नेतृत्वको भुलभुलैया
नेतृत्वको भुलभुलैया
यद्यदाचरतिश्रेष्ठस्ततत्तदेवेतरो जनः




स यत्प्रमाणं कुरूते लोकस्तदनुवर्तते।

– भागवत् गीता, तेस्रो अध्याय, श्लोक २१

यो श्लोकको भावार्थ हो– श्रेष्ठ नेतृत्वले जस्तो आचरण देखाउँछ त्यस्तो आचरणको अरू मानिसले पनि अनुशरण गर्दछन्। यदि एक नेता सही मार्गमा हिँड्छ भने समाज पनि सकारात्मक मार्गमा अघि बढ्छ।

अरूलाई पे्ररित गर्न सक्ने, सही दिशा मार्गनिर्देश गर्ने र समयानुकूल सही निर्णयहरू गर्न सक्ने विशेष किसिमको क्षमतालाई नेतृत्व भनिन्छ। नेतृत्वमा रहनेहरू सधैँ इमानदार र पे्ररणादायक बन्नुपर्छ। अरूप्रति उच्च सहानुभूति राख्न सक्ने, परिआएका समस्याहरूलाई तत्काल समाधान गर्न सक्ने र आफ्नो टिमलाई सधैँ एकताबद्ध गर्न सक्ने नेतृत्व नै असल नेतृत्वका गुण हुन्। समाज र राष्ट्रले माथि भनिए जस्तै नेतृत्व पाइरहेको छ त ? यो आजको एउटा गम्भीर र विचारणीय प्रश्न बनेको छ।

मानौँ एउटा अवस्थाको कल्पना गरौँं, एउटा युवा व्यवसायी नेतृत्व हातमा कफी कप लिएर केही गरौँ भन्ने जोस र हुटहुटीका साथ आफ्नो टोलीसँग प्रविधि, मनोरञ्जन र र साजसज्जा (टेक्नोलोजी, इन्टरटेन्मेन्ट र डिजाइन)बारे छलफल गर्दैछ तर उनीहरूमा काम गर्ने जतिसुकै धेरै उत्साह र उत्पे्ररणा होस् कम्पनीले उनीहरूमाथि स्पष्ट दिशा र गन्तव्य देखाउन असमर्थ कम्पासबिनाको जहाज जस्तै बेवास्ता गर्छ।

त्यस्तै त्यहाँ अर्को नेतृत्व हुन्छ जसले सामूहिक छलफल र विमर्शमा होइन, मेहनतको परिणाम राम्रो हुन्छ भनेर ठुला ठूला महत्त्वाकांक्षी सपनाले भरिएका साना साना टुक्रे कागजमा लेखिने स्टिकी नोटले भरिएका टेबलहरूमा विश्वास गर्छ। यस्तो नेतृत्व पावरपोइन्टमा निर्भर रहन्छ र यी कुरा स·ठनका लागि फाइदाजनक छैनन् भन्ने कुरामा जानकार हुँदैन। तर पनि नेतृत्वले यी दृश्यात्मक अभिलेखहरू कसैमा उत्साह र प्रेरणा उत्पन्न गर्नेछन् भन्ने आशा गरेका हुन्छन्। जे होस्, यी दुई थरी नेतृत्वकै साझा सङ्घर्ष र चुनौती भनेको राम्रो उद्देश्यका साथ काम गरी त्यसलाई प्रभावकारीरूपमा सम्पन्न गर्नु हो तर यहाँ राम्रो उद्देश्य र त्यसको प्रभावकारी कार्यान्वयनका बीचमा गहिरो खाडल देखापरेको पाइन्छ।

यसै सन्दर्भमा हेर्दा एकातिर सङ्घर्ष गर्ने नेतृत्व छ भने अर्कोतिर सङ्घर्षबिना स्थापित नेतृत्व रहेको देखिन्छ। नेपालको कर्पोरेट क्षेत्रमा गई नियाल्ने हो भने पनि यसको जवाफ भेट्टाउन सकिन्छ। औद्योगिक क्षेत्रलाई नेतृत्व गर्ने धेरैजसो व्यापारिक घरानाहरूले पुर्खाको नासोका रूपमा परम्परागत सल्लाहलाई शिरोधार्य गर्दै अगाडि बढेको पाइन्छ। उनीहरू आफ्ना अग्रजहरूको अनुभवलाई मार्गदर्शन गरी पुरानै बल र बुद्धिका भरमा समकालीन चुनौती र अप्ठ्याराहरूसँग जुधेर नेतृत्व शैलीलाई पूर्ण आकार प्रदान गर्न लागिपरेका हुन्छन्।

यस्तै अर्कातिर शैक्षिक प्रमाणपत्र र प्रशोधित सिद्धान्त र विचारको भारी बोकेर नेतृत्वमा आउन प्रयासरत हुन्छन्। यस्ता वर्गमा अहिलेका डिग्रीधारी युवाहरू पर्छन्। उनीहरू वास्तविक संसार र बहस गरिने हलहरूका बीचमा कति ठूलो भिन्नता र खाडल हुन्छ भन्ने कुरामा कहिलेकाहीँ आफैँ झुक्किन पुगेका हुन्छन्। उनीहरूको यात्रा यस्तै परीक्षण र त्रुटि हुँदै अगाडि बढिरहेको हुन्छ। सिद्धान्तमा भनिएका कुरा र ती कुरालाई व्यवहारमा उतार्दाका बीचमा देखिने खाडललाई सम्बोधन गर्ने कुरामा पनि उनीहरूमा व्यापक अलमल हुने गर्छ।

सन्दर्भबाट टाढा

वास्तवमा पढेर जानिने कुरा र परेर जानिने कुरामा फरक पर्न सक्छ। जस्तै, गणित विषयमा पिएचडी गरी किताबी ज्ञान र आत्मविश्वासले भरिएको छोरो घर फर्कन्छ। उसले टेबलमा दुई वटा स्याउ देख्छ। मानौँ, गणितका कुनै सूत्रले दुईलाई तीन पनि बनाउन सक्ला। त्यसैअनुसार उसले टेबलमा तीनवटा स्याउ छन् भन्ने अवधारणा बनाउँछ र बुबा आमासँग तीनवटा स्याउ छन् भनेर जोड गर्छ। छोराको निराशा र अर्थहीन तर्कपछि बुबा आमाले एकएक वटा स्याउ आफुले उठाउँछन् र तेस्रो स्याउ उठाऊ भनी छोरालाई आग्रह गर्छन् तर टेबलमा छोराले उठाउने स्याउ हुँदैन।

यसबाट के छर्ल· हुन्छ भने विचार र सिद्धान्तहरू मूल्यवान् हुँदाहुँदै पनि वास्तविक जीवनमा ती कुरा स·तिपूर्ण नहुन पनि सक्दा रहेछन्। डिग्री र सैद्धान्तिक ज्ञानको उचाइमा धेरै युवाले आफूसँग संसारका सबै प्रश्नहरूको जवाफ छ जस्तो गर्छन् तर उनीहरूमा परिस्थितिको वास्तविकतालाई बुझ्ने आधारभूत रणनीतिहरूको अभाव रहेको देखिन्छ। वास्तविक संसारले त जहिले पनि पाठ्यपुस्तकभन्दा बाहिर जानुपर्छ भन्ने सन्दर्भको बुझाइ माग गरेको हुन्छ। कार्यस्थल भनेको कुनै सैद्धान्तिक स्यान्डबक्स अर्थात् परीक्षण गर्ने सुरक्षित ठाउँ होइन। यसका लागि नेतृत्वमा जान चाहनेले वातावरणको विशिष्ट परिस्थितिसँग मेल खाने रणनीतिहरू तयार गर्न सक्नुपर्छ।

सन् २०१६ को ‘जर्नल अफ पोलिटिक्स’मा प्रकाशित अध्ययनले पनि शिक्षित युवा नेतृत्वले पनि कहिलेकाहीँ भने निकै खराब प्रदर्शन गर्छन् भन्ने औल्याएको थियो। यसले के देखाउँछ भने सैद्धान्तिक ज्ञानलाई वातावरणीय सापेक्षतामा प्रभावकारी कार्यान्वयन गरिएन भने यो बेकार बन्न पुग्छ। त्यसैले नेतृत्वको सफलता परिस्थितिजन्य अनुकूलतामा निर्भर रहन्छ भन्ने यो अध्ययनको स्पष्ट सन्देश हो र साथसाथै यस अध्ययनले सांस्कृतिक र परिस्थितिजन्य सन्दर्भमा आधारित भई आफ्ना कार्यनीतिहरू कार्यान्वयन गर्ने नेतृत्व पाठ्यपुस्तक रणनीतिलाई दृढतापूर्वक पालना गर्नेहरू भन्दा स·ठनात्मक लक्ष्य प्राप्त गर्न बढी सफल हुने गर्छन्।

सम्बन्धबाहिरका रणनीति अर्थहीन

मानव र समाजबिचका सम्बन्धहरूलाई जोड्न सक्ने रणनीतिले साझा र सशक्त नेतृत्व निर्माण गरेको हुन्छ। मानव सम्बन्ध भनेको मेट्रिक्स जस्तो हिसाब होइन। कल्पना गरौँ, कुनै नेताले आफ्नो महत्त्वाकांक्षी लक्ष्य र योजना पूरा गर्न यति धेरै उपभोग गरेका हुन्छन् कि उनीहरूले आफूलाई सहयोग पुर्‍याउने मान्छेलाई पनि बिर्सेका हुन्छन्। आफूलाई पनि मेसिन जस्तै र गति प्रदान गर्ने मेसिनका दाँतीका रूपमा लिनु उनीहरूको मान्यता हो। वास्तवमा यो मान्यता मानव सम्बन्धको पासो जस्तै हो।

नेतृत्व भनेको चेसका गोटी चलाउनु मात्र होइन। चेसका गोटीबिच पनि भावना, आकांक्षा र सम्बन्धहरू हुन्छन्। यो सम्बन्ध मानिसहरूबिच पनि हुने गर्छ भन्ने बुझ्नु हो। विश्वास र आपसी समन्वयबाट नै सन्तुष्टि र प्रभावकारिता वृद्धि हुन्छ भन्ने कुरा अस्टे«लियन ‘जर्नल अफ बेसिक एन्ड एप्लाइड साइन्सेस्’का अध्ययनहरूले पनि देखाएका छन्। सत्य नाडेला, माइक्रोसफ्टका सिइओ यसका उदाहरण हुन्। नाडेलाले आफ्नो अन्वेषणमा मात्र जोड दिएनन्, उनले समानुभूति, विश्वास र खुला सञ्चारमा समेत ध्यान दिएर माइक्रोसफ्टको संस्कृतिलाई परिवर्तन गरे। उनको नेतृत्वले कम्पनीको पुनरुत्थानको नेतृत्व गर्न पनि सफल भएको थियो।

यी तथ्यहरूबाट पाइने शिक्षा के हो भने नेतृत्व भनेको चार्ट र लक्ष्यहरू सन्तुलनमा राख्ने काम मात्र होइन, यो त आपसी सहयोग, साझा उद्देश्य र समानुभूतिको मीठो अभ्यास पनि हो।

शब्दजालबाट पर

नेतृत्व भनेको रेसमी धागोले भरेको बुट्टा होइन। यो कुरा हामी सबैले कतिपय ठाउँ र अवस्थामा देखेका, भोगेका छौँ। कतिपय नेतृत्व भुनभुन गरिरहन्छन्, चिप्ला र बेसारे शब्दहरू छरिरहन्छन्। सुरुमा त यो प्रभावशाली लाग्न सक्छ तर भनिन्छ नि, रोटी मीठा चिल्ला, कुरा मीठा खस्रा। साँच्चै नै यस्ता चिप्ला कुरा गर्ने नेतृत्व छिटै नै असफल हुन्छन्। किनभने शब्दजालको अनावश्यक प्रयोगले नेतृत्वकर्ताको समूहका सदस्यहरूलाई एकापसमा अलग बनाइदिन सक्ने, भ्रम सिर्जना गर्न सक्ने र प्रगतिलाई रोक्न सक्ने सम्भावना बढी हुन्छ। त्यसैले नेतृत्वमा रहनेले सबैलाई जोड्ने किसिमले शब्द विन्यासमा ध्यान दिनु नितान्त आवश्यक हुन्छ। भााषिक अभिव्यक्तिको प्रयोगका सन्दर्भमा पहिल्यै पत्ता लागेका र व्यवहारमा प्रभावकारी भइसकेका कुराहरूमा ध्यान पुर्‍याउन सकियो भने मात्र नेतृत्वले सफलताको भ¥याङ उक्लन सक्छ।  

यस विषयमा ‘अमेरिकन जर्नल अफ इन्डस्ट्रियल एन्ड बिजनेस म्यानेजमेन्ट’मा सन् २०१४ मा गरिएको अध्ययनले पनि कसरी कमजोर शब्दजालले कर्मचारी र समूहका सदस्यलाई दिग्भ्रमित गर्न सक्छ, व्यक्तिको मनोबल, उत्पादन क्षमता र स·ठनात्मक सफलतामा कस्तो नकारात्मक असर पार्छ तथा सञ्चारमा कस्ता अवरोधहरू खडा गर्छ भन्ने बताएको थियो। त्यसैले भाषाको उद्देश्यपूर्ण प्रयोगबाट मात्र यस्ता अवरोध र समस्याबाट मुक्ति पाइन्छ।

एक नेता जसले भाषाले पार्ने प्रभावहरूलाई नबुझेर अनेकन कुराहरू गर्न पुग्छ उसले ढिलो÷चाँडो विश्वसनीयता पनि गुमाउन पुग्छ। त्यसैले भाषालाई ब्लक चेन एकीकरण (सुरक्षित र पारदर्शी सम्बन्धको हातेमालो) का रूपमा प्रयोग गरेर व्यवहारलाई विश्वसनीय बनाएमा त्यो नेतृत्वलाई शिक्षित, व्यावहारिक र पारदर्शी नेतृत्व मान्न सकिन्छ। यसर्थ भाषा त एउटा माध्यम र औजार हो, यसले सधैँ दुई किनारालाई जोड्ने पुलको काम गर्नुपर्छ। भाषा कहिल्यै अवरोध बन्नु हुँदैन।

अव्यवस्थित र विच्छेदित मानसिकता त्याग्ने

नेतृत्वमा बाधा पुर्‍याउने काममा अव्यवस्थित र विभेदपूर्ण मानसिकता पनि एक हो। अन्य देशमा जस्तै नेपालमा पनि विशेषतः उदीयमान नेताहरू तथा व्यावसायिक र शैक्षिक सेटिङहरूमा यस किसिमको अव्यवस्थित र विच्छेदित मानसिकताले जरा  गाडेको पाइन्छ। उदाहरणका रूपमा कुनै एक कार्यशाला  बिहान १० बजेका लागि निर्धारित गरिएको हुन्छ तर सहभागीहरू १०ः४५ सम्ममा आउँदै हुन्छन् र कार्यशाला करिब एक घण्टा ढिला सुरु हुन पुग्छ। समयनिष्ठताको यो विषयलाई सानो असुविधा वा हल्कारूपमा लिएर खारेज गर्न सकिएला तर यसले संरचना र समयमाथि ठूलो समस्या सिर्जना गर्छ। यो मानसिकतालाई सम्बोधन नगरी छोडियो भने स·ठनको सञ्चालन, रणनीति र समग्र प्रणालीको प्रभावकारितामा नै गम्भीर समस्या र क्षति हुन पुग्छ।

नेतृत्व जहिले पनि आदर्शको बाटो हिँड्नुपर्छ। ऊ स·ठनको मियो मात्र होइन, अरूका लागि पनि अनुकरणीय व्यक्तित्व बन्नु पर्छ। नेतृत्वलाई प्रभावकारी बनाउन र महत्त्वाकांक्षी योजनालाई पूरा गर्न उच्च रणनीतिक योजनाका साथ फराकिलो सोच बनाएर नेतृत्व अगाडि बढ्नुपर्छ। नेतृत्व भनेको विचार, निर्णय, कार्य र लक्ष्यहरूको जडान हो तर आजको उदीयमान धेरै नेताहरूले नेतृत्वमा हुनुपर्ने यस किसिमका ओज र गुणलाई बेवास्ता गरिएको पाइन्छ।

सूक्ष्म व्यवस्थापनको मार्ग पहिचान

एउटा यात्री पहाडमा हराएपछि गाउँलेलाई सोध्छन्, यो बाटो मार्सेलो पुगिन्छ ? गाउँलेको जवाफ हुन्छ– हो सर, यो मार्सेलो जाने बाटो हो तर तपाईँ गलत दिशामा जाँदै हुनुहुन्छ। यसबाट बुझ्न सजिलो छ, आफ्नो गन्तव्य पर्याप्त होइन, मुख्य कुरा सही मार्ग पहिचान गर्न सक्नुपर्छ। आफ्नो स·ठनको नेतृत्व गर्ने युवाले यस घटनालाई एउटा सत्यका रूपमा लिनुपर्छ। युवा नेताहरूमा निहीत सबैभन्दा ठूलो शक्ति उनीहरूको जोस, ऊर्जा र नवीन विचारहरू हुन्। स्पष्ट कार्यदिशाको अभावमा यो ऊर्जा र जोस छिन्नभिन्न हुन पुग्छ। धेरै युवा नेताहरूले आफ्नो क्षमता र प्रभावकारिता प्रमाणित गर्ने प्रयास गर्दा यस्तै दोहोरो अलमल र चुनौतीको सामना गर्नुपर्छ। जब दृष्टि नै धमिलो र अस्पष्ट बन्न पुग्दछ त्यसले टोलीभित्र भ्रम र गलत स·ठन सिर्जना गर्छ। समय र विचार स्पष्टताको कमीले कामप्रतिको उत्प्रेरणा र विश्वासलाई पनि कम गर्छ। यसले गर्दा आफूले गरेको योगदानप्रति पनि अनिश्चित महसुस हुन्छ।

यस्तो अवस्थामा युवा नेताहरूले आफ्नै असुरक्षा, विश्वासको कमी र आफूलाई नियन्त्रण कायम गर्न प्रायः माइक्रो म्यानेजमेन्टको सहारा लिने गर्छन्। यद्यपि यस्तो माइक्रो म्यानेजमेन्टले नेतृत्वकर्ताको रचनात्मक पहलकदमीलाई निरुत्साहित गर्छ। टोलीको मनोबल घटाउँछ र नेतृत्व चुनौतीलाई थप जटिल बनाउँछ।

नेतृत्वबारे नयाँ परिभाषाको खोजी

नेतृत्व सधैँभरि एउटै आकार र मान्यतामा मिल्ने कुरा होइन। यो त समाज र स·ठनको भावना, दृष्टि, सन्दर्भ, सम्बन्ध र सञ्चारको एक गतिशील र परिवर्तनशील अन्तरक्रिया हो। अव्यवस्थित र विखण्डित मानसिकता, अस्पष्ट दृष्टिकोण, शब्दजालमा अत्याधिक र अनियन्त्रित निर्भरता जस्ता पक्ष छिचोल्नै नसकिने चुनौती होइनन्। यस किसिमका समस्या र चुनौतीहरूलाई अनुकूलन गर्दै अगाडि बढ्नु नेतृत्वका लागि अवसर पनि हुन्।

सच्चा र ठूला नेतृत्वकर्ताले प्रेरणा मात्र दिँदैनन्। उनीहरू आफूसँग रहेको ऊर्जा र जोसलाई स·ठनको उद्देश्यसँग जोडेर रणनीतिसँग समानुभूति राख्दै सिद्धान्तलाई अभ्यासमा रूपान्तरण गर्न सफल हुने गर्छन्। साथै उनीहरूले विचारलाई कार्यमा, लक्ष्यलाई वास्तविकतामा र मानिसलाई साझा उद्देश्यका रूपमा जोड्ने पुलको काम गर्छन्।

नेतृत्व निरन्तरको भुलभुलैया होइन र सिद्धान्तलाई कम्पास मानेर हिँड्नुलाई पूर्णता मान्न सकिँदैन। यो त स्पष्ट, नम्र भएर यात्रामा आइपर्ने अनुभवलाई संगाल्दै र पाठहरूलाई अंगाल्दै उच्च साहसद्वारा निर्देशित कर्म हो। यसर्थ व्यक्तिगत स्वार्थभन्दा सधैँ माथि उठेर अरूलाई पनि सशक्त बनाउने र सदैव पे्ररित गर्ने काम असल नेतृत्वले गर्छ।

सामूहिक लक्ष्य प्राप्तिका लागि कसैलाई हुकुम जारी गर्ने र शक्ति प्रदर्शन गर्नु असल नेतृत्वकर्ताको गुण हुँदै होइन, बरु यो एउटा यस्तो कला हो जसले अरूप्रति सहानुभूति राख्छ, सहकार्य गर्छ र नेतृत्वका लागि अरूलाई पनि प्रोत्साहन गर्छ। साथै अरूका विचार सुन्ने र जिम्मेवारीको भारी बाँडेर उच्च नेतृत्व कौशल प्रदर्शन गर्छ। कर्तव्य, आदर्श, निस्वार्थ सेवा, समदर्शिता जस्ता कुराहरू असल नेतृत्वका महत्त्वपूर्ण विशेषता मानिन्छन्। 
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४३ सेकेन्ड अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस