ओखती पनि योग पनि
१६ वैशाख २०८२
•
६ मिनेट पाठ
ओखती पनि योग पनि
शारीरिक स्वास्थ्य र मानसिक रोगलाई पृथक रूपमा हेर्ने चलन छ। एकले अर्को पक्षलाई प्रभाव पार्दैन भन्ने धेरैको सोच देखिन्छ। तर यथार्थमा दिमागी तन्दुरुस्ती र शारीरिक स्वास्थ्यबिच दरिलो सम्बन्ध देखाएका छन् धेरै अनुसन्धानले। 




दर्जनौँ अन्वेषणात्मक लेखलाई संश्लेषण गरी सन् २०२३ मा करियस जर्नलमा प्रकाशित एक समीक्षात्मक लेखले शरीर र दिमागको अन्योन्याश्रित सम्बन्ध देख्यो। मानसिक स्वास्थ्य दरिलो हुँदा शारीरिक अवस्था सबल हुन्छ, धेरै किसिमका जटिल रोगहरू टाढै बस्छन्। त्यस्तै दिमागी स्वास्थ्यमा सम्झौता हुँदा ससाना समस्याले पनि व्यक्तिलाई थिलथिलो पार्ने देखियो। 

एक अध्ययनले मधुमेह, क्यान्सर, मुटु रोग तथा हाडजोर्नीको समस्यालाई दिमागी थकानसँग जोडेको छ। मस्तिष्क रोगले सुत्न समस्या दिने अनि अनिदो हुँदा धेरै किसिमका रोगलाई हौस्याउँछ। त्यस्तै मानसिक थकानमा परेकालाई चुरोट बिँडीमा पाइने निकोटिनले तत्कालै डोपामिन हर्मोन उत्पादन गरी दिमागलाई क्षणिक आनन्द दिने भएकाले मस्तिष्कको समस्या भएका मानिसले धूमपान गर्ने सम्भाव्यता अधिक हुन्छ। परिणामस्वरूप धुवाँले ल्याउने मुटुजन्य समस्या अनि फोक्सोको रोगको सिकार हुन्छ व्यक्ति। तसर्थ, मानसिक रोगले धेरै किसिमका शारीरिक समस्या र रोगलाई मलजल गर्छ। 

शारीरिक क्रियाकलापमार्फत मानसिक समस्यालाई समाधान गर्न अथवा दिमागलाई तागतिलो बनाउन सकिन्छ त भन्ने प्रश्नको उत्तर दिन बेलायतको म्यानचेस्टर विश्वविद्यालयका प्राध्यापक जुलियस अर्नबर्गर नेतृत्वको समूहले ११ हजार अधबैँसेको शारीरिक क्रियाकलापले निर्देशित गरेको मानसिक अवस्थालाई चिरफार गरेर सोसियल साइन्स एन्ड मेडिसिन जर्नलमा एक अनुसन्धान प्रकाशित गरे।

अध्ययनले शारीरिक परिश्रमले व्यक्तिलाई मानसिकरूपले सबल बनाउँछ भन्ने मात्र देखाएन, बरु उमेर छँदा गरेको कसरतले व्यक्तिको दिमागलाई बुढेसकालमा पनि ऊर्जावान बनाउने उक्त अन्वेषणको ठहर भयो। जुनसुकै उमेरमा गरेको शारीरिक परिश्रमले जिन्दगीभरको दिमागी ऊर्जा दिने देखियो। दिमागी सबलताले शारीरिक स्वस्थता प्रदान गर्ने अनि काया ठीकठाक हुँदा मस्तिष्क दुरुस्त हुन्छ भन्ने उल्लिखित अन्वेषणहरूको निचोड देखियो। तर के कुनै एक क्रियाकलापले दिमागी र शारीरिक दुवै रूपले हामीलाई स्वस्थ राख्न सक्छ त?

शारीरिक कुशलताले मानसिक समस्यालाई सुधार्ने अनि दिमाग चंगा हुँदा शरीरमा फूर्ति ल्याउने भएकाले पूर्वीय सभ्यतामा ऋषिमुनीहरूले ध्यान, योग अनि प्राणायाममार्फत समष्टिगत स्वास्थ्यको अभ्यास गरे। पश्चिमी सभ्यताले पूर्वीय दर्शनलाई दखल गर्दा हजारौँ वर्षदेखि चल्दै आएका दर्जनौँ चलन हराए। 

योग, साधना, आराधना, भजन कीर्तन जस्ता अदृश्य क्रियाकलापले कसरी निरोगी राख्न सक्छ भन्ने तर्क हुन थाल्यो। टाउको दुखेको ओखती खाएको केही बेरमै सन्चो भए जस्तो योग तथा आराधनाले क्षणमै व्यक्तिलाई सकुशल बनाउन नसक्ने भएकाले पाश्चात्य तर्कसँग हाम्रो अभ्यास पराजित भयो। पश्चिमा दबाइको वर्चस्व बढेपछि हाम्रा परम्परागत मान्यता कमजोर भए। 

यसरी पाश्चात्य मुलुकको उपनिवेशले गर्दा पूर्वीय दर्शनमा आघात पर्‍यो। हजारौँ वर्षदेखि चल्दै आएको आयुर्वेद ओखती, ध्यान, योग, प्राणायामलाई निकम्बा सावित गरियो अनि शारीरिक समस्या र मानसिक पीडा दुवैको समाधानका लागि अंग्रेजी ओखतीलाई अपरिहार्य साधन मानियो। जडिबुटीको सट्टा पश्चिमा दबाइको दबाब बढ्यो, रोग निको पार्न। तर सबै रोगका लागि ट्याब्लेट सञ्जीवनी सावित भएनन्। मानसिक समस्या समाधानमा आधुनिक ओखती खासै प्रभावकारी देखिएन भने क्यान्सरलगायत धेरै दुर्लभ रोग अनि अटोइम्युन डिजिज बिसेक पार्ने सवालमा फर्मास्युटिकल कम्पनीहरू निरीह देखिए। खबौँ डलर खर्चंदा पनि अर्बुद रोगको इलाजमा खासै प्रगति नभएपछि अन्य विकल्पको बहस भयो।

एकै रोग लागेका दुई मानिसलाई समान ट्याब्लेट दिँदा दबाइले समस्या समाधान गर्छ भन्ने विश्वासका साथ ओखती खानेलाई रोग निको भएको देखियो भने मेडिसिनले आफूलाई सन्चो पार्छ भन्ने भरोसा नभएकाको हकमा गोली निष्प्रभावी देखियो। उक्त परिदृश्यले दिमागले शारीरिक तन्तुलाई चलाउँछ अनि विश्वास आफैँमा दबाइ हो भन्ने कुरा पुष्टि भयो। मानसिक समस्या भएको मानिसलाई अंग्रेजी ओखतीभन्दा जंगलमा घुमफिर गर्दा हित गरेको देखिनु अनि शारीरिक कसरत गर्ने मानिसलाई लरतरो दिमागी समस्याले दख्खल नगर्नु जस्ता परिदृश्यले दिमाग र शरीरबिचको सम्बन्ध पुष्टि भयो। 

क्यान्सरलगायतका धेरै रोगलाई ओखतीले नछुनु अनि दिमागी समस्यालाई आधुनिक उपचार निष्प्रभावी देखिँदा प्राचीनकालमा हिमालय पर्वतका समीपमा योगी तथा सिद्ध पुरुषले गर्ने योग, ध्यान, प्राणायाम एकपटक फेरि उत्खननको केन्द्र बन्यो। पछिल्लो समयमा महारोगको आयतन बढ्नु अनि उपचारका प्रयासहरू टाढिँदै जाँदा पुरातन कालका साधनाका बहुआयामिक अध्ययन भयो। पछिल्लो दशकदेखि योग, प्राणायम र ध्यानहरू संसारभर प्रयोगमा आए, प्राथमिकतामा परे। 

अमेरिकी स्टानफोर्ड विश्वविद्यालयका मनोचिकित्सक डा. भानिका चावला योगले दिमाग र शरीरबिच दोहोरो संवादमार्फत फाइदा गर्ने ठान्छिन्। शारीरिक स्वास्थ्यले दिमागी मजबुतीमा मद्दत गर्ने अनि मस्तिष्क सबल हुँदा शरीरलाई फाइदा हुन्छ भन्छिन् उनी, अनि योगले एकै पटक ब्रेन र बडीबिचको संवाद गराइ दुवै पक्षलाई लाभ दिने ठान्छिन् । साधना गर्दा दिमागले शरीरको आवश्यकतालाई तुरुन्तै पहिचान गरी तत्कालीन मागलाई प्राथमिकतामा राख्न आदेश दिन्छ। 

उदाहरणका लागि शारीरिक थकानपछि दिमागले तुरुन्तै विश्रामको आदेश दिने भएकाले शरीरलाई जीर्ण हुनबाट जोगाउँछ। त्यस्तै मुटु, कलेजो, फोक्सोलगायतका अंगले आफ्नो आवश्यकता र समस्याको जानकारी अविलम्ब मस्तिष्कलाई गराउँछ। कुनै तन्तुमा खराबी आएको जानकारी पाउने बित्तिकै मस्तिष्कले उपयुक्त रासायनिक तत्व तथा हर्मोन उत्पादनमार्फत समस्या समाधान गर्न सहयोग गर्छ। योगले दिमाग र शरीरबिचको संवादलाई छिटो प्रवाह गर्छ। तर साधना नगर्ने व्यक्तिको हकमा दिमाग र शरीरको वार्तालाप ढिलो हुने भएकाले तुलनात्मक लाभबाट वञ्चित हुने ठान्छिन् चावला।

सन् २०२० मा फ्रन्टियर्स इन इन्टिग्रेटिभ न्युरोसाइन्समा प्रकाशित आलेखले योग, ध्यान र प्रणायाम गर्ने व्यक्तिमा दिमागी कोस, न्युरोन बढी हुने मात्र देखाएन, बरु स्मरण भण्डारण र प्रशोधन गर्ने हिप्पोक्याम्पस र कोर्टेक्सको क्षमता पनि बढेको देख्यो। त्यस्तै सन् २०१९ मा सेज जर्नलमा प्रकाशित पृथक अन्वेषणले योग साधना गर्ने समूहको दिमागको एमआरआई गरी हेर्दा मस्तिष्कको समष्टिगत आकृति मात्र ठूलो देखिएन बरु रक्त प्रवाहसमेत अधिक भएको पाइयो। यसरी विश्लेषणात्मक क्षमता अनि प्रशोधन शक्तिका लागि जिम्मेवार दिमागका खण्डहरूको मजबुतीकरणले गर्दा योग ध्यान साधनामा लागेका व्यक्तिहरूलाई पाका उमेरमा लाग्ने दिमागी रोगको सम्भावना न्यून हुने ठान्छन् विज्ञहरू। 

त्यस्तै अस्ट्रेलियाको युनिभर्सिटी अफ मेलबर्नका प्राध्यापक सेन्टल स्काइको समूहले सन् २०१७ मा साइकोन्युरोइन्डोक्राइनोलोजीमा योग साधनाले दिमागी तागतमा पार्ने प्रभाव चर्चा गरेका छन्। त्यस्तै योग सिर्जित प्रसन्नताले प्रतिरक्षा प्रणालीलाई सबलीकरण गरी ब्याक्टेरिया, भाइरसलगायतका सुक्ष्माणुको संक्रमणबाट जोगाउँछ। प्राणायाम अभ्यासले थकान कम गर्न मद्दत गर्ने, पीडाबोध घटाउने, मुटुको चाल सन्तुलन गर्ने, अनि रासायनिक तत्व न्युरोट्रान्समिटर उत्पादन गरी प्रतिकूल अवस्थामा कसरी दिमाग र शरीरलाई अविलम्ब समन्वय गरी अनुकूलतामा फर्कन मद्दत गर्ने देखियो। तसर्थ, योग, साधना तथा प्राणायामले हामीलाई दिमाग र शरीरबिचको अन्तरसम्बन्धलाई दुरुस्त बनाइ विभिन्न किसिमको रोगबाट बचाउने देखियो। 

एक अध्ययनले भजन, कीर्तन, कथा, प्रवचनजस्ता कर्महरूले समेत योगले जस्तै मस्तिष्क र कायाबीचको सम्बन्धलाई सबलीकरण गरी हामीलाई स्वस्थ राख्ने भन्यो। तसर्थ, परापूर्वकालदेखि चल्दै आएका योग साधना तथा धार्मिक मान्यतालाई अन्धकारको संज्ञा दिनुको बदला संरक्षण गर्न सके समष्टिगत स्वास्थ्य अवस्थामा सुधार आउँथ्यो कि?
– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन् ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस