ध्यान अब सिफारिस समितिमा
२६ कार्तिक २०८१
•
६ मिनेट पाठ
ध्यान अब सिफारिस समितिमा
संक्रमणकालीन न्यायलाई घरेलु विषय मात्र बनाउन मिल्दैन। यसमा अन्तर्राष्ट्रिय चासो पनि रहन्छ। किनभने मानव अधिकार मुलुकको आन्तरिक मामला मात्र हुँदैन।




नेपाल संयुक्त राष्ट्रसंघको सदस्य पनि हो। यसले प्रतिपादन गरेका कतिपय अन्तर्राष्ट्रिय सन्धि–सम्झौताका पक्षराष्ट्र भएकाले समेत मानव अधिकारको अन्तर्राष्ट्रिय जवाफदेहिताबाट नेपाल पछि हट्न सक्दैन। तथापि ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ को अपुरो तेस्रो संशोधन विधेयक पारित गर्ने सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहालले संसद्लाई संबोधन गरेका थिए।

यही क्रममा ‘प्रचण्ड’ ले यस संशोधनलाई ऐतिहासिक भन्दै अन्तर्राष्ट्रिय समुदायको पनि समर्थन रहने विश्वास गरेका थिए। नभन्दै यो विधेयक पारित भएलगत्तै नेपालका लागि राष्ट्रसंघीय प्रतिनिधिसमेत विदेशी राजदूतका बधाई सन्देशको वर्षा नै भएको थियो।

राष्ट्र संंघलगायत नेपालमा कार्यरत् १० अन्तर्राष्ट्रिय विकास साझेदार निकायले यस प्रक्रियामा सहयोग र साथ दिने जनाएका छन्। संशोधन प्रक्रियाले पूर्णता नपाउँदै तिनले वक्तव्यद्वारा बधाई दिएका थिए। नेपाल पक्षराष्ट्र रहेको अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार संशोधन भए÷नभएको तिनले केलाएनन्। पीडितको न्यायसँग जोडिएको यस संवेदनशील सवाललाई नजरअन्दाज गरेका थिए। तर नेपालको अन्तर्राष्ट्रिय जवाफदेहितालाई नजरअन्दाज गरी निकालेको विज्ञप्तिमा स्पष्टीकरण पनि तिनले दिएका छन्।

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ कात्तिक ७ गते विभिन्न सरोकावालासँग गरेको एक कार्यक्रममा बेलायती दूतावासका प्रतिनिधिले वक्तव्यको बचाउ गर्दै ‘हाम्रो समर्थन तेस्रो संशोधनमा रहेका अन्तर्वस्तुमा होइन, यो प्रक्रिया अघि बढेकोमा बधाई दिएका हौँ’ भनी अन्तर्राष्ट्रिय समुदायप्रति डग्मगाएको विश्वास जोगाउने प्रयास गरेका थिए।

ऐनको तेस्रो संशोधनमा केही सकारात्मक सुधार छन् तर यसका अन्तर्वस्तुका कमीकमजोरीप्रति मूलधारका द्वन्द्वपीडित तथा अधिकारवादीको आपत्ति छ। यसमा रहेका त्रुटिलाई सच्याउँदै यो प्रक्रिया अघि बढ्नुपर्ने अवधारणा राखेका छन्। प्राप्त उपलब्धिको रक्षा गर्नेमा छन्। कुनै पनि बहानामा यो प्रक्रिया अवरोध हुनुहुँदैन भन्ने पक्षमा देखिन्छन्। यसमा सुरुदेखि संलग्न अधिकारवादी एवं द्वन्द्वपीडितले ‘आलोचनात्मक समर्थन’ को रणनीति लिने भएका छन्। अन्तर्राष्ट्रिय समुदायका साथै यिनको समेत साथ रहने यस परिस्थितिको फाइदा राज्यले लिन सक्नुपर्छ। असल उद्देश्यबाट थालिएका जुनसुकै कार्यले सकारात्मक परिणाम दिने प्राकृतिक नियम हो जुन यस प्रक्रियामा पनि लागु हुन सक्छ।

संक्रमणकालीन न्यायकोे पूर्वसर्त– ‘विश्वसनीयता’ हो। विशेषगरी यसले द्वन्द्वपीडितको विश्वास आर्जन गरेको हुनुपर्छ। विगतका कमीकमजोरी महसुस र पश्चाताप गराएर पीडकलाई जवाफदेही बनाउन सक्नुपर्छ। यस प्रक्रियाले पीडितका पीडालाई आत्मसात गरेको हुनुपर्छ। पीडितका सुरक्षाका साथै यसमा तिनको अपनत्व महसुस गराउन सक्नुपर्दछ। ‘पीडितकेन्द्रित’ भएको धरातलीय वास्तविकता व्यवहारमा उतारेको देखिनुपर्छ। यसबाट यो प्रक्रिया सही गन्तव्यमा पुग्नेछ।

यतिबेला प्रायः सबैको ध्यान पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित मानव अधिकार आयोगका प्रतिनिधि मनोज दुवाडी, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत अर्जुन कार्की र स्टेला तामाङ रहेको पाँच सदस्यीय सिफारिस समितिमा टिकेको छ। यसले इच्छुक व्यक्तिहरूबाट कात्तिक २३ गते सात दिने म्याद राखी सार्वजनिक सूचनाद्वारा निवेदन आह्वान गरेको छ। आवेदनलाई तीन श्रेणीमा विभाजन गरिएको छ– १. व्यक्तिगत निवेदन २. सिफारिसबाट प्राप्त निवेदन ३. समिति आफैँको सूचीकृत तालिका। प्राप्त आवेदनलाई व्यवस्थित गर्न बनाइएको ‘छनोट प्रक्रिया’ (कार्यविधि) सन्तोषजनक देखिन्छ तर कार्यान्वयन कति पारदर्शी र विश्वसनीय हुने हो ? हेर्न बाँकी छ।

यसअघि दुईपटक सिफारिस समिति बने पनि तिनी राजनीतिक छायामा परे। मानव अधिकार आयोगका प्रतिनिधि पनि असफल भए। नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका भागबण्डामा नियुक्ति पाएका आयोग पदाधिकारी पीडितमैत्री बनेनन्। तत्कालीन अध्यक्ष मिश्रकै अध्यक्षतामा गठित समितिबाट सिफारिसमा परेका पदाधिकारीहरू पनि बेकामे देखिए।

दोस्रो पटक मिश्रले आयोगका पदाधिकारी सिफारिस गर्ने पुनः नेतृत्व पाएका छन्। अब यसपालि भने सत्य, न्याय, परिपुरणसहित संस्थागत सुधार र नदोहोरिने सुनिश्चितता गर्ने खुबीका पदाधिकारी सिफारिसमा पर्ने आशा गरिएको छ। असफल प्रमाणित भएका पूर्वअध्यक्षलगायत अन्य आयुक्तहरू फेरि नियुक्त नहुने विश्वास गरिएको छ।

यस प्रक्रियाका प्रमुख चालक सत्य तथा बेपत्तासम्बन्धी आयोगका पदाधिकारी हुन। यिनका निष्पक्षता, विश्वसनीयता तथा प्रभावकारितामा यसको सफलता निर्भर गर्छ। अनुसन्धानदेखि अभियोजन तथा विशेष अदालतको फैसलासम्म पुग्दा यसमा व्यापक राजनीतिक सवाल उठ्न सक्छन्। पाइलापाइलामा राजनीति हावी हुन सक्छ। यही निहुँमा प्रक्रिया ठप्प पनि हुन सक्छ। यसको नमुना संसद्मा ‘हिंसा’ शब्दबाट उठेको माओवादीको राजनीतिक होहल्लाले संसदीय प्रक्रिया अवरुद्ध भएको घटनालाई लिन सकिन्छ। यसर्थ अभियोजन सिफारिस र अन्तिम प्रतिवेदन नबुझाएसम्म ‘राजनीतिक लफडा’ झेल्न र चिर्न सक्ने आयोग बन्नुपर्छ। सक्षम आयोग यस प्रक्रियाको ‘सफलताको मापदण्ड’ हो।

तेस्रो संशोधनले कतिपय गम्भीर मानव अधिकार हनन्लाई संबोधन गरेको छैन। यसबाट धेरै द्वन्द्वपीडित यस प्रक्रियाबाट बाहिरिने अवस्थामा छन्। तर सक्षम आयुक्तहरू पदासीन भएमा यसको पनि निरूपण हुनेछ। नेपालको कानुनभन्दा माथि नेपाल पक्षराष्ट्र भएका सन्धि–सम्झौतालाई आधार बनाएमा ती छुटेका पीडितले न्याय पाउन सक्नेछन्।

उच्चस्तरीय यस आयोगले राष्ट्रसंघका एक विशेष प्रतिवेदक ‘फिलिप्स आल्सटन’ ले स्वेच्छाचारी हत्या (आर्बिटरी किलिङ) माथि प्रतिपादन गरेका सिद्धान्तलाई लागु गरेमा ‘गम्भीर मानव अधिकार’ परिभाषामा नसमेटिएका अपराधसमेत न्यायको दायरामा  ल्याउन सक्नेछ। यसबाहेक प्रक्रियामा महान्यायाधिवक्ताको भूमिकालाई बेवास्ता गर्न मिल्ंदैन। अभियोजनका लागि यसको कार्यालयलाई आयोगले सिफारिस गर्छ। पीडितलाई न्याय दिलाउनु यसको दायित्व हो पनि। तथापि प्रधानमन्त्रीले नियुक्त गरेका व्यक्ति यिनी भएबाट बेलाबेलामा यो संस्था विवादमा परेको छ। राजनीतिको प्रभावमार्फत पीडितलाई न्यायबाट वञ्चित गरेका  दृष्टान्त छन्।

यसर्थ यो प्रक्रियाको विश्वसनीयता बढाउन र संविधानप्रदत्त न्यायिक अधिकार संरक्षणमा यसको अहं भूमिका रहनेछ। यसपछि पीडितलाई न्यायको फैसला सुनाउने ‘विशेष अदालत’ हो। यसमा नियुक्त न्यायाधीश कति सक्षम, स्वतन्त्र र निष्पक्ष हुन्छन् ? संक्रमणकालीन न्याय प्रक्रियाको ज्ञान र यसले भविष्यमा पार्न सक्ने असरप्रति कतिको सजग रहनेछन् ? राजनीतिक दबाव थेग्ने ल्याकतका हुन्छन्÷हुँदैनन् ? साथै पीडितको सुरक्षाप्रति कति संवेदनशील रहनेछन् ? सरोकार रहनेछ।

अन्तमा, यस प्रक्रियाको सफलता विभिन्न तहमा प्रभावकारी अनुगमन र खबरदारी पनि हो। स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आधिकारिक एवं विश्वसनीय संयन्त्रहरूको परिचालन हो। विज्ञता तथा विशेषताका आधारमा संयोजनात्मक, व्यवस्थित तथा जवाफदेहिताबाट अनुगमन प्रक्रिया अघि बढ्नु हो। यसमा राष्ट्रसंघ, मानव अधिकार आयोग तथा यस क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अधिकारवादी संघ–संस्था, समूह तथा पीडित समुदाय परिचालन हुनु जरुरी हुन्छ। साथै राजनीतिकरूपमा उठेका अवरोधलाई चिर्न प्रमुख तीन दलका प्रतिनिधि एवं नागरिक समाज मिश्रित ‘अनुगमन समिति’ को आवश्यकता पनि देखिन्छ। यसको अभ्यास पहिलो संविधान सभाको चुनावताका ‘नागरिक नौ’ र तीन प्रमुख राजनीतिक दलका प्रतिनिधि रहेको समितिबाट त्यसबखतका राजनीतिक हिंसा र निर्वाचनमा हुन सक्ने अवरोध रोक्ने प्रयासहरू फलदायी सावित भएका थिए।
अर्को समाचार
संक्रमणकालीन न्याय: १० पद, १११ दाबेदार
१० वैशाख २०८२
•
४ मिनेट पाठ
संक्रमणकालीन न्याय: १० पद, १११ दाबेदार
संक्रमणकालीन न्याय प्रक्रिया अघि बढाउने दुई आयोगको पदाधिकारी बन्न सशस्त्र द्वन्द्वपीडितसहित एक सय ११ जना इच्छुक देखिएका छन्। यसअघि आयोगमा बसेर काम गरेका पदाधिकारीदेखि पूर्वप्रधानन्यायाधीश, पूर्वमुख्यसचिव, प्राध्यापक, पूर्वसांसद, पीडित परिवारका सदस्यसमेत सिफारिस समितिको सूचीमा देखिएका हुन्।




सिफारिस समितिले प्रकाशन गरेको नामावलीबाट कोको पदाधिकारीमा छानिएलान् भन्ने सबैको चासोको विषय बनेको छ। किनकि ऐन संशोधन भइसकेकाले अब आयोगमा आउने नयाँ पदाधिकारीले संक्रमणकालीन न्यायको काम टुंग्याउनुपर्छ भन्नेमा पीडित परिवार पनि केही आशावादी छन्। सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि पदाधिकारी सिफारिस समितिले दरखास्त मागेको थियो। पदाधिकारी बन्न इच्छुकहरूको नामावली सिफारिस समितिले सार्वजनिक गरेको छ।

२०७९ असारदेखि दुई आयोगमा रिक्त अध्यक्षसहित पाँचपाँच पदाधिकारी सिफारिस हुँदै छन्। १० पदाधिकारी एक सय ११ जनाबाट छनोट गर्नुपर्ने बाध्यता समितिलाई छ। यसअघि सिफारिस गर्न नसकेको समितिले फेरि सुरुबाटै प्रक्रिया थालेको हो। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा रहेको पाँच सदस्यीय सिफारिस समितिले दोस्रोपटक दुई महिनाभित्र पदाधिकारी सिफारिसका लागि समय पाएको हो।

सूचीमा नाम हेर्दा संक्रमणकालीन न्याय बुझेका, मानवअधिकारमा काम गरेका, योग्यता पुगेका व्यक्तिहरूकै बाहुल्य छ। द्वन्द्वपीडित संघसंस्थाले आफूहरूले खोजेका व्यक्तिहरूको नाम सूचीकृत गरी बुझाएका थिए। आफैं इच्छुक र संस्थाले बुझाएका सूचीबाट नाम छनोट गर्न सिफारिस समितिलाई सजिलो भने देखिँदैन। एकातिर तीन ठुला दल (संसद्मा प्रतिनिधित्वका आधारमा) ले सिफारिस समितिलाई हस्तक्षेप गर्न सक्ने पीडितको आकलन र समिति आफैंले स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्ने विषयको सामना गर्नुपर्नेछ।

सूचीकृतमध्ये द्वन्द्वपीडितका विभिन्न संस्थाका तर्फबाट २८ जनाको नाम छ। दुवै आयोगका अध्यक्षका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमुख्यसचिव लीलादेवी गड्तौला, पूर्वसांसद राधेश्याम अधिकारी, आइसिजेकी वरिष्ठ कानुनी सल्लाहकार मन्दिरा शर्मा, नेपाल बारका पूर्वअध्यक्ष शेरबहादुर केसी, पूर्वन्यायाधीश गिरिशचन्द्र लाललाई द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, द्वन्द्वपीडित साझा चौतारीलगायतले सिफारिस गरेका हुन्।

अध्यक्ष वा सदस्यमै कुलचन्द्र गौतम, कृष्ण खनाल, केदारभक्त माथेमा, हरिहर वस्ती, शम्भुराम सिम्खडा, शंकरकृष्ण श्रेष्ठ, विपीन अधिकारी, खिमलाल देवकोटा, गोपालकृष्ण घिमिरे, सुशीला चौधरीलगायतलाई संस्थाले नै सिफारिसका लागि नाम बुझाएको छ। साथै सदस्यमा रामकुमार भण्डारी, सुमन अधिकारी, रुक्मिणी महर्जन, राजुप्रसाद चापागाईं, दिनेश त्रिपाठीलगायतलाई सत्यनिरूपणको सदस्यका लागि सिफारिस गरिएको छ। यति मात्रै होइन, यसअघि दुई आयोगमा बसेर काम गरिसकेका प्रतिनिधि पनि सूचीमा देखिएका छन्।

सिफारिस समिति पुनर्गठन हुनासाथै पीडितहरूले निष्पक्ष र स्वतन्त्र ढंगले काम गर्न दिन सार्वजनिक रूपमै सरकारसँग आग्रह गरिसकेका छन्। पीडितसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिले विश्वसनीय, पारदर्शी, सार्वजनिक प्रक्रियाद्वारा सक्षम, क्षमतावान् व्यक्ति छनोटको माग गरेका छन्। संयुक्त रूपमा प्रेस विज्ञप्तिमार्फत द्वन्द्वका पीडामाथि पटकपटक खेलवाड नगर्न आग्रह गरेका हुन्।

सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिसका लागि सरकारले चौथो पटक सिफारिस समिति गठन गरेको हो। समितिले छनोट प्रक्रिया अगाडि बढाइरहेकाप्रति आम द्वन्द्वपीडित समुदायले गम्भीर चासो व्यक्त गरेका छन् ।

१० वर्षमा भएको ऐन संशोधनपछि गत कात्तिकमा सिफारिस समिति बन्दा सबैको चासो थियो। तर समितिले मापदण्ड सार्वजनिक नगरी अपारदर्शी ढंगले छोटो सूची प्रकाशन गरेको आरोप लगाउँदै पीडित समुदायले चासो राखेको थियो। ‘दलीय भागबन्डा मिलिसकेकाले समितिले नामावली अनुमोदन गर्ने त हो नि भन्ने चर्चा बजारमा व्यापक भएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

यस्ता हल्लालाई चिर्दै विश्वसनीय वातावरण बनाउनु र विश्वसनीय प्रक्रिया अवलम्बन गर्नु समितिका लागि चुनौतीपूर्ण छ। यसअघि राजनीतिक हस्तक्षेपका कारण आफ्नो अधिकार उपयोग गर्न नसकेको सिफारिस समितिबाट गुनासो सुनिएको थियो। ‘पटकपटक सिफारिस समिति, आयोग असफल हुने, पीडितलाई झन् पीडित र निराश बनाउने स्वार्थपूर्ण र गैरजिम्मेवार खेल आम पीडित समुदायका लागि स्वीकार्य छैन,’ २८ वटा पीडित समुदायका संघसंस्थाका प्रतिनिधिले भनेका छन्।

पीडित समुदायको माग सिफारिस समितिलाई स्मरण गराउँदै अधिकतम योग्यता, क्षमता भएका, शान्ति निर्माण, मानवअधिकार क्षेत्रमा योगदान पुर्‍याएका, समाजमा प्रतिष्ठित व्यक्तिहरू सूचीकृत गर्न माग गरेका थिए। सिफारिस समितिले कुनै पनि दबाब र प्रभावमा नपर्न, अल्झिरहेको पीडितको पीडा सम्बोधन गर्ने जिम्मेवारी गहनतापूर्वक पूरा गर्नसमेत सिफारिस समितिलाई सम्झाएका छन्।
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस