको दाहालले खुलासा गरे। त्यसमा आफू, अहिलेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अहिलेका महासचिव देव गुरुङ र शक्ति बस्नेत गएको उनले बताए। 

‘तर, यति नमिठो यति तितो, यति अपमानजनक भाषा प्रयोग गर्नुभएको कि कांग्रेसभन्दा त धेरै बढी रहेछ उहाँहरूको,’ दाहालले भने।

सँगै एमालेबाट चार बुँदे जवाफ आएको पनि उनले सुनाए। उनले भने, ‘त्यसो भन्दा अहिलेका प्रधानमन्त्रीले अन्य कुरा त भन्नु भो भन्नु भो, फुल स्टप र कमा पनि चेन्ज गर्न आवश्यक छैन, एमसिसी जस्ताको तस्तै पास गरिन्छ भनेपछि र हामी तयार नहुने हो भने नेपाली कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने र यसलाई अत्यधिक बहुमतले पारित गर्ने भनेपछि सबैभन्दा ठुलो अप्ठेरो परिस्थितिमा नेकपा माओवादी केन्द्र प¥यो।’

तर, आफूले अन्तिम समयसम्म जस्ताको तस्तै त एमसिसीलाई समर्थन गर्न नसक्ने भनेको उनले दाबी गरे। आफ्ना त्यति बेलाका वक्तव्य हेर्न पनि उनले आग्रह गरे। ‘साथीहरूलाई सडकमा पनि आवाज उठाइराख्न निर्देशन दिइएको थियो,’ उनले भने।

त्यो अवस्थामा माओवादी केन्द्रले अन्तिमसम्म गर्न सक्ने गरेको अध्यक्ष दाहालले बताए। ‘अब त जसरी पनि पास त हुने नै भयो। सदनबाट हामीले रोक्न सक्ने स्थिति भएन,’ उनले भने,‘कांग्रेस र एमाले मिलेपछि बहुमत भइहाल्छ।’ 

एमसिसी अनुमोदन गर्न कांग्रेस दृढ अडानमा रहेको एमाले नेतृत्वमा रहेका ओली झन् कडा सुनिएको उनले बताए। ‘एमालेसँगै हिजो कार्यदल बनाएको, समझदारी बनाएकाले आस गरेको, उ त झन् कडा! कांग्रेसभन्दा केपी ओली त झन् कडा। केही चेन्ज गर्न आवश्यक छैन भन्दिए’, उनले भने। 

‘आइपिएसको सदस्य बनाउने एमाले’

एमाले एमसिसीमा त्यति कडा हुनुमा अमेरिकाको इन्डो प्यासिफिक रणनीति(आइपिएस)को सदस्य बनाउने पार्टी हुनु रहेको दाहालले आरोप लगाए। ‘किनकि आइपिएसको सदस्य बनाउने पनि उहाँहरू नै हो। एसपिपीसम्म पनि सैद्धान्तिक सहमति गराउने पनि उहाँहरूले भएकाले गर्नुभएन,’ उनले भने। 

त्यसपछि माओवादी केन्द्रसँग अन्तिममा बहिस्कार गर्ने, उठेर हिँड्ने, भोटिङमा भाग नलिने बाटो रहेको दाहालले सुनाए। ‘तर हामीले जेजे गरे नि त्यो अनुमोदन त भई नै सक्थ्यो हामीले त्यसलाई रोक्ने र त्यसैको निम्ति विद्रोह र क्रान्ति गर्न सक्ने स्थिति पनि थिएन,’ उनले भने। 

अनि त्यही बेलामा बुद्धिजीवी कानुन व्यवसायीले अलिकति ‘फेस सेभ’ हुने ठाउँ देखिने गरी व्याख्यात्मक टिप्पणीको विकल्प ल्याएको दाहालले बताए। व्याख्यात्मक टिप्पणीले भोलि पनि आन्दोलन गर्न सक्ने बाटो दिएको उनको टिप्पणी छ। 

लामो विवाद चलेको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) कम्प्याक्ट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित २०७८ फागुन १५ गते प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो। त्यो बेला माओवादी केन्द्रलगायतका दलको सहयोगमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री थिए। २०७४ को निर्वाचनपछि बनेको नेकपा विभाजनपछि एमाले प्रतिपक्षमा थियो। 

त्यही बेला एमसिसी बहसका बेला तत्कालीन पाँच दलीय गठबन्धनमा ठुलो मतभिन्नता सिर्जना भएको थियो। त्यही विषयको खुलासा दाहालले अहिले गरेका हुन्। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस