नेपाली कांग्रेसको आत्मस्वीकृति
१९ वैशाख २०७५
•
१५ मिनेट पाठ
नेपाली कांग्रेसको आत्मस्वीकृति
नेपाली कांग्रेसको सम्भवतः सात दशकको इतिहासमा यति लामो समयसम्म पहिलोपटक केन्द्रीय समितिको बैठक बस्यो।२०७४ चैतमा सुरु भएर २०७५ वैशाख १६ सम्म (१४ दिन) चलेको बैठकको केन्द्रमा विगत साल सम्पन्न तीन तहका निर्वाचन नै देखियो। निर्वाचनमा  पराजयले घाइते भएको नेपाली कांग्रेसले प्रशस्त विमर्श गर्ने काम गर्‍यो। ती विमर्शको निष्कर्षसमेत सार्वजनिक गरेको छ। यद्यपि विमर्शको निष्कर्षमा कुनै पनि नयाँपन छैन । निर्वाचनपछि हामीले नेपाली कांग्रेसका विषयमा धेरैपटक गरेका विश्लेषण जस्तै उसको निष्कर्ष छ। भविष्यका लागि कांग्रेसले गर्नुपर्ने प्रस्तावमा पनि नवीनता छैन । गर्नैपर्ने विषयप्रति प्रतिबद्धता जनाइएको छ। विगतमा राष्ट्रिय महत्त्वका इतिहास बनाउने परिघटनामा समेत नेपाली कांग्रेसको बैठक बसेका थिएनन्। 

खासगरी २०५१ र २०५९ को संसद् विघटन, २०६३ मा धर्म निरपेक्षता घोषणा, २०४७ को संविधान खारेजी र राजसंस्था निलम्वन, २०६४ मा संघीयतामा जाने सहमति जस्ताराष्ट्रिय महत्त्वका मुद्दालाई एकल निर्णयबाट टुंग्याउने काम गरिएको थियो । गिरिजाप्रसाद कोइरालाका लागि वस्तुतः पार्टीभित्रको बहसको कुनै अर्थ थिएन । पार्टीभित्रको विपरित सोचलाई तह लाउन जिल्ला समितिहरू भंग गर्ने, पार्टी र विभाग पुनर्गठन गर्ने, समकालीन अग्रजहरूलाई किनारा लगाउने काम गर्दै कोइरालाले करिब १४ वर्ष पार्टी चलाए । २०५९ जेठमा गरिएको संसद् विघटन भने वर्तमान पार्टी सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको एकल निर्णय थियो । जसको परिणाम तत्कालकालागि घातक हुनपुग्यो। 

ओलीले जुत्ताअनुसारको खुट्टा ताछेर, काटेर भए पनि बनाउनैपर्ने नयाँ भाष्य प्रस्तुत गरेका छन् । यो भनाइ निरंकुशताको द्योतक हो । यसविरुद्ध नेपाली कांग्रेस जनतासमक्ष पुग्ने बेला भएको छ । 

कोइरालाका ती सबै कर्मका सहयोगीमध्ये धेरैजसो अहिले देउवा विरोधी पक्षमा छन् र उनीहरू असहमतिलाई संस्थागत गराउनुपर्ने दबाब देउवामाथि सिर्जना गर्दैछन् । यद्यपि २०५९ मा देउवालाई सहयोग गर्नेहरूको ठूलो पंक्ति अहिले देउवाविरुद्ध गोलबद्ध हुनपुगेको छ । गिरिजाप्रसादको स्मृति लोकतन्त्रका लागि गरिएको संघर्ष निम्ति हुने गर्छ । २०५९ पछि पछिल्लो चरणमा उनको नेतृत्वले देशमा ऐतिहासिक परिवर्तन गराएकालेउनका विगतका ती अलोकतान्त्रिक अभ्यास छायाँमा परेका हुन् ।  लोकतन्त्रका निम्ति संघर्ष गरे पनि उनी लोकतान्त्रिक अभ्यासमा भने निरपेक्ष देखिन्थे भन्दा कतिपयलाई पाच्य हँुदैन भने कतिपयलाई मसला मिलेजस्तो हुनसक्छ । २०४८ मा निर्वाचन जितेर सरकारको नेतृत्व लिएपछिका व्यवहारले नै त्यस गैरलोकतान्त्रिक आचरण प्रमाणित गरिदिएका थिए। 

जनआन्दोलनका नायक गणेशमान सिंहदेखि संविधान निर्माणको नेतृत्वगर्ने पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई सजिलै पाखा लगाएर कोइरालाले निर्णयहरू गरेका विषय अब इतिहास हुन पुगेको छ । २०५२ पछि त कोइराला पार्टी सभापतिसमेत भए । त्यसबेला शक्तिशाली पार्टी सभापति गिरिजाप्रसादले हुकुमी शैलीमा गरेका निर्णयलाई बिनासर्तशिरोधारण गर्नेमध्ये नै अहिले नेपाली कांग्रेसको शीर्ष तहमा पुगेका छन् । नेपाली कांग्रेसको वर्तमान नेतृत्वले पार्टीमा विद्यमान मुद्दामाथि विमर्श गर्नु यसैकारण अत्यन्त सकारात्मक विषय भएको छ । गिरिजाप्रसादका उत्तराधिकारी दाबी गर्ने शेरबहादुर र रामचन्द्र पौडेल आमनेसामने भएको अवस्थामा नेपाली कांग्रेसमा लोकतान्त्रिक अभ्यास हुनुलाई सुखद मान्नुपर्ने हुन्छ । वामपन्थी दलहरूमा आन्तरिक विवाद सिर्जना भएमा दुईधार अन्तरविरोधलाई निरन्तरता दिने सहमति गर्दै पार्टी चल्ने अथवा तुरुन्त विभाजित हुने घटना देखिँदै आएका छन् । तर कांग्रेसभित्रको विवाद भने ‘न मरिजाने न गरिखाने दीर्घरोगी’ जस्तो छ। 

लामो केन्द्रीय समिति बैठकले पनि अन्तरविरोध घटाउन सकेन । हुन त निर्वाचनदेखि विविध विषयमा सर्वसम्मत निष्कर्ष सार्वजनिक भएको छ । बैठकमा भएको चर्को अन्तरविरोध हेर्दा र त्यहाँभित्रको काम कार्बाही सुन्दा यसरी सर्वसम्मत निष्कर्ष आउनेमा शंका थियो । निर्वाचनको जिम्मा कसले र किन लिने भन्ने विषय विवादको मूल मुद्दा भएकाले यस्तो शंका उत्पन्न भएको हो  । दुई प्रतिस्पर्धी देश अथवा दुई युद्धरत देशले युद्धविराम गर्न शान्ति र सहमतिको सन्धिमा प्रयोग गरिने भाषा विवाद जस्तो गरी कांग्रेसका दुवै पक्षले अन्तिम निष्कर्षको भाषामा विवाद गरेको नसुनिएको होइन । यो विवादको मूलमा कांग्रेसभित्र पन्पिइरहेको प्रतिस्पर्धा र प्रतिशोधको खेल नै निर्णायक देखिन्छ । तर पनि पराजयको जिम्मा सिंगो पार्टी केन्द्रीय समितिले लिएको छ । पार्टी सभापतिले मात्र पराजयको जिम्मा लिनुपर्ने अडानमा रहेका पौडेलसहितको विचारले अन्ततः सहमतिको बाटो खोल्दै सिंगो पार्टी पंक्ति नै जिम्मेवार ठहर गर्नुले निश्चय पनि सकारात्मक सन्देश दिएको छ। 

एकता, विश्वास, सक्रियता र रणनीतिक अभियान कांग्रेस पुनर्जीवनका आधार हुन् । विस्तारै पार्टी नेतृत्वमा नवीन सोच र संगठनात्मक कुशलता विकास जरुरी छ । २०३६ सालतिर गणेशमानले पञ्चायतबारे टिप्पणी गर्दा भन्थे– सर्पको मुखमा परिसकेको भ्यागुतोले आफ्नो मृत्यु बोध गर्दैन । उसले सास रहेसम्म अगाडि पर्ने कीरा फटेंग्राजिव्रोले तान्दै चपाउँदै गर्छ । यही अवस्था पञ्चायतको छ । ती महान् कर्मशील इस्पाती नेताले विगतमा प्रयोग गरेको यो उदाहरणको पाठ नेपाली कांग्रेसले अहिले सिक्ने बेला आएको छ।

वर्तमान सन्दर्भमा कांग्रेसले गुमाएको साख पुनस्र्थापित गर्नुपर्ने चुनौती छ । अहिले सत्तामा बसेको साम्यवादी शक्तिका कमीलाई आमनागरिकमा पुर्‍याउँदै ५ वर्षपछिको सम्भावनालाई सहज बनाउनुपर्ने जिम्मेवारी छ । तर आफूभित्रनै अल्झिरहेको विवादलाई निरन्तरता दिने दौडमा कांग्रेस नेतृत्व सक्रिय देखिन्छ । यतिसम्म कि आफ्ना दिवंगत नेता गिरिजाप्रसादबारे एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले गरेको टिप्पणीबारे प्रत्युत्तर दिनसमेत सकिरहेको छैन । आन्तरिक झगडा र लफडामा ब्यस्त कांग्रेसका लागि सरकारमा बस्नेले के गरिरहेका छन् र के भनिरहेका छन्, चासो दिने फुर्सद देखिँदैन । केही दिनपहिले ओलीले गिरिजाप्रसाद कम्युनिस्ट भएको र उनलाई मनमोहन अधिकारीले कम्युनिस्ट बनाएको बताएका थिए । कोइराला कम्युनिस्ट थिए भनी अहिलेको पुस्तालाई सम्झाउनुको अर्थ नयाँ पुस्ताले लोकतान्त्रिक दलमा सामेल हुनुको कुनै औचित्य छैन भन्ने सन्देश दिने प्रयास हो । ओलीले यसो भन्दा इतिहास बंग्याएका छन्। 

भारतको स्वतन्त्रता आन्दोलनमा सहभागी हुनुपूर्व बिपी कोइराला माक्र्सवादबाट अत्यधिक प्रभावित थिए । उनलाई भारतका कम्युनिस्ट नेता श्रीपाद अमृतपाद डांगेले कम्युनिस्ट पार्टीको सदस्यता दिएका थिए । दाजुले कम्युनिस्ट पार्टीको सदस्यता लिएपछि गिरिजाप्रसाद पनि उनकै पछि लागेका थिए । तर सन् १९४० मा महात्मा गान्धीले चलाएको ‘भारत छोडो’ आन्दोलनमा भारतीय कम्युनिस्ट पार्टीले गान्धीको अभियानविरुद्ध अंग्रेज शासकलाई सहयोग गरेपछि बिपीले कम्युनिस्ट पार्टी परित्याग गरे । बिपी, जयप्रकाश नारायण र डा. मनोहर लोहियाको समाजवादी आन्दोलनसँग जोडिन पुगे। बिपीले कम्युनिस्ट पार्टीको यो अवसरवादिताको पाठ पढाएपछि गिरिजाप्रसादले समेत कम्युनिस्टको संगत परित्याग गरे। मनमोहनले गिरिजाप्रसादलाई कम्युनिस्ट बनाएका भन्नु इतिहास बांगो बनाउनु हो। 

आफ्नै साम्राज्यवादको विरोध गर्ने कम्युनिस्ट पार्टीले भारतमा साम्राज्य चलाइरहेको अंग्रेजलाई सहयोग गर्नु अवसरवादिताको निकृष्ट दृष्टान्त थियो । हुन त संसारका कम्युनिस्ट पार्टीको चरित्र योभन्दा भिन्न हुँदैन । अहिले सर्वाधिक क्रान्तिकारी मानिएका खड्गप्रसाद ओलीले २०६३ को जनआन्दोलनलाई परिहास गर्दै नेपालमा गणतन्त्र आउँछ भन्नु र बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नु समान हो भनेका थिए । तर गणतन्त्र आएपछि उनी नै यस देशको मूली हुनपुगेका छन् । २०६२ मा उनको यो वचनले राजा र उनका समर्थकलाई सहयोग पुर्‍याउन खोजेको स्पष्ट हुन्छ । २०४६ को जनआन्दोलनका समयमा साम्यवादीहरूले नेल्सन मन्डेला भनी सम्बोधित मोहनचन्द्र अधिकारीले समेत जनआन्दोलन विपरित विचार प्रक्षेपण गरेको यहाँ स्मरणीय छ।

युवा अवस्थामा मानिसमा जोश हुन्छ, संसार थेग्ने आँट हुन्छ, परिवर्तनको सपना हुन्छ, तातो रगत हुन्छ र उनीहरूमा सम्वेदना भरिएको हुन्छ । तत्कालीन स्पेनी राजाको शब्द सापटी लिने हो भने जो मानिस २५ वर्षसम्म कम्युनिस्ट हँुदैन, त्यसमा तातो रगत नै हुँदैन र जो मानिस २५ वर्षपछि पनि कम्युनिस्ट भइरहन्छ त्यसमा मस्तिष्क नै हुँदैन। यो सूत्र अपवादबाहेक अनेक युवामा लागु हुने गर्छ । नेपालमा निर्मल लामा, कमलराज रेग्मी पहिले कांग्रेसमा थिए, पछि कम्युनिस्ट भए । वर्तमानमानै पनि आजको माओवादी नेतृत्वको शीर्षमा रहेका नारायणकाजी श्रेष्ठ पहिले हामीसँंगै नेपाल विद्यार्थी संघमा थिए । यी अपवाद हुन् । पहिले कम्युनिस्टमा लागेका अनेक युवा पछिल्ला दिन, खासगरी सिद्धान्त, भनाइ र गराइ मूल्यांकन गर्ने भएपछि साम्यवादी आन्दोलनबाट विरत भएका प्रशस्त उदाहरण छन्। 

यो पंक्तिकार पनि २०२७ सालतिर ११–१२ वर्षको उमेरमा कम्युनिस्ट बनेर कुद्थ्यो। तर उनीहरूका अवसरवादी चरित्र, सामन्ती व्यवहार, निरंकुशतावादी आदर्श, शोषक प्रवृत्ति, दोहोरो चरित्र र स्वतन्त्रता विरोधी सिद्धान्तका कारण २–३ वर्षमै लोकतन्त्रको फराक समुद्रमा सक्रिय हुन पुगेको थियो । यतिखेर ओलीका दिव्य वाणीले नेपाली जनता आक्रान्त छन् । उनले जुत्ताअनुसारको खुट्टा ताछेर, काटेर भए पनि बनाउनैपर्ने नयाँ भाष्य प्रस्तुत गरेका छन्। यो भनाइ निरंकुशताको द्योतक हो । सरकारको नेतृत्व गरिरहेका नेताले यसरी जनताको अपमान हुनेगरी दिएका विचारविरुद्ध नेपाली कांग्रेस जनतासमक्ष पुग्ने बेला भएको छ । अन्तरविरोधको कुण्डली बनाउनु घातक खेल हुनेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस