काठमाडौंको सर्वाधिक व्यस्त र शहरमा सवारी जामहुने भनेर कहलिएको गौशाला चोकमा आइतवार अपरान्ह निकै ठूलो तमाशा देखियो। चोकमा अघिपछि भन्दा विशेष जाम थियो। सडक चारैतिरवाट वन्द थियो।
उखरमाउलो गर्मीले अत्तालिएका ट्राफिक प्रहरीहरु अस्तव्यस्त थिए। सडक कतावाट खोल्ने र कतावाट वन्दगर्ने? कुनै मेसो पाइ रहेका थिएनन उनीहरु। तै, सडकमा शव वाहन र एम्वुलेन्स थिएनन। निजी मोटरवालाहरु र सार्वजनिक वाहनमा चढेकाहरु हतारमा थिए।
काठमाडौं शहरका मानिस सँधै हतारमा हुन्छन्। हतारिन कुनै काम नै हुनुपर्दछ भन्ने छैन । जामको वीचमा हतार हतारमा नै कसैले ट्राफिकसंग सोध्यो, 'के को जाम हो यो?' ट्राफिकले हतार हतारमै जवाफ दियो, 'सवारी छ, सवारी'
'देशमा राजा नभएको दुइ वर्ष वितिसक्यो। अव यतिवेला कसको सवारी?' एउटा निजी कारभित्रवाट आवाज आयो, 'को हो त्यो नेपालको नयाँ राजा?'
एउटाको यो आक्रोशपछि आक्रोशको वाढी नै आयो। ती मध्ये धेरै लेख्न नसकिने, जातीय, साम्प्रदायिक, अभद्र र वेसोमती टिप्पणी थिए। लेख्न सकिने टिप्पणीहरु यस्ता थिए- के यसरी जनतालाई दुख दिन हामीले ती यादवको छोरालाई राष्ट्रपति वनाएका हौं? राजाको ठस्सा देख्दा देख्दा आजित भएका छन नेपाली जनता भन्ने थाह थिएन उनलाई? अस्तिसम्म आफैं जाममा परेको वदला लिएको हो कि के हो?
नयाँ नेपालका पहिला राष्ट्रपति रामवरण यादवको 'सवारी' पुरानो नेपालको सवभन्दा पुरानो 'दैविक' भोटोहेर्न जावलाखेलमा भएको कारणले अस्तव्यस्त थियो गौशाला। राष्ट्रपति जावलाखेल जानु भएको भए शायद उहाँको नाममा मोटरवाल नागरिकहरुको यसखालका अभद्र र वेसोमती टिप्पणीहरु कसैले सुन्नुपर्ने थिएन। दार्शनिक हेनरी लुइ वर्गसनको दिमागमा नागरिकहरु र खासगरी काठमाडौंका नागरिकहरुले यस्ता शव्दहरुको उच्चारणगर्ने कल्पनामात्रै भएको भए नागरिक समाजको परिभाषा नै वदल्थे होलान। तर, त्यतिखेर हामी 'रुरल' ट्राइवल थियौं, यतिखेर अर्वन ट्राइवल भएका छौं।
राष्ट्रपतिको सुरक्षा र सवारीको जिम्मा तिनैले पाएका छन जसले राजाको सुरक्षा र सवारीको जिम्मा पाएका थिए। उनीहरुका लागि गणतन्त्र नेपाल साइनबोर्ड फेरिएको देशमात्रै हो र राष्ट्रपति डा. रामवरण यादव अवतार फेरिएका राजा मात्रै हुन। त्यसैले पनि, उनीहरुलाई राष्ट्रपतिको सुनामी र वदनामीसँग खासै मतलव छैन। त्यस्तो मतलव भै दिएको भए राष्ट्रपतिलाई शीतल निवासवाट जावलाखेलसम्म सानो हेलिकप्टरमा उडाएर पनि लान सकिन्थ्यो। मुख्य कुरा शान हो।
लिमुजिनमा सवार हुनु भएका राष्ट्रपतिलाई एक किलोमिटर लामो सुरक्षा घेराले घेरेर 'राजकीय' तमाशा देखाउँदै जावलाखेल पुर्याउंदा जुन शान देखिन्छ त्यो अघिपछि कहिल्यै देखिदैन। कुनैवेला सुरक्षा र सवारीको यो अदभूत मिश्रण हेरेर ताली वजाउन सडक पेटीका दुवै किनारमा उभिनेहरुको संख्या हजारौं हुन्थ्यो। जनतामा अव त्यो आकर्षण बाँकी छैन। बाँकी भएपनि उनीहरु नांगो आँखाले यथार्थसंग साक्षात्कारगर्न चाहँदैनन। नांगो सत्य सँधै अप्रिय हुन्छ। त्यो भन्दा त टेलिभिजनवाटै देखिन्छ राम्रो र आकर्षक दृश्य।
राष्ट्रपति यादवमा कहिल्यै मत्स्येन्द्रनाथको भोटो हेर्ने रहर पलाएको थियो कि थिएन यसैभन्न सकिदैन। कृषि प्रधान काठमाडौं उपत्यकाका रैथाने मत्स्येन्द्रनाथ सहकालका देवताका रुपमा पूजिन्थे। उनका प्रति सम्पूर्ण नेपाली समाजमा आस्थाको विस्तार भएको सांस्कृतिक विवरण पढन पाइएको छैन। तर, राता र सेता मत्स्येन्द्रनाथका वीचहुने राजनीतिक खिंचातानीका कथाहरु भने किम्वदन्तीका रुपमा शदीयौंदेखि पढन, सुन्न र वर्तमान राजनीतिका विभिन्न पात्रहरु मार्फत भोग्न पनि पाइएको छ। उसैपनि, यदुवंशी राष्ट्रपति यादव जनकपुरको परम्परा अनुसार रामभक्त हुनुहुन्छ। धर्मप्रति आफनो व्यक्तिगत आस्था र सदभावलाई उहाँले लुकाउनु भएको छैन। उहाँ धर्म निरपेक्ष देशको संवैधानिक नेतृत्वमा हुनुहुन्छ। त्यसैले पनि, संगति र विसंगतिको सन्तुलन मिलाउन उहाँलाई अप्ठेरो परेको हुन सक्दछ।
कुनैपनि देशको राष्ट्रपति त्यस देशको सांस्कृतिक परम्परा र विम्वहरुसंग जोडिनु निकै राम्रो कुरा हो। यस हिसावले राष्ट्रपति यादव सकेसम्म सक्रिय रहनु भएको छ। राष्ट्रपतिले ल्होत्सार पनि छाडनु भएको छैन र साकेवा पनि भ्याउनु भएको छ। नेपालीलाई चाहिएको समावेशी गणतन्त्र पनि यही हो। सवै चाडपर्वमा राष्ट्रपतिको उपस्थिति रहोस। सवै नेपालीले राष्ट्रपतिलाई भोज खुवाउन पाउन। तर, सवै कुराको एउटा सीमा हुन्छ। राष्ट्रपति सँधै जात्रामा नै व्यस्त रहनुपर्ने हो भने उहाँका अन्य दायित्वहरु चेपिनेछन। राष्ट्रपति कुन जात्रामा जानैपर्ने हो? कुनमा नगएपनि हुने हो? इन्द्रजात्राका दिन गद्दी वैठकको कौशीमा उभिएर लाखेलाई वक्सिसदिने राजकीय परम्पराको पालना गणतान्त्रिक नेपालका राष्ट्रपतिले गर्न पर्ने हो कि होइन? देशका संस्कृति र इतिहासका विज्ञहरुको राय लिएर सरकारले यस्ता प्रश्नहरुको जवाफ किन नखोजेको हो?
के के गर्ने हो राष्ट्रपतिले? अन्तरीम संविधानले यसको पूर्ण विवरण दिएको छैन। न त त्यसले दिशा निर्देश गरेको वाटोको विस्तारित नक्सा नै तयारगर्न सकेको छ सरकारले। जे चल्दै आएको छ त्यसलाई चलाउने वाहेक अरु विकल्प पनि देखिएको छैन अहिले। राष्ट्रपतिका नाममा वाँडिने निम्ता कार्डहरु पुरानो राजदरवारको रोष्टरवाट आयात गरिएका छन। अधिकांश भोज भतेरमा लोकतन्त्र, गणतन्त्र र राष्ट्रपतिसंग तीन र तेह्रका सम्बन्ध नभएका निम्तालुहरुको वाहुल्य देखिन्छ। राष्ट्रपति स्वयंको कार्यालय शीतल निवासका मालिक कृष्ण शमशेरको वैठकको तहवाट माथि उठन सकेको छैन। गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपतिको मर्यादा सुहाउँदो व्यवस्थागर्न सरकारले ध्यान दिएकै छैन।
यसले गर्दा सुरक्षा निकायमाथि राष्ट्रपतिको निर्भरता वढदै गएको देखिन्छ। सेनाका परमाधिपतिका रुपमा राष्ट्रपतिको सुरक्षा र सवारीको व्यवस्था सँगसँगै सेवाको चाँजोपाजो मिलाउन पनि उत्साहित भएर लागेको छ सुरक्षा निकाय। हिजो राजाको तामझाम मिलाउँदा मिलाउँदा खप्पीस भएको सुरक्षा निकायले राष्ट्रपतिका लागि त्यत्तिकै तामझाम त जुटाउन सकेको छैन। तर, सवारी चलाउँदाका तामझामले 'नागरिक' राष्ट्रपतिको सुकीर्तिमा अनावश्यक सडक विवादको सिर्जना गरेको छ।
नेपाली राजनीतिको केन्द्रीय तहमा आफनो प्रभाव वढाइ रहनु भएकै वेला राष्ट्रपतिको दायित्व सम्हाल्नुपर्ने परिस्थितिमा हेलिनु भएका राष्ट्रपति यादवले अहिलेसम्म आफना राजनीतिक आकांक्षाहरुलाई पखेटा फैलाउन दिनु भएको छैन। सेनाका परमाधिपतिका रुपमा आफना प्रधान सेनापतिको अलाप र देश चलाउने दायित्व वोकेका वाइस दलको विलाप सुनेर 'थमौति' विवादमा नफस्नु भएको भए उहाँको सुकीर्ति अझै फैलिने थियो। यतिवेला, जव देश अशान्त छ र देशवासीमा म्याद थपिएको संविधान सभाले पनि संविधान लेख्ने विश्वास क्षीण हुँदै गएको छ, राष्ट्रपति यादव असल सन्देशका संवाहक वन्न सक्नुहुन्छ।
सवै नेपालीका साझा नायकका रुपमा दलहरुलाई संविधाननिर्माणको लक्ष्यमा अग्रसर गराउन सक्ने मध्यस्थकर्ताको नैतिक आधार अहिले पनि उहाँसँगै छ। असल कामगर्न अन्तरीम संविधानले उहाँलाई रोकेको पनि छैन।
राष्ट्रपति यादवले मत्स्येन्द्रनाथको भोटो दर्शन गर्नु भएको छ। त्यो भोटो आफैमा अनुश्रुति मात्रै हो। अनुश्रुतिवाट यथार्थसम्मको यात्रामा राष्ट्रपति सडक आक्रोशको तारो वन्नु भएको छ। नयाँ नेपालमा त्यस्तो अवस्था वान्छनीय हुन सक्दैन।