नेपालको निकासी बढाउने उपाय
२७ कार्तिक २०८१
•
४ मिनेट पाठ
नेपालको निकासी बढाउने उपाय
नेपालको निकासी बढ्न नसक्नाका कारणहरूमा निकासी गरिने वस्तुको कम उपलब्धता, निकासीमा सरकारको प्रतिबद्धतामा कमी, निजी क्षेत्रको निकासीमा कम चाख, प्रयास गर्दागर्दै गुणस्तरमा कमी, अनुत्पादकमा बढी लगानी र निकासीमा कम मेहनत, लगानीमा छिटो प्रतिफल पाउने आशाले लगानी, निकासी बजारको खोजीमा सम्बन्धित सरकारी निकायको कम चाख र निकासी वातावरणमा औद्योगिक अशान्तिको असर मुख्य छन्।




वीरगञ्जको सुक्खा बन्दरगाह भारतको मुख्य सहरसँग रेलवे सञ्जालमा आबद्ध भएको पनि धेरै भइसकेको छ। सुक्खा बन्दरगाहमार्फत तेस्रो मुलुकबाट आयात बढी भएको छ। अहिले सुक्खा बन्दरगाह पचास प्रतिशत कम क्षमतामा चलिरहेको छ। सुक्खा बन्दरगाहले नेपाल, भारत र तेस्रो मुलुकसँगको ढुवानी खर्चमा तीसदेखि चालीस प्रतिशतसम्म कटौती हुने अपेक्षा गरे पनि त्यत्तिकै प्रतिशत खर्च घटेको देखिँदैन। नेपाल र भारतबीचको गैरभन्सार अवरोध कम गर्न प्रयोगशाला सुधार र प्राविधिक कर्मचारीको क्षमता वृद्धि गर्ने नेपाल–भारत नयाँ व्यापार सन्धिमा उल्लेख छ तर सन्धिमा भएका यससम्बन्धी कार्यविधि र प्रयोगशाला दुुई देशबिच आपसी सहमतिका सन्धिमा उल्लेख प्रावधान कार्यान्वयनमा कमै देखिन्छन्।

चीनसँगको प्रसंग

चीन नेपालबाट निर्यात हुने केही वस्तुलाई शून्य भन्सार सुविधा दिन सहमत भएको छ। यसले मध्य चीन तथा तिब्बतमा नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढ्ने र निर्यातको थप ढोका खुल्नेछ। खासगरी कृषीजन्य उत्पादन, हस्तकला, घिउ, भाडाकुँडा, चाउचाउ, मैदा, निर्माण सामग्रीलगायतका वस्तुले बढी फाइदा लिन सक्नेछन्। चीनले दुई सय अठहत्तर शीर्षकमा सुविधा दिन सहमति जनाए पनि धेरै वस्तु नेपालबाट निर्यात हुने प्रकृतिका छैनन्। हस्तकला, कपडा, वनस्पति घिउ, आल्मुनियमका भाँडाकाुडा, बिस्कुट, अगरबत्ती, चाउचाउ, मैदा, सिमन्ट, फलामे छड आदि पनि सूचीमा पर्छन्। चीनसँगको व्यापार घाटा धान्नै नसक्ने गरी बढेपछि नेपालले शून्य भन्सारको प्रस्ताव ल्याएको हो। चीन, हङ्गकङ्ग र तिब्बतसमेत जोड्दा नेपालको कुल व्यापार घाटा अत्यधिक छ।

चीन सरकारले नेपाली उत्पादनको शून्य भन्सार दरको सूची थप गरेको छ। विगतमा सात हजार आठ सय नेपाली उत्पादनलाई भन्सार सहुलियत प्रदान गर्दै आएकोमा यसलाई बढाएर आठ हजार ३१ पुर्‍याइएको छ। नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाइ व्यापार विस्तारका लागि सहयोग पुर्‍याउन यस्तो सुविधा दिएको हो। चीनले दिएको यस्तो सुविधाबाट नेपालले भरपुर फाइदा लिन नितान्त आवश्यक छ। तर कार्यविधि र तल्लो तहसम्मको पूर्वाधारको व्यवस्था तयार हुने अवस्था छैन। तर पनि चीनसँगको सम्झौताले नेपालको निकासी व्यापारको आयतन बढाउन सहयोग भने अवश्य पुग्नेछ। शून्य भन्सार सुविधा सन् २०१५ डिसेम्बरभित्र कार्यान्वयनमा ल्याउने सहमति भएको थियो।

सन् २००७ मा चार हजार ७२१ वस्तुलाई शून्य भन्सार दरमा चीन प्रवेश सुविधा दिएकामा सन् २०१३ मा बढाएर सात हजार ७८७ पुर्‍याइएको थियो। यस सुविधाले नेपालबाट चीन निर्यात हुने ९७ प्रतिशत वस्तुले शून्य भन्सारमा प्रवेश पाउनेछन् भनिएको छ। तर पनि यो सुविधा व्यापारमा संलग्न तल्लो निकायसम्म नहँुदा नेपाल यस्तो सुविधाबाट वञ्चित हुने देखिन्छ। चीन नेपालका लागि भारतपछि ठूलो आयात व्यापारिक देश हो। हरेक वर्ष नेपालको चीनसँग व्यापार घाटा उच्च दरले बढ्दैछ।

भारतसँगको प्रसंग

नेपालको निकासी बढाउन नेपालको निकासी जति हुन्छ त्यति मात्र भारतबाट नेपालमा वस्तु आयात गर्न भारतसँग सौदावाजी गर्नुपर्छ। नेपालको निर्यात वृद्धि गर्ने अन्य उपायहरूमा निर्यात व्यवसायलाई आयकरबाट मुक्त गर्नुपर्ने, निर्यातकर्तालाई प्रदान गरिएको सुविधा कार्यान्वयन गर्नुपर्ने, निकासी प्रशोधन क्षेत्रको विकास गर्नुपर्ने देखिन्छ। बाह्य मुलुकमा हाम्रो उत्पादनबारे बढीभन्दा बढी प्रचार प्रसार गरी व्यापार मेलामा भाग लिनुपर्ने देखिन्छ।

नयाँ वाणिज्य नीतिका झन्झटिला प्रावधानहरूलाई समन्वय गरी निकासी प्रवद्र्धन उन्मुख बनाउँदै जानुपर्ने देखिन्छ। यो नीति आए पनि निर्यातमा सरकारले सहुलियतपूर्ण नीति नियम तर्जुमा गर्नुपर्ने देखिन्छ। भारत, बंगलादेश, अफगानिस्तान जस्ता सार्क राष्ट्रहरूमा सहुलियतपूर्ण नीति दिएका कारण देशको निर्यात बढेको हो। सार्क राष्ट्रसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमका नीति नियम आवश्यक छ। निकासी प्रवद्र्धनमा निकासी वस्तुगत संघहरूले आफूसँग सम्बन्धित वस्तुहरूको निकासी कम्तीमा पनि वार्षिकरूपमा दुई–तीन प्रतिशतले मात्र बढ्ने हो भने पाँच वर्षमा नेपालको निकासी वृद्धि हुँदै जान्छ।

आयात व्यापार माग गरिएको नयाँ बन्दरगाहमार्फत गरी नेपालको निकासी व्यापार हालै प्रयोग गरिआएको कोलकाता–हल्दिया बन्दरगाहामार्फत सञ्चालन गर्नु उपयुक्त हुनेछ। नेपालले प्रयोग गर्दै आएको हालको कोलकाता बन्दरगाह प्राकृतिकरूपले नेपालको ठूला नदीहरूसँग जोडिएको छ। तसर्थ भारतको कोलकाता बन्दरगाहा नेपालको प्रयोगका लागि नियमित गर्नुपर्छ।

कोलकाता भन्सारमा विलम्ब शुल्कका अलावा ठूलो व्यापारिक खर्च नेपाली व्यापारीले पटक–पटक बेहोर्नुपरेको छ। नेपालको कुल निर्यातको असी प्रतिशतभन्दा बढी निकासी पैठारी भारतीय सडक मार्गबाट हुने गरेको छ। नेपालको कुल निर्यात कारोबारमा एचएस कमोडिटी कोडअनुरूप पाँच सयभन्दा बढी किसिमका वस्तु निर्यात भएको पाइन्छ। नेपालको निर्यात व्यापारमा क्षेत्रगत दृष्टिकोणबाट नेपालसँग व्यापार कारोबार गर्ने मुलुकहरूमा एशिया, अफ्रिका, अमेरिका, युरोप गरी लगभग एक सय ७० भन्दा बढी छन्। निर्यात व्यापार कारोबारमा धेरै वस्तु र एक सय ७० भन्दा बढी मुलुक देखिए तापनि निकासी मूल्यको दृष्टिकोणले एक अर्ब रूपैयाँभन्दा बढी रकमको सात आठवटा वस्तु मात्र छन्।  
अर्को समाचार
वीरगञ्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात
१० असोज २०८१
•
१ मिनेट पाठ
वीरगञ्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात
वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा रु पाँच अर्ब २६ करोड ३७ लाख १० हजार मूल्य पर्ने सामान निर्यात भएको छ।




गत आर्थिक वर्षको सोही अवधिमा रु पाँच अर्ब २९ करोड ३८ लाख २४ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेले रु ४९ करोड ५९ लाख २८ हजार मूल्यपर्ने ६९ लाख ५३ हजार किलोग्राम पिना निर्यात भएको जानकारी दिए। विगतको तुलनामा पिनाको निर्यातमा वृद्धि भएको छ।

चालु आवको भदौ मसान्तसम्मको ३३ करोड ३९ लाख सात हजार मूल्य पर्ने १४ लाख ५६ हजार आठ सय चार किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको छ।

त्यसैगरी, गत आवको सोही अवधिमा रु २० करोड ३६ लाख ६८ हजार मूल्य पर्ने आठ लाख ३८ हजार एक सय ४० किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको थियो। चालु आवको भदौसम्म १२ करोड ९३ लाख २८ हजार मूल्य पर्ने १७ लाख नौ हजार एक सय ६० किलोग्राम ‘एमएस स्टिल स्ट्रिप’ निर्यात भएको छ।

चालु आवको भदौ मसान्तसम्मको अवधिमा रु ११ करोड ८२ लाख ९९ हजार मूल्य पर्ने ५४ हजार एक सय ८२ वर्गमिटर उनी गलैँचा निर्यात भएको छ। गत आवको तुलनामा चालु आवको सोही अवधिमा उनी गलैँचा कार्पेटको निर्यातमा २० दशमलव ४३ प्रतिशतले गिरावट आएको छ।

चालु आवको भदौ मसान्तसम्म एक अर्ब २९ करोड तीन लाख ७९ हजार मूल्य पर्ने एक करोड ३६ लाख ४५ हजार  आठ सय लिटर जुस जाम निर्यात भएको छ।

गत आवको भदौ मसान्तको तुलनामा चालु आवको सोही अवधिमा जुस जामको निर्यात भने  पाँच दशमलव ११ प्रतिशतले बढेको छ। चालु आवको भदौ मसान्तसम्मको अवधिमा रु ११ करोड ७९ लाख ८४ हजार मूल्य पर्ने ६७ हजार तीन सय ८० किलोग्राम कुकुर वा बिरालोको खाना निर्यात भएको छ। रासस
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३१ सेकेन्ड अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस