पाठ्यक्रममा कुनै समय एउटा निबन्ध पढ्नुपथ्र्यो- हिरो बाई मिस्टेक । बस्तीमा फैलिएको आगो निभाउन प्रमुख पात्रले कुनै काम गरेको हुादैन, संयोगले ऊ साहसी नायक ठहर्छ । नेपालमा दुई नायक अत्यधिक चर्चामा छन् । सिनेमामा राजेश हमाल र राजनीतिमा गिरिजाप्रसाद कोइराला । संयोगले दुवैको नायकी 'बाई मिस्टेक' हो ।
विगत दुई दशकदेखि नेपाली सिनेमा राजेश हमालको कब्जामा छ । शिव श्रेष्ठलाई उनले चरित्रनायकको रोलमा सीमित गरिदिए । नयाा चटपटे नायक पनि उनीसामु टिक्नसक्दैनन् । तालु खुइलिए पनि, उमेरले नेटो काटे पनि, छ फिट अग्ला राजेश ह्यान्डसम छन् । रजतपटद्वारा महाअभिनेताको उपाधि पाएका राजेश भनेपछि भनिन्छ, नवयुवतीसमेत भुतुक्कै हुन्छन् । उनीसाग अटोग्राफ लिनेको ताछाडमछाड हुन्छ । राष्ट्रपति र प्रधानमन्त्रीको नाम थाहा नहुने अधिकांश सिनेकर्मीको भीडमा उनी सम्भवतः सबैभन्दा शिक्षित हुन् जो अंग्रेजी फरर बोल्नसक्छन्, संसारकै गतिविधिबारे जानकारी राख्छन् । टेलिभिजन उद्घोषणमा पनि निपुण हमाल अल्पभाषिताका कारण आफ्नो गम्भीर व्यक्तित्वलाई सुरक्षित राख्न पनि सफल छन् ।
एउटै समस्या उनको अभिनयकला हो जसमा उनी माइनस एक डिग्रीमा छन् । सिनेमामा उनी हिन्दी पि\mलमका तेस्रो दर्जाको प्रतिशोधी पुरुषबाहेक समकालीन जीवनको कुनै झलक दिन सक्दैनन् । दुई सयभन्दा बढी उनका सिनेमामा मुस्किलले दुई वा तीनमात्र सफल छन् । तथापि पूरै सिनेमालाई डुबाएर पनि उनी हिट छन् । निर्माता-निर्देशक उनलाई आफ्ना सिनेमामा अनुबन्धित गर्न पाउादा धन्य हुन्छन् ।
सिनेमा राजेशको कब्जामा भएजस्तै विगत दुई दशकदेखि नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाको कब्जामा छ । ८६ वर्ष पुगिसक्दा पनि प्रजातन्त्रका लागि उनी अविराम 'लडिरहेका' छन् । राजाको प्रत्यक्ष शासनप्रति उनको विग्रह अविराम रह्यो । -यो बेग्लै कुरा हो, एकताक उनी तुल्सी गिरीजस्तै पञ्च बन्नबाट मुस्किलले जोगिएका थिए ।) ०४६ सालको आन्दोलनमा उनको भूमिका प्रशंसनीय थियो । नामैमा प्रजातान्त्रिक भएकाहरूले नै तत्कालीन राजा ज्ञानेन्द्रको ०५९ असोज १८ कदमको जयजयकार गरिरहादा त्यसविरुद्ध उनले आन्दोलनको अविराम नेतृत्व गरिरहे । गलहत्याइएका शेरबहादुर देउवा प्रधानमन्त्रीमा पुनःस्थापित भए जसलाई प्रतिगमन आधा सच्चिएको ठानेर एमाले शासनको आसनमा विराजमान भयो । कोइराला अलिकति पनि हल्लिएनन् । अन्ततः उनी संसद पुनःबहाली र लोकतन्त्र पुनःस्थापना गराउन तथा माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन सफल भए । उनको यस दृढताको प्रशंसा जति गरे पनि कम हुन्छ । तर, उनको समस्या त्यहीाबाट सुरु हुन्छ । आवधिक निर्वाचन, प्रधानमन्त्रीय पद्धतिको बहुमतको सरकार र संवैधानिक राजतन्त्र उनको प्रजातान्त्रिक प्रतिबद्धता थियो जसमा अहिले उनी तात्विक अन्तर ल्याउन दिएका छैनन् । लोकतन्त्रलाई जनजीवनको अभिन्न अंग बनाउन जनताले उनीबाट गान्धी, नेहरुको जस्तै प्रयासको आशा गरे जुन बालुवाको थुप्रोबाट पानी उबाउन खोजेस्तो भयो । हठ, एकल निर्णय, पक्षपात र परिवारवाद लोकतन्त्रका सबैभन्दा ठूला शत्रु हुन् । यिनै कुरा कोइरालाका अभिन्न स्वभाव भएका छन् । अन्तरिम सरकारमा पार्टीको दबाबलाई नटेरी छोरी सुजातालाई उनले बिना विभागीय मन्त्री अर्थात् डिˆयाक्टो प्रधानमन्त्री बनाए । अस्तिताक फेरि उनले पार्टी र परिवारकै गास्वारा विरोधलाई किनारा लगाएर केन्द्रीय समितिमा ४५ औा वरीयताकी सुजाताको नेतृत्वमा कांग्रेसलाई सरकारमा सहभागी गराए ।
राष्ट्रपतिको कदमले संविधान उल्लंघन गरेको औाल्याउादा नरहरि आचार्यसाग उनले स्पष्टीकरण सोधे । राजपरिवार हत्याकाण्डपछि गद्दी उत्तराधिकारीबारे संसद्मा छलफल हुनुपर्छ भन्दा आचार्य प्रवक्ता पदबाट हटाइए । पार्टी लाइनविरुद्ध बारम्बार बोल्दा र हिाड्दा पनि सुजातामाथि कुनै कारबाही भएन । उनी स्वयंले बारम्बार राजतन्त्रको वकालत गरिरहे । काँडा जति फाँडे पनि त्यसको जराबाट उम्रने काँडा नै हो । जनआन्दोलनले सुनपानी छर्के पनि गिरिजाप्रसाद आखिर गिरिजाप्रसाद नै हुन् । ऐन-मौकामा उनले सधैा लोकतान्त्रिक संस्कार र विधिविधानलाई ध्वस्त पारिदिएका छन् । प्रजातान्त्रिक आवरणमा झाँगिएको राजतन्त्रले नेपाली कांग्रेसको परिवर्तनकारी मार्गमा सधैा तगारो तेस्र्याएको छ । उनी आफैा कांगे्रसभित्रका राजा हुन् । विधान, निर्णय, आचारसंहिता उनका लागि केही होइनन् । उनी जे चाहन्छन्, कांग्रेसमा त्यही हुन्छ । उनको एकमात्र सपना कांग्रेसलाई पेवा बनाउनु हो जहाँ आफ्नो सेखपछि छोरी सुजाताको जमिनदारी चलिरहोस् । छोरीलाई पार्टी सभापति र पार्टीका तर्फबाट सदैव प्रधानमन्त्री बनाउनु उनको चिरन्तन सपना हो । केन्द्रीय सदस्यमा सभापतिले पचास प्रतिशत सदस्य मनोनयन गर्ने अप्रजातान्त्रिक कार्य उनकै कारण अहिलेसम्म जारी छ । गणेशमान सिंह जीवनको अन्तिम चरणमा बलिन्द्र धारा आँसु बहाउँदै उनकै कारण पार्टीबाट बाहिरिए । उनकै महत्वाकांक्षी शिष्य शेरबहादुर कुनै दिन पार्टी फुटाउन बाध्य भए र उच्च बौद्धिक छविका नेता प्रदीप गिरी देउवाको छातामुनि ओत लाग्न पुगे । एकताक छाता, ट्यांका र सुराहीका पर्याय कृष्णप्रसाद भट्टराई यसरी पाखा लाग्नुमा पनि कोइरालाकै अखण्ड भूमिका छ ।
कांग्रेसको मुक्तियुद्धको गौरव, प्रजातान्त्रिक समाजवाद र लोकतान्त्रिक उपलब्धिलाई उनको नेतृत्वले सखाप पारिदिएको छ । यद्यपि, राजनीतिक संस्कार, विधिविधान, समता र निष्पक्षताजस्ता लोकतान्त्रिक मूल्यको घाँटी निमोठेर पनि उनी लोकतन्त्रका महानायक ठहरिएका छन्, सिनेमालाई पूरै डुबाएर पनि राजेश हमाल महाअभिनेता भएजस्तै । उनको नायकी अपूरोमात्र छैन, अन्तर्विरोधयुक्त पनि छ । कोइराला नेतृत्वको कांग्रेसको आत्मकथा जसराज किरातीको एउटा कवितांशमा राम्ररी प्रतिबिम्बित हुन्छ-
माटोसँग अँगालो मारेर सुतिरहेका बखत
मैले त्यहाँ मुठी बटारेर संकल्प गरेा
म लाटाहरूलाई बोली दिन्छु
बहिराहरूलाई शब्द दिन्छु
र, अन्धाहरूलाई आाखा दिन्छु
तर पछि आएर मैले बिर्सेा
मेरो जन्मको अर्थ यहीँ कतै हराएँ ।