के हो वास्तविक विकास ?
०३ चैत्र २०८१
•
५ मिनेट पाठ
के हो वास्तविक विकास ?
विकाससम्बन्धी अवधारणालाई आर्थिक सम्पन्नता र भौतिक समृद्धिसँग जोडेर ठूला भवन, चिल्ला सडक, पक्की पुल तथा सहरीकरणका अनेकौँ पक्षलाई सीमित गरेर मात्र बुझियो। गाउँमा खनिने धुले सडक र खोलामा हालिने पक्की पुल जस्ता पक्षलाई मात्र विकास भनियो। भौतिक साधन र स्रोतद्वारा सम्पन्न हुनु विकासको एउटा प्रमुख सूचक हो। सम्पूर्ण सूचक होइन। नेपाल इतिहासदेखि नै मूलतः भारत र तेस्रो विश्वका कतिपय मुलुकहरूमा नोकरी गर्ने वा लाहुर जाने र फर्कँदा ‘छड्के टोपी, कालो चश्मा, ठूलो ब्याग र धन (?) बोकेर’ आउँछन् भन्ने सोच र चिन्तनले परनिर्भरता थप बढाएको हो।




वास्तवमा विकास मानिसको आर्थिक उन्नत्ति, जीवन र स्वास्थ्य, आधुनिकता, मानवीय मूल्य, सामाजिक दर्शन, सभ्यता, संस्कृति, शिक्षा र ज्ञान, विज्ञता, विज्ञान, समृद्धि, उन्नत्ति, प्रगति, स्तर, पहिचान, पूर्वाधार र सामथ्र्य, प्रणाली, विधि, व्यवस्थापन, तरिका, सूचना, प्रयोग, सम्पन्नता, सोच्ने क्षमता, तुलनात्मक दक्षता, भ्रमण तथा खर्च गर्ने हैसियत, विश्व दृष्टिकोण र बुझाइ आदि जस्ता कुराहरू सन्तुलित ढंगले झल्केको स्थितिलाई बुझ्नुपर्दछ।

नोबेल पुरस्कारद्वारा पुरस्कृत अमेरिकी विधिशास्त्री अमत्र्य सेन (१९३३) ले प्रसिद्ध पुस्तक ‘डेभलपमेन्ट एज फ्रिडम’ (१९९९) मा ‘विकासको लागि प्रत्येक नागरिकको आफ्नो स्वतन्त्र छनोट गर्न पाउने अधिकारको सम्मान गर्नुपर्ने र कतैबाट पनि हस्तक्षेप हुन नहुने’ भने। उनले विकासलाई वैकल्पिक छनोट गर्न सक्ने स्वतन्त्रताका रूपमा व्याख्या गर्दै सामथ्र्यताको विस्तार हुनु नै विकास हो भने। विकाससम्बन्धी अवधारणा आफैँमा व्यापक, विवादित र जटिल हो। विकासको अर्थ के हो? यसका आफ्नै अर्थ, व्याख्या, बुझाइ र धारणा हुने गरे। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली शब्दकोशमा विकास भन्नाले क्रमशः बढ्दै वा सुध्रिँदै गएको स्थिति, उन्नति, उत्तरोत्तर प्रगति, क्रमिक परिवर्तन, हुर्केको वा सप्रेको अवस्था, वृद्धि, विस्तार र फैलावट आदि भनियो। 

विकास सर्वाधिक प्रचलित र भूराजनीतिको लोकप्रिय अवधारणा पनि हो। जुन मानव सभ्यताको सुरुवातको चरणदेखिनै निरन्तर चल्दै आएको मानवीय, सामाजिक र आर्थिक गतिविधिको समुच्च नाम हो। विकासमा भौतिकवादी साधनस्रोत मात्रको बढी चाहनाले नेपाली समाजलाई लाहुरे र विदेशी सहयोगको मानसिकता बढाइरहेको छ। पैसा मात्र थुपार्ने सोच विकासको व्यापक अर्थको जीवनवादी विकास हुन सक्दैन। प्राविधिक र केही हदसम्मको भौतिक विकासको सोच र बुझाइले समाज, देश तथा व्यक्तिले दिगो र बृहत्मा सफलता पाउँदैनन्। 

पश्चिमा युरोपेली र अमेरिकी मुलुकहरू केवल धनी भएकाले मात्र विकसित एवम् सम्पन्न छैनन्। अफ्रिकाका विभिन्न मुलुक तथा दक्षिण एशियाका नेपाल, भारत, पाकिस्तान, बाङ्लादेशजस्ता  देश तथा समाज आर्थिक दृष्टिकोणले धनी नभएर मात्र अविकसित भएका पनि होइनन्। मूल कुरा सोचाइ, कार्यशैली, चिन्तन, प्रणाली, सपना, बुझाइ र व्यवस्थापन हो। युरोपका स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, फिनल्यान्ड, बेलायत, जर्मनी, फ्रान्स जस्ता मुलुकहरूमा उल्लिखित कुराहरूको सन्तुलित, सार्थक तथा अर्थपूर्ण संयोजन भएको देखिन्छ। यसैकारण ती मुलुक र समाज हरेक दृष्टिले सम्पन्न तथा आत्मनिर्भर बने। 

सोचाइ, व्यवहार, कार्यशैली, विधि, प्रणाली तथा समग्रतामा ती देश र समाज सबै दृष्टिले बढी आत्मनिर्भर भएकाले तिनीहरूका सबै सूचक उच्च भयो। यता दक्षिण एशिया, अफ्रिका, ल्याटिन अमेरिका र एसियाका धेरैजसो मुलुकहरूमा गरिबी भएरभन्दा पनि गरिब तथा परनिर्भर मानसिकता बढी भएर समस्या भएको हो। चीन, क्युबा जस्ता समाजवादी मुलुकहरूमा साधनस्रोतको बहुउपयोगले उनीहरू बढी आत्मनिर्भर बने। अमेरिका, जापान, अस्ट्रेलिया, युरोपको स्विट्जरल्यान्ड, नर्वे, न्युजिल्यान्डजस्ता विकसित र सम्पन्न मुलुकहरूले राजनीतिक, कानुनी र सामाजिक प्रणालीलाई समृद्ध बनाएकाले तिनीहरू बढी समृद्ध रहे। विकाससम्बन्धी पश्चिमा नीति, योजना, कार्यक्रम र खासमा स्वार्थ थोपर्दा गरिब मुलुकहरू थप परनिर्भर बन्दै आएका हुन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युएसएआइडीलगायतका अमेरिकी सहयोग रोक्ने निर्णयबाट विदेशी सहयोगमा बढी भर परेका विश्वमा धेरै मुुलुक प्रभावित हुँदैछन्। नेपालमा पनि त्यसको असर परेको छ। विकास र सहयोगको नारा, सपना, लोभ र कागजी प्रस्तावले गरिब देश र समाज छिट्टै भ्रममा फस्ने भएकाले पनि ती मुलुक र समाजमा परनिर्भरता बढेको हो। भूराजनीतिमा प्रभाव वृद्धि गर्न र अन्तर्राष्ट्रिय कूटनीतिमा ‘सफ्ट पावर’ बढाउन पश्चिमाले गर्दै आएका सहयोग र आश्वासनले ‘हामी सक्छौँ’ भन्ने भावना मार्ने काम गर्दै आयो। परनिर्भर मानसिकताले तिनले दिएका र भनेका कुरालाई मात्र विकास हो भन्ने ठान्दा आफ्ना मौलिक क्षमता, सिप, ज्ञान र स्रोत ध्वस्त भइसके।

विकास हरेक मानिस, व्यक्ति र समाजका लागि आवश्यक कुरा हो। तथापि मुलुक, समाज र देशको इतिहास, भूगोल, अवस्था, आवश्यकता, स्थानीय सिप एवम् नागरिक छनोटको आधारमा हुनुपर्दछ। पश्चिमा मुलकहरूले तिनका बजार, वस्तु र सेवा विक्री गर्न बहुराष्ट्रिय कम्पनीहरूको सञ्जाल निर्माण गरेर शोषण गर्दै आए। यहीकारण विकासोन्मुख मुलुक, समाज र नागरिक थप परनिर्भर बने। विदेशीले देला र खाउँला भन्ने आशे मानसिकताको वृद्धि भएको कारण नेपालका बजेट, नीति र भौतिक योजनासमेत प्रभावित हुँदै आएका छन्। 

अर्काेतर्फ विकास मानिसका आय स्तर, खानपान, फेसन, वस्तु तथा सेवाको प्रयोगमा पहुँच, शिक्षा, स्वास्थ्यलगायतका समग्र मानव विकासलाई तौलेर राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक स्तरमा आउने वृद्धिलाई हेरिनुपर्नेमा भौतिक र आर्थिक वृद्धिलाई मात्र ध्यान केन्द्रित गर्दा अनेकौँ समस्या सिर्जना भए। ठूला भवन, सडक, महँगो कार, सुट, बियर, वाइन, अर्नामेन्ट, डिस्को, डान्स, पिज्जा, केएफसीको चिकेनको खवाइ, भौतिक सुविधा र खर्चको असीमित हैसियत जस्ता पक्ष मात्र विकास र समृद्धिको सूचक हो भन्ने भ्रम पश्चिमाहरूले आफ्ना व्यापार बढाउन विश्वव्यापीकरणको नाममा फैल्याइरहेका छन्। 

क्युबाका तत्कालीन राष्ट्रपति फिडेल क्यास्ट्रोलाई एकजना पश्चिमा पत्रकारले ‘तपाईँको देशको राजधानी हवानामा एउटा राम्रोखालको अत्तर पनि पाइने रहेनछ’ भनेर प्रश्न गरेपछि क्यास्ट्रोले ‘यहाँका प्रत्येक बालबालिकालाई सरकारले दैनिक एक लिटर दूध उपलब्ध गराइरहेको छ, त्यो नपाइएको भए भन्नुहोस्’ भने। त्यो सोचले दशकौँदेखि नाकाबन्दी भएर पनि मुलुक आत्मनिर्भर भएर अघि बढ्न सक्यो। अत्तर हुनु र अत्तरको प्रयोग गर्नु मात्र धनी हुनु हो भन्ने सोचले मानिसलाई गरिब बनाउने मात्र हो। जुन सोच साँघुरो, अवस्तुवादी, अज्ञानी, अपूर्ण तथा सङ्कीर्ण भ्रम हो। यस्तो मानसिकताले नागरिकलाई अनावश्यक क्षेत्रमा खर्चालु बनायो। समाजमा रहेका यस्ता सोचलाई बढावा दिने काम ‘चुनावी विकास’का नाममा सपना बेच्ने संस्कृतिले पनि बढाएको हो।
– सिलवाल अधिवक्ता हुन् । 
अर्को समाचार
रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौँ : मन्त्री परियार
२३ कार्तिक २०८२
•
४ मिनेट पाठ
रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौँ : मन्त्री परियार
कृषि तथा पशुपन्छी विकास डा मन्त्री मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरण प्रणालीलाई किसानमैत्री र न्यायोचित ढङ्गले वितरण गर्नका लागि आवश्यक पर्ने अनलाइन संरचनाको विकास गर्न लागेको बताएका छन्।




शनिबार पर्सा र बाराका कृषि र पशुपन्छीसँग सम्बन्धित सरकारी कार्यालयको निरीक्षण तथा किसानहरूसँगको छुट्टाछुट्टै भेटघाट कार्यक्रममा उनले रासायनिक मल वितरण प्रणालीमा कतै न कतै समस्या भएकाले सो वितरण प्रणालीलाई वास्तविक कृषकमैत्री बनाउन खोजेको जानकारी दिए।

'सरकारले अनुदानमा उपलब्ध गराएको मल वास्तविक किसानले सहज र न्यायोचित ढङ्गले प्राप्त गर्न नसकिरहेको गुनासा आइरहेका छन्। त्यस्ता खालका गुनासालाई सम्बोधन गर्नका लागि अनलाइन प्रणालीबाट कुन किसानले कति परिमाणको मल प्राप्त गर्नुभयो भन्ने खालको अनलाइन प्रणालीको विकास गर्न जुटेका छौँ। सम्भवतः सो कार्य छिट्टै सञ्चालनमा ल्याइनेछ,' उनले भने, 'सरकारले ठूलो धनराशिको रासायनिक मल खरिद गरेर किसानलाई अनुदानका रूपमा सस्तो मूल्यमा उपलब्ध गराउँदै आइरहेको छ। तर, अनुदानको मलमा वितरण प्रणालीमा कतै न कतै समस्या भने कायमै छ। सो कमजोरीलाई सुधार्न हामीले खोजिरहेका छौँ।'

मन्त्री परियारले मल बिक्री वितरण गर्न सहजीकरण गर्ने पालिका र मल वितरणका लागि अनुमति वा ‘डिलरसिप’ प्राप्त गरेका सहकारी संस्था, फर्म वा कम्पनीको बदमासीका कारणले वास्तविक किसानले रासायनिक मल प्राप्त गर्न नसकिरहेको जानकारी दिए।

'कुन–पालिकाका किसानले कति मल प्राप्त गर्नुभयो भन्ने वितरण अनलाइनबाटै हेर्न सकिने व्यवस्था गर्दैछौँ। यो प्रणालीले मल प्राप्त गर्ने र नगर्नेको मूल्याङ्कन गर्न पनि सहज हुनेछ,' उनले भने, 'मल वितरण प्रणालीमा अहिले पहुँचवालाको मनलाग्दीलाई पनि अन्त्य गर्न सहयोग पुग्नेछ।'

मन्त्री परियारले अनुदानको मल वितरणमा भएको त्रुटिलाई दीर्घकालीन रूपमा सम्बोधन गर्नेगरी अनलाइन प्रणालीको विकास गर्न लागेको बताए। 'सरकारी अनुदानको मल कुन सहकारीमा कति पुग्यो, कुन–कुन किसानले प्राप्त गरे भन्ने खालको तथ्यपरक तथ्याङ्क अनलाइनबाटै हेर्न मिल्ने खालको संरचना निर्माणको तयारीमा जुटिरहेका छौँ। यसले अनुदानको रासायनिक मल दुरुपयोग रोक्नलाई सहज हुने अपेक्षा राखेका छौँ,' उनले भने।

सरकारले अहिले युरिया मलको आयात विन्दुको मूल्य रु १४ प्रतिकिलोग्राम तोकेको छ। त्यस्तै डिएपीको प्रतिकिलोग्रामका लागि  रु ४३ र पोटास प्रतिकिलोग्रामका लागि रु ३१ तोकेको छ। मन्त्री परियारले सरकारले निकै महँगो मूल्यमा रासायनिक मल खरिद गरेर किसानलाई सस्तो मूल्यमा अनुदानको मल उपलब्ध गराउँदै आइरहेको दाबी गरे। 'रासायनिक मलको माग बर्सेनि वृद्धि भइरहेको छ। सरकारले प्रत्येक वर्ष साढे चार लाख मेट्रिक टनदेखि पाँच लाख मेट्रिक टन रासायनिक मल खरिद गर्दै आइरहे पनि किसानको माग अझै थेग्न सकिने अवस्थामा पुगेको छैन,' उनले भने, 'किसान  पनि प्राङ्गारिक मल प्रयोग गर्नेतर्फ अग्रसर हुन जरुरी छ।' मन्त्री परियारले विगतका वर्षमा जस्तो यो वर्ष रासायनिक मलको हाहाकार नहुने दाबी गरे।

फरक प्रसङ्गमा कृषिमन्त्री परियारले उखु किसानको विगतमा प्रतिक्विन्टल रु ७० दिँदै आएको अनुदानलाई निरन्तरता दिनका लागि मन्त्रिपरिषद्मा लगिसकेको जानकारी दिए। 'उखु किसानको समस्याको विषयमा गम्भीर छौँ,' उनले भने, 'मन्त्रालयको तर्फबाट आवश्यक समन्वय हुने काम भइरहेको छ।'

मन्त्री परियारले कृषिमा यान्त्रिकीकरण गर्न जरुरत भएको बताए। कृषि औजार अनुसन्धान केन्द्र रानीघाटका प्रमुख सचिन मिश्रले कृषि औजार प्रयोग गरेर खेतीकिसानी गर्न सकेको खण्डमा बाली लगाउने लागत घटाएर उत्पादकत्व बढाउन सकिने बताए। 'सरकारले कृषि औजार यान्त्रिकीकरणमा विशेष जोड दिने बेला भइसकेको छ। यान्त्रिकीकरणका माध्यमबाट कृषिमा राम्रो फड्को मार्न सकिनेछ,' उनले भने।

कृषि अनुसन्धान निर्देशानलय परवानीपुरका प्रमुख विश्वेश्वरप्रसाद यादवले निर्देशनालयले लाइफस्टकअन्तर्गत भैँसीपालन गर्न थालेको बताए। 'यहाँ कृषि क्षेत्रसँग भएका नवीनतम् अभ्यासको काम गर्दै आइरहेको छ। सरकारले कृषि अध्ययन अनुसन्धान र यान्त्रिकीकरणमा आवश्यक सहयोगको आवश्यकता रहेको छ,' उनले भने।

राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमका उप प्रमुख डा अजित झाले सरकारले उन्नत जातका पन्छीका अण्डाहरू अनुसन्धान प्रयोजनमा ल्याउनका लागि सहज वातावरण मिलाउनुपर्ने बताए। 'अहिले नेपालमा उन्नत जातका पन्छीका अण्डा ल्याएर यहाँ अध्ययन अनुसन्धान प्रयोजनका लागि निकै झन्झट व्यहोर्नुपरिरहेको छ,' उनले भने, 'कृषि मन्त्रालयले अध्ययन र अनुसन्धानका लागि आवश्यक सहजीकरण गर्न जरुरी भइसकेको छ।'

कृषि मन्त्री परियारले आजै साल्ट ट्रेडिङ कर्पाेरेसन, कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जसँग मौज्दात रहेको रासायनिक मल तथा नुनको उपलब्धताको विषयमा जानकारी लिएका थिए। त्यसैगरी, मन्त्री परियारले राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम, बाराको फत्तेपुरका उखु कृषक, जीतपुर सीमरा उमहानगर वडा नं ८ का उखु किसान, बाराको कोल्हवीका माछापालक कृषक, निजगढका केराखेती गर्ने किसानलगायतसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरेका थिए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस